December 19, 2008

गजल - कि छैन !!!

gokul_bivas
गोकुल बिबश ढकाल
आज पनि अखबारमा के-के पढियो, दु:खका कुरा सुनियो के-के
तर, तानाशाहको त्यो ठुलो सालीक अझै ढल्या छ कि छैन,
चौध हजार निर्दोश मारिए आफ्नै आँखा अगाडि, देखियो के-के
नयाँ संबिधानको "मीठो" फल अझै फल्या छ कि छैन,
उतिबेला पुलिसलाई ताकिएरै ढुङ्गा ठोकियो, छेकियो के-के
जनता मार्ने रमितेहरुको मन पापले भतभत जल्या छ कि छैन,
कारखानाको टायर पनि थुतेरै बालियो, अनि फालियो के-के
शहिदले श्रापले पिरोलेर कसैको दाल गल्या छ कि छैन,
हेलम्बुको स्याउ नबिकेर कुहिएको देखियो, तर खाइयो के-के
निमुखाले सहन सक्ने रासनी भाउ आज चल्या छ कि छैन,
रगत खोली बग्यो तर मेलम्चिको पानी बगेन, तिर्खाले पीइयो के-के
आजकाल त सगरमाथामा नेपाली झन्डा पनि हल्ल्या छ कि छैन !
आज अखबारमा के-के पढियो, सुनियो के-के
तानाशाहको त्यो ठुलो सालीक अझै ढल्या छ कि छैन !!!
गोर्खा, हाल: बोस्टन, १६ डिसेम्बर ०८


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !