December 16, 2008

एक छिन हासौंन - ५

IMG_0268[2]आचार्य प्रभा, अमेरीका

अब यस्ता भोगिएका र देखिएका धेरै कुराहरु हुन्छन। कत्ती त पोख्न मन लागेर पनि पोख्न सकिन्न। कत्ती चाँही भन्न नमिल्ने अर्थात अपाच्य पनि हुन्छन।

अब म यस्तै अर्को भोगाइको प्रसँग बद्लौ है त?भनौ न आफ्न छोरा छोरी अर्थात केटाकेटिको बारेमा कुरा गर्ने हो भने यहाँको अनुभव र हाम्रो देश समाजको भोगाइमा पनि भिन्न्ता पाइयो । हुन त यहाँ कानुन र नियम अधिकारलाई शिरोपर गर्ने देश हो। यहाँका मान्छेहरु कानुन बिपरित चल्न चाहदैनन। नियम कानुन मिच्न चाहदैनन तर हाम्रो भने कानुन र नियम कागजमा मात्र सिमित हुन्छ। नियम बिपरित गइयो भने पनि त्यस्लाई मल्हम लगाउने ओखती छदैछ। अनी के चाहियो र ? जस्ले जे गरेपनी ?भन्नु को तात्पर्य के हो भने यहाँ बाल अधिकार पनि प्रष्ट छ। जस्तै भनु न बार्ह बर्ष मुनिका बच्चाहरुलाई आमा बाबुले एक्लै छाड्न पाइन्न । कुट्न,पिट्न त परै जाओस ठुलो स्वरले कराउन पनि पाइन्न। अब यो राम्रो भनु वा नराम्रो ?हाम्रो मानसिकता के छ भने बच्चाहरुलाई धेरै छुट दिनु हुन्न। बेलै देखी अर्जाप्नु पर्छ नत्र पछी कामनलाग्ने छाडा हुन्छन,अटेर हुन्छन,बाबुआमालाई नटेर्ने हुन्छन इत्यादी हो पनि हाम्रो सँस्कार अनुसार त्यस्तै देखिएको भोगिएको पनि छ। तर यहाँ भने बेग्लै छ त र मेरो सोचाइमा यो पनि ठीक हो।

धेरै गाली गरेर सदाउछु भनेर पनि कहिले त त्यस्को नकारात्मक असर् पनि पर्छ। चाहिने लाड,प्यार र चाहिने अनुशासनमा राख्नु त ठीक हो त र यहाँ चाँही मैले के पनि सुने भने हाम्रै नेपाली दाजुभाइका बच्चाहरुले पनि आमाबाबाले अलिकती कराए भन्दैमा पुलिस बोलाउने, आमाबालाई नै थर्काउने जस्ता घटना हरु पनि भए रे वा हुन्छन रे। त्यो चाँही अलिक मलाई नपचेको जस्तो लाग्यो किन भने हाम्रो संस्कृतिमा आमा बाबुलाई मान्ने चलन छ। जत्ती नै छोरा,छोरी पढेर जान्ने बुझ्ने भए पनि आमा बाबु लाई इज्जत नै गर्छन तर यहा त उस्तै पर्‍यो भने ४। ५ बर्षका आफ्नै छोराछोरी हरुसङ पनि डराउनुपर्ने स्थिती रैछ कतै पुलिस बोलाउला कि भन्ने। त्यसैले पनि आफ्नो छोरा,छोरी भनेर अलिक अधिकार जमाएर कुरागर्नु पनि डर भए पछी यो भन्दा दुर्भाग्य के हो हाम्रो समाज,संस्कृतिको लागि। कि कसो ? गल्ती भएमा क्षमा याचना सहित् अर्को अंकमा ।

क्रमश:



3 Comments:

Luna said...

आफ्नै बा-आमा लाई पुलिस बोलाएर कारबाही गर्न सक्ने छोरा छोरी -------
कती रुखो हुँदै गएको छ आजको समाज !

nepalean said...

हा हा हा....निकै घतपर्ने कुरा लेख्नुभयो प्रभा दिदी। यसपटकको अनुभूतिको नाम चाही नेपाली अबिभावकलाइ "एक छिन रोउं न " भन्ने शिर्षक राख्नुपर्ला जस्तो छ।

prabha said...

प्रतिक्रीयाको लागि धन्यवाद/
मैले छैठौ भागमा लेखेकी छु कि यो सब बच्चाहरुको मात्र दोश नभएर समय परिस्थितिको पनि दोश हो भनेर/ त्यती हो उनिहरुलाई हर आमा बाबुहरुले समय दिन सक्नु पर्छ र आफ्नो सन्स्क्रीती,सभ्यतालाई चिनाउनु पर्दछ किन कि उनुहरु भनेका त काँचो माटो हो जता जस्तो आकार दियो उस्तै स्वरूप बन्छ/यस्मा आमा,बाबुको पनि दोष छैन/ स्माया र ठाउले गर्दा त्य्स्तो हुन गएको हो/समय कर्तब्य कामलाई मिलाउन सके
त्यस्ता कुराबाट अलग्ग गराउन पनि सकिन्छ/अब के गर्ने त ?अमेरिकामा बसेर नेपालको चाल मात्र गरेर पनि भएन/ देश गुनाको भेष त हुनै पर्‍यो तर ---त्यही हो जहाँ बसे पनि बच्चाहरुलाई सहि बातावरण र सहि हेरचाहर उचित शिक्षा दिनुपर्छ र चाहिने लाड्प्यार दिनु पर्छ जस्तो मलाई लाग्छ/

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !