January 19, 2008

तथ्यांको कसीमा : जातीय संघीय नेपाल कि elite जातिका संघीय प्रदेश मात्र ?

नेपालको कूल जनसंख्यामा १% भन्दा बढी हिस्सा भएका १८ वटा ठूला जाति समूह क्रममा:

जात

जनसंख्या

कूल जनसंख्यामा %

साक्षरता %

१) क्षत्री

३५९३४९६

१५‍़ .८०%

६० .११

२) बाहुन

२८९६४७७

१२ . ७४%

७४ . ९०

३) मगर

१६२२४२१

. १४%

५५ . ९०

४) थारु

१५३३८७९

. ७५%

४७ . १२

५) तामाङ

१२८२३०४

. ६४%

४५ . ०४

६) नेवार

१२४५२३२

. ४८%

७१ . २२

७)मुसलमान

९७१०५६

. २७%

३४ . ७२

८) कामी

८९५९५४

. ९४%

४१ . २७

९) यादव

८९५४२३

. ९४%

४० . ८३

१०) राई

६३५१५१

. ७९%

५८ . १९

११) गुरूङ्

५४३५७१

. ३९%

५९ . ७९

१२) दमाई

३९०३०५

. ७२%

४३ . ५३

१३) लिम्बू

३५९३७९

. ५८%

५८ . १२

१४) ठकूरी

३३४१२०

.४७%

६३ . ३२

१५) सार्की

३१८९८९

. ४०%

३८ . ३३

१६) तेली

३०४५३६

. ३४%

५१ . ४२

१७) चमार,हरिजन

२६९६६१

. १९%

१९ . २४

१८) कोइरी

२५१२७४

. ११%

४३ . ८८

कूल ८०.६९%

राष्ट्रिय औषत ५३.७३%

स्रोत: केन्द्रीय तथ्यांक विभाग ( जनगणना २०५८), विकिपिडिया र सिआइए फ्याक्टबुक ।

नेपालको पछिल्लो जनगणनाले नेपालमा १०२ वटा बिभिन्न जातिहरुको बसोवास रहेको मुलुकको रुपमा देखाएको छ । तर मुलुकको कूल जनसंख्यामा १% भन्दा बढी हिस्सा भएका जातिहरू भने जम्मा १८ वटा छन् जसलाई उनीहरूको संख्या प्रतिशतका आधारमा क्रमिक रूपमा माथि देखाइएको छ ।

माथिको तालिकाले के प्रष्ट देखाउँछ भने देसमा बसोवास गर्ने जातजाति मध्ये सबै भन्दा ठूलो जाति समूह पहाडी क्षत्रीहरूको हो भने मुख्य १८ वटा जातजातिले नेपालको जनसंख्याको ८०% भन्दा बढी भाग ओगटेका छन । बाँकि रहेको जनसंख्याको १९% भन्दा केही बढी हिस्सा ८० भन्दा बढी जातजातिको रहेको छ ।

यस्तो विचित्र जातिय संरचनामा रहेको मुलुकमा , केही जातीवादी विद्वानहरू र पार्टी नेताहरूको पनि जिरह छ नेपाललाई अबको लोकतन्त्रमा जातिय संघको मुलुकमा रूपान्तर गरिएन भने घोर अन्या हुनेछ ।

जातीय संघको नेपालका आ-आफ्ना संस्करणका मानचित्रहरू पनि पस्किइसकेका छन् । सबै जातीवादी अधिवक्ताहरूको साझा माग रहेन गरेको छ माथिको तालिकामा ३,४,५,६,१०,११, र १३ नम्बरको क्रममा रहेका मगर, थारू, तामाङ, नेवार, राई गुरुङ र लिम्बूहरूका लागि छुट्टाछुट्ट जातीय राज्य हुनैपर्छ । स्मरण रहोस् यी सबै जातको कूल जनसंख्यामा प्रतिशत लगभग ३३% हुन आइपुग्छ भने बाँकि ६७% मध्ये केही ठुला जातिहरू र साना जातीको प्रतिशत रहन पुग्छ ।

जातीवादी आग्रही हरूले बाहुन र क्षत्रीलाई शोषक र औपनिवेशिकता अरू उपर लाद्ने जातको रूपमा निरन्तर प्रहार गरेर , अब भन्ने नेपालमा उनलाई केही छोड्न हुन्न भनेर दुत्कार एकातिर गरिरहेका छन् भने राई, गुरूङ र लिम्बु भन्दा जातिगत प्रतिशतमा धेरै नै माथि रहेका कामी, दमाई, सार्की, मुसलमान, यादव, ठकुरी, र उस्तै जातिगत प्रतिशतमा रहेका तर हेपिएका तेली , चमार, हरिजन र कोइरी जस्ता जातहरूको बारेमा अक्सर चुपचाप नै रहने गरेका छन् ।

यस्तोमा वर्तमानको मेरो नेपाल भोलिको संघीय गणतन्त्रम कसरी टुक्रिएर सबैलाई राज्य पस्केर न्याय गर्न सक्षम हुने हो सोच्नै नसकेर म बिलखबन्द परेको छु ।




4 Comments:

ठरकी दादा said...

भन्न पनि लाज लाग्ने! के गर्नु

जाली नोट छप्ने र तस्करको भरीया राष्ट्र प्रमुख भा छ।
हजारौको हत्यारा राष्ट्रपति बन्न आतुर छ।

आफ्ने दलका ओजस्वी नेतालाई कत्ले-आम गर्नेहरु समजका लिडर बनेका छन।

अनि त्यस्ताका धुपौरेहरु देशका प्रकाण्ड बिद्वान ।

अब यो देसको के हुन्छ त अरु।

Panda said...

राजनीतिमा जब निती, नियम , योग्यता आदी लाई पँछाएर जात वा धर्म भन्ने कुरो प्रवेश गर्छ या मिसिन पुग्छ तब राजनीति राजनीति रहदैन । दौड जितेर राज्य पाइने परम्परालाई नजिर बनाएर मध्य युगिन परम्परामा देशलाई फर्काउन खोजेको हो भने के नै पो भन्न सकिएला र । मुलुकमा समानुपातिक रुपले बिकास होस् भनेर संघीय गणतन्त्र ल्याउन जनत ले प्रयास गर्दा त्यो प्रयासलाई मिथ्या बनाउन मान्छेहरु आफ्नो शरीरको रौको मात्रा र नाकको साइजको वकालत गर्दै इन्ची टेप लिएर प्रदेश नाप्न हिडिरहेका छन। यो कदमले बिभिन्न बहानामा आफ्नो वर्चस्व कायम राख्न खोज्ने राजा बहेक अरु देश भित्रका कसैलाई फाईदा पुग्दैन । भावनाको भूतमा सवार आफुलाई बुद्धी जिवी भनाउनेहरु पनि विदेशी एन जि ओको दुई छाकमा रमाएर मुलुकमा केन्या र सुडान को प्रजातन्त्र को मोडेल भित्र्याउने गाडीका खलासी बन्न उद्धत छन ।

होइन यो देशको सिमाना वा नक्सा गोरखा का राजा ले जाल झेल गरेर बनाएको हो अब यस्लाई फेर्नु पर्छ भन्ने मान्यता राख्ने हो भने भोली कपिलवस्तु पारी तिर वा मधेस पारी का भारतीय हरुले पनि त्यो त नेपाल को फलानो राजाले हामी बाट लिएको हामीले फिर्ता पौनु पर्छ भन्ने माग राखे भने त्यस्लाई सुरुक्क त्यो क्षेत्र दिनु पर्ने होला होइन दिन्न भन्यो भने फेरी तर्बार र खुकुरी बोकेर उस्को मेसिन गन सँग लड्न जानु पर्ने होला।

यस्तै अराजक सोच र मनस्थिती रहिरहने हो भने नतिजा के हुन्छ इराक, सुडान, कङो, केन्या जता ततै देखिएको कुरा हो । बिकास देशका सबै कुनामा पुग्नु पर्छ, सबैले पढ्न लेख्न, सम्पन्न जीवन जिउन पाउनु पर्छ भन्ने सट्टा मैले शासन गर्न पाउनु पर्छ भन्ने भोका हरुको भिड ले झुपडिमा निरिह जीवन बिताइरहेका कसैको प्रतिनिधित्व गर्दैनन फगत अर्काको रगत को होली खेलेर कार चढ्ने र महल को बिलासी जीवन बिताउने आफ्नो दुस्वप्न बाहेक ।

अब त परिवर्तन भईरहेको छ पक्कै पनि योग्य मान्छे हरुको कदर हुन्छ, देशको लागि केही गरु अनी आफ्नो पनि दुई छाक गुजारा गरु भन्ने हरुले आफ्नो सिप, श्रम, जोश अनी जवानी देशलाई अर्पण गर्न पाउलान भन्ने कुरा पनि गर्भमा तुहिसक्यो। अब त फगत शान्ती सित बाँच्न पाउने आश नै म्ऋगत्रिश्णा पो हुने भो ।

Panda said...

अर्को कुरा बोल्ने को पिठो बिक्ने नबोल्ने को चामल पनि नबिक्ने मात्र होइन नबोल्नेको चामल बेच्ने अधिकार पनि खोसिने ठाउँ मा शासन Elite वर्ग को ठाउँ मा Elite जाती ले नै गर्ने त होला नि । नत्र बिधी को शासन छोडेर बल को शासनका पछाडि किन लाग्थे होलान र बन्धुहरु?

nepalean said...

मान्छे मिलेर अगाडी बढ्ने पो हो, ह्या त मान्छे मिलेर फुटाउने कुरा गर्छन। यसरी त कुरा कहिले पनि टुंगीदैन। कतीलाइ भाग पुर्याउने हो? यो त बाडि-चुडीको राजनिती भएन र?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !