February 10, 2009
देश रोएको शोक गीत
बेहाल बयो जनताको मुलुक नर्क साझा
अचम्मको रित बस्यो लट्ठिवालको भैँसी
लूटेराको राज चल्यो शासक पर्यो दादा ।।
जनताको तन्त्र भन्छन् कानून कतै छैन
जसको शक्ति उसको भक्ति बन्दूकैको राज
जुन बोक्सी उही धामी कता उजूर गर्ने
देश दन्क्यो डढेलोमा, हामी पिल्सिएर मर्ने।।
भत्काएर संरचना विकासका सबै
छिनाएर टाउकाहररू जनताका उनै
छाएका छन् सलह झैँ,कहालीको राज भो
खै कसरी बाँच्ने हजूर, जीवन धान्न धौ भो।।
बल्दैन है बत्ति पनि , पानी बीना धारा
नया नेपाल व्यंग बन्यो, तड्पाउँदै सारा
राज्य बन्यो गूण्डा नाइके राक्षसी छन् दाह्रा
डासीहाल्ने , निलिहाल्ने मांशाहारी पारा ।।
कब्जा गर्छु सत्ता भन्छ,सत्तामै छ आँफू
सत्ता हो वा बिद्रोही कि चम्बलको डाँकू
राज्यको जो ढिकुटी छ पोस्छ आफ्नै गणलाई
राहतको कुरा गर्दै आहत पार्छ जनलाई ।।
सर्वहारा गणतन्त्र जहानिया राज भो
लोग्ने स्वास्नी भाइ बुहारी प्रचण्डको ताज भो
एउटा राजा फाल्यौँ भन्थे झन जब्बर पो आयो
चौटा रोज्दा झोल्मा डुब्ने विडम्बना भयो ।।
February 9, 2009
प्रम प्रचण्डलाइ नया गाडी चाहीएकै हो त?
आज सांझ नेपालको खबर जानुँ भनेर नेपाली पत्र पत्रिका भित्र छिरेको, प्रमलाइ नया गाडी किनिएको खबरले समाचार तातेको रहेछ। माओबादीको संस्कार देखेर तिन छक पर्ने मलाइ यो गाडी प्रकरणले चार छक चाहीं पारेन। जुन कुरा पनि रबर झै मर्याक मुरुक पारेर जोडदारका साथ सहि रुपमा देखाउने कमरेडहरुको शैली सधै उही हुने गर्छ। त्यसैले एक करोडको गाडी किन किने होला भनेर सोच्न तिर लागिन। घडी र पलगंको कहानी झै गरेर १-२ महिना पछि भाषणमा प्रचण्डले नै कमिडी गर्दै खुलाउने छन नया गाडीको कथा। त्यसैले प्रचण्डको नया गाडीलाइ अरुकै आखाले हेर्दैछु।
यो खबर अरुले नै पत्ता लगाएर हो या के हो, कान्तीपुर र हिमाल खबर यो खबरबाट बेखबर रहेछन। नेपाल समाचार पत्रले पनि चासो देखाएनछ यो खबरमा। सायद सन्ध्याकालीनले स्कुप मारी सक्योहोला। नेपाली भाषाको पहिलो वेव पत्रिकाले स्वकीय सचीबको गोली काण्ड लेखे पनि गाडीको खबरलाइ वास्ता गरेनछ। तर नेपाली भाषाको पहिलो ब्लग माइसंसारले भने मर्सिडिज सहित ३ वटा गाडी हुंदा हुंदै चौथो गाडी ल्याएर देशमा चमत्कार गर्न नसके पनि आफ्नो जिवनमा चमत्कार गर्ने प्रयास गरेको भनेको छ। अनावश्यक खर्च गरे कारबाही गर्ने भनेर गरेको निर्णय अब प्रमलाइ नै लागु हुन्छ त माइसंसारले प्रश्न गरेको छ। हाम्रो ब्लगले भने काम नगरी मामको टुंगो नहुने सर्वहारा वर्गका नेताको सौख पचास हजारको घडी,२ लाखको खाटहूदै करोडको गाडीमा सोझिएको छ। गाडी किनेको कुरालाइ हाम्रो ब्लगले पेच हान्दै भनेका छ "सायद कतै कुनै छाप्रोमा सर्वहाराहरु दगंदास मुडमा टिप्पणि गरिरहेका हुनसक्छन-यि नोकरशाही विदेशीका दलाल, विस्तारवादीका एजेन्ट पुजीपतिवर्गहरु हाम्रा नेताले एउटा फुच्चे गाडि चढ्न लागेको पनि सहन सकेनन"।
नया पत्रिकाले भनेको छ कल्कत्तामा आइसकेको खरानी रंगको टोयटा लेन्डक्रुजर फाल्गुन १२ सम्ममा प्रचण्डले चढ्नेछन। यो गाडीको फीचरमा बाटो देखिने क्यमेरा,रिमोट बटन भएको ढोका आदी भनेर लेखिएको छ। हुन त यस्तो फीचर बिदेशमा साधरण गाडीमा भए पनि दुइवटा मर्सिडिज, नया टोयटा गाडीहुंदा हुंदै यो नया गाडी अती अनावश्यक भनेर नया पत्रिकाले लेखेको छ। यो गाडीको बारेमा जानकारी यो लिंकमा हेर्न सक्नुहुनेछ। यसमा यस्को दाम ६५ हजार अमेरीकी डलर भनिएको छ।
मैले त अरुकै आंखाबाट हेरे प्रचण्डको नया गाडी, पाठकहरु तपाइ आफ्नै आंखाबाट हेर्नहोस कस्तो लाग्यो त प्रचण्डको नया गाडी? उनलाइ यो गाडी चाहीएकै हो त?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
डलर टिप्ने यात्रा २
शेखर ढुङेल ---------०२-०६-२००९
डलर टिप्ने यात्रा भाग १ यहाँ छ ।
दुई हफ्ताको अथक प्रयास पछी एउटा भारतीय रेस्टुरामा प्लेट राख्ने र उठाउने अर्थात ड्राइटर् हो कि वेटर भन्ने जागिर मिल्यो । सेतो सर्ट कालो पाइन्ट अनी कालो इस्ट कोट मा टाइ सुर्केनो पारीयो । एक हफ्ता यस्तै बितेको थ्यो होला । सडकमा च्रियासी बाडन पठाएको थियो । एता हात बढायो उता भागने, उता हात बढायो अर्का तिर मुन्टो बटारेर हिड्दा रैछन् जापानइज हरु गाइजिन ( बिदेशि )देखे पछि । जून महिना को टन्टलापुर घाम खुब गर्मी थियो आ...!, कोइ च्रियासी लिनेत होइनन एक छिन सितल मा बस्नु पर्यो भनी मल भित्र पसेको थिएँ एउटा बुढो मधिसे ( भारतीय )सित आँखा जुधे को थियो ‘यो बुढाले के खान जाला र च्रियासी दिनु’ भन्ने सोचेर वास्ता नै गरेको थिइन । एक्कै छिन पछि मेनेजर बोलाउन आयो माथि भिड भएछ क्यारे भन्ने सोच्दै थिए । माथि पुग्दा त अगी वास्ता नगरेको बुढो त साहु पो परेछ । यस भन्दा अगी भेटेको थीइन । ‘तँ एम्बुस मा परिस गोर्खे’ भनेर मेरो छैठौ इन्द्रिय ले बतायो । नभन्दै अगाडि पुग्ने बीत्तिकै तल्लो स्तर को बोलिमा ‘ए तलाई च्रियासी बाड्न पठाएको कि आराम गर्न ?... ब्ला ब्ला ब्ला...’ बन्दुक को गोली झै मेरो धतुरो झर्ने गरी गाली पो गर्छ बा !, यो गोर्खे पनि के कम नि ? अमरिस पुरिको अगाडि जगदिप ले गाली दिएको स्टाइलमा सर्टका टांक-सांक तीन तिर उछ्छिटिने गरी एक्कै झट्का मा फुकालेर बुढो बसेको टेबुल मा फ्याकी दिएँ र भनेँ ‘लौ ला, तेरो जागिर तैँले गोर्खाली लाई हेपेको ? म को हुँ चिन्छस ? ’ बुढा को पाइन्ट भिजे जस्तो लाग्याथ्यो । भएन फसाद, बुढा को ब्लड प्रेसर रहेछ काम्न थालि हाल्यो नि ?, त्यै बेला मेनेजर ले उस्लाई शान्त बनाउन कोशीस गर्यो ठीक होला जस्तो देखिएन र मलाई भन्यो ‘तँ बाहिर जा’ मैले भने ‘मेरो पैसा ले अनी मात्रा जान्छु’ । दुई तीन टेबुल का ग्राहक त उठेर हिंडे पनि । मेनेजर ले भन्यो चोत्तो मात्ते कूदासाइ । केही छिन पछि मेरो १५ दिन काम गरेको पैसा दियो । म मेनेजर लाई धन्यवाद भन्दै बाहिरिएँ । निस्कने बेलामा बुढा को मुख हेरेको अझै हाफ्दै थियो । नोकरी शिव राम भुर्तेल अथार्त चट ।
घर मा भनौँ कि शरणार्थि शिबिर वा कोठामा बेलै मा आएको देखेर साथीहरुले कारण सोधे मैले राम कि राबण कहानि सुनाएँ, चारै तिर बसेर ॠषि मुनी झै खुबै अर्ती बुद्धी दिए, सम्झाए र भने बिदेश मा जिरो भएर बस्नु पर्छ । आफु लाई यस्तो उस्तो ठान्ने हो भने त आफ्नै देशमा गए भै हाल्यो नि किन बिदेश आउनु ?, जे पनि गर्नु पर्छ पैसा नै सबै कुरो हो भन्ने ठान्नु पर्दछ..., सुनेँ- सुनेँ, वाक्क लागे पछि मुड अफ भएको बहाना बनाएर दुई गिलास सापोरो बिएर एक्कै पटकमा घुटुक्क पारेर निदाएको जस्तो गरेर मुन्टो लुट्काइ दिये पछि मात्र बल्ल सबै चुप लागे र सुते । आफु त कहाँ सुत्न सक्नु र ? , बिहान तिनीहरु नजाउन्जेल । पैसा नै सबै थोक हो त मानिस को लागि ?, आफ्नो आत्म सम्मान नुर नै गिराएर कमाएको पैसा ले शान्ती कसरी देला त ? ,भौतिक सुख सुबिधा नै जीवन को लक्ष्य हो त ? ,आत्मग्लानी हुने गरी दबेर, दु:ख ब्यहोरेर कमाएको पैसा ले सुख देला त ?। हो, स्वाभिमान को नाम मा घमंड गर्नु हुन्न तर भोलीको सुखकोलागी बर्तमान लाई नर्क किन बनाउने?, मेरो मन मा हमेसा यही प्रश्न उब्जी रहन्छ । हो जापानिज्हरु भन्दछन ‘वोर्क इज वर्शीप’ तर हामी जस्ता बिदेसीने हरुको लागी अरु को देश मा अपमान सहनु पर्दा मरेतुल्य लाग्दो रहेछ । आफु लाई ति अर्ती पचाउन गार्हो भयो ।
फेरी थालियो जब हंटिङ् मा । १० दिन पछि एउटा साथी ले कुरा ल्याये गुन्माकेन को ठुलो कृषि फार्म मा खान बस्न फ्री दिएर दुई लाख एन पाईन्छ रे महिना को अरु दुई जना पनि चाहिये को छ रे । एक जना शुभचिन्तक साथी सित सोधे काम को बारेमा । उन्ले भने शेखरदाई तपाईंले त्यहा काम गर्न सक्नु हुन्न, मुला उखल्न लगायो भने एकै दिनमा भाग्नु हून्छ । मैले भने अरे यार मुलै त उखल्ने हो खम्बा उखल्ने त होइन नि ?, उस्को सल्लाह लाई मैले नकारात्मक जवाफ दिए पनि उन्ले भने लौ त्यसो भए मसँग कोठामा दुईजना बेरोजगार भुखमरी बसेका छन तीनलाई पनि लिएर जानुस ।
उता बाट साहु हायाकवा आँफै गाडी लिएर हामी मजदुर लाई लिन आयो । त्यो गाडी मा कोचिएर सफर गर्दै गर्दा कता कता यो डलर र मान टिप्ने रहर ले मन मा हिनता बोध गराइ राखेको थियो । सामान्यत जीवन राम्रै थियो, समाजमा राम्रै स्थान थियो, यो के दशा ले कुत्कुतायो ? भनी मन मनै सोच्दै थिएँ। एता कामको चिन्ता, उता परिवार अनी साथी भाईको याद । कता कता जीवन बधुवा मजदुर को अवस्था मा झरे को अनुभुती हुँदै थियो । त्यसमा पनि भाषा को अज्ञानता, हात मुन्टो शरीर कुम आँखा अनी कामको प्रकृती हेरी कुरो बुझ्नु पर्ने अवस्था । बस्ने ठाउँ कस्तो होला?, काम कस्तो होला? भन्ने सोची राखेको थिएँ । अचानक एउटा गाउँको घरमा पुगी गाडी रोकियो । खै के के भन्यो हायाकवाले सबै ओर्ले, म पनि ओर्ले । त्यहा एक श्रीमान श्रीमती र देशका नाम चलेका कलाकार सित भेट भयो । ति कलाकार सितको भेट भने मेरो लागि फाइर अप भयो । खुशीको सिमा नै भएन । उनी सित को मेरो मित्रता १० बर्ष भन्दा बढी को थियो । उनी जापान गएको त थाहा थियो तर कहाँ हो थाहा थिएन । उनी मलाई फ्लिम को नायक बन्न खुबै उक्साउदै थिए । म तालिम दिन्छु नाच्न सीकाईदिन्छु मेरो घर मा आउ भनी खुबै जोड गर्द्थे । धेरै बरीष्ट कलाकार, निर्देशक लाई चीनाइ दिएका थिए पनि, मेरो मनले किन हो आँट गर्न सकेन र म त्यो क्षत्रमा प्रबेस हुन सकिन ।
त्यस्ता मित्रलाई भेट्दा खुशीको सिमा नै रहेन र प्रचन्ड मन मोहन सिंहको घाटिमा झुन्डे झै झुन्डिएँ । उन्ले मेरो डलर र मान टिप्ने सोच लाई धिक्कारे, किन आ’को त्यस्तो इज्जत को जागिर छोडेर ?, तपाईं को लागि त त्यही स्वर्ग छ्नी भने । तर मेरो लौरे जागिर प्रती को बितृष्णाको कारण धेरै थियो त्यहा बताउन सम्भब थिएन । जापानिजले काम को बारेमा बताइदीन भनेछन क्यारे साथी र ति जोडीले हामीलाई बताउन थाले्। ती प्रतिष्ठित कलाकार ३ हजार बँगुर भएको त्यो फर्ममा दाना हाल्ने काम गर्दा रहेछन । महिलालाई तपाईं के गर्नु हुन्छ नि भनी सोधेँ, उनी अकमकाइन् श्रीमान फरासिला रहेछन उन्ले भने उनी बँगुर लाई खसी बनाउने काम गर्दछीन । उनीहरु यस्तै हो हाम्रो जापानमा भनेर हासेँ, म पनि हासेँ ।
जापानको गाउ मा कोइ नयाँ गाइजिन पुग्यो भने अर्कै संसार को जन्तु आए जस्तो हातमा फलफुल ओसाके लिएर आउँदा रहेछन । हामी पनि नेपारो जिन नै हो भन्ने थाहा पाए पछी उनी हरु खुशी भए, नेपाली लाई मन पराउँदा रहेछन । हामी तीन भाईलाई नभन्दै मुला नै उखल्नु पर्ने भयो । भोलीको कार्य क्षेत्र घुमाउन लगे । नेपालका सामान्य इनार भन्दा ४, ५ गुना ठुला खाल्डा दर्जनौ रहेछन, त्यसमा मुला को सिन्की बनाउने रे । आँखा चारै तिर घुमाउदा भ्याउन गार्हो मुला खेती रैछन । भोली को बिहान कहिल्यै नआए हुन्थ्यो नि भन्दै मुटु फुली सकेको थियो । कार्य क्षेत्र घुमाएर फर्के पछी मित्रले मेरो आँखामा हेरेर जिस्काए झै मुसुक्क हाँसे । ५ लिटरको आसाही बिएर को क्यान बाट गिलास मा भरेर सबै ले खम्पाइ गर्यौ । पिउदै, खाँदै एक आपसका जिज्ञासा मेटायौ । कुरा गर्दै गर्दा मुठठे जुँगा सफा चट पारेका मित्र ले मलाई सम्झाए । हाम्रो जापानमा त जुँगा राजा, राज कूमार, कलाकार, नेता, याकुचाले मात्र पाल्दछन रे । जुँगा पाल्यो भने त मालिकका अगाडि ठुलो पल्टेको भन्छन रे, राम्रो मान्दैनन रे, ताछ्नुस पो भन्दछन । जुँगा ताछ्ने बेलामा आफ्नु मर्दान्गी खुइलेको देखेर नमज्जा लाग्यो । श्राद्धमा बाबु लाई पिन्ड दीदा कपाल खौरेको याद आयो । यो जुँगा जापानिज् हावाकवा को लागि अग्रिम पिन्ड दान भयो भन्ने सम्झी मन लाई सम्झाएँ, के गर्नु त ?
म त झन्डै तीन फिट माथि नपुगेको ‘ढुङ...!’ गरेर फुल भोलुम मा आलाराम फिक्स गरेको सि डि बजेको रहेछ । मुटुनै हल्लिने गरी । मित्रले उताबाट भने छ बज्यो काम मा जान तयार हुनुस् । बाहिर टेबुल मा बेन्तो राखेको रहेछ । बिएर पनि रैछ । मैले पनि एक दिएँ, लौजा भनेर । हावाकवा गाडी मा कुरेर बसेका थिए । हामी लाई खेतमा पुर्याए । ५ प्रतिशत जती इङलिस बाँकी नीहाअङो मा के के बोले तर कुरो बुझियो आफ्नो ढाड फूस्कने ।
खेत मा एल आकारमा मुन्टेर कमिला झै दाँया बाँया टाउको फर्काउदै मुला उखल्ने त्र्याक्टर को पछाडि पछाडि कुद्दै मुला बास्केटमा हाल्नु पर्ने । बास्केट भरिए पछी ट्रक मा हाल्नु पर्ने । ढाड सोझो पार्ने फुर्सद नहुदो रहेछ । त्यो दीन त्यती धेरै काम भएन रे ? आफुले भने त न्वारन देखी सकेको थिए । कोठामा आइ नुहाएँ र एक छीन आराम गरे । भोली को काम भनी काठमान्डु जत्रो फाट देखाएको थियो हावाकवाले त्यो याद आयो । त्यो संगै एउटा प्राचिन ब्यङ्य कथा पनि कता बाट सम्झना आयो । एका देशका एक राजा ले आफ्न देशबासीलाई आदेश दिएछन कि जस्का खेत बारीमा मैले आज सम्म नखाएको साग फलफुल छ त्यो हाम्रा हजुर मा पेश गर्ने, सोझा जनतालाई के थाहा तिन्ले के खाए, के खाएनन आज सम्म ?, सबले आफ्ना बारीमा जे छ त्यही बोकी लाइन मा बसेछन । पहिलोले राजा लाई भन्टा चढाएछन् राजा रिस ले चुर भै मैले भन्टा खाको छैन भंठानिस् पाजी ?, ठोस्दे त्यस्को पछाडि...मा भनेछन, त्यसै भयो त्यो किसान हाँस्दै हाँस्दै गएको देखेर अर्को छक्क परेछ। उस्को साथमा काँक्रो रे छ। त्यस ले पनि त्यस्तै आदेश पाएछन त्यो पनि मरी मरी हाँस्न थालेछ त्यस पछी को ले अचम्म मान्दै सोधेछ ‘ए भाई त्यत्रो ठोस्दा दुखेन? र हाँसे को ?’ ‘मेरो कुरा छोड, तिम्रो लौका सम्झेर हाँसे को नि हा हा हा हा ...’ । मेरो पनि त्यही हालछ आज नै ढाड फुस्की सक्यो भोली के होला ???? बाँकी पछी
डलर टिप्ने यात्राको भाग ३ यहाँ छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
दिपक अधिकारीसंग ब्लग संबाद
१ नाम नै दिपक डायरी रहेछ तपाइको ब्लग पक्का डायरी हो त ? तपाइको ब्लगबारेमा जानकारी दिनुहोस् न ?
२ काममा पत्रिका फुस्रतमा ब्लग बोर लाग्दैन ?
खासै बोर लाग्दैन । समाचारको आफ्नै सीमा हन्छ जसमा मनमा लागेका कुरा लेख्न पाइँदैन । त्यस्तो बेला मनको बह ब्लगमा पोख्दा आत्मसन्तुष्टी हुन्छ ।
३ तपाईको ब्लगले सबैभन्दा आनन्द ल्याएको कुरा के होला?
मेरो ब्लगमा मैले पशुपति वृद्धाश्रमको दुरावस्थाबारे लेखेपछि एकजना बेलायती फोटोपत्रकार नेपाल आए र मलाई भेटे । हामी सगै वृद्धाश्रम घम्न गयौ । उनले त्यहाँ खिचेका तस्बिर बेचेर र च्यारिटी कार्यक्रम गरेर उठेको पैसाले त्यहाँका वृद्धवृद्धालाई सहयोग गर्नेभएका छन् । यो सम्झदा मलाई आनन्द आउँछ ।
४ तपाईको ब्लगमा धेरै शाब्दीक अलंकार रहेछन् खुशीको बर्णन गरिदिनुहोस् न?
खुशी यस्तो मानवीय पक्ष हो जसबाट मानिस कहिल्यै वंचित हुननपरोस् भनेर कामना गरिरहन्छ ।
५ ब्लगान स्वर्गीय भयो भन्छन् नि तपाइको ब्लगमा त अझै ब्लगानको लोगो रहेछ?
ब्लगान करिब तीन वर्षअघि नेपाली ब्लगरहरु मिलेर बनाएको एक अनौपचारिक संजाल हो । ब्लगसम्बन्धी काम भर्चुअलु हुने भएकाले यो स्वर्गीय नै भयो त भन्न नमिल्ला । हामीले गठन गर्दैखेरी यसका सीमा बुझेका थियौं । हाम्रो त्यही प्रयासप्रति ऐक्यबद्धता जनाउन लोगो राखेको हुँ ।
६ नेपाली ब्लगको धरातललाइ कसरी ब्याख्या गर्नुहुन्छ ? नया पुराना ब्लगरलाइ केही सुझाब छ कि ?
भर्खरै एक महिला ब्लगर साथी जेड एक्सप्रेसले आफ्नो ब्लग तीन वर्ष पुगेको उपलक्ष्यमा लेखेकी छन् अहिले दिनहु कति नेपाली ब्लगर थपिन्छन् हेक्का राखेर साध्य छैन । त्यस्तै मैले पनि पछिल्ला समय के-कस्ता नयाँ ब्लग थपिए भन्ने अपडेट गर्न पाएको छैन । शुरुमा नेपाली ब्लग पत्रकारमा सीमित थियो । अहिले त्यसमा धेरै पेसाका मानिस समाहित भएको पाएको छु । नेपालमा ब्लगको धरातलको कुरा गर्दा इन्टरनेट प्रयोगकर्ता कति छन् भन्ने सवाल आउँछ । इन्टरनेटमा पहुँच असाध्यै कम भएकोले ब्लग विदेशमा बस्ने नेपालीका लागि देशका बारेमा अद्यावधिक गर्ने माध्यम भएको छ ।
भनिन्छ सुझाव विद्वानले दिदैं दिदैंन मुर्खले लिदैंन । तैपनि ब्लगरलाई म विषयमा विविधता ल्याउन अन्तक्रियात्मक बनाउन र निरन्तर अपडेट गर्न सल्लाह दिन्छु ।
७ अरबदेखी अमेरीकासम्म बस्नुभएछ अरबको नेपाली जीवन र अमेरिकाको नेपाली जीवनमा अन्तर समानान्तर के के छन् ?
पूर्वी पहाड पाँचथरको सानो बजार फिदिममा जन्मिएको म ,उत्तरतिरको भारापा डाँडोदेखि उता के होला फिदिममाथि लमतन्न सुतेको लालीखर्कबाट हेर्दा कस्तो देखिएला भनेर सानैदेखि गम खान्थें । यही उत्सुकताले काठमाडौं ल्यायो । १० वर्षअघि दृष्टि साप्ताहिकमा काम गर्दागर्दै संयुक्त अरब इमिरेट्स जाने मौका मिल्यो । त्यतिखेर खाडी राष्ट्र जाने उस्तो चलन थिएन । चार वर्ष म्याकडोनाल्ड्समा काम गरें । विदेशमा फरक काम गर्दाको अनुभव रमाइलो भयो । गत वर्ष नेपाल साप्ताहिकमा काम गर्दागर्दै अल्फ्रेड फ्रेन्डली प्रेस फेलोसिपमा छानिएर अमेरिका जाने मौका मिल्यो । अरबभन्दा अमेरिका धेरै विकसित लाग्यो । संस्कृति र मानिसहरुको सोच र प्रवृत्ति फरक छ । तर नेपालीका लागि एउटा समानता भेटें-अरबमा जस्तै डिपार्टमेन्ट स्टोर पेट्रोल पम्प र फ्याक्ट्रीमा काम गर्ने नेपाली उत्तिकै छन् अमेरिकामा पनि । फरक के मात्र भने त्यहाँ उनीहरु डलरमा कमाइरहेका थिए भने उता नेपालमा अरब जानेलाई भन्दा उनीहरुलाई सम्मानजनक रुपमा हेरिने ढोंगी प्रवत्ति हावी छ ।
८ अमेरीकी पत्रकारको लेखको मर्म र नेपाली पत्रकारको लेखको मर्ममा के अन्तर होला?
अमेरिकामा व्यवसायिक पत्रकारिताको लामो इतिहास छ । त्यहाँका पत्रकारले लामा तथ्यपरक र खोजमूलक समाचार-लेख लेख्दारहेछन् । नेपालको पत्रकारिता अझै बामे सर्दैछ । धेरै गर्न बाँकी छ नेपालमा ।
९ कान्तिपुरका लेखक कटुवालले कर्नाल बजाए जस्तै गर्छन् याने कान थुनेर धोक्रो फुक्छन । जायज हो यो आरोप ?
कुनै पनि पेसाका आफ्नै सीमा र वाध्यता हुन्छन् । कान्तिपुरले पनि सकेसम्म सन्तुलन गर्न खोजेजस्तो लाग्छ । तर माथिको प्रश्नको जवाफमा मैले भनेजस्तै अझै व्यावसायिक हुन सकेको छैन । यसको मतलब गर्नलाई प्रसस्त ठाउँ छ भन्ने पनि हो ।
१० जागिर खाएर हाकीम हुनेबेलामा रन्जित कर्णले गिरफ्तारी दिएको फोटो तपाईको ब्लगमा रहेछ । नेपाली अगाडी बढ्न नसक्ने हुन् या नचाहने हुन् ?
यो प्रश्न बुझिन । नराख्ता हुदैन।
११ शब्दावली थपे व्यक्तित्व विकास हुन्छ नेपाली राजनितीमा थपिएका शब्दले नेपाललाई अगाडी बढाउदैछ कि फसाउदै छ ?
१२ प्रश्न धेरै नेगेटीभ भयो कि जस्तो लाग्यो पोजेटीभ कुरा के सोध्नु पथ्र्यो ?
नेगेटिभ लागेन मलाई त । गिलास आधा खालि कि आधा भरि भनेजस्तो त हो ।
१३ दौंतरी हेर्नुभएको छ कस्तो लाग्यो दौंतरी ?
दौतरी राम्रो लाग्यो । म अमेरिकामा हुँदासमेत त्यहाँबाट अनलाइन पत्रिका चलाइरहेका इन्टरनेट फोरम आदिका साथीहरुसँग भेट भएको थियो । दौतरी अझ धेरै नेपालीलाई बाध्ने डोरी होस् मेरो शुभकामना । यसमा मेरा कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।
छैन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 8, 2009
गाउँखाने कथा - २ (Nepali Gau Khane Katha)
अब भने गाउँखाने कथाको उत्तर तिर लागौं। पहिलो उत्तर मिलाउनेले पुरस्कारको रुपमा गाउं माग्न सक्नुहुनेछ। त्यो गाउं रहेको खण्डमा त्यो नै गाउं दिइने छ नत्र बिजेताले नयां गाउं पाउनुहुनेछ। को हो भयो होला त गाउं खाने कथाको पहिलो बिजेता? के होला त कथुरे गोरू? अनुमान गर्नुभयो? धेरै जनाको अनुमान मिल्यो। कथुरे गोरू हो मुसा र बिजेता हुनुभएको छ लुना। ल लुना जी कुन गाउं मनपर्छ मागी हाल्नुहोस।
-------------------------------------------------
यस पटकबाट गाउं नै खाने कथा शुरुहुदै छ अर्थात पहिलो उत्तर मिलाउनेले गाउं माग्न पाउनेछन। यदी त्यो गाउं अरुले पाइसकेको खण्डमा अरुनै गाउं दिइने छ। गाउं खाने कथाको श्रिखंला हरेक शुक्रबार आउने छ तथा नेपालका गाउं नसकुन्जेल सम्म चल्ने छ। गाउं खाने कथा २ को प्रश्न यस प्रकार छ:
होक्कां गोरु,भित्तो फोरु,धर्तीमुनिको कथुरे गोरु, के हो?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
टिमुर्केको भन्यौ रे
टिमुर्केको भन्यौ रे मलाई,चिप्लो घस्न जानेको थिन
पछारिदा दोष थोपरिछ्यौ, छिर्की मैले हानेको थिन
मन भरी श्रदा मुटु भरी माया कसरी पोखाउनु
भिरबाट गुल्टाउँदा नि अझै पराइ ठानेको थिन
उडान उची थियो कता पुग्यौ मलाई थाहा भएन
बज्रीयौ रे नराम्री आखिर डोरो मैले तानेको थिन
अनुभुतीमा सुन्दरता तिमी अलौकिक थियौ मेरा लागि
मनले सुन्थे मुटुले छाम्थे आँखाले छानेको थिन
चर्कायौ मुटु थर्कायौ छाती फुटेर भेल कती बगे
जिबन हारी सक्दा पनि झूट भनी मानेको थिन
बैरी भै धावा बोले नि ,साथी भै फेरी खाता खोले नि
आगमन स्वागतार्थ मुटुको किल्ला बानेको थिन
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ईन्द्र, तिमी अचानक कता हरायौ ?
प्रश्नइ प्रश्न हरुको घडा बोकी
स्वर्ग बाट झर्यौ धर्ती मा
घर घरमा टेलिभिजनमा आयौ
मानीस हरुको मन मनमा छायौ
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?
*********************
तिमी पूर्वको झापा बाट उदायौ
पश्चिमको रोल्पा र,
बैतडी अनी कंचनपुर सम्म धायौ ।
मेचीको आँशु लाई काठमाडौं पुर्यायौ
कालीको रोदनले सिंहदरबार हल्लायौ
जनताको बोली बनी प्रतिगामी थर्कायौ
शहिद्को गोली बनी राष्ट्रघाती तर्सायौ
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?
**********************
तिमी यती छिट्टै नहराउनु पर्थ्यो ।
जनताको पिर र ब्यथा हरु लाई
देश बनाउछु भनी खाका कोर्ने हरुको
कान सम्म पुर्याइ रहनु पर्थ्यो ।
झुपडीका सुस्केरा र क्रन्दन हरुले ,
जनताको कर र भोट् ले ठडीएका
बाद्शाहहरुका महलहरु थर्काइ रहनु पर्थ्यो।
र गरिरहनु पर्थ्यो खबर्दारी,
घुस्खोरी र भ्रस्टाचारी हरुलाई ।
र चलाई रहनु पर्थ्यो डण्डा,
देश लुट्ने र झन्डा च्यात्ने हरुलाई।
**********************
अनेक अबरोधहरु आए यात्रामा
तिमी कहिल्यै बिचलित देखिएनौ
कैयो बाधाहरु आए बाटोमा
तिमी कहिल्यै थकित देखिएनौ
द्रिध रह्यौ तिम्रो बिचारमा
र खोजी रह्योउ जवाफ तिम्रा जटील प्रश्नहरुको ।
चढिरह्यौ उन्नती को सगरमाथा
र फहराइ रह्यौ झन्डा आत्मबिश्वास र स्वाभिमानको ।
***********************
तिम्रो कलम कुल्चन खोज्नेहरु,
आँफै पछारिये पाताल्मा
तिम्रो मुख थुन्न खोज्नेहरु
फ्याकिये ईतिहासको रछ्यानमा
बटुली रह्यौ आवाज कुनाकप्चाहरुको
र बुलन्द गर्योउ जनताको गाली
आमाको छातीमा कुल्चनेहरुलाई।
बजाइ रह्यौ स्वतन्त्रताको ताली,
र रोपिरह्योउ प्रश्नका भालाहरुले
जनताको मालिक हुँ भन्नेहरुलाई।
***********************
प्रश्नइ प्रश्नहरुको घडा बोकी
स्वर्ग बाट झर्यौ धर्तीमा
घर घरमा टेलिभिजनमा आयौ
मानीसहरुको ढुक्ढुकीमा छायौ
देखेथेँ तिमीलाई अस्ती
नाची रहेथियौ तिम्रै आगनमा
खेलीरहेथेयौ तिम्रै दुई कोपिलाहरुसँग
देख्दिन तिमीलाई आज
टेलिभिजनका ति पर्दाहरुमा,
अरुलाई प्रश्न गर्ने तिमीलाई
आज एउटा प्रश्न सोध्ने मन छ
ईन्द्र, तिमी अचानक कता हरायौ ?
************************
(ईन्द्र लोहनी मा समर्पित)
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ३
आचार्य प्रभा
त्यो जुत्ताको आवाज आनन्दको नै रहेछ । वहाँ कोठाभित्र पस्नुभयो म पनि अलिक संयमित बने किनकी म पनि नौलो नै थिए। वहाँ अलिक अन्कनाउदै मेरो अगाडि बस्नु भयो। मैले नमस्कार गरेँ र मेरो परिचय दिए। वहाँ जुरुक्क उठेर मलाई नमस्कार भन्दै “दिदी मैले तपाईंलाई नमस्कार गर्नु पर्छ किनकी तपाईं म भन्दा सिनिअर लेखक हुनुहुन्छ। म सानो हुँदा नै तपाईंका रचनाहरु पढ्ने गर्दथें”। भने, मानौ त्यो समय आनन्दको हाउभाउ यस्तो लाग्दथ्यो कि म वहाँभन्दा कुनै सिनिअर अफिसर हुँ । हुन त सेनाका मान्छेहरु जत्तिपनी मसंग नजिक थिए मैले सबै नै अनुशासित भेटें। मलाई आनन्दको म प्रतिको सद्भावले यस्तो लाग्यो आनन्दभित्र अहमता र अभिमान भन्ने रहेनछ । मलाई पनि वहाँसँग बसेर कुरा गर्न अप्ठ्यारो भ्एन। अब हाम्रा भावनाहरु आदन प्रदान हुन थाले । हाम्रा कुराहरु गीत, सङीत बारे नै भए।
लगभग दुई घण्टा सम्म हाम्रो कुराकानी हुँदा पनि त्यो भाइको अत्तोपत्तो भएन । म भने अब अलिक अत्तालिन थालिसकेकि थिए। हुन त त्यत्रो समय बित्दा पनि समय गएको पत्तो भएन। केही छिन पछी आनन्दले नै भन्नु भयो “ठिकै छ दिदी म बाहिर सम्म छाडि दिन्छु नि अब मेरो पनि ड्युटी अफ हुने बेला भयो”। मैले पनि हुन्छ नि त भनेर पाँच बजेको प्रतिक्षामा बस्न बिचार गरें। त्यही बिचमा आनन्दलाई फोन आयो त्यो फोन राम्रकृष्ण ढकालको रहेछ। आनदले यत्ती भनेको मैले सुने की “भाइ आचार्य प्रभा दिदी अहिले मसँग हुनुहुन्छ तिमी चाडै आउ” त्यहा बाट पनि हुन्छ भन्ने नै जवाफ आयो। त्यस्को केहीक्षणमा नै रामकृष्ण पनि त्यहा आइपुगे। अनी फेरी हाम्रा कुराकानी गीत संगीत पट्टी नै ढल्किए । रामकृष्णको ''आरोह'' अल्बमको बिमोचन दुइदिन पछाडि रहेछ त्यसको बिमोचनको निमन्त्रणामा उनले मलाई पनि बोलाए। हुन त उनले मेरो गीत पहिला नै फिल्ममा गाइसकेका थिए, तर म झापामा नै धेरै बस्ने हुनाले मेरो कसैसँग त्यती भेट हुँदैन थियो । मेरो उपस्थिले रामकृष्ण पनि खुशी भए। यसरी पहिलो भेट नै मेजर साहबसँग रमाइलो र खुलस्तसँग बित्यो। म सपनामा नै छु जस्तो पनी महसुश भैरहेको थियो। किन कि आनन्दको भद्रपन र सहज स्वभावले म ज्यादै प्रभावित भैरहेकि थिए। यस्तै कुराकानीको प्रसङमा नै दिनको पाँच बजिसकेछ । हामी सबै निस्कनलाई तयार भयौ । रामकृष्ण र आनन्द्ले सहिद गेट सम्म छाडिदिए । फेरी रामकृष्ण्को बिमोचनमा भेट्ने बाचा गर्दै हामी त्यस्दिन छुट्टीयौ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 7, 2009
माओबादीलाइ जनताले कहिल्यै भुल्ने छैनन
- संस्थागत रुपमा मान्छे मार्ने काम माओबादीले नै सुरु गरेको हो।
- कथित देश परिबर्तनको नाममा बनेका टुहुराको हालत के होला, अबको दश बर्षमा उनिहरु के भएर निस्कने होलान?।
- यि माओबादीका शिष्यहरुको बन्दुके ज्ञान कता जाओस त?।
देशमा धेरै क्रान्ती भए, धेरै शहिद भए तर देश भने ज्युकात्युं। अझ भनौं न, झन झन अधोगती छ। शासक त हामीले मल्ल, राणा, शाह सबै पायौं। तर नेपालमा भन्न लायक लहडे बिकास सिबाय अरु केही छैन। डेढ दशक पहिला सम्म नेपाली गरिब मात्रै थिए तर जब माओबादीले कथित जनयुद्द रच्यो मान्छे अशुरक्षित पनि हुन थाले। त्यो भन्दा पहिला पनि मर्ने मारिने घटना नभएका होइनन तर संस्थागत रुपमा मान्छे मार्ने काम माओबादीले नै सुरु गरेको हो। उनिहरुलाइ प्रश्न सोध्नुहोस किन मान्छे मरे भनेर"मकै पिन्दा घुनहरु त पिसिन्छ" निकै हलुका उत्तर पाउनुहुन्छ। के नेपाली ज्यान घुन भन्दा पनि सस्तो हो? मानविय जिवनलाइ किरा फट्यांग्रासंग तुलान गर्ने कस्ता राजनितिज्ञ हुन यिनीहरु? अब त माओबादी सरकारमा गइसक्यो। सरकार गिराउन खोज्नेले बन्दुकको गोली पाउने त प्रचण्डले टुडिखेलबाट उदघोष नै गरिसके। अब कांग्रेस र एमालेका नेता पहिला कुम्लाएको सम्पती बोकेर बिदेश पसे हुन्छ। सरकार माओबादीको पन्जाबटा फुत्कनेवाला छैन। पहिला गाउं गाउंमा त्रास फैलाएर माओबादीले देश हल्लाएका थिए अब सरकारमै बसेर देश हल्लाउदै छन। उनिहरुलाइ ‘वाइ.सि.याल’ या अरु कुनै स्यालले मार काट गरेको के मतलब?, बस उनिहरुलाइ जसरी हुन्छ देश आफ्नो मुठ्ठी राखे पुग्छ।
मान्छेलाइ बन्दुकले लुटेर खान सिकाउने यिनै माओबादी हुन। तराइका मान्छेलाइ बिगतमा भारतिय डाकुले लुटेर हैरान पार्थे। फराकीलो जमिन अक्षम नेपाली सुरक्षा, बिचरा तराइबासी टोलको सुरक्षा आंफै गर्थे। अहिले त उनिहरु टाइगर, आगो, ज्वाला आदीका नाममा आफ्नै टोल छिमेकका मान्छेबाट लुटिदै छन। लुटिए त ठिकै थियो, भोलीबाट मिठो पिठो भने पनि खान्थे अब त कमाएर पिठो ख्याउनेलाइ पनि मारिदै छ। कथित देश परिबर्तनको नाममा बनेका टुहुराको हालत के होला, अबको दश बर्षमा उनिहरु के भएर निस्कने होलान?
रुकुम,रोल्पा,गोर्खा आदीको त कुरै नगरौं। यती बिकट छ कि मान्छे पखला लागे पनि उपचार नपाएर मर्छन। झन त्यो ठाउं त माओबादीको गुंडनै बन्यो। माओबादी सत्ता हात पारेर काठमान्डौ छिरीसके, अब ति बिकट ठाउंमा पुराना घाउ बाहेक केही छैनन। बिकासको नाममा भएका १-२ वटा हुलाक र हेल्थपोस्ट पनि बन्दुक र बमले उडिसके। देश लोड सेडिंगले आक्रान्त भएको छ, सायद ति गाउंका मान्छेलाइ लोडसेडिगं भनेको के हो नै थाहा छैन होला। हवाइ जहाज उडेको सुन्दा इत्ला कान्लामा दौडि दौडी हेर्दछन, तिनले बिजुलीको मुख कहिले देख्ने?
काठमान्डौको जिबन त झनै कष्टकर छ। देशकको राजधानी, नेपालकै सबै मान्छे यही खनिएर कुरुप बनेको छ। सरकार बनाउने, गिराउने,तस्कर, लुटेरा देखी सिताराम यचुरी सबैको प्रिय स्थल बनेको छ यो कान्तीपुरी नगरी। धान्न त काठमान्डौले धान्ला तर यसको आकर्षण उमेर ढल्केर ३ पत्रो लाली पोतीएकी नागरीक बधुको जस्तै भएको छ। त्याहांका बासिन्दा आफुलाइ सबै भन्दा भाग्यमानी ठान्दा ठान्दै बाइसियल देखी लुटेराको मारमा च्यापिएर निस्सासिन पुगेकाछन। कुनै दिन कुनै ठाउं काठमान्डौमा यस्तो छैन जांहा जाम, टायर बाल्ने आदी अस्त ब्यस्त हुने क्रियाकलाप नभएको होस।
तपाइले सोच्नुभयो होला यो बिना बिषयको ब्लगको तात्पर्य के होला?, समाचारहरु त तपाइहरुले पत्रपत्रिका देखी ब्लगमा पढिसक्नु भयो होला। हाम्रा पत्रपत्रिकाले घटना भएको मिनेट भरमै ब्रेकिगं न्युज छापिहाल्छन। प्युठानको स्याउलीवांगमा प्रहरी चौकी ससस्त्र समुहले आक्रमण गरेको पनि पक्कै पढ्नु भयो होला। यसरी पहाड तिर आक्रमण गर्ने त माओबादी नै थिए कताबाट आयो यो नया समुह?, माओबादीको नाममा नआए पनि आउन त पक्कै जंगलको कुनैबाट आए होलान। तर यस्को गुरु माओबादी नै हो। चाहे तराइका स-सना समुह हुन या पहाडका मुक्ती मोर्चा, बन्दुकको गोली र कुन्दाले जनतालाइ तर्साउन सिकाउने यिनै माओबादी हुन। यो नेपाल मात्र होइन संसारले नै देखेको कुरा हो।
हामीलाइ ॠषी धमलाका खबरहरुले भन्दा पनि यस्ता खबरले स्तब्ध गराउने गर्छ। ॠषी धमला जस्ता नेपालमा कैयौं छन जुन अकुत सम्पती कुम्लाएर राता रात धनी भएका छन। कोही प्रहरी पोषाकमा लुट्दै छन त कोही मन्त्रिको पोशाकमा। ॠषी पत्रकार भएर लुट्न खोजे। मोबाइल टेक्नोलोजीको बिकासले गर्दा उनका कर्तुत जनता सामु आए। अदालतले दोषी नठराए सम्म त उनी पनि पुलिसको पाहुना मात्रै हुन।
बन्दुकले जनता तर्साउने खेल कहिले सम्म चल्ला?, यो छिटै बन्द हुने वाला छैन। नेपालको भौगोलीक स्थीती देखी निती नियमको काम गराइको तरिकाले यस्ता आतंककारी क्रियाकलापलाइ प्रशय सिवाय केही दिदैन। बन्दुकको र बमको तालिम पाएका स्वांठहरु लुट्न छोडेर पसिना चुहाउदै काम गर्लान त? पक्कै गर्दैनन। यि माओबादीका शिष्यहरुको बन्दुके ज्ञान कता जाओस त? माओबादीको उपहारको यो असर कहिले सम्म रहने हो सम्झदै काहाली लाग्ने अबस्था छ। नेपाललाइ इमान्दारी आंखाले हेर्ने हो भने न त देश समेल्ने कोही छ न त देशको नियममा समालिन चाहाने कोही छ, कसरी चल्छ त यो देश? भगवानसंग प्राथना गरौं नेपाल एसिएको सोमालिया कहिल्यै नबनोस!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
पानीको देशमा पानीको हाहाकार
NEW YORK: The United Nations warned that two-thirds of the world's population will face a lack of water in less than 20 years if current trends
in climate change, population growth, rural to urban migration and consumption continue.
Speaking at a high-level symposium on water security here yesterday, UN Dy Secretary-General Asha-Rose Migiro stressed that "if present trends continue, 1.8 billion people will be living in countries or regions with water scarcity by 2025, and two-thirds of the world population could be subject to water stress."
यो माथिको समाचारलाई मैले टाइम्स अफ इण्डियाको आजको वेब संस्करणबाट हुबहु उतारेको हुँ । भर्खरैको नेपाल बसाइबाट फर्कँदा मैले अनुभव गरेको कुरा यही हो कि नेपालमा निकट भविष्यमा भयानक जलसंकट पर्न सक्छ । हुनत म कुनै जलस्रोतविद हैन र मेरो भनाइ केवल भावनात्मक मात्र ठानिन पनि सक्छ । म पनि चाहन्छु, मेरो भावनात्मक डर नेपालको सन्दर्भमा झूटो नै साबित होवस् , तर पनि यसो भन्दैमा मेरो यो विषयको डर पनि मर्ने भने हैन ।
नेपालमा वातावरणिय चेतनाको स्तर हेर्यो भने उदेक लाग्दो स्तरको छ र यो केवल केही डलराग्रही एन जी ओको मोहताज बनेर निरिह जीवित छ भन्दा हुन्छ । निर्वाध बिना योजना बढ्दो शहरीकरणको नेपाली विस्तारलाई नियाल्यो भने , सर्वत्र कहालीलाग्दो दृश्य उजागर हुन्छ । काठमाण्डु र देश बाहिरको समेत खाने पानी योजना केवल मन्त्राणी यमी र उनी पछिका उत्तराधिकारीलाई सगोत्री सात पुस्तालाई जागिरोद्दार गर्न बनाइएका अड्डा प्रतित हुन्छन् । मेलम्चीको कथा माओवादीले सरकारी जासूसको आरोप लगाएर भौतिक कारवाहीमा पारी निर्वाध थिलथिलाइएर अर्धमृत बाँच्न वाध्य पारिएको कुनै हिजोको गाउँले कांग्रेसी कार्यकर्ताको दयनीय नियतिमा घर्षणीय बनेको देखिन्छ । काठमाण्डू नामको कंक्रिटको जंगल भित्र बस्ने देशका सेलेक्टेड केहीका लागि अहिले पानी भनेको भूगर्भभित्रबाट अन्धाधुन्द बोरिङ गरी घरेलु मेशिनले तानिएको फिल्टर्ड झोल हो । तीन चौथाइ काठमाण्डुमा खानेपानि संस्थानका पाइप नै पुगेका छैनन् , त्यहाँ या त प्राइभेट ट्यांकरहरूको सेवा वा त जमिन मुनीको पानी थुत्न सिकाउने र उपकरण जडान गर्नेहरूको व्यवसायले मन्त्रालय कायम गरेको जस्तो देखिन्छ । अहिले नै यो जमिन मुनिको पानीको उपलव्धता अलि उच्च स्थानका ठाउँबाट हराइसकेको छ र यो हराउने क्रममा छ । तर यो चिन्ता कसैलाई भएको देखिन्न । यसो कुराकानीको प्रसंगमा एक जाना साथिले भनेथे " देशमा पानी छ क्यारे , अहिलेका सराकारमा बस्नेले गरेनन् भने पनि पछि आउनेले गर्लान नि !" । यस्तो उदासीनता बीचमा पनि बचेको हाम्रो योजना बिहीन शहरीकरणको व्यवसाय, विश्वव्यापी मन्दीको श्वर नै नसुनिकन अग्र गतिमा छलाङ मार्दो छ । "घडेरीको भाउ ३ महिनामा दोब्बर भयो नि !" भन्ने दलालका बोलीले सिर्जना गरेको चासोमा पानीको कथा कतै छैन ।
कथित र र कता कता पढेको कुरा दिमागमा नाचेको नाचै छ । जलस्रोतमा संसारको दोस्रो धनी मानिएको मुलुक आज दैनिक १६ देखि २० घन्टे लोडसेडिङको चचहुइइइ पीङ खेल्दैछ । तर हिजो भौतिक संरचना ध्वंस पारे पछि नया सिर्जना सजिलो हुन्छ भन्नेहरू रगतका कटकटे दाँत ङिच्च देखाएर निर्लज्ज हाँस्दै १० वर्षमा १० हजार मेगावाटको कथा नाङ्लोमा लिएर दक्षीणको दलाल रिझाउन जनतासामु सपना बेच्दै आफ्ना छापामारमाथि देशको बजेट पोषण गर्दैछन् । हिजोका ध्वस्त पारिएका विद्युत योजना मरम्मतको आर्थिक भार जुटाउन नसक्ने , नया योजका लागि वातावारण बनाउन नसक्ने अनि १० हजार मेगावाटको सुनौलो सपना बेचेर अरु दलहरुकै कारणले व्यवधान आयो भन्न तम्तयारयार बनेको राजनीतिको तमाशा भित्र , भूमण्डलीय उष्मीकरणले नेपालमा सिर्जना हुने भयावह ( ग्लोवल वार्मिङको ) भावी चुनौतिको कतै चर्चा नै छैन् । हिजोका ठूला जलासययुक्त कुलेखानी जस्ता भरपर्दा योजनाको सतह पहिरो र भूक्षयले पूरिँदै जानु अनि ती पुराना योजनाको बूढ्यौली नआउँदै नयाले भरथेग गर्न पर्ने उत्तराधिकारको खोजी गर्नै नपर्ने, तर राजनीतिको चर्को भ्यागूते विकासको गफ हाँकेर चमत्कारको रडाको अलाप्नेहरूको माथिंगलमा कतै नेपालमा पनि यो अंग्रेजी ग्लोबल वार्मिङ भन्ने कुरा हुन्छ र भन्ने विष्मय नाचेको त छैन ?
नत्र भने, खै त विश्वभरका पर्यावरणविद हरूले सकेसम्म चर्को श्वरमा चिच्याएर सन् २०२५ सम्ममा हिमालयको हिउँ पूर्णत पग्लिएर , हिमालय पर्वतहरू डरलाग्दा काला चट्टानका पहाडहरूमा रुपान्तरण हुनेछन भनेर भनिरहँदा हाम्रो कानमा त्यसको असर परेको ? के बिना हिमालको आदिम नेपालमा संसारको कुनै पर्यटक डलर खर्च गर्ने पर्यटक बनेर भित्रिएला ? के सदावहार हिमाली नदीको स्रोत मानिएको हिमाल नै नरहेपछि , हाम्रा शाश्वत नद-नदीहरूको कलरवले हिजो जस्तै कतै कसैको ध्यान र मन तान्ला ? अनि के होला पिउने पानी र बिजुली बाल्ने चाहनाको हाम्रो कथा ? २१ औँ शताव्दिको भौतिक चकाचौँधको संसारमा २० घण्टा टुकी बालेर बस्न वाध्य पारिएका हामी नेपालीहरूको खोटो भाग्यमा अब अरू सुख भोग्न प्राकृतिक र मानविय रूपमा लेखेकै छैन त ? खै हाम्रो जलस्रोतको निधिलाई हाम्रा पुस्ता दरपुस्तासम्म जोगाएर प्रयोग गर्ने र गराउने हाम्रो वातावरणीय चेतना ? खै हाम्रो परिचयको हिमाल र हिमाली नदीहरूको अस्तित्व जोगाउनका लागि हाम्रो स्वतस्फूर्त जागृति ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 6, 2009
आफ्नो मुलक आफ्नै हुन्छ
बेथितिले रजगज गरी जीवनमा थितिको भूमिका रोज्दा
जतासुकै आदिम व्यवहारहरूको पुनरावृत्ति जस्तो देखिए पनि
हरेक सोच र व्यवहारमा, आफ्नो मुलुक त आफ्नै लाग्छ।।
धूवाँ ,धूलो, चोरी , कोलाहल र अपराध आक्रान्त हुँदा पनि
थकान रहित आफ्नै पदचाप र अग्रगमनको चाहना बोकेर
अनि निरापद बन्नै नचाहने जियालोपको अनुभव बाँच्दा
कस्तो अचम्म! तैपनि, हो आफ्नो मुलुक त आफ्नै लाग्छ ।।
आधुनिकता र आदिमताका अनौठो दोसाँधमा उभिए जस्तो
अगाडि बढ्ने पाइलाहरू निरन्तर पछाडि नै हच्किए जस्तो
विचार, व्यवहारमा स्वत्वका पेटाराहरूको भारी टाउकोमा
निर्लज्ज बोकेर आँफै देख्दा पनि , आफ्नै मुलुक आफ्नो लाग्छ।।
कर्म औ व्यवहारका आधारहरू एकातिर मिल्काएर
राजनीति र तिक्डमको वाक्पटुतामा हरेक कुरा सिध्याउने
मनोवृत्ति अनि जीवन पद्दति आफ्नो परिचय बनेको देख्दा पनि
खै कुन्नि के कुराले भन्छ-' हो आफ्नै मुलुक त आफ्नो लाग्छ'।।
प्रविधि, साख्यिकी र नाफा ,नोक्सानको यो भौतिक संसारमा
बाटो भुलेर कतै हराएका अनि गास बास , कपास र जीवनको
सदाबहार माग बोकेर , सदैव क्रान्तिको निर्लज्ज रिहर्सलमा
बाँच्ने 'टाइम वार्प'को कैदी म , तैपनि मुलुक आफ्नो नै राम्रो लाग्छ।। -एकलव्य
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Laughter the best medicine
Three Easy Way to Die:
1. Take a Cigar daily-You will die 10 years early.
2. Drink alcohol daily- You will die 20 years early
3. Love someone daily- You will die daily.
*** *** ***
One Liner
A foolish man tells a woman to stop talking, but a wise man tells her that she looks extremely beautiful when her lips are closed.
*** *** ***
The best way to quit alcohol consumption:
Before marriage – drink only when you are sad.
After marriage- drink only when you are happy.
*** *** ***
Three fastest means of communication
- Tele-phone
- Tele-vision
- Tell-a- woman
Need still faster?, tell her not to tell anyone.
*** *** ***
Question/ Answer
Q: Why law does not allow a man to marry two women?
A: B’coz you can’t be punished twice for the same mistake.
And finally,
A man was boasting to his friend, “You know, I am a well known collector of antiques”.
His friend replied, “Yes I know, I have seen your wife!”.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गजल: भो तिमीले नै जित्यौ
भो तिमीले नै जित्यौ, फेरी मेरो हार भयो
उदास थियो यो जिन्दगी,झनै बढी भार भयो
सजाउथे सपनाहरु, नयनको बाटो भरी
ब्युझेपछी मर्नु पर्ने,सपना देख्नु बेकार भयो
अजम्बरी रहन्छ, हाम्रो चोखो प्रिती भन्थे
आखिर कहिल्यै नभेटिने,नदिको दुई किनार भयो
पिंडा भित्र हाँसी हाँसी,जतन गरी जोगाउथे
आफ्नै गला रेटिजाने, खुकुरिको धार भयो
हाम्रो माया नमुना, बन्छ भन्थे कुनैबेला
आज आफ्नै अगाडि,काम नलाग्ने झार भयो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 5, 2009
गजल- ठग्छ भने नियतिले
ठग्छ भने नियतिले मलाईमात्र ठग्दै गरोस
हर्छ भने जिन्दगीको हाँसो,खुशी सबै हरोस ।
कत्ती मात्र हाँसी बसुँ पीरब्यथा लुकाएर
मेरै मात्र कर्म खोटो खाल्डो भित्र परे परोस ।
अघी बड्न खोज्दा सधैं भूमरिले छेक्छ किन
नफक्रदै जिन्दगी यो झर्छ भने पनि झरोस ।
सम्भालिदै आफु पनि अरु जस्तै बड्न खोज्दा
दैव तेरो ''केशु''पनी मर्छ भने आजै मरोस ।
(रचना २०५३ साल )
बोल्डर कोलोराडो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
सन्दर्भ नयाँ संबिधान --ईतिहास बाट सिकौ र समझदारि मा बढौ
०२-०४-२००९
देश बाद, क्षेत्रियता, जातियता, धार्मिकताका बिबादमा फसी बिभक्त हुँदै गएको छ । यस्तो आपसी मतभेद, दुश्मनी अनी एक-आर्काको अस्तित्व स्विकार नगर्ने मानसिकता बोकेर कुन बाद र सिदान्तले देश बन्द छ त ?। हामी जुन रुपले खन्डित भएर गैराखेका छौ यस्ले कुनै दल वा ब्यबस्था मात्र नभै राष्ट्र नै असफल बन्ने देखिन्छ । यस्तो अवस्थामा एक्लै कसैले यो देशको सार्बभौम सत्ताको रक्षा गर्न नसक्ने हुँदा एकताको सुत्रको लागि समझदारि प्रती सबैको समर्पण अनिबार्य छ । को राजाबादी, को माओवादी र को प्रजातन्त्रबादी ?, हामी सब एक भै बिगतका सबै तिक्तता बिर्सिएर एउटा सकारात्मक् बातावरणको सृजना तयार गर्नु अनिबार्य छ । मेरो गोरुको बाह्रै टक्का भन्ने मानसिकता त्याग्नु जरुरी छ । सबै पक्षको कतै न कतै खोट छ, कमजोरी छ त्यसलाई फ्याकेर सबै को सकारात्मक् पक्ष लाई एकिक्रित गरी नयाँ नेपाल को अबधारणा लेराइ अगाडि बड्नु को बिकल्प छैन । आज हामी ईतिहासकै सम्बेदनशील अवस्थाबाट गुज्रिराखेका छौ । नेपालीको एकता डगमगाएको छ । देशमा बिखण्डनको आशंका बढीराखेको छ । यस्तो अवस्थामा ‘यो’ र ‘उ’ बादी भनी निषेधको होइन कि सहयोगी र सदभाबको बातावरणको राजनीतिमा गंभिर हुनुपरेको छ । त्यस्को लागि छिटो भन्दा छिटो पूर्व राजासहित सबै दल, कानुन बिद, निष्पक्ष र बरीष्ट नागरिक, पूर्व प्रशासक, पत्रकार को राउण्ड टेबुल बार्ता गर्नु उचित हुन्छ र त्यस्ले एउटा श्वेतपत्र जारीगरी संबिधान को खाका तयार पार्ने । हिजो गल्ती सबैबाट भए अछुतो कोइ छैन, बिगतका गल्तीलाई बिर्सदै सबै राजनैतीक सुन्यतामा झंरौ एक पटक । राजा ग्यानेन्द्र, प्रचन्ड, गिरिजा बाबु, खनाल वा नेपाल, नागरिक समाज का अगुवा, पत्रकार, कानुनबिद गोलबद्द भै हात समातेर देश र जनताको लागि एक भएर अगाडि बडने प्रण गरौं । महात्मा गान्धीका छिमेकी र बुद्धका देशका हामीले बिश्वलाई फेरी एक पटक शान्ती र एकता को नमुना दिन सक्यौ भने हामी सबै महान बन्ने छौ कि ?
राउण्ड टेबुल बार्ताले दिनु पर्ने सन्देश यस्तो होस --
१ - संघियता को बारेमा
दक्षीण एसियामा नेपाल मात्र नभै ६ दशक गणतन्त्रको अभ्यास गरिसकेको भारत लगायत पाकिस्तान, श्रीलंका र बङलादेशमा नेपाल को भन्दा खराब अवस्था छ । यस बाट के स्पष्ट हुन्छ भने गणतन्त्रले मात्र सामाजिक रुपान्तरण गर्न सक्तछ भन्ने तर्क मिथ्या हो । सामाजिक रुपान्तरणको लागि बिबिध नियम कानुन भन्दा समान रुपमा शिक्षा र रोजगारको अबसर पाउने बातावरणको लागि राज्यको दायित्व पुरा भ्एको हुनु पर्दछ । सम-मानबिय मुल्य र मान्यताको अबधारणा लाई व्यबहार मा लागु गर्न , समाजमा ब्याप्त सानो र ठुलोको मतभेदिय सोचलाई अन्त गर्न नयाँ नेपालको लागि तँ, तिमी, तपाईं र हजुरको बदालामा सबले सबलाई तिमी भन्ने नियम लागु गराउन सकिन्छ । सामाजिक रुपान्तरण रातौं रात कुनै राजनैतीक बादले गर्न सक्ने होइन त्यसको लागि शिक्षा संचारको पहुच त्यो क्षेत्र सम्म पुर्याउने काम राज्य को हो त्यसको लागि समय लाग्ने यथार्त लाई बिर्सनु हुन्न ।
परम्परागत राष्ट्रिय सेना हुन कि वा बिद्रोही सेना हून त सबै नेपाली । राउण्ड टेबुल बार्ता मार्फत सहमतिमा पुग्न सक्यौ र भोली कुनै पक्षबाट पनि द्वन्दमा जाने अवस्थ को निराकरण भयो भने माओवादी जन सेनाका हथियार सरकारी भन्डार मा राखी तत्कालिन मागको अनुपात र इच्छुकलाई शेना, शसस्त्र प्रहरी, र जनपथ प्रहरी मा नियम पूर्वक समायोजन् गर्न सकिन्छ । नेत्रित्व ले समायोजन भने पनि स्वयम कती जना जनसेना निरन्तर सेवा गर्न चाहन्छन?, इच्छा नहुने लाई आफुखुसी जान दिनु पर्दछ । बाँकी रहेका लाई प्राइभेट सुरक्षा निकायमा भर्न गर्न सकिन्छ । निश्चय पनि कुनै राजनैतीक दल बिशेषको सदस्यको रुपमा सुरक्षा जस्तो सम्बेदनशील निकायमा समुहगत प्रबेश हुनु हुँदैन र माओवादीले पनि त्यो बुझेकै हुनु पर्दछ । आज माओवादीको मात्र सेना छैनन अरु कैयौ छन । राष्ट्रिय सेनालाई राजनीतिको बिबादमा पार्नु हुन्न । सबैले जिम्मेवार भएर सोच्नु पर्दछ।
४ -धार्मिक सम्बेदनशिता
नेपाल बिश्वको एक मात्र हिन्दू राष्ट्र हुनुमा प्रत्यक नेपाली ले गर्ब गर्ने कुरो हो । बिदेशी आइ एन जि ओ र एन जि ओ को दबाब मा परिवर्तन गर्नु उचित होइन । पाकिस्तान, बङलादेश जस्ता ईस्लामिक राष्ट्र घोषणा भएका देशमा पनि हिन्दू धर्म का मठ मन्दिरको अस्तित्व रहे झै नेपालमा पनि रहेको थियो र रहने छ भन्ने बिश्वास हिन्दू इतर धर्म का समुदायलाई बुझाउनु सक्नु पर्दछ । ता कि भोली कुनै दलले त्यसलाई आफ्नो नारा बनाउने मौका नपाउन र फेरी द्वन्द नहोस । तर देशका सम्पूर्ण मठ मन्दिर मा राज्यको संलग्नता हुनु हुँदैन वास्तवमा त्यही नै हो सहि धर्म निरपेक्षता ।
५ - बिस्थापित राजा को बारेमा
दलित जनजाती भनी यो बर्गलाई बर्गीकरण गरे पछी सम्म उनीहरुलाई मनोबैज्ञानीक रुपमा हिनता बोध गराइ राख्नु राज्यले मानबता बिरुद्धको काम गर्नु हो । तसर्थ संबिधान वा कानुन बनेको दिन देखी लागु हुने गरी सामाजिक, धार्मिक, राजनैतीक, प्रशासनिक सम्पूर्ण क्षेत्रमा अरु बर्ग झै योग्यताको आधारमा समान प्रतिस्प्रधी बन्न सक्ने बनाउनु पर्दछ । तब मात्र उनीहरुले मानसिक रुप मै आफुलाई समाज को समान सदस्य ठान्न सक्दछन । सम्रक्षण र आरक्षणले त उनीहरुको प्रतिस्प्रधी मानसिकतामा नकारात्मक असार पर्न जान्छ । आजको युगमा राज्यले नै समाजमा मानब बिचमा रेखा कोर्नु न्याय संगत हुँदैन । देशको पिछडिएको भागमा एउटा दलित र उपल्लो जातको मान्छेको जीवन स्तर, शिक्षामा के फरक छ ? समानताको अनुभुती भनेको सबैलाई प्रतिस्पर्धी लायक बनाउनु हो त्यो काम राज्यको हो ।
८ –छुवा-छुत
छुवा-छुत लाई मानबता बिरुद्धको अपराध घोषणा गरी कमसेकम ५ बर्षको जेल सजाय को कानुनी ब्यबस्था गर्नु पर्दछ । धार्मिक, मठ, मन्दिर, सामाजिक सेवा कार्य आदीमा तत्काल देखी नै प्रबेष, पहुँच एबं अनिबार्य समलग्नता गराउन स्थानिय निकायलाई सक्रिय पार्ने ।
९ - नागरिक आचार संहिता
समाज मा सहयोग, सदभाब र समझदारि एबं मानबिय मुल्य र मन्यतालाई आत्मसात गर्ने बातावरण स्रिजना गर्न नागरिक आचार संहिता (सिबिक सेन्स एक्ट )लागु गर्ने, समाजका धुर्त काइते बुद्धी का मनिषा को न्युनिकरन गर्न यो एक्ट जरुरी छ । जापानले यस्तो एक्ट ४० को दशकमा नै लागु गरेको थियो । जब म्म समाजको बहुमत ब्यक्ती को आचारण, व्यबहार सभ्य अनी उधाहरणिय बन्दैन तब सम्म देश बन्दैन ।
१० - आर्थिक मितब्ययिता को सम्बन्धमा
देश आर्थिक जर्जरताबाट गुज्रेको, आन्तरिक स्रोत र साधनको अभाब भएको हाम्रो देशले आर्थिक पराधिनता बाट कहिले मुक्ती पाउने ?सरकार देखी जनता सम्मले कसरी फजुल खर्च रोक्ने एउटा स्वेत पत्र जारी गर्नु पर्दछ । देशको जनसख्याको आधारमा अरु देशको उधाहरण हेर्ने हो भने नेपालमा अधिक्तम १५ सदस्य को भन्दा बढी को मन्त्री मण्डल नबनाउने भनी संबिधानमा नै उल्लेख गर्नु पर्दछ । प्रशासनिक् क्षेत्रमा ठुलो दर्जाको पद लाई न्युनिकरण गर्दै तल्लो पदकाको बृद्धी र सुबिधा बढाउने । समान प्रकृतीका संघ सस्था बिभागलाई एक अर्कामा समायोजन् गर्ने । सरकारी भोज, भत्तेर कम् गर्ने ,सरकारी कर्मचारीको सरुवा लाई भन्दा कार्य दक्षता बढाउन प्रोत्साहन गर्ने ।
११ -चाकरी र सिफारिस लाई अपराध घोषणा गरी दुबै पक्ष लाई सजाय को भागीदार बनाउने ।
१२ -नेपालमा पनि अब अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया आदी देशझै सिमित राजनैतीक दलको मात्र अस्तित्व रहने ब्यबस्था गर्ने । निषेध र तिक्तताको राजनीति धेरै भयो नेपालमा, न त दल बलियो बने, न त राजनीति, न त देश । देश र जनतालाई मात्र केन्द्र मानि राजनीति गर्दा निषेध र तिक्तता नै रहदैन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 4, 2009
गित - कुनै दिन हासेर
०२-०३-२००९
कुनै दिन हासेर
कुनै दिन रोएर बितायो
यस्तै रहेछ दुनियाँ को रित
जस्तो मौसम
त्यस्तै मा रमायो
कुनै रात यहाँ
बिस बोकेर आउछ
कुनै रात चाद को
हसिलो मुहार
जिन्दगी रैछ घाम छाया
कहिले धुप
कहिले झरी मा रमायो
कुनै माया जीवन
कुनै माया मृत्यु
बोकेर आउदो रैछ
कस्तो लगाये छाप
बिधाता ले भाग्य मा
कुनै दिन हासेर
कुनै दिन रोएर बितायो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गजल -- हारजित भईरहने
हारजित भइरहने माया खेल होइन
परीक्षा लिई छुट्टाउने पास फेल होइन
जहाँ हुन्छ आत्मियता खुशी खुशी मात्र
हर्ष न विष्मात हुने, कौवालाई वेल होइन
पिंडा पर्दा पोख्ने आशु सफलतामा हासो
विश्वास हुन्छ एक अर्कामा जालझेल होइन
गन्तब्य एउटै अनी पाइला सँगसगै
दुर्घटनामा परी जाने लिग छोडेको रेल होइन
समर्पण समझदारी सम्मान हुन्छ त्यहा
केही क्षण मोज गर्न, गरिएको मेल होइन
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 3, 2009
क्लोराडोमा साहात्यिक कार्यक्रम
आचार्य प्रभा
कोलोराडो फेब्रवरी १
अमेरिकाको कोलोराडो डेन्वरमा यही फेब्रवरी १ का दिन सरस्वतीपूजाको पावन अवसर पारेर डेन्बरवासी र बोउल्डरबासी को संयुक्त आयोजनामा साहित्यिक कार्यक्रम समापन गरियो । उक्त कार्यक्रम गीतकार तथा कबी श्री ज्ञानेन्द्र गदालको निवासमा भएको थियो । उक्त कार्यक्रममा लग्भग ५० साहित्यकर्मिहरुको जमघट भएको थियो भने उक्त साहित्यिक कार्यक्रममा लगभग २० कवि, कवयत्रिहरुले आ-आफ्ना रचनाहरु पाठ गरेका थिए । बिदेशमा नै भए पनि त्यो दिनको साहित्यिक जमघटले सबैलाई नेपालमा भएको आभाष भैरहेको थियो भने, साचै त्यो दिन उक्त कबिको घरमा दशैको चहल पहल भए झैं महशुस भै रहेको थियो ।
कार्यक्रमको सुरुवात सरस्वती बन्दनाबाट गरियो भने गायक बिजय अधिकारिले आफ्नो मधुर आवाजबाट सरस्वतिको बन्दना फेरी एकल गाएका थिए । कार्यक्रम ढिलै शुरु भएता पनि समापन पनि ढिलै सकियो । कार्यक्रमको अन्त्यमा चियापानको आयोजना गरिएको थियो । कार्यक्रमको अन्त्यमा साहित्यिक माहौललाई दिर्घजिवी राख्न आचार्य प्रभा ,ज्ञानेन्द्र गदाल, केशब आचार्यको सल्लाहा र समझदारिमा प्रत्यक महिनाको अन्तिम शनिबार कबिहरुको आ-आफ्नै निवासमा क्रमैसँग कविता गोष्ठी गर्ने निर्णय गरियो र फेब्रुवेरिको अन्तिम शनिबार (केशब आचार्य एव आचार्य प्रभाको) बोउल्डर स्थित निवासमा आयोजना गरिने भन्ने प्रस्ताव पारीत गरिएको छ । ''कोठे साहित्यिक यात्राको'' सुरुवात नेपालमा पनि आचार्य प्रभाको अध्क्षतामा २०५१ साल देखी २०६१ साल सम्म प्रत्यक कबिहरुको घर-घरमा सन्चालन गरिदै आएको थियो उक्त साहित्यिक कार्यक्रमलाई नै निरन्तर्ता बिदेशमा पनि दिएर साहित्यिक माहोललाई अझ सक्षम राख्ने प्रतेक कोलोराडोबासि साहित्य अनुरागिहरुको चाहना र सपना हो । उक्त दिन कबिता पाठ गर्नुहुनेहरुमा :
एक ) प्रमिला शर्मा
दुई ) डा-बिजयराज शर्मा
तीन ) भुपेन्द्र महत
चार )रमेश पल्लव
पाँच )साबु कार्की
छ )प्रमोद घिमिरे
सात )केशब आचार्य
आठ )आचार्य प्रभा
नौ )क्रिष्ण मुरारी ढुङेल
दश )बिजय देव अधिकारी
एघार )निर्मला शर्मा
बार्ह )बिनिता अधिकारी
तेर्ह )जितेन्द्र कार्की
चौध )साकार शर्मा
पन्द्र्ह )ज्ञानेन्द्र गदाल
सोर्ह)तारा अधिकारी
र अन्य साहित्यनुरागिहरुको पनि सहभागिता थियो । दिनको करिब् छ बजे कार्यक्रम समापन गरियो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बिर्सि देऊ
बिर्सि देऊ बितेका क्षण
तिमी को थियौ म को थिएँ
समयले टुटाई दियो
सपना जो देखेका थियौ
बिर्सि देऊ
आयो तुफान कतैबाट
किनारा लाग्यो चाहना त्यो
झुठो मायाले पागल बनायौ
दिउँसै तार गन्ने दिन आयो
बिर्सि देऊ ……
सक्छौ् /सक्छ्यौ देउ माया
अरु पिडा नथप
जसै काटुँला जीवन
पाइलाहरुमा काँडा नछरिदेऊ
हो हो काँडा
बिर्सि देउ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गाउँखाने कथा - १ (Nepali Gau Khane Katha)
ल लागौ यस पटकका गाउंखाने कथाको उत्तर।
दौंतरीको नया स्तम्भमा गाउँखाने कथा राख्ने बाचा अनुरुप आजबाट गाउं खाने कथा सुरु गर्दैछु। यो स्तम्भ राख्नको लागी पाठकलाइ पत्ता लगाउन दिएको काम पनि निकै रमाइलो भएको थियो। गाउँखाने कथाले पाठकसंग अनतरक्रिया गर्न मद्दत त गरांछ नै यस्ले हाम्रा आफ्नै नेपालीपनका कथालाइ जोगाइ राख्न पनि सघाउंछ। आखिर प्यारो त नेपाली पन नै हो नि, होइन र?
यसपटक भने नेपाली बिभिध क्षेत्र समेट्न भाषिकाक्षेत्रका गाउं कथा टिपेको छु।
कर्णाली:
आफू मडो डांको बडो?
उत्तर: बन्दुक।
भेरी:
रतु गा लिन गयां, पुंडी गाइले हानी?
उत्तर: बयंर।
आछामी:
लामै लराया फल स्वादौ?
उत्तर: माछा ।
डोटी:
नानानाना रुख, उक्लनलाई दु:ख?
सिस्नु।
उत्तर मिलाउने सबैलाइ बधाइ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 2, 2009
डलर टिप्ने यात्रा १
शेखर ढुङेल
बिदेश, बिदेश, बिदेश याने कि मनी, मनी, मनी !!! पन्जाब होसियारपुरका पाजीहरु पछी बिदेश हात खुट्टा नै फ्याकेर दौडने मा हामी नेपाली हरु दोस्रो मा पर्दछौ क्यारे । पढेर १८० कै डिग्री लेका हुन कि ० डिग्री सम्म का सब लाई बिदेश नै प्यारो, भलै घर को भैंसी बेचेर बिदेश भेडा चराउन नै किन नपरोस , भलै घर को दुधे बच्चा छोडेर बिदेश मा बेबी सिटिङ नै किन गर्न नपरोस , भलै घर का बुढा आमा बाबु छोडेर बिदेश मा सिनियर को सेवा गर्न किन नपरोस झर्नु पर्यो डलर !!
नेपाल मा ८० दशक को मध्य देखी नै बिदेश जानेहरुको लहर एबम चर्चा ले राम्रै बजार छाइ सकेको थियो । त्यस बेला बिशेष गरी अमेरिका र जापान नै मुख्य लक्ष हुन्थे । आफु लठ्ही घुमाउने र बन्दुक पडकाउने जागिर मा छिरेको भए पनि न त लठ्ही घुमाएर फाईदा लिने कला सिकियो न त बन्दुक पडकाएर सोझा लाई तर्साउन जानियो । बिहान बुढी को पटुकि बाट झारी लाग्यो बेलुका सुक्को बगली मा हुन्नथ्यो । घुर्की सुन्नु पर्दथ्यो कस्तो डन्ठे हाकिम हो! अरु लौरो हल्लाएर कमाएर लेराउदछन हाम्रो बुढो भने सिध्याएर खाली हात घर आउछंन । दैनिक खर्च बढ्दो छ, बाउ बाजे को सम्पत्ति बेचेर खाएर कती दिन घर चलाऊने ? लठ्ही घुमाउने सोझा लाई धम्काउने र भ्रष्ट, माफिया लाई सेलुट गर्ने कला आफुमा भएन आफ्नै समुह का साथी हरु का चुरी फुरी र दिनानुदिन आर्थिक सम्पन्नता देखदा आफ्न्तहरु नै खुचिङ हुतिहारा डन्ठे हाकिम भन्थे । साथीहरु हरा भरा भाई राखेका बेला आफ्नो टाउको को गुदिमा भने बिदेश गएर डलर टपाटप टिपेर लेराइ साथी हरु लाई देखाउने युक्ती सुध्यो ।
आफन्तको एउटा नाम चलेको गार्मेन्ट को म्यानेजर हुँ, तिम्रो देश मा ब्यापार बढाउन जान लाग्या भिषा दिन्छौ भनी आबेदन गरेको त ढ्याम्म लौखा गरी खा भने झै ठोकी दियो भिषा ।यस्सरी झुक्काउन सकिएला भन्ने सत प्रतिसत विश्वाश रामो राम थिएन ल । अध्यारो मा हानेको गोली ठाउमा लागे जस्तो भयो मेरो लागि । १९९२ को मे को १५ तारिख मा डलर टपाटप टिप्ने रहर बोकी अमेरिका को नियुयोर्क शहर मा आइपुगे । ४ दिन सम्म त उठ्ने खाने सुत्ने मै बित्यो देख्या त होइन खै के लाग्यो भन्थे हबाइ जहाज मा उडे पछी धेरै लाई त्यस्तो के हो लाग्द छ रे ?
अली तङ्रग्रिए पछी नेपाल तिर गफ दिनु पर्यो भनेर सस्तो फोन कार्ड किन्न भनी म्यान हाटन तिर हात मा पैसा बोकी लागिएको थियो । एउटा रिठ्हेले एक झड्का देर हात को २० डलर बाज ले माछा टिपे झै थुतेर लाग्यो । रुनु कि हास्नु भयो डलर टिपुला भनी आको उल्टो खोसेर पो लाग्यो । मन ज्यादै खिन्न भयो देश को लौरे बिदेश मा आएको हफ्ता मा नै धक्का खाएर लुटिनु पर्दा कस्तो भयो होला ? बिदेस को त्यो पहिलो नमिठो अनुभूती थियो ।
भोली पल्ट डलर टिप्ने ठाउमा जाने कुरा भयो । एक जना होसियारपुरका पाजीको साथ मा । तीन ब्लक पर पैदल नै गैयो । गर्मी को मौसम थियो तैपनी मान्छे को दाँया हात मा ओभर कोट बाँया हात मा छाता बोकेर हिंडेका देखे । अचम्म लागेर पाजी लाई सोधे उन्ले भने ‘अरे भाई, यस मुलुकमा तीन डब्लु को ठेगान हुन्न भन्या थाहा छैन?’, मैले थाहा नभएर त सोधेको नि पाजी उन्ले बुझाए मैले बुझें अनी दंग परे । अर्थ न बर्थ गोबिन्द गाई भने जस्तो काम पाउन सामाजिक सुरक्षा को कार्ड चाहिने रे ? कस्ले दिन्छ? कहा दिन्छ? कहिले दिन्छ ?, मनमा त्यस्तै सोच्दै थिए पाजीले डलर टिप्ने ठाउँ आइपुगे को संकेत गरे । कता बाट हो नेपाल मा समेत कहिल्यै नाकमा नपुगेको डुङ डुङ गन्ध आइरहेको थियो । प्रस्ताब आयो ६० मिनेट मा ४ डलर झर्ने कामको पत्तो न तरिका को आफु अलमल्लमा परेको देखेर पाजीले भने ‘चलो चलो काम मिल्ना मुस्किल हे, जो मिला कर्ते रहो दुसरा मिलेगा तो फिर देखलेँगे खाली बैठ्ना नही है’ । ओके अच्छा अच्छा ओके भने । पाजी फर्किए, राम्रो सित काम गर्ने अर्ती दिएर । हुल्यो मेक्सिकन ले डलर टिप्ने कम्पाउँड भित्र प्लास्टिकको सेतो टोपी लाउन दियो, पहेलो रङको जाली जाली भएको इस्ट कोट दियो अनी आरमान्दोले भन्यो क्यान क्यान कम्पनी कम्पनी एका तिर बोत्तल बोत्तल कम्पनी कम्पनी एका तिर दाँया हेनेकेन बाँया कोरोना पूर्व बडवाइजर पस्चिम सियरा नेभाडा दुई त के चार हात ले पनि गर्न नस्क्ने काम गर्नु पर्यो । पोख्त मेक्सिकन हरु ले ४ ड्रम भरुन्जेल आफु ले एक पनि भर्न सक्या होइन । दुई घण्टा पछी दश मिनेट ब्रेक भने को थियो आफुले सधैं को लागि ब्रेक लिएर हिंडे ।
त्यस पछी एकहफ्ता खाली बसी सरसल्लाह, छलफल, भेटघाट, बिचार-बिमर्श गर्दा एउटा सुत्र फेला पर्यो, अनी सयुक्त राष्ट्र संघ मा शान्ती मिसनको लागि निबेदन दिएँ । तत्कालिन नेपालका स्थाई प्रतिनिधि जयराज आचार्यजिको सहयोगमा अन्तर्वाता पनि भयो पास पनि भएँ, तर आर्को ४ महिना कुर्नु पर्ने र संपर्क ठेगाना अमेरिकामा नै हुनु पर्ने ४, ४ महिना के गरेर बस्ने ह्वया?, नेपालबाट हिडेको दिन देखी डलर टिपेको हिसाब राख्न सुरु भैसक्यो बेतलबी लेखापाल कती हुन कती डलर टिप्न आको खाली हात कसरी बस्ने ?चिन्ताले कम्मर पातलो भयो सातै दिनमा । जापान मा भएका एक जन मित्र लाई फोन गरे उन्ले भने यता आउनुस यता दुई देखी तीन लाख एन कमाइ हुन्छ । समय खेर फाल्नु नहुने सिधान्त मा अडिग मैले जापान जाने बिचार गरे एक जना ब्यापारि मित्र को सहयोग मा रिफ्रेन्स पत्र बनाएर जापानी दुताबास मा गएको त त्यहा पनि ढ्याम भिषा दियो । तुरुन्तै टीकेट काटेर महिना दिन को अमेरिका को बसाइ लाई बाइ बाइ भन्दै जापान को नारिता बिमान्स्थल तिर लागियो मान का मान एन टिप्ने सपना बोकेर ।
अर्को सपना को संसार मा पुगियो टोक्यो नगिचै को शहर कवागुची भन्ने ठाउँ मा । छतमा काठ ले बेरेको एउटा सानो कोठा को भुइ मा सिङल मेट्रेस्स मा ५ जना सुत्ने ठाउँ रहेछ मेरो नम्बर एस् भयो । एउटा मेट्रेस्स मा दुई जना सुत्छौ हजुर हाम्रो जापान मा एक मित्र ले थपे । म आउने खबर ले सँगइ खाना खाने भनी कुरेर बस्नु भएको रैछ मित्रहरु खाना खाने प्रस्ताब राखे एक मित्र ले सबै को सर्ब सहमति भयो । गहिरो बड्को मा अस्ट्रेलिया को भेडा को मासुमा मुला मिसाएको तरकारी मास को दाल अनी स्वागत को लागि सापूरू बियर वा क्या मज्जा ?, बियर खम्पाइ गरेर एक दुई चम्चा खाना मुख मा के हालेको थिए त्यो दिन को खाना पकाउने पालो परेका मित्र ले मलाई सोधे सियो कस्तो छ?, कता को सियो ? लामो सियो, छोटो सियो ? मोटो सियो पातलो सियो ?कस्तो सियो ?दिमाग घुम्यो एक छिन । त्यसै बिच अर्का मित्रले सम्झाये नुन कस्तो छ भनी सोधेको नि?, बल्ल दिमाग शान्त भयो । भोलीपल्ट बिहान नै सबैको काम भएकाले सुत्ने प्रस्ताब आयो, त्यस मा पनि निसर्त सर्ब सहमति भयो सुतियो अरु त सुते यता घुरुरु उता घुरुरु दोहोरी खेल झै घार र घुर त्यो पनि नयाँ ठाउँ नयाँ बिस्तरा आँखा पिरो पार्दै रमिता हेर्दै रात बित्यो बिहान सबै काम मा गए अनी आफ्नो साम्राज्य छायो । बांकी पछी....
(यो यात्राको दोस्रो भाग यहाँ छ ।)
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - 2
क्रमश:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
राज्यको पुनस्रंरचनामा राज्यको दायित्व
विजयकुमार श्रेष्ठ धादिङ्ग
हाल ईराक
माघ ३ गते २०६५
संघीयताको आवश्यकता किन ?
नेपाल बहुजातिय बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक देश हो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । तथापि यो देशमा १४० बर्षसम्म एकजाति एक धर्म एकभाषा एक संस्कृतिको शासन रह्यो । पौराणिक कालमा यो देशमा जनकपुर कपिलबस्तु जस्ता गणराज्य थियो जहाँका राजाहरुलाई जनताद्वारा चुनिन्थ्यो भन्ने कुरा इतिहासबाट थाहा हुन्छ । त्यसपछि किराँत लिच्छवि मल्ल हुँदै शाहकालसम्मको इतिहास करिब करिब सबैले जानेबुझेकै कुरा हो । नेपाल एकीकरण हुनु भनेको नेपालीको लागि गौरबको बिषय हो । तर पृथ्वी नारायण शाह जसरी देशलाई एकीकरण गर्न सफल रहे त्यसरी नै देशमा रहेका बिभिन्न जातजातिहरुलाई भावनात्मक रुपमा एक सूत्रमा बाँध्न असफल रहे । उनकै पालादेखि नेपालको शासन संयन्त्रमा आदिवासी जनजाति तराईबासीहरु बहिष्कृत हुँदै गए । राजा पृथ्वी नारायण शाह लिम्बुहरुसँग सुलह गरी स्वायत्त शासन र किपट हकभोग गर्न दिएका थिए भने पंचायती शासकहरुले उक्त अधिकार खोसेका थिए । शाहकाल, राणाकाल, पंचायतकालसम्म आदिवासी जनजातिहरु दलितहरु तराईबासीहरु अधिकारको लागि खुलेआम कुरा गर्न नसकेपनि भित्रभित्रै संगठित हुँदै गए । देशमा अन्याय अत्याचार र दमनले सीमा नाघेपछि दमनबाट बच्न बि.सं. १९८३ मा नेवारहरुले च्वासापासा खोलेर भाषिक आन्दोलनको सूत्रपात गरे भने थारुहरु बि.स. २००५ मा थारु कल्याणकारिणी सभा खोलेर सचेतना अभियान शुरु गरे । अन्याय र अत्याचारबाट त्राण पाउन एकपछि अर्को जातिय संगठनहरु खुल्दै गए । तर यी जातिय संगठनहरु खुलेआम अधिकारको वकालत गर्न सक्तैनथे । यिनीहरु समाजसुधारको नाउँमा भित्रभित्रै हक अधिकारको कुरा सिकाउँथे । तर पनि शासक जातिबाट आदिवासी जनजातिहरुको जल जमिन र जंगल खोसिंदै गयो । यही क्रममै बि.स. २०४६ पछि जब राजासहितको बहुदलिय प्रजातन्त्रको स्थापना भयो तब जातिय संगठनहरुको संख्यामा पनि बृद्धि हुन गयो ।
अहिले आदिवासी जनजातिहरुको सूचीमा मात्रै ५९ जाति सूचीकृत छन् भने ५० वटा जातिय संगठनहरु आदिवासी जनजाति महासंघको छातामुनि गोलबन्द छन् । यसरी नेपालमा यो वा त्यो नाममा शासनप्रणाली फेरिएको हल्ला समय समयमा गरियो तर व्यवहारमा उही राणाकालीन एवं पंचायती भूत सवार भइरह्यो । दलित आदिवासी जनजाति मधेशीहरुमा तीब्र असन्तुष्टी फैलीदैं गयो । सो असन्तुष्टीका कारण राणाकालमा सिरीथेवे लिम्बुले लिम्बु भाषा र लिपीमा पढाउन खोज्दा उनीमाथि दमन भयो र उनी सिक्किम निर्वासित भए । बि.स. २०१७ सालमा बझाङ्गका युवराज ओम जंगबहादुर सिंहले स्वतन्त्र बझाङ्ग राज्यको कुरा उठाउँदा शाही सेनाबाट मारिनु पर् यो । मधेश मुक्ति मोर्चाले बि.स. २०२० सालमा तौलिहवामा सशस्त्र बिद्रोहको झण्डा उठाए तर सफल भएनन् । पंचायतकालमा सर्बप्रथम जातिय तथा क्षेत्रीय स्वशासनको कुरा उठाउने खगेन्द्रजंग गुरुङ्ग ७ बर्षको कठोर काराबास र त्यसपछि पनि दमन र निगरानी बेहोर्नु पर् यो । नेपालको जातिय तथा क्षेत्रीय बिभेद यस्तो हुँदाहुदै जान्दाजान्दै पनि दुःखको कुरा राजासहितको बहुदलिय प्रजातान्त्रिक कालमा शासन गर्ने हाम्रा नेताहरु यी कुरामा गम्भिर हुन सकेनन् । फलस्वरुप भित्रभित्रै आक्रोशको आगो दन्किरह्यो । २०४७ को परिबर्तनपछि काजीमान कन्दङवाले स्थापना गरेको जनजाति पार्टीले पहिलो पल्ट संघात्मक राज्य र समानुपातिक प्रतिनीधित्वको वकालत गर् यो । शेर बहादुर देउबाको प्रधानमन्त्रीत्वकालमा माओवादीहरुले जब ४० सूत्रीय माग पेश गरे, मुट्ठी भरका ब्यक्तिहरु के गर्छनू भन्ने देउबाको लडकपनले माओवादीहरु जंगल पसे अनि भयो जनयुद्धको रामकहानीको थालनी । उनीहरु यही जातिय र क्षेत्रीय बिभेदको तीतो सत्यको पाठ आदिवासी जनजाति मधेशी दलितहरुलाई पढाउन सफल भए उपयोग गर्न सफल भए र राजासहितको बहुदलिय प्रजातन्त्रलाई नाकाम सिद्ध गरिदिए । अन्ततोगत्वा तत्कालिन राजा ज्ञानेन्द्र र संसदवादी दलहरुबिचमा फाटो आयो । राजा ज्ञानेन्द्र सत्ता हत्याए र संकटकालको घोषणा गरे । संसदवादी दलहरु र माओवादीबिच १२ बुँदे सहमति भयो र जनआन्दोलन २०६२-०६३ सफल भयो ।
तर पनि दलहरु संघीयतामा जाने वा नजाने कुरामा दोमन थिए । त्यसपछि २०६३ को पहिलो हप्तामा तराई आन्दोलन यति उत्कर्षमा पुग्यो कि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल आत्तिएर हो वा सैनिक उन्मादले मात्तिएर हो माघ १३ गतेतिर अब तराई आन्दोलनलाई सरकारी सेना र माओवादी सेना लगाएर दबाउनुपर्छू भन्न समेत पछि परेनन् भने तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा रहेको नेपाल सरकारले अब देश संघीयतामा जान्छू भनेर सम्बोधन गर्न करै लाग्यो । अनि देश संघीयतामा जाने पक्कापक्की नै भयो ।
जातिय आधारमा संघीयता दिन सरकार बाध्य छ
देशलाई संघीयता त्यसै आवश्यकता परेको होइन भन्ने कुरा स्पष्ट भैसक्दा पनि अहिले देशमा कतिपय व्यक्ति संघ र संगठनहरु बिना मौसमको बाजा बजाइरहेका छन् । कुरो यत्तिमै मात्रै सीमित छैन । सरकार तराईमा जातिय आधारमा संघीयता दिन पनि बिबश छ भन्ने कुरा हरेक नेपालीले बुझ्न आवश्यक भैसकेको छ । बिबश हुनुको प्रमुख दुइटा कारण छः- पहिलो हो सरकारको नैतिक दायित्य र दोश्रो हो कानुनी दायित्व ।
नैतिक दायित्वभित्र १) १२ बुँदे समझदारी २) २०६३ कार्तिक २२ मा सम्पन्न शिखर बैठकका निर्णय ३) २०६३ मंसिर ५ गते नेपाल सरकार र नेकपा माओवादीबिच भएको बिस्तृत शान्ति सम्झौता आदि पर्दछन् । ४) संसद घोषणा पत्र जसमा दलहरु सरकारहरुले राज्यको अग्रगामी पुनस्रंरचना सम्बन्धमा सहमति जनाइसकेका छन् । हस्ताक्षर गरिसकेका छन् । नैतिकवान सरकारको लागि यो नैतिक दायित्व हो ।
त्यसैगरी १) आदिवासी जनजातिको अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणा पत्र २०६३ २) नेपालको अन्तरिम संबिधान ३) संघीय गणतान्त्रिक मोर्चा र नेपाल सरकारबिचको सम्झौता ४) आदिवासी जनजाति महासंघसँग गरेको सम्झौता र ५) अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि न। १६९ सरकारको लागि कानुनी दायित्व हुन पुगेका छन् । सरकारले संघीय गणतान्त्रिक मोर्चासँग थरुहट स्वायत्त राज्य बनाउने कुरामा हस्ताक्षर गरेको छ भने आदिवासी जनजाति महासंघसँग जाति भाषा र क्षेत्रको आधारमा संघीयता दिने कुरामा सम्झौता गरिसकेको छ । आदिवासीहरुको अधकिकार सम्बन्धि घोषणा पत्र आई एल ओ महासन्धि न। १६९ ले आदिवासीहरुलाई आत्म निर्णयको अधिकार छ जल जमिन र जंगलमाथि अग्राधिकार छ भनिसकेको छ । सरकारलाई अन्तर्राष्ट्रिय यी संगठनहरु घाँटी अँठ्याउने बेला भैसकेको छ । यी भनेका कानुनी दायित्य हुन् । जसबाट उम्कन अब सरकारलाई निकै गाह्रा छ ।
निष्कर्ष
तसर्थ छोटकरीमा के भन्न सकिन्छ भने नेपालको लागि संघीयता आवश्यक भैसकेको छ । बिश्वमा भूगोल मात्रै संघीयताको आधार हुँदैन । संघीयताको जन्म बिबिधताबाट हुन्छ । जाति भाषा धर्म फरक पर् यो यसको आधारमा बिभेद भयो भने यसको आवश्यकता पर्दछ । आवश्यकता परिपूर्ति नभएसम्म कचिङ्गल जारी रहन्छ । फेरी नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र हो । संयुक्त राष्ट्र संघले आदिवासीहरुको अधिकार सम्बन्धमा घोषणा पत्र जारी गरिसकेको छ भने अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि न। १६९ लाई अनुमोदन र पारित गरिसकेको छ । अनुमोदन गरेको १ बर्षमा यसले कानुनी मान्यता प्राप्त गर्दछ र यससँग बाझिने राष्ट्रका कानुनहरु निष्क्रिय हुन्छन् । त्यसकारण पनि जातिय आधारमा संघीयता दिन जरुरी छ । तसर्थ सरकार अहिले नैतिक र कानुनी दुबै तरीकाले बन्धनमा परेको छ । देशलाई निकास दिन अब राज्यसँग जातिय आधारमा संघ दिनुको अर्को बिकल्प छैन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
February 1, 2009
माया त्यसै मर्दैन है
माया त्यसै मर्दैन है, मारिएको हुनसक्छ
मन आँफै डेरा सर्दैन, सारीएको हुनसक्छ
मनको नेता चुन्नलाई, चुनाबै त गरिदैन
मतको झुटो खेलले गर्दा, हारिएको हुनसक्छ
साचो कुरा लुक्दैन , जती कोशिस गर तर
मनको पिंडा लुकाउन, गाडीएको हुनसक्छ
पहाड तराइ बन्दैन , विश्वास तिमी नगरन
सस्तो भ्रम फैलाउन, खारिएको हुनसक्छ
हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ
मनको प्यास मेटाउन, नारिएको हुनसक्छ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 30, 2009
नेता नभएको देश ।
शिर्षक देखेर तपाई यदि यो नेतानै नभएको देश संसारको कुन कुनामा रहेछ भनेर सोच्दै हुनुहुन्छ भने शुरुमै खुलस्त गरौं, त्यो हाम्रै मातृभूमी नेपाल हो ।
हैन, नेपालमा त चाहिने भन्दा बढी नेताहरु छन र यो कसरी नेता बिहिन देश हुन्छ भने सोच्नुहुन्छ भने त्यो हामी सबै नेपालीहरुको सामुहिक सोच हो र केहि समय पहिलासम्म म पनि त्यस्तै सोच्थेँ ।
देशलाई अग्रगमनतर्फ डोर्याउन तँछाड-मछाँड गरेर लाग्ने यत्रा बिध्न वुद्धिमान, राष्ट्रभक्त र दिग्गज नेताहरु अग्रसर भएको देश झन झन डावाडोल, अस्तव्यस्त र अक्रान्त हुँदै गएपछि त्यसले यहि कुरा प्रमाणित गर्छ। हाम्रो देश नेता नेताबिहिन छ।
कुरालाई अझ प्रष्ट पार्दा हामिकहा केवल ‘लाउके’ हरु मात्र छन, स्वघोषित, विद्वान, स्वसिद्द परिवर्तनकारी र स्वनिर्मित अग्रगामीहरु । अनी सबैजना आफुलाई यत्ती महान र दिग्गज सम्झन्छन कि आर्को कुनै व्यक्तिको कुरा मात्रै सु्न्दा पनि तिनको ईज्जत घट्छ । गिरिजा-देउवा कांग्रेसका नेता, झलनाथ-माकुने एमालेका पथ प्रदर्शक, बाबुराम-प्रचण्ड माओबादका (ओहो! आजकल अगाडी एकिकृत पनि राख्नु पर्छ क्यार!)अनुयायी अनी खै त, पुरै देश नेपालको नेता ?
राजतन्त्रको समाप्ती र देशमा जनताको राज बहाली भएको कथन पछि पनि देश झन् झन् जटिल भुमरिमा फस्नुले यहि कुरा टडकारो रुपमा प्रमाणित गरिरहेको छ, कि हाम्रो देशमा कुनै नेता छैनन् । देशकै सार्बभौमिकतामा समेत संकट छाउन लाग्दा समेत अझै तेरो- मेरोमा लड्नु र सत्ता संघर्षमा जुधनु र आरोप-प्रत्यारोपमा व्यस्तहुनुले यि लाउकेहरु देशका नेता हुँदै होईनन र यिनिहरुलाई देशको कुनै माया छैन भन्ने कुरा पटक पटक प्रमाणीत भैसकेको छ ।
यो कुनै दल विशेष वा व्यक्ति विशेषमाथिको मेरो आरोप होईन, समष्टिमा हामीकहाका कुनै पनि ‘लाउके’ (नेता शब्द यिनिहरुको नाम अगाडी पटक्कै सुहाउँदैन) लाई देशको चिन्ता छँदै छैन । गिरिजालाई जिवनको उत्तरार्धको पनि अन्तिम घडिमा पुग्दा पनि रा्ष्ट्रपति वा प्रधानमन्त्री बन्ने लहड छ, माकुने र उनका एमाले अहिलेसम्म यौटा स्पष्ट नीति लिएर बढन सक्दैनन् । मुतको न्यानोको रुपमा सत्ता पनि नछाडने र त्यहि सरकारमा रहेर त्यहि सरकारको बिरोध पनि गर्ने गरेर सधै चमेरो नीतिमा मस्त छन। माओबादिको त के कुरा गर्ने ?, न त हत्या-हिंसा छाडेकाछन, न सरकारनै, अझ आफ्नै सरकार भएको देशमा बुझीनसक्नुको ‘सत्ता कब्जा’ गर्ने समेत उदघोष गरेर गजबको जनबादी डोरको व्याख्या गर्दैछन ।
समष्टिमा हामीकहाँ देश भन्दा माथि दल र दल भन्दा माथि त्यो दलका नेता रहेका छन । अनी देशको समस्या भन्दा यहा सधैं दलको प्रभूत्व महत्वपूर्ण हुन्छ र दलको नीतिमा सधैं त्यसका नेताको हुकुम बढि हावी हुन्छन् । आखीर कहिले सम्म चल्ने यस्तो लोकतन्त्र ? कहिलेसम्म नसुध्रने यी राष्ट्रघाती नेता? कहिले सम्म मान्ने हामीले यी लाउकेहरुलाई नेता?।
देश समस्याग्रस्त हुँदा समेत पद लोलुपताले नछाड्ने नेताबाट के आश गर्ने?, सार्बभौमतामा संकट मडारिँदा समेत मिल्न नसक्नेलाई कसरी मार्ग दर्शक ठान्ने?, देशको लागी दलीय स्वार्थ र व्यक्तिगत अंहकार समेत छाड्न नसक्नेलाई कसरी महान मान्ने?।
कसैलाई सहि लागे लागोस नलागे नलागोस, मेरो व्यक्तिगत विचारमा व्यक्ति भन्दा माथी दल र दलभन्दा माथी देश नराख्ने कुनै पनि लाउके देशका नेता हुनै सक्दैनन्। अहिलेकै स्थितिमा देशमाथी दृष्टि गोचर गर्ने हो भने “देशभन्दा ठुलो दल र दलभन्दा माथी ‘म’” भन्ने बाहेकका कोहि व्यक्ति नेपालको राजनीतिमा छँदा पनि छैनन् । त्यसैले मलाई यो भन्दा चित्त दुख्छ र ग्लानी पनि हुन्छ तर यथार्थ यहि हो, हाम्रो देश नेता विहिन छ (कुनै दल वा गुटका प्रमुख जो आफुलाई सो दल र देश भन्दै पनि महत्वपुर्ण र महान ठान्छन त्यसलाई नेता मान्न मेरो नैतिकताले दिदैँन ) ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest