March 2, 2009

गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ६

प्रभा आचार्य
हुन त सबैले सबैको गुण,बैगुणको चर्चा गरेर साध्य हुँदैन तर ती कुराहरु पनि मन भित्र गाडीएको हुनु पर्दछ, चाहे बिझाएर होस् वा त्यस्ले शान्त्वानाको रूप लिएर होस् । हुन त बाचुन्जेल हजारौसँग मिलन हुन्छ, बिछोड हुन्छ सबैलाई सम्झेर साध्य पनि त हुन्न । तर सम्झिन लायक र बिर्सिन लायकलाई भने मान्छेले अवश्य मनमा राखेको हुन सक्छ ।यस्तै आनन्दसङको क्षण पनि मेरोलागी सम्झिन लायक भएर मैले यसरी संस्मरण बनाइ पोख्ने अभिप्शा गरिरहेकी छु ।

आनन्दसङको भेट प्राय: दिनानुदिन हुन थाल्यो किनकी मैले उसबेलाको (शाही सैनिक रेडियो कार्यक्रम मा नाटक ,गीतिकथा लेख्न शुरु गरेकी थिए )। हामी प्राय रेडियो, एफ. एमव जहाँ जाँदा पनि संगै जान्थ्यौ । आनन्दको गीत रेकोर्डिङ जहाँ हुन्छ त्यहा मलाई बोलाउनु हुन्थ्यो ।मैले पनि आफ्नो हुँदा बोलाउँथे । प्राय: मेरो चाँही नयाँ गायक, गायिका, सङीतकारहरुसँग सामिप्यता भएकोले उनिहरुसँग भेटाउन म आनन्दलाई कुनै ठाउँमा बोलाउने गर्दथे । आनन्द पनि कुनै हिच्किचाहट बिना जहाँ भन्यो त्यही आउनु हुन्थ्यो । त्यस्को अर्थ मैले आनन्दको बारेमा पहिला नै भनी सकेकी छु कि वहाँमा आडम्बर, अभिमान थिएन । को नयाँ को पूरानो ? कुनै बिभेद थिएन झन वहाँले त नयाँ र संघर्षशिल हरुलाई त प्रोत्साहन दिनुपर्छ भन्ने भावना राख्नु हुन्थ्यो । मेरो पनि धारणा त्यस्तै थियो त्यसैले त हामी झन बिचार र भावनाले नजिकियौ शायद । यसरी आनन्द र मेरो साङितिक,साहित्यिक भावनामा अझ प्रगाड सम्बन्ध बनेर अघी बड्दै गयो । हाम्रा गीत हरु दुइजनाका सल्लाहा र सुझाउमा अझ परिमार्जित हुँदै गए । म भने सधैं हत्तारिएर लेख्ने जे लेखे पनि १० मिनट मा सक्नु पर्ने त र आनन्दको भने ठीक मेरो बिपरित थियो एउटा गीत लेखेर सक्न झण्डै महिनाभन्दा बढी लाग्ने । एक लाइन आज लेख्यो अनी त्यो कागजको खेस्रा गोजिमा हाल्यो अनी अर्को लाइन फेरी लेख्यो त्यस्लाई पुरा गर्न समय लाग्ने । आनन्दको गोजिमा प्राय: गीतका लाइन का टुक्राहरु भेटिन्थे । अनी आनन्दले भन्नु हुन्थ्यो दिदी तपाईं कसरी तुरुन्त लेख्नु हुन्छ?, म त त्यसरी सक्दिन । तर हाम्रो बिछोड भएको पनि लगभग अब त ८ बर्ष जत्ती भयो अब भने आनन्दको लेखन शैली कस्तो छ म भन्न सक्दिन, मेरो भने उही हो । यसरी आनन्द र मेरा दिनचर्याहरु साङितिक् फांटको ब्यस्तता मा नै बित्यो । त्यो समय मेरा पनि गीतहरु धेरै रेकोर्डिङ भए, अहिले म सम्झिन्छु एक दिन त म कस्तो बेफुर्सदी भए भने दुई चार वटा स्टुडियो मा मेरै गीतहरु मात्र रेकोर्डिङ भै रहेका थिए । मलाई धौ-धौ पर्‍यो ती स्टुडियोहरुमा कुद्न, किन कि म रेकोर्डिङको समयमा आँफै बस्ने गर्दथे शब्दहरुमा हेरफेर र अशुद्दता नहोस् भनेर । अनी आनन्दले पनि मलाई बोलाउने गर्नु हुन्थ्यो । यस्ता संस्मरणका क्षणहरु अझै छन । आनन्दले म प्रती गर्नु भएका कृतज्ञताका पलहरु प्रशस्त छन जुन म क्रमश:पोख्दै जानेछु । शायद आनन्दलाई लाग्ला कि यो संस्मरणमा साचै म त्यही आनन्द नै हुँ भनेर ?, मैले आनन्दलाई सर्प्राइज दिए झै हुनेछ । कसैले गरेको ब्यवहार, गुण उस्लाई भनिरहनु पर्दैन । मनमा राखेर उसप्रती अनुग्रहित हुन भने पर्दछ अगाडिको झुठो प्रशङ्शा भन्दा मनमा रहेको क्रितग्यपन नै सदा सर्वदा अंमिट रहन्छ /
क्रमश :



हिजो र आज


शेखर ढुँगेल

प्रसङ्ग १

समय जो निरन्तर बगिरहन्छ कुनै बहानामा यसको गति रोकिएको छैन । आज प्रासङ्गिक अनिवार्य विषय पनि बेप्रासाङ्गिक बनेको हुन्छ, कारक तत्व समयको गति नै हो । हिजो नवजात भोलिको बृद्धताको छाया तर्फ उन्मुख गराइ राखेको हुन्छ । यो प्राकृतिक नियमको पूर्णता समयले नै पुर्‍याई राखेको छ ।

यसै सन्दर्भमा आज अचानक एउटा गीत कानमा गुन्ज्यो, दोहोर्‍याई-तेहर्‍याई सुनें, समयको अन्तराल भौतिकता आधुनिकता विकासको क्रमिकता र आजको युवा समाज यो मेरो देश र आजको सन्दर्भमा एक छिन गम्भीर बन्दा कति प्रासाङ्गिक होला सानो ठूलो गरिब धनी नेता अभिनेता सवै विदेशिने संस्कार बसेको देशको यो पंक्तिकार स्वयं विदेशी भूमिमा छ र यो गीत गम्भीरता पूर्वक सुनिराखेको छ । स्व। स्वर सम्राट नारायण गोपाको मधुर आवाजमा-
अरुको भरमा पर्नु हुँदैन

आफ्नै भरमा जिउनु……॥
तान चलाउनु
चर्खा काट्नु
रुई उमारी
कपडा बुन्नु
आफ्नै नाच र गानमा रम्नु
स्वाभिमानी भै िहंड्नु
हेर फिरङ्गी विदेशी पस्लान घुम्लान
सबले रक्ष गर्नु………॥>

एक विभूतिको २ सय बर्ष अगाडिको यो उद्गार हामीले कम मूल्यांकन गरेको मेरो ठहर छ । अरुको भरमा पर्दा देशको आथिक्र राजनीतिक र सामाजिक संरचना विकृत एवं तहस नहस भैसक्यो आफ्नो देशको राजनीतिक भविष्य हामीले होइन विदेशी राजदूतहरुले तय गर्न दौडिराखेका समाचार सुनिरहँदा फिरिङ्गीदेखि होसियार बन्नु भन्ने उद्गार अप्रासाङ्गिक कसरी भनुँ ।

गान्धीको चर्खाको सम्मान गर् र्यौं तर रुइ उमार्न सकेनौं । तेल पछि मुख्य आवस्यक वस्तु खाद्यान्न झैं कपडा पनि हो । कपास उत्पादनमा आत्मनिर्भर बन्न सकेको भए तेलसित साट्न सक्थ्यौं । विदेशीको चलखेल एनजीओ र आइएनजीओ हुँदै कुटनीतिक नियोग मार्फत यसरी बढ्यो कि देश देश रहेन चार सिमानामा रेखाङ्कित भूभागलाई मात्र देश भने पुग्दछ भनी सन्तोष लिने हो भने अर्कै कुरा अन्यथा सामाजिक मौलिकता धर्म संस्कृति परम्परामा आएको बिचलन रोक्नु पर्दछ । नेपालीले नेपाली प्रति अविस्वास र विदेशी प्रति सम्मान गर्ने कुसंस्कार बढायो । जसको परिणाम हामी विखण्डित भैराखेका छौं नेपाली बन्नुको गर्व त्यागी जातियता दलियता र क्षेत्रियताको सकुंचनमा भौतारिन ती विदेशीले अधिकारको नाममा उकास्दै छन् । हामी बेलुन बनी उड्दै छौं जुन दिन होस् खुल्छ अस्तित्व समाप्त भैसकेको पाउने छौं ।

आफ्नो मौलिक धार्मिक सांस्कृतिक सामाजिक परिवेशको संगसंगै आधुनिकता अंगाल्न
सकिन्छ । सम्पन्न मुलुक जापान होस् कि दक्षिण एशियाकै राष्ट्र पाकिस्तान यसका उदाहरण
हुन । राष्ट्रको धर्म संस्कृति सामाजिक विशिष्टता विस्थापित हुनु राष्ट्र हितमा हुने छैन भन्ने त्यसबेलाको उद्गारलाई मनन गर्न हामी चुक्दैगैराखेका छौं ।

प्रसङ्ग दुई

विदेश भ्रमण सवैको सोख हुन सक्दछ तर विदेशमै भास्सिनु त वाध्यता वा कमजोरी नै हो भन्नेमा विवाद नहोला । स्वदेशको कल्पना र विदेशको यर्थाथता आकास पातालको फरक छ तर व्यवधान र समस्यालाई सहजै लिनुपर्ने अनिवार्यता आफ्नै ठाउँमा फरक-फरक अनुभव छ । दुःखलाई लुकाउने र सुखलाई वास्तविकताभन्दा बढाउने हाम्रो बानीले पछाडिका लाई प्रोत्साहित गरिराखेको देखिन्छ ।

महाकवि स्व. लक्ष्मीप्रसाद देवकोटाको महाकाव्यका महापात्र मुनामदनु को नियति र आजको शिक्षित अशिक्षित धनी गरिब प्रत्यक युवाको नियति बदलिएको छैन । मुनामदन को पीडामा आँशु झार्नेहरु स्वयं भने त्यहीं पीडामा रमाउन खोज्नु आफैंमा विडम्वना हो । समाज परिवार बालबच्चा श्रीमान् श्रीमतीको विछोडको पीडा भोग्न प्रोत्साहित भएको छौं, किन मुना मदनु स्रष्टाको देशमा मानिस निर्यात गर्ने व्यवसाय फष्टाएको छ । रोजगारीको अवसर दिने उद्योग धन्दा सुक्दै जाने स्वदेशी नागरिकता त्यागी विदेशी बन्न पीडा खोज्दै छौं

आज ।
शताब्दी अघिको स्व। देवकोटाको मुना मदन को केही हरफ र म अनि हामी ।
कलिला तिमी रहेछौं छोरा
कहाँसम्म जाँदैछौं
हे आमा जागिर खाउँ कि भनी
विदेश लाग्दैछु…………।
तिमी झैं नानी मेरो पिन
एउटा छोरा थियो
विदेश गएको दश बर्ष भयो
फर्केन अझै त्यो
मर् यो कि बाँच्यो कै छैन खबर
सम्झि म रुदै छु
आउछ कि भनी यो पिढी कुरी
बसेकि बस्यै छु
त्यसैले भन्छु ए नानी छोरा
विदेश नजाउ
मिठोर पिठो जे भए पिन
घरमा जुटाउ
म धेरै दिन बस्दिन विदेशमा
केही दिन बसि सकेको कमाइ
ल्याउछु देशैमा ।
सक्दिन बाँच्न बिसे्रर ती प्राणी
आउँछु चाँडै मन खु्शी पार्नेलाई………।

मदन जस्तो पात्र आज प्रत्यक घरमा जन्मिराखेको छ । हिजोदेखि आजसम्म हाम्रो कथा एउटै छ । ब्यथा एउटै छ खोइ कहाँ फडको मार् यौ खोइ हो भौतिकतामा परिवर्तन गर् र्यौं सुविधामा आँखा गाड्यौं तर नियति जिउ का तिउ मदनको युग र आज पनि हाम्रो सपना र आकांक्षा जस्ताको तस्तै छ । विदेशिनुको बहाना ब्यक्तिपिच्छे विविधता लिएर आए पनि यथार्थ त्यति हो कि सपना देख्ने जीवनलाई अधुरो पार्ने र आडम्बरी सुखमा रमाउने ।

प्रस्तुत दुई विभूतिका उल्लेखित उद्गार पछि स्वयं विदेशी भूमिमा कुनै बहानाको बैशाखी बोकी टाँसिई बसेको यो पंक्तिकारको निचोड यस्तो छ ।
आज
राष्ट्रवाद रोएको छ
बेसहरा बनी
स्वाभिमान गिरेको छ
धम्कीनै धम्की बनी
अपनत्व भागेको छ
अविश्वास बनी
विश्वास हराएको छ
शंकाको बादल बनी
शान्ति हराएको छ
बारुदको धुवाँ बनी
आँशु सुकेको छ
बैंस मै पीडा बनी
धैयर्ता टुटेको छ
दैनिक निरीह बनी
गन्तव्य छुटेको छ हाम्रो
अरुको भरमा परी ।



March 1, 2009

कोठे साहित्यिक यात्रा भब्यताको साथ मनाइयो

आचार्य प्रभा/ बोल्डर् कोलोराडो

मिती २८, मे,२००९, शनिबारका दिन कोलोराडो बोल्डरस्थित आचार्य प्रभा एव केशब आचार्य को कुटिमा ''कोठे साहित्यिक यात्रा'' कार्यक्रम समापन गरियो । डेन्वर, बोल्डर्, ब्रुमफिल्डका बिभिन्न साहित्यकर्मिहरुले आ-आफ्ना रचनाहरु बाचन् गरेर कोठे साहित्यिक यात्रालाई साहित्यमय बनाए ।

कार्यक्रममा बिभिन्न देशमा रहेका साहित्यनुरागिहरुको ईमेल मार्फत आएका रचनाहरु पनि पाठ गरियो । उक्त कार्यक्रममा फोन मार्फत शुभकामनाहरु पनि आएका थिए । कार्यक्रममा साङीतिक् छेत्रका कलाकारहरु मध्ये पुराना गायीका सविता चाम्लिङ, बिजय चाम्लिङ, बिजय अधिकारिको पनि सहभागिता थियो ।

कार्यक्रम ढिलैसम्म नै सन्चालन रह्यो भने उक्त कार्यक्रममा रचना पाठ गर्नेहरुमा १) डा. बिजय राज शर्मा २) ज्ञानेन्द्र गदाल ३)प्रमोद घिमिरे ४) रमेश पल्लव ५) जगन्नाथ गौतम ६) नीरा गौतम ७) केशब आचार्य ८) आचार्य प्रभा ९) भुपेन्द्र महत थिए भने साहित्य श्रवण गर्नेहरुमा कृष्ण श्रेष्ठ, कमल भट्टराइ, भागवत कार्की, रामलाल बिक, दीप्ती आचार्य, प्रज्वल अर्याल, नीती आचार्य, आकृती अधिकारी को पनि सहभागिता थियो । उक्त कार्यक्रमलाई प्रतेक महिनाको अन्तिम शनिबार निरन्तर दिने क्रममा अब आउने मार्च महिनाको कार्यक्रम कबी तथा गजलकार भुपेन्द्र महतको निवासमा हुने निर्णय गरिएको छ ।



गाउँखाने कथा - ५ (Nepali Gau Khane Katha)

अपडेट: गोली भएको भुइंको डोली बदाम हो। यस पटक दिलिप आचार्यले शुरुमै मिलाउनु भएको छ। प्रयास गर्ने र मिलाउने सबैलाइ धन्यबाद। दिलिपजीलाइ भने एउटा नया गाउं पुरस्कार। ल दिलीप जी कुन गाउं रोज्नुहुन्छ?
भुइंको डोली थिचेर खोली,भित्र हेर्दा दुइ-तीन गोली, के हो?


February 28, 2009

छापामारलाई डिग्री बाँड्ने विश्वविद्यालय खोल्ने रे !

जनयुद्धको विश्वविद्यालय

जनयुद्धमै नलागेर सुरुसुरु लेख्दै-पढ्दै गरेको भए अहिले अप्राज्ञ गोठाला भनी हेपिएकाहरु पनि डाक्टर-प्राज्ञ बन्न सक्थे होलान्। विडम्बना हामीले नै त्यतिखेर ९-१० कक्षामा पढ्दै गरेका हजारौं युवालाई त्यो पढाइ बेकार भनेर वर्गसङघर्षको विश्वविद्यालयमा पढ्न आह्वान गर्यौं।
(प्रज्ञा प्रतिष्ठानका कूलपति बनाइएर हटाइएका ईश्वरचन्द्र ज्ञवाली जनदिशा २०६५ फागुन १५ मा लेख्दै)

पढ्ने लेख्ने उमेरका किशोर किशोरीहरूलाई बुर्जूवा शिक्षाको कुनै महत्व छैन भन्ने अराजक उत्तेजना पढाएर, १०-१२ वर्ष हिंसात्मक लडाईँमा उपयोग गरिसकेपछि, माओवादी नेतृत्वले आफ्ना लडाकाहरूलाई तिनै बुर्जूवा शिक्षाका निशुल्क सर्टिफिकेट र लब्धांकपत्र बाँड्ने विश्वविद्यालय खोल्ने कुरा चर्चामा ल्याएको छ । उनिहरूको इरादामा फल लाग्न सक्छ किनभने,अहिले नेपाली सरकार, सदन र सडक ( तर सत्ता चैँ कब्जा भैसकेको छैन रे !) सबै नै माओवादी र उसलाई साथ दिने साक्षीहरूको नै छ । यति भएपछि, माओवादीले चाहेको अनुरूप निर्णय हुनलाई केवल समयको ढिलो चाँडोले असर पार्ला ।

तर प्रश्न उठ्छ: के यसरी छापामारहरूलाई उनिहरूले माओवादी पार्टीको नाममा लडेको सत्ता जित्ने लडाईँको पुरस्कार स्वरूप विस्वविद्यालयको शैक्षिक योग्यता र उपाधी स्वत: दिन हुन्छ ?, यसको खाँचो नै किन छ ? ,बुर्जूवा शिक्षा र शैक्षिक उपाधीको औचित्य नै नरहेको देख्ने उग्र कम्युनिष्टहरूलाई यसप्रतिको अनुरक्ति किन आइपर्‍यो ?, अनि यसरी आफ्ना पार्टी कार्यकर्तालाई 'फ्रि अफ चार्ज' मा बाँडिने सर्टिफिकेटले आँफैले दिने बाहेक कुन राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता पाउन सक्ला र ? यस्ता धेरै प्रश्नहरूले माओवादीले भन्ने र गर्ने गरेका धेरैजसो काम र व्यवहारका अगाडि असजिला प्रश्नहरू उठाउन वाध्य पार्ने गरेको महशूस हुने गर्छ ।

कटु सत्य भन्ने हो भने, जसरी अरू राजनैतिक दलका कार्यकर्ताहरू जसरी आफ्ना नेताहरूलाई सत्तामा स्थापित गराउन तल्लो तहमा जुध्ने गर्छन वा कुटाकुट, पिटापिट, मारमारको तहमा प्रतिस्पर्धारत रहन्छन् त्यही तरिकाको तर हिंसात्मक युद्दको मोर्चामा एक अर्थमा 'ब्रेनवास' गरेर आफ्ना तल्ला तहका कार्यकर्ताहरूलाई लड्न पठाएको हो । यो हिमसात्मक युद्दलाई उसले 'जनयुद्द' नाम दियो र विशेषत: शुरूवातदेखि नै राजनैतिक दलका ग्रामीण समर्थक र कार्यकर्ताहरू माथि लक्ष्य गर्दे यसका माध्यमबाट देशव्यापी दशहत र त्रासको वातावरण निर्माण गर्न आफ्नो शक्तिलाई लगानि गर्‍यो । उसको यही हिंसात्मक युद्द, तत्कालीन राजाको अदुरदर्शी महत्वाकांक्षा, राजनैतिक पार्टीहरूको जनपरिचालन, र विसेषत: भारतीय हस्तक्षेपले नेपालमा नया राजनैतिक परिस्थिति निर्माण भई राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना हुन पुगेको सत्य यथार्थता एकातिर हुँदा हुँदै , परिवर्तनको एकल जस आफ्ना छापामार कार्यकर्तालाई दिएर उनीहरूको सम्भावित असन्तोषलाई मत्थर पार्न माओवादी नेतृत्वले एउटा घोर विवादास्पद विषयलाई बेला-कुबेला बाहिर ल्याएको प्रतीत हुन्छ ।

माओवादीका आफ्ना छापामारहरूले दु:ख पाएका होलान, उनिहरु ज्यानको बाजी लगाएर लडे, कति मरे , अंगभंग भए यो सबै साँचो हो । तर यो कुरा पनि साँचो हो कि उनिहरूका कारण हजारौं निहत्था र निर्दोष नेपालीहरूको अकाल -अकारण जीवन हरण पनि भयो भने लाखौँ विस्थापित पनि बने । यी सामान्य जनता र तिनका लालाबाला छोराछोरीहरु पढ्न लेख्न र योग्य बन्न चाहन्थे तर पाएनन् । तिनले माओवादी छापामारले जस्तो बुर्जुवा शिक्षा बहिष्कार गर्ने क्रान्तिकारिता देखाएका पनि हैनन् तर पढाइ लेखाइप्रतिको उत्कट चहानाका बावजुद बेदखल बनाइएका हुन् । त्यस्तै राजनीतिको नशामा लागेर पढाइ लेखाइको झमेलामा पर्न नचाहने लाखौँ सुकुल-गुण्डे टाइपका ठिटा-ठिटीको हाम्रो मुलुकमा कुनै कमी पनि छैन । माओवादी नेतृत्वले भन्ने गर जस्तो ' जनयुद्दमा लागेर पढ्न नपाएकाहरू मौका पाएका भए पिएचडी र एम ए हुन सक्थे नि ' भन्ने हो भने हामीले वाध्यात्मक परिस्थिति र गरीवी एवं अवसरबिहीनताले देशभित्र र बाहिर परदेशिएका लाखौँ करोडौँ नेपाली माथि पनि दया गर्नु पर्ने होला । यसरी र मान्छेको उमेर अनुसार 'यो उमेरमा यसले यति पढेको हुनुपर्थ्यो' भन्दै उमेरका आधारमा नागरिकताको प्रमाणपत्र जस्तै निश्चित उमेरमा निश्चित प्रमाणपत्र बाँड्ने सरकारी अड्डाको स्थापना गर्दा जाती हुन्थ्यो होला !



किन गएछन सभासद मसाजपार्लर ?

धेरैले भने सभासद कृष्ण प्रसाद यादवको दिन विग्रिएको रहेछ । रंगेहात प्रहरीले समाते छ । आजकाल नेपालको प्रहरी अलि जागरुप भएका हुन की केहो मैले वुझन सकिन । कहिले ववन सिहलाई समातछ । कहिले पावरफुल पत्रकार धमला लाई अहिले सभासद यादवलाई । ल ल, ठिक छ, म चही यत्रो नेपाली मारेर सुपीम्रो हुँ भन्दै हिडनेलाई पनि समातेर थुनेको हेर्न प्रतिक्षारत छु । प्रसंगमा आऊ, हैन यो यादव किन गएछन मसाजपार्लर - अस्ती भर्खरै सभासदहरु नया वन्ने संविधान वारे जनताको मत वुझन गाउँ जाने समाचार पढे थिए । यही प्रसगमा मेरो विचारमा केही तर्क आएका छन । तपाई हरुको विचारमा कुन हुन सक्ला भन्नुस है ।

तर्क नं १ :नया वन्ने सविधान समावेसी प्रकारको हुने छ । सवैको भावनालाई यसले समेटने वताइएको छ । यसैले यादवले मसाज पार्लरवाट राय संकलनको यात्रा शुरु गरेका हुन की ?

तर्क २: नेपालको मधेसको स्थिती दिन प्रतिदिन खस्कदै छ । त्यहा जाँदा आज हो को भोली थाहा छैन । तेसैले भोली केही भैहाले भने आज रमाइलो गरौ भनेर होकी र?

तर्क ३ : नेपालको सडक मार्गको अवस्था सवैलाई थाहा भएकै हो । सभासद महोदय सभासद भए पछि कहिले गाउ फर्के की फर्केनन कुनी - त्यसै ले सहर वाट गाउँ जाँदा जिउ दुख्ला भनि यसो मसाज गरौ भनेर पो गएका हुन की र?

तर्क ४ :नेपालको सभासद पुरुषले पनि महिलाको औषधीको विल पेश गरेर पनि पैसा लिएको समाचार पढेकै हो । सभासद महोदयहरुले गाँउ जान अस्ति मात्र पेस्की वुझेका थिए । अव पेस्की फछयौट गर्दा सभासदको मसाज विल पनि पास हुन्छकी भनेर पो हो की ?

अरु तर्क पनि छन चने लेख्नुस है ।



हप्ता हंगामा - १ लाखमा गाडी


हो त, अब एक लाखमा गाडी किन्न पाइने भएको छ। भारू १ लाख याने अमेरीकी डलर २५०० मात्र । यो नेपालको बजारमा पनि देखिन सक्छ। सुरक्षाको कारणले अन्य देशमा भने यस्ले ठाउं पाउने छैन। २ सिलिन्डर इन्जिन भएको Tata Nano गाडी यही मार्चबाट बजारमा बिक्री बितरण हुने भएको छ। आउन त पहिलै नै आउनु पर्ने हो तर गाडी बनाउने कारखानाले किसानलाइ गतिलो मुआब्जा नदिएको कारण बिरोध मात्रै भएन टाटाले कारखाना नै सार्नु परेको थियो।
यो गाडीको सुरक्षा प्रबिधी एकदमै कमजोर मात्रै होइन कि छँदै छैन भने पनि हुन्छ। एन्टी लक ब्रेक त छैन छैन, एयर ब्याग पनि यसमा छैन। पछाडीको सिट मुनी इन्जिन भएको यो गाडीमा अगाडीको पांग्रा फित्ताले गुडाउंछ। हेर्दा यो चार पांग्रे गाडी भए पनि यस्लाइ छत भएको मोटर साइकल भने फरक नपर्ला। साना साना २ जना अगाडी बस्न मिल्ने यो गाडीमा अगाडीको सिटमा भने सिट बेल्ट छ। तर यस्मा पावर स्टेरिगं,पावर झ्याल जस्ता प्रबिधीको नामो निसानो छैन।

यो फुच्चै गाडी टाटाले महिनामै १५०० गाडी बनाउन सक्छ रे। दिनमै १५०० नया गाडी थपिने भारतमा यस्ले कतीको जाम थप्ने हो? भनिन्छ काठमान्डोमा गाडी लाइन लगाए बाटो भन्दा गाडीको लाइन लामो हुन्छ रे। भने पछि यो गाडी नेपाल भित्रीए गाडीको लाइन पक्कै थानकोट कट्छ। मारुती गाडीले टेम्पोको संकट निम्ताए अब भने खैनीको बट्टा भन्दा अली ठुला यि गाडीले ढोका थर्केने मारूतीलाइ साढे सात निम्ताउने निकै भय छ।


February 27, 2009

राजेन्द्र खेतानले हजुरआमा मारेको सत्यता:

कुरो मेरो परिवारिक घटनाको हो तर यहाँ उल्लेख गर्न मनले घचघचाइरह्यो । म बोस्टनको दुई बर्षे बसाइ छाडेर पर्सी क्यालिफोर्निया जादैछु, सर्दैछु । यसै शिलशिलामा आफन्तहरुले बोलाउनुभएको थियो - मलाई बिदाइको जमघटको लागि । त्यही त हो, नेपालीको बानी खायो, कुरा काट्यो अनी त्यही राजनीति । कुरो पार्टिगत हुँदै जादा नेपाली राजनीतिमा कम्युनिस्टहरुको उपस्थिती र टिकाउको समालोचना भयो । हुन त मैले ब्यक्तिगत कुरो यहाँ लेखीरहन त्यती उपयुक्त हुँदैन, त्यो मलाई थाहा छ । तर पनि सन्दर्भमा उठेका प्रसँग मात्रै कोट्याएको ।

एक जना दाजुले त्यसै प्रसङमा भन्नुभयो - मोहन गोपाल खेतानले नेपाली राजनीतिका कुनै पनि नेताहरुलाई चन्दा दिएकोले तिनिहरु सबै मेरा भुसुना हुन भन्थे । छेउमै बसेका अनी नाताले मेरा भिनाजु पर्नेले कता कता त्यो कुरा सुनेर जुर्मुराउदै आए । त्यो राजेन्द्रे चोर ? हत्यारा ?? अहिलेको "कथित" सभासद ??? त्यसले मेरो सासुलाई गाडीले हानेर मार्यो । त्यो हत्याराले कसरी नयाँ नेपालको खाका कोर्छ ? भन्दै भिनाजु रुन पो थाले ।

राजनीति र हत्या सगैं मिसिएकोले मैले सबै उपस्थित आफन्त महाजनहरुलाई धैर्य गरी वास्तविकता तिर लाग्नुपर्नको लागि अनुमती मागे । मेरो आग्रहपछी भिनाजुले भन्नुभएको "त्यो राजेन्द्रको" कहानी ।

२०५३ फागुनमा मेरा ति भिनाजुको बिहे छिनिएको रहेछ । ति भिनाजुको घर गोर्खा, ठिगुरेस्वारा । पछी कुरिनघाट । एकदिन भिनाजुको बिहे छिनिएसके पछी ति सासु त्यसै रोडपारी आफन्तको घरमा चिया पिएर अनी दु:ख सुखको कुरो गरेर बाटो काट्दै हुनुहुदोरहेछ । कुरिनघाटको त्यो मोडबाट एउटा कालो गाडीले बुढी आमालाई अचानक हानेछ । हान्यो, दुर्घटना भयो । कतिपय बेला मान्छे मुटुले काम नगरेर पनि बाच्छ भन्छन । हानेर मात्रै छोडेको भए पनि त बुढी बाच्थिन कि ! त्यो हत्याराले गाडी पछाडि पाङ्रा घुमाउदै ल्याएर लडेकी आमालाई फेरी हानेर किरिप्पै पारेछ । हत्या भयो । बजारकी आमाको हत्या भयो । बजारमा सबै लाटो र नबुझेका त पक्कै हुँदैनन । केही मान्छेले सोधेछन, ल हत्याराको लाइसेन्स ले त भनेछन । कसैलाई मारेर मात्रै हिंडेको भए फेरी अरुलाई पनि हानेर भाग्थ्यो होला तर छिमेकी हरुले छेकेछन अनी लाइसेन्स हेर्दा त रहेछन तिनै महान ब्यापारी मोहन गोपालका छोरा राजेन्द्र खेतान, अनी ने. क. पा. मालेको तर्फबाट मनोनित सभासद राजेन्द्र खेतान । गाडीको अगाडिको यात्री भुसतिघ्रे केटी - अर्धनग्न । पछाडि एउटा केटो, शायद खेतानको पि. ए. होला र अरु दुइ जना अर्धनग्न साहेलिहरु । टन्न बियर तानेर झल्लान भएका । मस्त ति राजेन्द्र, गाडीको ह्यान्डल समाएको थियो कि अरु कुनै चिज ... त्यो त भगवान जानुन । तर बाटामा हिंडेकी निर्दोष आमाको बेकारमा ज्यान गयो । तिनै राजेन्द्र अहिले कम्युनिस्ट भनौदा मालेको कोटाबाट सभासद छन । तपाइ हामी नै बिचार गरौ, त्यस्ता हत्याराबाट हामीले के आशा गर्ने ?

चारपट्टी तरुनी अनी सडकमा गाडी तथा निर्दोष आमाहरुको हत्या । आज तिनिहरुकै हालिमुहाली छ देशमा । हुन त मेरा भिनाजु पर्ने रोए । पक्कै पनि सारा नेपाली यो घटना सम्झेर रोलान या नही त्यो उनिहरुकै मनले जानोस् । कसैको सासु मर्दा त्यसपछी पनि छिनेको बिहे माथि सासुको हत्या अनी दर्दनाक तबरले । त्यसरिनै रोएको रहेछ भेनाको मन अनी सँगै बसेकी दिदिकी मन अनी मारिने ति आमाको छोराको मन ।

अब तपाईं हामी सोचौ । कसरी चलेको छ देश ? कसले अनी के का लागि ? को छन ठाउमा ? कमाउने ठाउमा, मार्ने र मनाउने ठाउमा । यसरी नै चलेको छ संसार र सँगै दुनियाँको रीत । कसैक्क सासु अनाहकमा मरे पनि बाँकी शान्तातिले सुख पाउन । हत्याराहरुको हातले लेखेको संबिधानले सात हजार सहिदका मनले शान्ती पाउन । जय शहिद ! जय नेपाल !! अस्तु !!!



मुख बुझो लाउनु कस्को

मुख बुझो लाउनु कस्को भन्नेले के के भन्छन
काम नहुनेको के कुरा दिउसै तारा गन्छन

बुद्धी कहाँ चर्न जान्छ गोठालो लागेर भएन
नत्र किन भडार पूर्न आफ्नै आगन खन्छन

हाँसी हाँसी नासी दिने अबोध चेहरा पनि
अचेल माकुरैलाई माथ दिने जाल बन्छन

बिपना धितो राखी सपना उधारोमा टाँगेर
नथेगिने ऋनको भारी बोकी ठसठस कन्छन

निशब्द भई निर्दोष हेराइ बटुली बिचरा
निमुखा मन थिचोमिचो प्रसाद सरी सन्छन


बधाइ र शुभकामना नेकपा एमालेलाई !!!

नेकपा एमालेले आफ्नो अधिवेशन भर्खरै सम्पन्न मात्र गरेन , उसले नेपाली राजनैतिक पार्टीहरूको इतिहासमै सबैभन्दा लोकतान्त्रिक तरिका र विधि मार्फत पार्टीको आगामी दिशा,दशा र नेतृत्व तय गर्ने महान कार्यको शुरूवात गरेर देखाइदियो । यो महानतम अभ्यासबाट नेपाली लोकतन्त्रको पर्यावाचीको रूपमा आँफूलाई एकल प्रतिनिधि ठान्ने नेपाली कांग्रेस जस्तो राजनैतिक पार्टीले र अरू पनि लोकतान्त्रिकताका पक्षधर राजनैतिक शक्तिहरूले नैतिक पाठ पढिदिए , नेपाली लोकतन्त्रको समष्टिका लागि अति उत्तम संस्कार शुरूवात हुने कुरामा ढुक्क बन्न सकिन्छ । पार्टी भित्र आन्तरिक लोकतन्त्रको प्रवर्द्धन गर्ने कार्यमा नेकपा एमालेले लिएको यो अग्रसरताका लागि , यो पार्टी निश्चित रूपमा बधाइको हकदार छ ।

पार्टी भित्र आन्तरिक लोकतन्त्र फलिभूत पार्ने कुरा नेपालमा मात्र हैन, सबै जसो दक्षीण एशियाली मुलुकहरूमा गाह्रो देखिएको छ । भारत, बांग्लादेश, श्रीलंका र पाकिस्तानका पुरानो इतिहास बोकेका लोकतान्त्रिक पार्टीहरूमा समेत निश्चित परिवारको नेतृत्व नरहेमा उक्त दल टुहुरो बन्ने त्रास छ । नेपालमा नेपाली कांग्रेसको अस्तित्वलाई कोईराला परिवारको संरक्षण र कोईराला परिवारले आँफ्नो अस्तित्वको पर्यायको रूपमा कांग्रेसलाई हेरिने कुरा हामीले देके जानेको कुरा हो । यस्तोमा , एउटा अधिनायकवादी विचारको पक्षपोषी मानिन सक्ने ,नामको कम्युनिष्ट पार्टी एमालेले आँफ्नो निति र नेतृत्वमा लोकतान्त्रिक विधिको लाहाछाप लगाएर अपनाउने जुन बहादुरी देखाएको छ यो कुराले नेपालभित्र राजनिति गरेर लोकतान्त्रिकताको दुहाइ दिन नथाक्ने अन्य राजनैतिक दल र शक्तिहरूलाई दलको आन्तरिक चरित्र र व्यवहारदेखि बाह्य शासन पद्दतिसम्ममा लोकतान्त्रिक चरित्र र संस्कारको अवलम्बन र अनुपालनमा लाग्न पाठ पढाएको छ ।

वर्तमान नेकपा एमालेका सबैभन्दा वरिष्ठ नेता माधव नेपालले एमालेको वरिष्ठ नेतृत्वमा सहमति निर्माण हुन नसकेर चुनाबमा जाँदा, पार्टी पूर्ण विभाजित हुन सक्ने सम्भावना देखाएर अध्यक्ष पदमा लड्न चाहनु भएन । अध्यक्ष पदको लडाईँमा झलनाथ खनाल र खड्ग ओली बीच हिन्दीमा भनिने ' काँटेकि टक्कर' को स्थिति रह्यो । गणितीय हिसाबले ओलीले ११७ मतले हार्नु भयो तर पनि संस्थापक नेतृत्वसंग खुल्ला र एक्लै लडेर ओलीले जुन मत प्राप्त गर्नु भयो त्यसले वहाँको विचार पनि पार्टीभित्र निर्धो र दूर्बल छैन भन्ने निष्कर्ष हव्शय दिएको छ । आफ्नो 'होम ग्राउण्डमामा खेल्ने मौका पाएका 'आँफै महासचिव रहेर आफ्नै नेतृत्वका कार्यकाल अवधिमा देशव्यापि पार्टी प्रतिनिधि चयन गराई, झिनो बहुमतले विजय हासिल गर्न पुग्नु भएका झलनाथ खनालले प्राविधिक र गणितिय रूपमा निर्वाचन जित्नु भएको छ तर पार्टी कार्यकर्ताले वहाँलाई नेतृत्व दिँदै ओलीको राजनैतिक प्रतिवेदन र नीति कार्यक्रमको जिम्मा लगाउँदै भारी बोकाएका छन् । सम्पन्न एामले अधिवेशनले दिएको सन्देशलाई बुझ्ने हो भने कुरा प्रष्ट छ , नेतृत्व विभाजित बन्न खोजे पनि कार्यकर्ताले भने नमिली काम गर्न सक्दैनौ भनी एमाले नेतृत्वलाई ठिंगुर्‍याएका छन् । यसर्थ, एमाले कार्यकर्ताको निर्णय र नेतृत्व चयनको तरिका जति प्रशंसा गरे पनि नसकिने खालको छ । यो नै एमालेको वर्तमान सामर्थ्य हो भन्नुमा अत्युक्ति हुँदैन ।

नेतृत्वका पराजित प्रतिस्पर्धी ओलीको स्पष्ट उद्घोष थियो , माओवादी अतिवादी व्यवहारको बिरुद्दमा पर्‍यो भने कडा रूपमा उत्रिनु पर्छ । यहि कडा र खरो कुराले उनलाई पपुलर र पराजित दुवै बनायो । ओलीको विचार एमालेमा हारेको छैन किनभने वहाँको पराजयका बावजुद वहाँसंगको लबीमा लडेका ६०% सदस्यहरू केन्द्रिय नेतृत्वमा आएका छन् । यो ढाँचाको केन्द्रिय समिति बनाइदिएर कार्यकर्ताले भने कुनै एउटा समूहको हालिमुहाली हुनसक्ने परिस्थितिमा पनि अंकूश लगाइदिएका छन् । तर, झलनाथ र बामदेव लबीको एमालेले , एमाले स्वयमलाई माओवादिहरूको एउटा लाचार छायाँको रूपमा घटुवा नगरिदियोस् भन्ने एमाले कार्यकर्ता वृत्तमा रहेको डरलाई झलनाथ खनालले गतिलो ढंगले सम्बोधन गर्नु पर्नेछ । झलनाथले ' गह्रूंगो भारी बोक्छू' भनेर नेतृत्व लिनु भएको छ तर यो भारी कतै अर्को नारायणकाजी बनेर रुपान्तरण नहोवस् भन्ने कामना गर्नु यति बेला श्रेयस्कर हुन्छ होला । लामो धरोहर र इतिहास बोकेको एमाले यो भयानक लोकतान्त्रिक 'स्टण्ट' खेलेर कतै एउटा अधिनायकवादी सत्ताको सांक्षी बन्न नपुगोस् । यो अवसर र चुनौतिको झलनाथ नेतृत्वको एमालेले राम्रो बहन गरोस् । बधाइ र शुभकामना !!!


हिजो आफ्नै सोच्ने मन

प्रबिण थापा

हिजो आफ्नै सोच्ने मन टाढा भइदिएछ
पराइको जाली माया गाढा भइदिएछ

जे पनि तिम्रो लागि गर्न सक्छु भन्ने मन
अनायसै मुटु घोच्ने काडा भइदिएछ

खै के भनु के गरौ आफुसँग केही छैन
आखिर सपना टुटाइदिने अग्लो डाँडा भइदिएछ

केही चाँहीदैन तिम्रो माया भए पुग्छ भन्थौ
तर आज मेरो माया थोत्रा भाडा भइदिएछ

वालापनै नभोगी जवानी बने जस्तै
आफन्तको संसार बिर्सी छाडा भइदिएछ


समान शिक्षा, अर्थमन्त्रीको सोच र ‘विष्फोट’ ।

नेपाललाई १० बर्षमा १० हजार किलोवाट बिजुली निकालेर उज्यालो र समृद्ध देश बानाउने नाराका साथ अगी बढेका माओबादी सरकारका एकजना प्रभावशाली नेता र हालका अर्थमन्त्रीले हिजो ‘अबका दिनमा सरकारी तलब खानेका छोराछोरीले “बोर्डिङ स्कुल”मा पढन नपाउने’ भन्ने यौटा गज्जबको नीति निर्माण हुन लागेको जानाकारी गराउनु भएको छ ।

कुरोको चुरो शुरु गर्नु अगाडि पहिला त मलाई यो नेपालको परिप्रेक्षमा यो “बोर्डिङ स्कुल” भन्ने शब्दको अर्थ नै अहिले सम्म प्रष्ट छैन

शब्दकोषहरु पल्टाएर हेर्दा boarding school भन्नाले “A private school where students are lodged and fed as well as taught” भन्ने बुझिन्छ। विकिपेडियामा हेर्ने हो भने त अझ “...the word 'boarding' in this sense means providing food and lodging.” भनेर बोर्डिङ स्कुल भन्नाले ‘आवासीय स्कुल’ वा अझ प्रष्ट गर्दा ‘पढने-बस्ने-खाने’ स्कुल भन्ने बुझिन्छ। तर हाम्रो नेपालमा भने २-३ वटा अंग्रेजीका किताब पढाउने निजि बिद्यालय सबैलाई (आबासीय सुबिधा भए वा नभए पनि) ‘होलसेल’ मै “बोर्डीङ स्कुल” भनिन्छ ।

बोर्डीङ स्कुलको अबधारणालाई हेर्ने हो भने हामीकहाँ रहेका कतिपय “बोर्डीङ स्कुल” बास्तबमा बोर्डीङ स्कुल नै होईनन्। त्यसैले हाम्रा अर्थमन्त्रीले कस्ता खाले स्कुलमा सरकारी तलब खानेले छोराछोरी पढाउन नपाउने गर्न लाग्नु भएको हो बुझ्नै पनि गाह्रो छ । तर कुरा जे भए पनि अब ‘सरकारी तलब खानेका छोराछोरीले सरकारी स्कुलमै पढनु पर्ने भो’ भन्दा चाहि मन्त्रीज्युको भाव बुझ्न सकिन्छ ।

अब लागौं यस्तो व्यबस्था गर्नु पर्ने कारणतर्फ, मन्त्रीजूको विचारमा सार्वजनिक पद धारण गरेका व्यक्तिले निजी शिक्षण संस्था खोल्ने र तिनमा आफ्ना छोराछोरी पढाउने गरेको र त्यसले गर्दा सरकारी शिक्षण संस्थाको शैक्षकस्तर खस्कने गरेको छ’ रे! । गज्जबको सोच छ !! अनी गज्जबको छ आँकडा पनि!!, देसमा कतिजना त्यस्ता व्यक्ति होलान जो आफ्ना बच्चाबच्चीकोलागि आफैं स्कुल खोल्न सक्षम होलान । फेरी कसैले निजी स्कुल खोल्दैमा कसरी सरकारी स्कुलको स्तर कसरी खस्कन्छ ?, सोचिनसक्नु छ ।

शिक्षामा एकरुपता ल्याउने माओबादिका गफहरु १० बर्ष अगाडि देखि नै सुनिदैं आएको हो र अझै पनि ´फेरि पनि गरीब र धनीले पढ्ने शिक्षा फरक रह्यो भने यहाँ ज्वालामुखी विष्फोट हुन्छ´ भन्ने अभीव्यक्ति दिन मन्त्रीज्यू पछाडी पर्नु भएको छैन । अब के त ? यो ‘विष्फोट’ बाट जोगाउन सबै निजी स्कुल बन्द गर्ने त?, कि निजि स्कुलाई पनि स्तरीय शिक्षा दिन बन्द गर्न आदेश दिने?। उहाँकै बिचार अनुसार सबैलाई एकै किसिमका शिक्षा दिने हो भने यो दुई बाहेक अर्को तेस्रो विकल्प छँदा पनि छैन ।

सरकारी स्कुलको स्तर खस्कनुमा निजीस्कुलको कुनै हात छैन, यसकालागी हालसम्मका हाम्रा शिक्षा नीति नै जिम्मेबार छन । कुनै यौटा निकायमा समस्या देखा परेपछि, समस्या निराकारण गर्ने कि त्यो समस्याले अछुतो रहेको निकायहरुलाई बन्द गर्ने ?।, यो कुनै पनि विचारवान व्यक्तिलाई सोध्नु पर्ने प्रश्‍न पक्कै होईन होला। त्यसैले सरकारले सरकारी स्कुलको गुणस्तर सुधार्नेतर्फ ध्यान दिनु जरुरी छ, जसको लागि:

शिक्षकरुलाई तालिम आदिको व्यबस्था गर्ने

पाठ्यक्रममा क्रमिक सुधार गर्दै लाने

सरकारी स्कुललाई सकेसम्म सुबिधासम्पन्न बनाउने

सरकारी स्कुलका शिक्षक र कर्मचारीलाई सकेसम्म बढि सुबिधा उपलब्ध गराएर योग्य व्यक्तिहरुलाई सो सेवामा आकर्षित गर्ने आदी धेरै कार्य गर्न सकिन्छ ।

सरकारी कर्मचारी वा सरकारी लाभको पद धारण गरेकालाई आफ्ना बालबच्चा सरकारी स्कुलमै पढाउनु पर्ने हावादारी नीयम बनाएर न त सरकारी स्कुलको स्तर उठछ, न त हाम्रो देसमा यो नीयमको कार्यान्वयन नै प्रभावकारी हुन सक्छ ।

सरकारी र निजी स्कुलमा गुणस्तरीय भिन्नता छन, तर यस अबस्थामा सरकारी स्कुलको स्तर उठाएर तिनलाई निजि बिद्यालयसंग प्रतिस्पर्धा गर्न लाएक बनाउने कि, निजि बिद्यालयलाई पनि सरकारी स्तरमा झार्ने ? यो प्रश्‍न पनि विवेकशील व्यक्तिलाई सोध्नै नहुने प्रश्‍न हो । खाली ‘केहि गर्दैछौं’ भन्ने देखाउनलाई मात्रै वा समानता को ढ्याङ्रो ठोक्नलाई यो नीति ल्याउन लागिएको हो त्यो त मन्त्रीज्यू र यसका नीति निर्मातालाई मात्रै थाहा होला तर सोचको क्षणीक ‘उठान’ को प्रभावमा आएर गर्न लागीएको यो निर्णयले सहमति भन्दा बिबाद र सुधार भन्दा बिगार नै बढि गर्नेमा भने कुनै सन्देह छैन ।

अन्तमा सरकारी स्कुल र निजि स्कुलमा स्तरीय भिन्नता छँदा ‘विष्फोट’ हुने देशमा भोलीको दिनमा सरकारी अस्पताल र निजी चीकित्सालयको सेवा र गुणस्तरको भिन्नताले पनि ‘विष्फोट’ होलान । सरकारी बैंक र निजि बैंकको सेवा र सुबिधामा फरक आँउदा पनि ‘विष्फोट’ होलान । सरकारी उद्योग र निजि उद्योगको आर्थीक असमानताले पनि ‘विष्फोट’ होलान। अनी त्यस्तो बेलामा के गर्ने?, सरकारी कर्मचारीले कमाएको पैसा सरकारी बैंकमा मात्रै राख्‍न पाउने , बिरामी भएमा सरकारी अस्पतालमा मात्रै उपचार गर्न पाउने, कुनै पनि सामान वा सेवा चाहिएमा पनि सरकारी उत्पादन वा सेवामुखी निकायमा मात्रै भर पर्नु पर्ने?। साझाकै बस बाहेक अरुमा सबारी गर्न नपाउने, नेपाल एयरलाईन्स बाहेकका अरु बिमानमा चढन नपाउने ?।

मन्त्रीज्यू निजी संरचनालाई हल्लाउने हैन, सरकारी निकायलाई मजबुत गर्ने तर्फ लाग्नुहोस, बोर्डिङ स्कुलको स्तरमा अंकुश लगाउने हैन सरकारी स्कुलको गुणस्तर सुधार्न लाग्नुहोस। जनताले पक्कै साथ दिनेछन । समानता र स्वतन्त्रता संगै जान मुश्किल हुन्छ । त्यसैले समानताको नाममा आफनो योग्यता र आर्थिक क्षमताले भ्याउने स्कुल छान्ने स्वतन्त्रतामा ठाडो अंकुश नलागाउनुहोस । हैन महंगा निजि बिद्यालय ( ओहो ! ‘बोर्डिङ स्कुल’ भन्नु पर्छ क्यार ! ) मा आफ्ना छोराछोरीलाई पढाउन सरकारी कर्मचारीले भ्रष्टाचार वा आर्थिक हिनामिना गर्छन र यसरी उनिहरुलाई सरकारी स्कुलमै पढन बाध्य गरेपछी भ्रष्टाचार रोकिन्छ भन्ने विचार हो भने यो मैले आजसम्ममै सुनेको सबैभन्दा हाँस उठने ठट्टा हो ।



February 26, 2009

गीत --मर्नु पार्यौ --


शेखर ढुँगेल्
०२-२४-२००९
मर्नु पार्यौ कान्छी तिमी ले
माया गरेर
दिन भरी कुरायौ
आएर सपना मा कुतकुती लगायौ
उज्यालो नहुँदै कता हरायौ
मर्नु पार्यौ कान्छी तिमीले --
दिन भरी कुद्छ्यौ एता र उती
आँखा झिम्काउदै
जब पर्छ्यौ एक्लै साझ मा
एस एम गरेर हैरान बनायौ
भोक र निन्द्रा भगाई मेरो
दुनियाँ हसायौ
मर्नु पार्यौ कान्छी ----
चुल बुले तिम्रो बानी
कोइली जस्तो बोली
हरिण जस्तो जिउ डाल तिम्रो
सब लाई लोभ्याउदै हिंड्ने बानी
तिम्रै याद मा बिहानै
भट्टि पुग्ने मलाई बनायौ
मर्नु पार्यौ कान्छी तिमी ले ---


February 25, 2009

मेरो पहिलो परिचयः नेपाली

शिव प्रकाश

म को हूँ? मेरो नाउँ के हो? मेरो थर के हो? मेरो जात के हो?

मेरो नाउँ शिव, राम, श्याम, हरि, कृष्ण, बहादुर, प्रसाद, नाथ, लाल, कुमार जे होस्!

मेरो नाउँ पछि आउने मेरो जात ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र तथा मेरो थर पौड्याल, पोख्रेल, कटुवाल, दराई, राई, लिम्बु, मगर महर्जन, नापित, माली, कामी, दमाई, श्रेष्ठ, सार्की, चमार, मुसहर, बाँतर, सतार, धिमाल, थारु, चौधरी, तेली, बनिया, मण्डल, महतो, हजाम, पण्डित आदि इत्यादि जे होस्!

म कसको छोरो हुँ? कसको दाजु, कसको भाइ, कसको बाबु, कसको भतिजो, कसको काका, कसको मामा, कसको ज्वाइ, कसको सालो, कसको भिनाजु अथवा कसको लोग्ने वा कसको प्रेमी? आदि इत्यादि जे होस्!

म जेसुकै नाम-नामेसी, जात-जाति अथवा भाषा-भाषी, थर-थरान र सम्प्रदायको मान्छे किन नहुँ? कसैसँग कुनै साइनो बाँधिएर संसारको कुनै स्थानमा किन नरहुँ? तर मैले सधैं मेरो परिचय खोजिरहेको, चहारिरहेको हुन्छु, चाहिरहेको हुन्छु। चाहँदै, खोज्दै, चाहर्दै, पच्छ्याउँदै जाँदा मैले मेरो परिचयको परिचय एउटामात्र पाउँछु!

यावत् प्रश्नको एउटामात्र उत्तर अर्थात यावत् एवं विविध खोजीको एउटैमात्र प्राप्ति! सम्पूर्ण प्रश्नको एउटै उत्तर! तर पूर्ण अर्थात सम्पूर्ण उत्तर!

र, त्यो एउटा अर्थात एक्लो तर पूर्ण र सम्पूर्ण उत्तर हो - नेपाली! म नेपाली! मेरो परिचय नेपाली अर्थात् मेरो पहिलो परिचय नेपाली!

हो, सबैभन्दा पहिला म नेपाली हूँ र मेरो पहिलो परिचय नेपाली हो।

यो एउटा र एक्लो उत्तर नै मेरो परिचयको सामूहिक र सम्पूर्ण उत्तर हो। मेरो सम्पूर्ण परिचयको पूर्ण परिचय हो - नेपाली! मभित्रका अनेकताभित्रको एकता हो - नेपाली! मभित्रका अथाह अन्तर्भिन्नताभित्रको एकरूपता र आस्था हो - नेपाली! मेरा वरिपरिका अपूर्णताभित्रको पूर्णता हो - नेपाली! कहिल्यै मरेर नजाने कसैले हरेर लान नसक्ने मेरो परिचय हो - नेपाली! मेरो मन - नेपाली! मेरो तन - नेपाली! मेरो पन - नेपाली! मेरो अस्मिता हो - नेपाली, मेरो अस्तित्व हो - नेपाली! नेपाली, नेपाली र नेपाली!

म नेपाली! नेपालको छोरो नेपाली अथवा नेपालको छोरी नेपाली! अर्थात मेरो पहिलो परिचय नेपाली, नेपाली र नेपाली! मात्र नेपाली!

नेपाली हुँ, त्यसैले म भन्छु -

नेपाली हूँ म नेपालको माटो यो छातीमा सजाउँछु

पूर्खाले पूजेको माटोको टीका निधारमा लगाउँछु।

म स्वदेशमा हुँ वा दशदेश दूर परदेशमा हुँ सधैं म भन्छु -

म नेपाली हुँ।

मेरो नाउँ नेपाली हो।

मेरो जात नेपाली हो।

मेरो थर नेपाली हो।

मेरो भाषा नेपाली हो।

मेरो भावना नेपाली हो।

मेरो आस्था नेपाली हो।

मेरो विश्वास नेपाली हो र मेरो बिचार नेपाली हो।

मात्र नाउँका लागि मलाई दिइएको मेरो नाउँ शिवप्रकाश भएता पनि जन्मले पाएको मेरो जन्मसिद्ध नाउँ नेपाली हो। जुन अकाट्य छ। अमेट्य छ। हृदयको शिलापाटीमा लेखिएको छ।

मलाई यो नाउँ मेरो जन्मपछि कसैले दिएको हैन, कसैबाट उपहार, उपाधि र उपमाका रुपमा पएको हैन। कसैले गुताइदिएको पगरी हैन। मैले जन्मदै लिएर आएको नाउँ हो - नेपाली! अर्थात नेपाली शिवप्रकाश र शिवप्रकाश नेपाली!

नेपाल आमाको कोखबाट जन्मिए। नेपाली भएरै नेपाल आमाको काखमा हुर्किएँ। अहिले म जहाँ रहे पनि सबैभन्दा पहिला नेपाली हुँ। त्यसपछि मात्र कथित नामले, जातले, भाषाले, सम्प्रदायले, धर्मले चिनिने फलानो चिलानो अरु कोही हुन सक्छु!

मेरा बाबुको जात र थरभन्दा अघि म त्यो नेपाली माटोको जात हूँ। त्यो नेपाली धरतीको थर हूँ। जुन मेरा बाबु बराजेले पूजेको माटो र धरतीको जात र थर हो - नेपाली! त्यसैले मेरो जात नेपाली हो, मेरो थर नेपाली हो अर्थात मेरो पहिलो परिचय नेपाली हो। र, मेरो जन्मसिद्ध परिचय नेपाली हो।

म जसको छोरो भए पनि नेपालीको छोरो हुँ। म जसको बाबु भए पनि नेपालीको बाबु हुँ। नाम नामेसीमा म सबैभन्दा पहिला नेपाली हूँ। जातपातमा म सबैभन्दा पहिला नेपाली हुँ। छत्तीस वर्णमा मेरो सबैभन्दा पहिलो वर्ण नेपाली हो! सयौं जातजातीमा मेरो पहिलो जात पनि नेपाली हो। नातासम्बन्धमा सबैभन्दा पहिला नेपाली हुँ। त्यसपछि मात्र म कसैको दाजु, भाइ, काका, भतिजो, मामा, ज्वाइँ, सालो, भिनाजु, लोग्ने वा प्रेमी हुँ वा हुनसक्छु। तर यी सबैभन्दा पहिला म नेपाली हुँ!

तराइदेखि हिमालसम्म, मेचीको वल्लो किनारदेखि महाकालीको पल्लो किनारसम्म अनि देशदेशावरमा छरिएर रहेका नेपाल आमाका सन्तान दरसन्तानसँग मेरो एउटै साइनो छ, एउटै नाता छ - ती सबै मेरा नेपाली बन्धुबान्धव हुन्। त्यसपछि मात्र नाता वा साइनो जोडेर चिनिने अरुको म कोही हुँ वा मेरा अरु कोही हुन्। यी सबैका म सबैभन्दा पहिला नेपाली हुँ र सबैका लागि मेरो पहिलो परिचय पनि नेपाली हो।

त्यसैले म भन्छु -

तराइमा धोतीकुर्ता लगाए पनि म सबैभन्दा पहिला नेपाली हुँ

पहाडमा डोको नाम्लो बोके पनि म सबैभन्दा पहिला नेपाली हुँ

हिमालमा चौरी चराएर हिँडे पनि म सबैभन्दा पहिला नेपाली हुँ

चारजात छत्तीस वर्णमा मेरो सबैभन्दा पहिला वर्ण नेपाली हो।

त्यसैले म गर्वकासाथ भन्छु -

म नेपाली हुँ

म ईश्वरसँग प्रार्थना गर्छु -

आफूलाई सधैं नेपाली भनिरहूँ,

सधैं मेरो पहिलो परिचय नेपाली बनाइरहूँ।

शिरमा सगरमाथा बोकीरहूँ

मुटुमा मेची र महाकाली बगाइरहूँ।

नेपाली हुनुको अर्थ आफूलाई यसरी नै सधैं म नेपाली बनाइरहूँ, नेपाली भनाइरहूँ। नेपाली देखाइरहूँ। म जस्तै सबै नेपाली "म" हरू, मनहरू, मस्तिष्कहरू, मतहरू, मननहरू, मनपेटहरू, मनसाहरू, मनोभावहरू, मन्थनहरू सबैभन्दा पहिला नेपाली "म" हुन् र सधैं नेपाली "म" नै भइरहुन्। सबै नेपाली "म" हरूले सधैं आफ्नो परिचय नेपाली बनाइरहुन्!

हाल - बोष्टन, अमेरिका।


अन्तराष्ट्रिय नेपाली साहित्य समाज यूएई च्याप्टरले प्रवासी कविता भाग २ प्रकाशन गर्ने ।

अनेसास यूएई च्याप्टरले आदीकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर प्रवासी कविता सँग्रह भाग २ प्रकाशन गर्न लागेको हुँदा उक्त कविता सँग्रहको लागि कविता, गजल, गीत उपलब्ध गर्राईदिनुहुन हार्दिक अनुरोध गरेको छ ।

कविता पठाउँदा निम्न कुराहरुलाई ध्यान दिन पनि अनुरोध गरेको छ ।

१) कविता सकेसम्म नेपाली प्रिती फन्टमा र्टाईप गरी वा सफा बुझ्ने अक्षरले लेखी सम्वन्धीत तोकिएको स्थान वा इमेलबाट पठाउन सक्नुहुने छ ।
२) कविता विश्वको कुनै पनि क्षेत्रमा बसोवास गर्नु हुने नेपाली साहित्यकारहरुले पठाउन सक्नुहुने छ ।
३) कविता पठाउँदा प्रष्टरुपमा लेखकको नाम र फोटो सहित उपलब्ध गराउनु पर्ने छ ।
४) प्राप्त भएको कविता प्रकाशन गर्ने वा नगर्ने अधिकार सम्पादकिय मण्डलमा रहने छ ।
५) प्राप्त भएका कविताहरु प्रकाशित नभएमा फिर्ता हुने छैन ।
६) कुनै पत्र पत्रिका वा वेभ र्साईटहरुमा प्रकाशित नभएका कविताहरुमा प्रकाशित गरिने छ ।
७) २००९ अप्रिल महिनाको अन्तिम साता सम्म कविताहरु उपलब्ध गर्राईसक्नु पर्ने छ ।

संयोजक
कृष्ण देवकोटा
कविता प्रकाशन समिति
अनेसास यूएई च्याप्टर, यूएई

इमेल ठेगाना,

inlsuae2065@yahoo.com, inlsuae@yahoo.com, bcpokhrel@yahoo.com



February 24, 2009

Year 2050

हुन त आजकाल जाडो छ, तर जब देखी पृथ्वीको तापक्रम अधिकारिक रुपमा नाप्न थालियो (१८५० देखी जस्तो लाग्छ), त्यसलाई नियाल्दा पृथ्वी को तापक्रम समय संगै बद्ढै गएको भने पक्कै हो । यसै सन्दर्भमा मैले अप्रिल २००७ मा एउटा लेख पोस्ट गरेको थिए मेरो पर्सनल ब्ल्गमा (www.kamaladi.com), आज तेही पस्किंदै छु । लेख अंग्रेजीमा छ, नेपालीमा उल्था गर्न समय र जांगरले साथ दिएन, त्यसका लागि क्षामाप्रर्थी छु ।

यो लेख काल्पनिक हो, मैले यसै होला भनेर ठोकुवा गरेको हैन । Title बाट अंदाज गरी सक्नु भयो होला, कथा सन २०५० को परिकल्पना हो ।

I am sipping Marfa (Apple Brandy) while sitting in my rocking chair, facing towards the ‘Ganesh Himal’ (mountain) in Dhulikhel (town in Nepal, about 15,00 m high from mean sea level). I always wanted to spend my retired life in Dhulikhel, so I am very happy to be here despite my several other shortcomings. My wife brings a chair near me, and starts knitting a sweater for me, a sweater that I’m unsure if I ever will get a chance to wear.

“Things have really changed” says my wife, I look at her and give my silent nod and we both stare at Ganesh Himal. The same Ganesh Himal that we both had seen together during our high school days at Kathmandu University. But it’s so different now, all the snow has been melted from the peak and it’s simply an ugly looking rock hill.

I remember last weekend, I wanted to visit my ancient home at Putalisadak (a street in Kathmandu). My wife, understanding my emotional attachments didn’t deny me in going despite the risk and my age, so I drove till Sanga (the highest point after which it’s all downhill to Kathmandu Valley). From Sanga I took a private boat and set off towards where Putalisadak used to be, I had the coordinates of my home so navigating with a hand held GPS unit helped a lot. Biggest threat was bumping into Telecom Towers, which sometimes can tear your boat apart. For a moment I felt like I am in Venice, people from 8th floor of the house were taking boat directly to their work, below that every thing is submerged. The global warming has melted all the mountains and the glaciers, Kathmandu now looks like what it used to be centuries ago, a big lake before Manjushree made the river outlet in Chovar (place near Kirtipur) to drain it (a folklore). I saw the peak of ‘Dharahara’, tallest tower in Kathmandu, so I knew I am closing in. Finally I got to my destination, too bad my house was not tall enough to be seen. As I stood in my boat, all the memories of my childhood comes pouring into my eyes.

My son has started a shipping company, he supplies food and resources from highlands to submerged areas, and he is really doing well. Last year when we got together for Dashain (major Nepalese festival), he was telling me that he will expand his business and make it multinational. With complete submergence of Bangladesh, ships from submerged Terai (Southern low land of Nepal) can directly go to Europe and America. He is bound to succeed, no wonder he used to love Kevin Costner movie ‘Water World’. I don’t really get to see my grandchildren; they are in some boarding school ship in Pacific Ocean. Sometimes I even compare my life with a song by Ugly Kid Joe: Cats in a cradle. I and my wife kill our time teaching in local school; it’s really amazing to see the faces of kids when we tell them how things were before.

It’s not that it is hot all the time; the weather has become so unpredictable that you never know what it will be like the next day. I was reading the news other day; ‘Northface’ filed for bankruptcy as there were zero demands for winter clothes. Couple of years ago, during all summer it had winter’s temperature, absolutely freezing, Lake Kathmandu was all frozen. I couldn’t even take my boat to visit my old house; however there was huge sale for summer clothes.

I remember the movie ‘Titanic’ where an old couple just hold each other in the bed when the ship was sinking, helpless. I think I am in that situation now, unknown to what’s in store for me tomorrow. As I lay down in my bed, clasping my wife’s hand, I begin to think of all the things that I could have done to avoid this:
• Shouldn’t have forced my dad to buy me a new Pulsar Bike because it had more power than my fuel efficient Hero Honda.

• Shouldn’t have bought a six cylinder car, simply because it had more power.

• Should have car pooled with my roommates when all four of us were going to same school, but liked to take our vehicle individually.

• Should have collected all the plastics that come in with my groceries and taken it to recycling center rather than dumping it to the trash.

• Should have used less heat and air conditioning.

• Should have put more energy efficient bulbs at my home

• Should have used my expertise in practice rather than in producing research reports.

• …………………………………………..and so on………………………



कर गरी मलाई नपिलाऊ साथी

राकेश कार्की
लस् एन्जेलस्

कर गरी मलाई नपिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथी

सल्लाह लिन पो आएको आफ्नो ठानी
बिर्सन सकिन दिमागलाई नसाले हानी

प्यालामा प्याला नमिलाऊ साथी
मताएर मलाई नभुलाऊ साथी

बाधासंग लड्दै अझै कोशिश गर्नुछ
शक्ती बटुल्दै मलाई पक्कै जित्नुछ

बुँद बुँद थप्दै नडुबाऊ साथी
मताएर मलाई नभुलाऊ साथी



Blog Follower गडबडीको समाधान

अपडेट: ब्लगसप्टको समस्या सेटीगलाइ private बाट public मा लागे समाधान हुंदोरहेछ। मैले आफू खुल्लामन्चमा Blog Follower भएको उदाहरण राखेको छु। तपाइहरु www.khullamanch.blogspot.com मा गएर हेर्नु भयो भने नेपालीयन देख्नुहुनेछ।ब्लगस्पटमा Blog Follower मा केही गडबडी देखिएको छ। ब्लग स्पटले त्यसलाइ follower relationship private हुनेहरुको मात्र गडबडी भएको र relationship public राखेमा हराएका Blog Follower पुन देखीने जनाएको छ। थप जानकारीको लागी यो लिंकमा जानुहोला।

यो शहरमा मेरो काम छैन


मधु माधुर्य
(मास्‍को ,रसिया)

हिँड्‌दा हिँड्‍दै
यो शहरको सबै सडक सिध्‍याइसकेको छु
हेर्दा हेर्दा
यो शहरको पूरै दृश्‍य रित्‍‍याइसकेको छु
अब यो शहरमा सायद मेरो कुनै काम छैन

बुढा-बुढी घाम-जून यहाँ
आङ तन्‍काउँदै पालैपालो उठृछन्‌ र सुत्‍छन्‌
'अँधेरो'लाई नै स्‍वतन्‍त्रताको पराकाष्‍ठा भन्‍ने वस्‍तीमा
उज्‍यालो उत्‍सवको कुनै अर्थ छैन
सायद यस्‍तो शहरमा मेरो कुनै काम छैन

ईमान समेत बिक्रि हुने हाट-बजारमा
सबै कुरा मैले किनिसकेको छु
सँगत गर्दा गर्दा
दुईखुट्‍टे 'जन्‍तु'लाई
'मान्‍छे' भनी चिनिसकेको छु
सायद यो शहरमा मेरो काम छैन


मेरो अस्‍तत्व यहाँ -
एउटा औपचारिकता मात्र भइदिएकोछ
देशको निधार छोप्‍ने
लोकतन्‍त्रको तुल जस्‍तो !
पानी रहित
खोल्‍सोमाथिको पूल जस्‍तो !!
* * *



February 23, 2009

तिमी थियौ म थिए

प्रबिण थापा
तिमी थियौ म थिए , कती सुन्दर संसार थियो
साच्चै भन्दा भगवानको , अनमोल उपहार थियो

तिमी मुस्कुराउथ्यौ म भित्र चमक छाउथ्यो
यूगौ युग नरित्तिने, मायाको भन्डार थियो

कहिले तिम्रो कहिले मेरो रिसाउने पालो हुन्थ्यो
निस्कर्षमा एक हुन्थ्यौ एउटै बिचार थियो

सम्झना ताजै छ , अझैपनी यो मनभरी
सगै खेली बिताएको पलहरु हजार थियो

सकिएन उद् घोष गर्न, समाजको बन्धन तोडी
मैले तिमीलाई तिमीले मलाई गर्ने माया अपार थियो


February 22, 2009

डलर टिप्ने यात्रा --३


शेखर ढुङेल्

यो यात्राको पहिलो भाग यहाँ र दोस्रो भाग यहाँ छ ।

मैले सोचें अब कसरी भाग्ने यहाँ बाट, झ्वाट दिमाग मा आयो नेपाल बाट बाऊ मरेको खबर आएको ले नेपाल फर्कनु पर्ने भो भनी दिने । आफु दशक को पनि नपुग्दै परमधाम भैसकेका बाऊ मरे भन्दा के फरक पर्दछ र ?, आफु फास्ट डीसिजन गर्न माहिर मान्छे । निस्कें कोठाबाट साहु बस्ने पल्लो घर तिर । ढोका को घन्टी बजाएँ ‘होर्आ’ (जापानिज समाज को एक दम तल्लो स्तर को बोली ) भन्ने शब्द आयो भित्र बाट । ‘ओताशी शेखर सान देसुयो’ (मा शेखर जि हो ) भने उस्ले फेरी सोध्यो ‘नान्दे’ (किन ) ? जापानिज भाषा मा के भन्दछन थाहा थिएन, अङ्रेजी मा भनी थिए ‘माइ फादर डाइड’ उन्ले कुरा बुझेछन । बाहिर आए अनी थप कुरो बुझ्न अन्य साथी भएको कोठामा लगे । कलाकार मित्र नै अगाडि बढेर सोधे मैले भने म यहाँ काम गर्न सक्दिन के भन्ने निहु नपाएर बाऊ मरे नेपाल जानु पर्‍यो भनी दिएको छु त्यही भनी दिनुस् न । भित्र भित्रै मर्नु हास उठेको थियो अनुहार मलिनो बनाउनु पर्ने बित्थामा कस्तो गार्हो ?, जापानिज ले गोम्मिन्ने ( सुन्दा दु:ख लाग्यो सरि ) भन्यो र सन्तोना दियो त्यो दिन काम गरेको पैसा अनी सान्त्वना स्वरुप अर्को एक मान (१० हज्जार एन ) पनि दियो । र भन्यो पछी फर्केर सिधै यही आउनु त राम्रो मान्छे छस, फेरी हास उठ्यो मुस्किल ले रोके । मैले घुडा सम्म मुन्टो झुकाएर जापानिज तरकाले अभिबादन गरे । उस्को बेफ्वाक को सान्त्वना को एक मान ले मलाई ग्लानी भैराखे को थियो । साथी लाई टोक्यो पुगेर फोन गर्छु भनी हत्तार हत्तार त्यहा बाट कुलेलम ठोके ।

पुगें पुरानो ठाउँ मा साथी हरु को अनुहार पहिले को जस्तो थिएन । काम-धाम गर्नु छैन ठुलो कुरा गरेर हुन्छ बिदेश मा ?सबै को त्यस्तै भनाइ हुन्थ्यो । कुक्क्रुक्क परेर बसे कुना मा । एक ठाउँ मा टिकेर बस्न नसक्ने लाई काम खोज्न गार्हो हुन्छ रे काम खोजी दिनेको इमेज बिग्रन्छ रे, फेरी अर्को मान्छे राख्न मान्दैन रे, तँ नगाको भे त्यो ठाउँ मा आर्को मान्छे जान्थ्यो रे आरोप नै आरोप को भारी ले उकुश मुकुस भएं म । त्यही बिचमा पोखरा तिरका एक धनाड्य मित्र लाई सिबुया पार्कमा भेट भयो, यहाँ किन कसरी कहिले के गर्दै हुनुहुन्छ सोधी हालें । उन्ले भने म बुवा को उपचार गराउन आएको थिए बुवा फर्कनु भयो म डाक्टरी काम गर्दै छु । भोली पल्ट सिनागावा भन्ने ठाउँ मा काम हेर्न अर्को मित्र ले बोलाएका थिए । उन्ले भने शेखर सर पहिले काम हेर्नुस चित्त बुझे म तपाईं लाई लगै दिन्छु । त्यहा पुगेको त हिजो डाक्टरी काम गर्छु भन्ने मित्र त ५०-६० किलो जस्तो लाग्ने गोरुको फिला बोकेर ट्रक मा लोड गर्दै रहेछन । उन्ले मलाई देखे अनी आएर भने ‘देख्नु भो त हाम्रो जापान मा मेरो डाक्टरी काम ? ’, सेतो कोट , सेतो पाइँट लाएर उनी बनेछन डा. । हा हा हा हा हा हांसो भयो । त्यहा उनी लगायत अरु ३० , ४० जना नेपाली हरु काम गर्दा रहेछन । गाई गोरु बङुर काट्ने, टुक्रा पार्ने अनी होल्सेल मा बेच्ने ठाउँ रहेछ त्यो । बिहान ८ बजे देखी ३ बजे सम्म मा त्यहा, बेलुका ५ बजे देखी १० बजे सम् रेस्टुरामा काम गर्दा रहेछन धेरै जसो र ति मित्र हरु नै त्यस बेला को धेरै मान कमाउने मा पर्दा रहेछन । बाहुन को छोरो गाई काट्ने (त्यहा गोली ले उडाउदा रहेछन ) र टुक्रा पार्ने काम कसरी गर्नु ? भो यस्तै हो भने त फर्कन्छु बरु नेपाल भन्ने सोची साथी लाई सोचेर जवाफ दिन्छु भनी हिंडे त्यहा बाट फर्केर गँईन। एक दुई गर्दै १५ दिन बित्यो ।

बल्ल एक जना अर्का मित्र सित संपर्क भयो । उन्ले मलाई सम्झाये हेर्नुस् हाम्रो जापान मा कुनै काम सजिलो छैन । जापानिजहरुको काम गेर्ने तौर तरिका आदी बताए । र एउटा काम छ रे बस्न दिएर २ लाख मान, हफ्ता को दुई दिन छुट्टी सजिलो काम तर इशाई हुँ भन्नु पर्ने अनी प्रत्येक शनिबार गिर्जाघर जानु पर्ने । उनी त इशाइ भैसकेका रहेछन । अनेक फाईदाको फेहरिस्त सुनाए । आफु लाई भोलीको फाईदा र योजना भन्दा तत्काल नोकरी र बसेको ठाउँ बाट छिट्टो भन्दा छिट्टो कसरी निस्कनु जस्तो भ्एको थियो कोठा समेत दिने भने पछी त मेरो खुशीको सिमा रहेन । मैले हुन्छ भनी दिएँ । भोली मलाई लिन आउने भए । स्टेसन को नाम दिए, त्यहा सम्म आउनु भनेर ।

मित्रले बताएको ठाउँमा जान बिहानै निस्किएँ । साथीहरु लाई अब फर्केर न आओस भनी प्रथाना गर्नुस् भनेर बिदा भएँ, झोली तुम्बा बोकी । कावागुची ट्रेन स्टेसन मा समय भन्दा निक्कै अगाडि पुगें । कुर्दा शरीर नथाके पनि मन थाकी सकेको थियो । यसो आँखा रेस्ट रुम लेखेको मा पुग्यो, वाह !, आराम गर्ने ठाउँ पनि रेछ, एक छिन म पनि आराम गर्छु भनी अगाडि बढें, दोहोरो आवत जावत छ, अली अगाडि बढें सोफा र कुर्सी त देखिदैन, जब भित्र पुगे तब मात्र थाहा भयो त्यो त ट्वाइलेत पो रेछ । फर्केर आए अनी उभिएँ मित्र ले बस्नु भनेको ठाउँ मा । म उन्को साथ मा ओगावा भन्ने सिटी मा पुगें । बाटो मा सम्झाए इसाइ साथी हरु को अगाडि तीनपाने र धुम्र पान गर्न हुन्न । हफ्ता को एक दिन शनिबार अनिबार्य गिर्जाघरमा जानु पर्दछ । जे भने पनि ‘हुन्छ’, ‘हुन्छ’ भन्नु को बिकल्प म सित थिएन ।

नेपालमा हुँदा धर्म परिवर्तन गर्ने लाई आत्मा बेचुवा लोभि पापी ठान्ने म जस्ता कथित शिक्षीत, सचेत भन्न रुचाउने लाई आज समय र परिस्थितीले मनले अस्विकार गर्दा गर्दै पनि बाध्यता बस नाटक गर्न बिबस पारेको थियो, पैसा कमाउने लालचमा भने देश को दुर्गम् क्षेत्रका अभाब, र गरिबि को चपेटामा परेर स्वास्थ्य उपचार गर्न नसकी ज्यान गुमाइ रहेका, पैसा कै अभाब मा स्कुल जान बाट बन्चित जनता किन इसाइ नबनुन त ?, ति अशिक्षीत र गरीब दाजु भाई भन्दा त म पो बेईमान हुँ भनी आफैँले आँफैलाई कोसे । अनी केही समय को नाटक त हो नि धर्म परिवर्तन त मर्नु परे पनि गर्दिन भनी अठोट गरी सकेको थिए । काम सँग संगै प्रत्यक शनिबार बिहान् ९ देखी ११ बजे सम्म गिर्जाघरमा गयो । फर्केर आइ साथीभाई जम्मा भयो जाँड पनि खायो रमाइलो गर्दा डेड बर्ष बितेको थाहा नै भएन । त्यो बिच मा अरु दुई जनालाई पनि गिर्जाघरमा भित्र्याइयो । म समेत अरु दुई जना लाई खोला मा लगेर चोपले एक दिन, अर्थात ब्याप्टिजम गराए, त्यो भने को हिन्दू धर्म मा ब्रतबन्ध गरेको जस्तै रे’छ । नयाँ जोगी ले धेरै खरानी धस्छ भने झै हामी ले पनि राम्रै नाटक गर्‍यौं। यो नाटक को पट्टाक्षेप संगै केही ज्ञान पनि हासिल भयो । इसाइ समाजको बारेमा अनी नेपाल मात्र होइन जापान जस्तो सम्पन्न मुलुकमा समेत किन मानिस गिर्जाघरमा धाँउछ ? त्यसो त २०० बर्ष अगाडि नै प्रबेस गरिसकेको इसाइ धर्माबलम्बिको सँख्या जापान मा २ प्रतिसत मात्र रहेछ । १३ प्रतिसत पान कै परम्परागत सिन्तो र ८५ प्रतिसत बुद्धिस्ट धर्म मान्दा रहेछन जापानिज हरु । त्यस्को साथै झुठो बोल्नु पाप हो, शंका गर्नु पाप हो, बहुमत ले अल्पमत माथि अन्याय नगरोस भन्ने बाइबल को सन्देश ले यो समाज लाई सम्बृद्ध बनाएको रहेछ । यसै बिच जुन मित्रले मलाई काम लगाएका थिए उन्ले जापानिज लाई नेपाल घुम्न लैजाने, अनी नेपालका झुप्रीमा रहेका गिर्जाघर लाई सुबिधा सम्पन्न बनाउन सहयोग माग्ने योजना सुनाए । मेरो पनि छ महिना को बिरामी बिदा र एक बर्ष को बेतलबी बिदा (जुन स्विक्रित भएको थिएन ) सक्किन लागेको थियो । मानको लोभ भन्दा पनि त्यहा गर्नु पर्ने झुठ को नाटक ले भित्र भित्रै ग्लानी बढी राखेको थियो । त्यहा बाट निस्कन को लागि बिकल्प सोच्दै थिएँ, आरु काम खोज्ने कि नेपाल फर्कने कि ? त्यसै बेला नेपाल प्रहरी ले पनि यू एन ओ शान्ती मिसन मा जाने काम पाइसकेको थियो । नेपाल मा आफ्नो पहुच का मान्छे सित कुरा गरेँ, तुरुन्त फर्केर आउने सल्लाह पाएँ । र नेपाल फर्कने निधो गरे । इसाइ मित्रहरु छिट्टै नेपाल आउने बाचा गर्दै टोक्यो नारिता बिमान स्थल सम्म पुर्‍याउन आएका थिए । गिर्जाघरमा ति मित्र ले नेपाल मा इसाइ बन्नेलाई प्रहरीले हात खुट्टा भाचिदिन्छ । घर बाट निकाली दिन्छन, के के नाना भाँती कथा हालेर रोएका रहेछन । मलाई पनि त्यस्तो नहोस् भनी तिनीहरुले प्रथाना गरे र बिदाइ गरे ।

नभन्दै दुई महिना पछी मित्र ले एक तानाका भन्ने लाई बोकेर लेराएछन । उन्ले पोखरा घुमाए । अर्का मित्र ले चितवन, मैले धरान घुमाउनु पर्ने भयो । धरान वरि परि का गिर्जाघर घुमाउने योजना उनैले बनाएका थिए । त्यहीँ मेरो र मेरो साथी को इसाइ बनेको नाटक को पर्दा फास पनि भयो । भएको के थियो भने दिन भर ४ , ५ वटा गिर्जाघर अनी धनकुटा को भेडेटार घुमी होटेल मा फर्केर तानाका लाई तिमी सुत हामी यस्सो घुमेर आउछौ भनी तल आएर तुम्बा तान्न थाल्यौ । सुङुर् को मासु सित तुम्बा को दुई पानी मात्र के फेरिएको थियो । तीन पाने को सुर मा ठुलो स्वर ले बोलिएछ कि कुन्नी तानाका त ओर्लेर तल आइसकेछ, थाहा नै भएन उ त हाम्रो रमिता पो हेरिराखेको उस्ले थाहा पायो हामी ले टुन्न तीन पाने धोकी सकेका छौ । आएर हामी संगै बस्यो हामी एक अर्का को मुख हेर्न थाल्यौ । अनुहार हेर्न लायक थियो रङेहात पक्राउ परेको चोरको जस्तो हा हा हा ह् । मेरो मन चाँही यो नाटक बाट मुक्त भैयो भनी भित्र भित्रै खुशी भै राखेको थियो --- बाँकी पछि ---

यो यात्राको चौथो भाग यहाँ छ ।



गाउँखाने कथा - ४ (Nepali Gau Khane Katha)

अपडेट: हिजो आज गाउँखाने उत्तर सारै सजिलो भाको हो की पाठकहरु निकै धुरन्दर निस्कनुभयो? शुरुमै उत्तर ठ्याक्कै मिलाएर ठरकी दादाले एउटा नया गाउं हात लगाउनु भयो। गाउं माग्ने पालो अब ठरकी दादा को। माया को रांको भएको "सर्प" हो। प्रजवलजी ले ठिकै भन्नु भयो टोके पछि बिष लाग्ने भएर माया यस्को रांको भनेको होला।
चाल छ त्यसको छट्केमट्के, बसाइ त्यसको जांतो
दांत उसको अनारदाना, माया उसको रांको। उत्तर:सर्प




तिमी हिड्‌ने वाटो भरी


नरेश माङपाहाङ राई
फोक्‍स्‍टन वेलायत
हाल :हेल्‍मन्‍ड अफगानिस्‍तान


तिमी हिड्‌ने वाटो भरी फूलै फूलको वोट भयो
विझाउने काडा मलाई निको नहुने चोट भयो

एउटै विचार मन लिई हिडिरहन्‍थ्‍यौ हामी
त्‍यही बाटो छुटिट्‍एर उता गयौ तिमी
तिमी हिड्‌ने गोरेटोमा वर पीपल को बोट भयो
विझाउने काडा मलाई निको नहुने चो ट भयो

हाते मालो गरी गरी खोला खोल्‍छी तर्‍यौ
सम्‍झना भई त्‍यही माया आसुँ बनि झर्‍यो
तिम्रो दिलको बगैचामा फूलै फूलको बोट भयो
विझाउने काडा मलाई निको नहुने चोट भयो


माओवादी सरकारका नियुक्तिहरू : कस्ता दुर्नाम मजाक

माओवादीहरूको नेतृत्वमा गणतन्त्र नेपालमा सरकार बन्यो र यो सरकारबाट धेरैको आशा थियो एउटा गतिलो प्रकृयाको आरम्भ हुनेछ । राजनैतिक, कानूनी, कानूनी राज्य, लोकतान्त्रिक विधि र सुशासनको कुरा मात्र सुन्दा आजित परेका हामीलाई आशा थियो , अब हरेक कुराको राजनीतिकरण हुने छैन र सरकारी काम कार्यवाहीको तौरतरिकामा विधिसम्मत पारदर्शिताको निर्वाह हुनेछ । तर , वर्तमान सरकारका कामलाई हेर्दा भने , माओवादीहरू अझै पनि राज्य र यसका अंग अवयवहरूलाई ध्वंश नै पार्न खोजिरहेका छन् कि भन्ने प्रतीत हुन्छ । यो कुराको चर्चामा मैले आज , माओवादी नेतृत्वको सरकारका केही राजनैतिक नियुक्तिको कुरालाई मात्रै अगाडि सार्दै , माओवादीले राज्ययन्त्रलाई कसरी सिलसिलाबद्द ढंगले एउटा गाइजात्रे प्रहसनमा रूपान्तरण गर्दैछ भन्ने कुराको सानो उदाहरण पेश गर्न खोजेको हुँ ।

घोषित, अघोषित रूपमा माओवादी सरकार चलाउन चाहन्न बरू सत्ता कब्जा गर्न चाहन्छ भन्ने कुरा त उसका नेताहरूको बेला कुबेलाको फलाकोबाट नै देखिएको हो । तर कब्जा गर्ने नियतमा पनि उसको पार्टीको उद्देश्य कम तर त्यहाँका सनकमणी संकृणहरूको दबदबा मात्र देखिनु उदेक लाग्दो पक्ष बनेको छ , जसले माओवादीलाई राजनैतिक पार्टी कम र हुल्लडहरूको जमात बढी बनाएर छोडेको देखिन्छ । यसका चाख लाग्दा उदाहरण हेरौँ :

१) केही महिना अघि माओवादीले योजना आयोगमा नया उपाध्यक्षको रूपमा डा पिताम्बर शर्माको नियुक्ति गर्‍यो । तर उनलाई रत्तिभर सूचना नदिई अनौठा नामधारी राजनैतिक कार्यकर्ता र नातागोताले भरिएको एउटा डफ्फालाई सदस्यको रूपमा मनोनयन गरेको घोषणा सुनायो । बाबुराम भट्टराईकी साढू दिदी, गिरिराजमणीका दाइ, एकजना पूर्व भलिवल खेलाडी, अनि अर्का एक लडाकू कार्यकर्ताले भरिएको यो डफ्फाको नाम सार्वजनिक भएपछि , माओवादी र पार्टनर सत्तारूढ दललाई यति लाज भयो कि डा पिताम्बर शर्माले त उपाध्यक्ष पदबाट राजीनमा दिएर हिँडे नै , केही दिनपछि यो लाजलाई टोइलेट पेपेरमा लपेटेर आफ्नो खल्तिमा फिर्ता लान सरकार वाध्य भयो । फलत : पूरै डफ्फा नया आयो, अहिले के गरिराछ यो डफ्फाले अनुसन्धान जरुरी भएको छ ।

२) मातृकाको सनकले नेपाललाई नपुगेको हो कि भनेर प्रकृतिले अर्को सनकमणि पनि मुलुकमा जन्माइदिएका रहेछन् जसको नाम हो- गोपाल खुम्बु । आँफुले ने गरेको दावा अनुसार ई कृस्तान मन्त्री मैलो नपर्ने भएकाले एक महिनामा मात्र एकचोटी नुहाउँछन् रे !( पढ्नुस केही समय अघिको नेपाल पत्रिका)। यी मन्त्रीका अनुसार नेपालमा शान्ति ल्याउन प्रतेक नेपालीको आफ्नो बन्दूक हुनुपर्छ रे ! नेपाललाई ८०० जिल्लामा बाँड्ने यी नया ईसाइ मतालम्बी योजनाकारले केहि समय अघि पशुपतिमा विष्णु देवकोटा नामका पार्टी कार्यकर्तालाई मूल भट्ट नियुक्त गर्दै, रडाको मच्चाए । विधि र कानूनको बाटोबाट पशुपतिको आम्दानीलाई नियमित बाँध्ने व्यवस्था गर्नुको साटो , करौँडो धर्मावलम्बीको संवेदनशिलतालाई यिनले र माओवादी पार्टीले यसरी धज्जी उडाएकी उनीहरू धर्म निरपेक्ष दल हुन कि धर्म सापेक्ष स्वयंले बिर्सिए । तर यो नियुक्तिको सान्दर्भिकता त्यतिबेला सकियो , जतिबेला प्रचण्डले यो लगायतका नया नियुक्तिहरू फिर्ता गरेको घोषणा गर्नु पर्‍यो ।

३) पछिल्लो पल्ट प्रज्ञा, कला र नृत्य प्रतिष्ठानमा यिनै गोपाल खुम्बुले यस्तो लिँड्को चलाए कि, सो पदहरूमा नियुक्त गर्नका लागि नाम सिफारिस गर्ने समितिका सदस्यहरू समेत विस्मयमा परे । खुम्बुले केही पूर्व राजावादी, सजातीय र अन्य जनजाति प्राज्ञका यस्ता नामहरू नियुक्तिमा पारेको समाचार सुनाए, जुन कुरा स्वयं उनका पार्टी नेताहरूलाई पनि थाहा रहेनछ । सो नियुक्तिको विरोधमा भएको वक्तव्यबाजीमा स्वयं माओवादी र बाँकि बामपन्थी कथित विज्ञहरू र राजनैतिक नेताहरूको भैरेहेको बिरोध हेर्दा यस्तो लाग्छ कतै माओवादीले राज्य सत्तामाथि आफ्ना कर्म र व्यवहारहरूको फोहरी हिलो खेलिरहेको त छैन ? यो कुरा लेखूञ्जेल त सर्वोच्चले पनि नियुक्ति बदर गराउन अन्तरिम आदेश जारि गरिसकेछ !

'आची गरीसकेर दैलो देख्ने' र आची पोको पारेर खल्तिमा गुट्मुट्याएर सफा बन्ने यो तरिका कहाँ पुगेर टुंगिने हो हेर्दै जाऔँ । "हेरौँ सत्ता कब्जा गर्ने अभ्यासका स-साना रिहर्सलहरूको यो सिलसिला कहाँ गएर कुन ढंगले पटाक्षेप हुने हो ।



आमाको सम्झनामा बलिन्द्रधारा आशु - २

अस्ती आमाले फोन गर्दा गर्दै काटिएर कुरो पनि उता न उतोको भयो । सबैलाई थाहा छ'नी सात समुन्द्र पारी गरिएको फोन काटिदा छोरोको मन पनी त काटिन्छ । आमा भन्दै हुनुहुन्थ्यो - "बाबु तिम्रो दाइले मेरो बेइज्जत गर्‍यो, ठुलो बुवाको टाउको काट्छु भनेको रहेछ, परहरी {प्रहरी }ले टिलिफोन { टेलिफोन }बाट सुनायो बाबु ।" "त्यसको जन्मले मेरो कोखमा पापको अर्को क्यान्सर बसेको छ छोरा, तिमी रत्तिभर पीर नगर । म मेरो इज्जतको लागि बढो संघर्शरत छु ।"
आज अघी भर्खर फोन गरेको मैले आमालाई । त्यो पापी ॠषि भनाउदो दाइलाई सरखारले अझै केही दिन झ्यालखानामा कोच्ने रे । साच्चै भान्नु पर्दा आमाको पुकारा छ त्यो पापी नछुटोस, कुनै हालतमा । बाउ मार्ने छोरो किन चाहियो यो जमनामा ? आमाको सिर्फ त्यही टकासो छ । अस्ती हात्तीखोरमा अनौठो भेला भयो रे । कुनी कसको मुक्तिको लागि बनेको "परमुक्ती सेना" रे । काकाको छोरोले प्रधानमन्त्री पर्नेलाई गोडफाट र सतर्कको भेशमा कुनी कुन बादको हो सलाम ठोक्यो रे । पन्ध्र हजार नेपालीको छातीमा गोली ठोक्नेहरुले साधारण रामशरण भाईहरुको सलाम खानु महान होला तर मन रोएको त कसले देखेको छ र ? अनी मन जलेको कसलाई थाहा छ र ? श्रिन्खलाबद्ध रुपमा देशका र मेरी नेपाल आमाका ज्वाँईहरु मरिने/मारिने क्रम जारी छ । त्यो त परेका हरुलाई थाहा छ न कि मार्न बानी परेका हरुलाई ।
आमा भन्दैहुनुन्थ्यो, अब बहिनिको विवाह गर्नु पर्ने । तर दाईजो केही दिन नपाउने रे - नियम । अनी अस्ती हप्ताको लगनमा कमरेड खामिको छोरीको विवाह भयो रे । भारतका लक्ष्मी मित्तलको छोरोको बिहे भन्दा बढी तमक झमक रे । आमाले भन्नु भयो, बाबु एही हो नयाँ नेपालको नियम ? गरीबलाई लाग्ने अनी सर्बहारा भनौदा हरुलाई नलाग्ने ? गएको महिना भान्जाले एउटा क्यामरा उअपाहर लिएर आको रे चाइनाबाट, कर लाग्यो रे कमेरको भाउ भन्दा दोब्बर बढी । आमा सोध्दैहुनुहुन्थ्यो , बाबु तर प्रचन्डको तीन लाकह्को खाट चाँही किन चेक जाच नगरि सोझै बालुवाटार ? मेरो कुनै जबाफै भएन । लाइन जने बेला भएको थियो बह्न्दै हुनुहुन्थ्यो आमा । शायद फोनको टुक्रामा चार्गे नभएर होला, कुरो काटियो, फोन काटिएर । नयाँ सरकाअर्को नयाँ उपहारले आमा सँग बाट गर्ने माध्याम पनि काटिएको छ । शायद भोली फोन गर्छु होला अनी कुर गरुला आमा भनेर त चित्त बुझाउनु पर्‍यो नि होन र ?? क्रमश: