सर्बप्रथम त यो संबिधान सभाको मूख्य काम भनेको देशलाई दुई बर्ष भित्र एउटा गतिलो संबिधान दिनु हो।गणतंत्रलाई संस्थागत गर्नु हो।जसको लागि एउटा स्थीर वातवरण चाहिन्छ, टिकाउ सरकार चाहिन्छ, दलहरुबिच् सहमती र बिश्वास चाहिन्छ। संबिधान निर्माणजस्तो कुरो कुनै एक दलले निर्माण गर्न सक्ने कुरो होइन। संबिधान सभामा सबैभन्दा ठूलो दलको रुपमा आएको माओबादीले सरकारको नेत्रीत्व गर्न पाउनु निश्चयनै उसको अधिकारको कुरो हो र यसमा अन्य दलले आंखा लगाउन सुहाउने कुरो होइन। शुरुमा नेकाले अलि अलमल गरे पनि पछि सबैले माओबादीले सरकार बनाउने कुरा मानेकै थिए। माओबादीलाइ तिरस्कारनै गर्ने भए, माओबादीको एकल् बहुमत नभएको अवस्थामा माओबादी इत्तरका अन्यदलहरु मिलेर माओबादीलाई सरकार बनाउनबाट रोक्न नसक्ने त होइन नि। आखिर् राजनीति पदकै लडाइ रहेछ-जसबाट माओबादी समेत अछुतो रहन सकेन।
जनआन्दोलनको सफलता पस्चात तुरुन्तै गणतन्त्र घोषणा गर्न माने तेतिखेरै गिरिजाबाबुलाई देशको पहिलो राष्ट्रपति बनाउन तयार् माओबादी संबिधान सभाको चुनाव पस्चात गिरिजाबाबुको नामै सुन्न नचाहने भयो। एमालेसंग राष्ट्रपति पदको लागि सहकार्य गर्ने तर पूर्व महासचिव माधव कुमार् नेपाललाई स्वीकार् गर्न नसक्ने दम्भ देखायो। अर्थात माओबादी एउटा कमजोर्, कम् प्रभावशाली राष्ट्रपति चाहन्थ्यो।सरकार निर्माणको पुर्व संध्यामा एउटा पुर्ण बहुमत नभएको पार्टीले आफ्नो सरकारको लामो आयूको लागि,सकेसम्म सबैसंग, नभए एउटा बलियो दलसंग सहकार्य गर्नु पर्ने हो। तर पहिला कांग्रेस, त्यसपछि एमालेसंग सहकार्य तोडेर एउटा कुनै राजनैतीक् आधार र सामर्थ्य नभएका रामराजालाई राष्ट्रपतिको उम्मेद्द्वार प्रस्तुत गर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो।
हुन त माओबादीहरुले सोचेका होलान्, रामराजालाई राष्ट्रपति बनाए मधेशी दलहरुको एक मधेश् एक् प्रदेश् आन्दोलन अलि मत्थर हुनेछ, तर यो मधेशी नेताहरुले कांधमा टेकेर टाउकामा प्रहार गर्ने रणनीति मात्र हो।
माओबादीले खोला तर्यो लौरो बिर्सियो गरीरहेका छन्। उनीहरुलाई सफलरुपमा राजनीतिको मूलधारमा अवतरण गराउन एमाले र कांग्रेसले खेलेको भूमिकालाई आज कसरी बिर्सन सकेको?अहिले सम्मको तौरतरिका हेर्दा लाग्छ, माओबादी एक्लै सरकार बनाउन कस्सिएको छ।यदि त्यसो हो भने यो आफू छिट्टो सकिने बाटोमा अग्रसर भैरहेको छ।राजनीति पद र शक्तिकै लागि गरिन्छ। पुर्ण बहुमत नभएकोले राम्रो काम् गर्दा गर्दै पनि नौ महिनामै एमाले सरकार बाट हट्न बाध्य भएको माओबादीले बुझ्नु पर्ने हो र संबिधान सभामा कांग्रेस वा एमाले जस्तो बलियो दलको सहयोग नलिकनै अघि बढ्छु भन्ने सोचेको भए माओबादी आफ्नो अल्पायूको मार्गमा छ भनेर बुझे हुन्छ।आफ्नो पुर्ण बहुमत नभएको अवस्थामा नेका वा एमालेजस्तो बलियो दलसंग सहकार्य गरेर पो आफ्नो सरकारको आयू लामो राख्न सकिन्छ। निस्चित रुपमा गिरिजा वा माधव संग मिलेको हात रामराजा संग मिलेको हात कयौंगुणा बढी शक्तीशाली हुन्छ-माओबादीहरु यंहा निर चुकिरहेका छन्।
July 17, 2008
माओबादीले रोजे आफ्नो अल्पायुको बाटो
Check it out
I found humorous video about presidental race 2008. It is very funny and quite relative with the Obama-Mc Cain Race.
Please check this out.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 15, 2008
गुहार! भानु बाजे
गुहार !भानु बाजे,गुहार
!गुहार ! गुहार!
म लुटिए ,मेरो स्वाभिमान लुटियो
मेरा बोली अतिक्रमणमा चुटियो
आफ्ना जस्ता लाग्ने आफ्नै अनुहार टासेका
आफ्नै मान्छेबाट थिचिएर म
निरह प्राणी झै आँफै सँग हारी रहेछु
प्रदुषणमा निसास्सिएको अजिबको ओठ खारी रहेछु
जिउदा मान्छेको भर छैन
आर्काको जिब्रोको स्वाद छैन
तेसैले
तिमीले स्रिजिएको मिठो बोली बोल्न
तिमीको बिर्खे टोपी नेपाली शिरमा उन्न
गुहार ! भानु बाजे , गुहार!
किनकी
आजभोली जिउदा मान्छेहरु आँफै सँग डराएका छन
बेमौशमको जात्रामा भुली
आफ्नै घर गाउको माटो हराएका छन
हुट्टिट्याउले झै आँफै आकाश थामेको कथा बरबराएका छन
तेसैले ,निया माग्न जाने बाटो बन्द छन
निया दिने ठाम आँफै द्वोन्दमा छन
तिम्रा पाठशाला र पुस्तकहरु सन्सोधन भई
च्याउ खेती झै स्कुल भएका छन
तिम्रा रमायाण र बधु शिक्षा परिवर्तन भई
खोइ के जाती र्याप ,हिपहप भएका छन
तेसैले
गुहार भनु बाजे गुहार
तिम्रा चपलाहरु निर्जल भएका छन
तिम्रा आदर्श घासीहरु स्वार्थले थिचिएका छन
मलाई फेरी कान्तिपुरी नगरि चाहिएको छ
गुनकेसरी शिरमा बोक्ने चपला चाहिएको छ
टुटेफुटे अङ्रेजी मिसावट भाषा भन्दा
लय हालेर गाईने शिलोक चाहिएको छ
कोलाहल र भिड भित्र रङमङिएको आयतित सभ्यता भन्दा
बासुरी र मादलको ताल चाहिएको छ
अब त अती भो
स्वाभिमानलाई बन्धकी राखी हास्ने लाज भयो
आत्मासम्मानलाई बेची उधारो बाँच्न लाज भो
भानु बाजे ,गुहार !गुहार! गुहार!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
संविधानसभाको गरिमा र सभासद्
हजारौं जनताको बलिदान अनेकौं विध्वंश लाखौं स्वर्णिम आश्वासनपछि जनता संविधान संविधानसभाले सारा विकृतिको अन्त्य गर्नेछ भनेर नथाक्ने देशका नेताहरुको ढाँट प्रवृत्ति छताछुल्ल भएको छ । संविधानसभा निर्वाचनपछि आफ्नै हातमा डाडु-पन्यौं लिई सातदलीय तानाशाहीले शासन चलिरहेको छ । उनीहरुको दुईवर्षे शासन हेर्ने जो कोही राष्ट्र राष्ट्रिय अखण्डता राष्ट्रिय अस्मिता एवं सार्वभौमसत्तामाथि कालो बादल छाएकोमा चिन्तित देखिन्छन्।
सात दल भनिए पनि खासमा तीन दलको तानाशाही चलेको छ । तीन दलको अधिनायकवादका पृष्टपोषकहरुले बर्षौंदेखिको शोषित पीडित विकृतिको लोकतन्त्रमा मुखरित स्वच्छन्द आवाज अनि संक्रमणकालको चरित्र भनी जनतालाई बताउने र आफ्नो कमजोरीको बचाउ पक्ष खोज्ने प्रयास गरेता पनि हुने विरुवाको चिल्लो पात नहुने विरुवाको खस्रो पात …भनेझैं विगत साँढे दुई वर्षको सरकार साचालनको प्रवृत्ति देख्दा उही सोच उही संस्कार- खै लोकतानित्रक चरित्र र व्यवहार जनतामा नैराश्यता बढ्दै गएको छ । जनताको राजस्व हजम गर्ने तर संविधानसभा चल्न नदिने सभा र सभासद्को नीति-नियम-सिद्धान्त एवं आदर्शबाट बिमुख क्रियाकलाप लोकतान्त्रिक मर्म अनुरुप छैन।
निश्चित समयभित्रमा नयाँ संविधान बनाउनु पर्ने जनतालाई संयमित आस्वस्त एवं विश्वासमा डोर्याउनु पर्ने दैनिक प्रशासानलाई नियमित चुस्त आसामुखी बनाउन नीति एवं निर्देशन जारी गरी जनतालाई सहज सरल र इमान्दार राज्यको प्रत्याभूति दिनुपर्ने प्रमुख मुद्दाहरु ओझेलमा परेका छन् । सरकारलाई निर्देशकको भूमिका खेल्नुपर्ने निर्वाचित एवं मनोनीत सभासद्हरु एक प्रकारका दास हुन् कि निर्जीव वस्तु वा रबर-स्ट्याम्प देखिएका छन् । जीवनमा एक पटक बनिने संविधानसभाका सदस्यहरुले त्यसको महत्वलाई आत्मसात् गर्न नसकी बुद्धि र विवेकलाई आबद्ध दलका कमाण्डरकहाँ बन्धकी राखेको देखिन्छ । लोकतानित्रक संविधान बनाउन छनौट भएका सभासद् स्वयं स्वतन्त्र छैनन् भने कसरी लोकतान्त्रिक परिपाटीको विकासप्रति विश्वास गर्ने ?
देश संविधानसभाको निर्वाचनपछि पनि सात दलभित्रका विशेष तीन दलकै कोठे निर्णय र रणनीतिको तानाशाहीमै चलिराखेको छ । जब कि एक दुई नम्बरका दल दुई र तीन नम्वरमा पुगिसके । सभामा २५ दलको सहभागितालाई छायामा पार्ने काम हुँदैछ । अहम् भूमिका खेल्नुपर्ने सभासद्हरु नतमस्तक भै अप्राकृतिक र अस्वाभागी नाटक माचन गर्छन् वा मुकदर्शन बनेर बस्छन् भने गम्भीर हुनैपर्छ । संविधानसभाको मान मर्दन भैराखेको छ ।
आन्तरिम सरकारले थाति राखेका सम्पूर्ण समस्याको समाधान संविधानसभामार्फत गर्ने भनी समानुपातिक एवं समावेशी रुपमा सभासद्को चयन भैसकेको अवस्थामा विषयवस्तुलाई सम्मान्नित सभामार्फत पारदर्शी तरिकाले जनतामा पुर् याउनुको बदला तीन दलको स्वविवेकमा छोडी सभालाई ुवाइपासु गर्नु अधिनायकवादी सोचको परिणामा हो । देशको सेवा गर्ने यस्तो अबसर जीवनमा दोहोर् याएर आउँदैन । राष्ट्र र जनताको सुदूर भविष्यसम्मको रेखा कोर्ने पवित्र महाआस्थाको केन्द्र संविधानसभाको गरिमा र मर्यादा उच्च राखी काँधमा आएको जिम्मेवरीलाई कुनै जातीय क्षेत्रीयताको सङ्कुचित सीमामा नखुम्च्याई गर्बसाथ हामी र हाम्रो नेापल भन्ने भावना राखी विवेक प्रयोग नगरेमा ऐतिहासिक भूल हुन गै स्वर्णिम अक्षरले इतिहास लेखिनुको बदला कलंङ्कित बन्नेछ । अन्त्यमा नयाँ नेपालको सपनाको भकारीको संविधानसभा जनताको लागि सेतो हात्तीमा परिणत नहोस् । विगत तीन महिनामा देखिएको लज्जास्पद एवं लाचार छायामात्र यो संविधानसभा नबनोस् बिरामी कुरुवालाई भने ।
सभाले जनतालाई देखाएको अपेक्षित उद्देश्य पूरा गर्नेतर्फ जिम्मेवारी पूर्वक सफलता हासिल नगरेमा राष्ट्रको लागि श्राप बन्नेछ ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
धामीको आव्हान र घोषणा-पत्रको प्रतिक्षा
जर्मनी
देशलाई वोक्सी लागेको छ भनी
बन्झाक्री बनी हिंडेकाहरु
नयाँ घोषणा पत्रको आव्हानमा
सयौ धामीका सभा राख्नेहरु
निर्दोश्लाई बोक्सीको आरोप लगाइ
उठिबास त गराए गराए
झाक्री बसेको हेर्न आत्तुर हामीहरु
जात्रे बनेका छौ , बिजोग सहेका छौ
बोक्सीको आरोपमा छेत बिछेत देशको अस्तित्व
पन्युले डामिएको छ खुर्सानी पोली सुंगाइएको छ
पाता कसेर लडाईं तेरो र मेरो गरिएको छ
मेरो देश लाई बोक्सी लागेको आव्हान गर्ने झाक्री हरु
आँफै रमिते भएका छन, झाक्री हुनुको अस्तित्व लडाईंमा
म बनझाक्री धेरै ले विश्वाश गरेको
त घरझाक्री थोरै ले विश्वाश गरेको
उ तराइको झाक्री अर्को मध्यम बर्गिय झाक्री
झाक्री लडाइमा ज्वरो आएको देश इन्तु न चिन्तु भएको छ
देशलाई मलेरिया दिनेहरु
एडस र हेपाटाइटिश स्विकारी रहेछन
बोक्सी लागेको निहु बनाएर
घरका बोका र कुखुरा सकीरहेछन
धामीको आव्हानमा सडकमा रगत बगाउनेहरु
मुक दर्शक भएका छन
युगको एकदिन सुनौलो ईतिहास लेख्ने रहरमा
आफ्नो ईतिहासको बैभव गुमाइ
सम्पूर्ण सुन्यलाई ईतिहास लेखाउने रहरपाली
बोक्सी लागेको भन्दै
असक्षमका टिका लगाएका झाक्रीनै
अब आमालाई निर्वस्त्र गराउने योजना बनाउदै छन
बनझाक्रीको नयाँ नयाँ चटकिलो खेल सँग सँगै
घरझाक्री फस्दै छ ,अब रमिते ले दुहाइ दिने ठाउँ छैन
दुहाइ गर्न जाने ठाउमा श्रीपेच र राजडण्ड सुम्पिसके झाक्रीलाई
धामिको आव्हानमा झाक्री बसेकाहरु
सच्चा झाक्री हुन कि खाली बोका खाने
देश लाई बोक्सी लागेको धेरै भएको छैन
मात्र १८ बर्ष भयो देश बिरामी परेको छ ।
सल्लाह र सुझाव को लागि मलाई ईमेल गर्न नभुल्नु होला ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Eat Non-veg -- Be Healthy!
If you are thinking that I am trying to impose my personal idea and trying to justify my own likes and dislikes by this post, you are wrong!
I think all of us may have heard more than enough claims and statements which goes against Non-veg diet. And may have read so many of research and test results; providing proves and evidence about the harmfulness of meat and other Non- veg foods.
But! a recent survey conducted by Delhi (Indian) doctors has proved that eating fish and meat regularly substantially reduces the risk of cardiovascular diseases like heart attack and strokes. According to the studies, those who only eat vegetarian food, face deficiency of Vitamin B12 (which is available in plenty in Non-veg food) and this is one of the reason behind cardiovascular diseases. Not only this!, according to the lead researcher of the study, Dr. Garg, Vitamin B12 deficiency increases the levels of homocysteine, an amino acid. And if the body poses a higher level of homocysteine, it increases the chance of blood clotting, which squeezes the blood vessels. And as the result, it decrease the flow of blood supply to the brain which may cause stroke. Well believe it! it was disclosed after a close study of observation and records of about 5000 patients over the last five years. And furthermore the report says “even those who consume Non-vegetarian food occasionally are not protected. The risk in vegetarian is four times higher than in Non-vegetarians” Confused? ! well if you are confused and are in dilemma to take a decision about to be vegetarian or Non-vegetarian, do not panic….just keep on eating what you have been consuming over past years…Because another research and studies carried over some other part of the world may prove it wrong again!.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
यात्रा स्मरण - खाडी देखी गाऊँ सम्मको यात्रा स्मरण
खाडी मुलुक यूएईको अबुधावीबाट म मेरो प्यारो देश नेपाल दोश्रो पटक फर्कदै थिए । छोटो विदा भएको हुनाले साथीभाइहरुलाई नेपाल फर्कदैछु भन्ने शन्देश पनि दिन सकिन । भर्खरै नेपाली एयरलाईन्स फ्लाई एति साचालन भएको थियो नेपालकै एयरलाईन्समा सिधा काठमाण्डौ जान पाएकोमा यो पटक भने मन चङ्गा जस्तै उडेको थियो तर कता कता भित्र डरले ढ्याङग्रो पनि ठटाएको थियो कारण पःलाई एतिको पुलाईट कैयौ पटक क्यान्सिल भएर यात्रुहरु बिचल्लीमा परेको समाचार म आफैले लेखेको थिए र यात्रुहरुको पिडाहरु सुनेको थिए । खाडी मुलुक यूएईको अबुधावीबाट म मेरो प्यारो देश नेपाल दोश्रो पटक फर्कदै थिए । छोटो विदा भएको हुनाले साथीभाइहरुलाई नेपाल फर्कदैछु भन्ने शन्देश पनि दिन सकिन । भर्खरै नेपाली एयरलाईन्स फ्लाई एति साचालन भएको थियो नेपालकै एयरलाईन्समा सिधा काठमाण्डौ जान पाएकोमा यो पटक भने मन चङ्गा जस्तै उडेको थियो तर कता कता भित्र डरले ढ्याङग्रो पनि ठटाएको थियो कारण पःलाई एतिको पुलाईट कैयौ पटक क्या_िन्सल भएर यात्रुहरु बिचल्लीमा परेको समाचार म आफैले लेखेको थिए र यात्रुहरुको पिडाहरु सुनेको थिए । तर त्यस दिन भने त्यस्तो भएन दिनको करिव १ बजे म अबुधावीबाट काठमाण्डौकोलागि प्रस्थान गरे । नेपाली एयरलाईन्स भएको हुँदा प्लेनमा सबै नेपालीनै थियौ र एयर होस्टेज पनि नेपालीहरुनै थिए । म सबैभन्दा पछाडीको सिटमा बसेको थिए एयर होस्टेजहरुले कुरा गरेको सबै सुन्न सक्थे । उनिहरु मध्ये एकजनाले प्लेनमा यात्रा गर्दा आपत पर्दा सिट वेल्ट बान्ने तरिका नेपालीमा र अंग्रेजीमा गरी खरर पढे । पछि उनिहरुले कुराकानी गर्दा मेरो कानमा उनिहरुको शब्दहरु ठोकियो । कस्ती मोरी लेखेको पनि खरर पढ्न नसक्ने बिचमा अड्केकी अर्किले भनिन् के गर्ने त भर्खरै सिक्दै त होनी अब यस्तो हुदैन । यस्तै यस्तै कुराहरु उनिहरुले गरे । म भने सबै यात्रुहरुसँग भलाकुसारी गर्न लागे । प्लेनमा करिब ५० जना जति मात्र थियौ । त्यसमा पनि करिव २० जना जति नेपालीहरु विभिन्न समस्याहरुले सताईएर क्या_िन्सल नेपाल फर्कदै थिए । उनिहरुको तितो कथाले मेरो मन चसक्क चस्केको थियो । प्लेन खाली भएको हुदाँ म सिट बदली बदली बसे । एकैक्षणपछि एयरहोस्टेजहरु पानीको बोत्तल र केही खानेकुराहरु लिएर आए । मेमो सिटको पछाडी राखिएको छ हेर्नुहोला भन्ने आदेश दिए । बाफ रे मेमो हेरेको त दङ्ग परे । १५ रुपैया पर्ने पानीको नेपाली ६० वाई वाई चाउचाउको पनि ६० यूएईको मुद्राको तुलनामा पनि धेरै महङ्गो लाग्यो । बजेट एयरलाईन्स भएको हुनाले खानाको ब्यवस्था थिएन ।
प्लेनको सिसाबाट बाहिर चिहाउदा साच्चिकै हामी स्वर्गकै बाटो हिडिरहेका छौ कि जस्तो वातावरण थियो । निलो आकाश मुनी हामी थियौ त हामी भन्दा मुली विभिन्न आकारले थुप्रेको कुहिरोको बनावटी चित्र । उत्त चित्रले मन मग्न बनाएको थियो भने अझै तल समुन्द्र तथा मरुभूमी अलि अलि ठम्याउन मात्र सकिन्थ्यो । करिव साढे तिन घण्टाको यात्रामा प्लेनका झयालहरुबाट बाहिरको दृश्यले हामीलाई भुलाईरहेको थियो । विस्तारै हामी नेपाल भूमिमा प्रवेश गर्न लागेका रहेछौ । बाहिरी मौशम अहिले बदलिएको थियो हरिया डाँडा र पाखे खेत बारीले अति मनमोहक दृश्य देखिईरहेको थियो त्यसैले पनि अनुभव लगायौ हामी नेपाल भूमिमा प्रवेश गरिसकेका रहेछौ भन्ने । साँझको करिव ६ बजे हामी काठमाण्डौ अन्तराष्ट्रीय धावन मार्गमा उत्रियौ । प्लेनबाट उत्रिदा एयरहोस्टेजहरुले नमस्कार फेरी पनि यात्रा गर्नुहोला भन्दै थिए । मैले प्वाक्क भनिदिए यात्रा त गर्ने हो तर नेपालीकै प्लेन भएको हुँदा सिटमा अरबी अंग्रेजी पत्रिका होईन एक एक वटा नेपाली पत्र पत्रिका साथै नेपाललाई चिनाउने पर्यटकिय सम्वन्धि पुस्तक पनि राख्ने भन्नुहोला तपाइको म्यानेजमेन्टलाइ । एक जना एरहोस्टेजले हुन्छ भनीन् तर अर्को पटक यात्रा गर्दा पुस्तक हुने हो की होईन खै ।
मेरो मुटु गर्भले ढक्क फूल्यो किनकी म गणतान्त्रिक नेपालमा पहिलो पाहिला राख्दै थिए । अर्को पालीको छुट्टिमा अवस्य देशले विकासको मुल फुटाउने छ म जस्ता लाखौ प्रवासी नेपालीहरुलाई स्वदेशमानै बस्ने अवसर प्रदान गर्ने छ । अध्यारो छाएको र अन्तराष्ट्रिय विमानस्थल भन्न पनि नसुहाउने नेपालको एक मात्र अन्तराष्ट्रिय बिमानस्थल पनि परिवर्तन हुनेछ । यस्तै यस्तै कुराहरु सोच्दै म बाहिरिए । जलश्रोतको खानी भएता पनि भित्र अन्धकार छाएको थियो । मधुरो बत्तिको उज्यालोमा कर्मचारीहरु आगमन स्टिकर टास्दै थिए । हामीहरु आएको रेकर्ड पहेलो सानो पानामा बाहेक अन्य कतै राखेजस्तो लागेन । झोला लिने ठाउँमा पुगे र ट्रलीमा झोला राखेर ट्रली गुडाउदै म बाहिर निस्कन थाले । बिच बिचमा सेक्युरिटी चेक गर्ने सुरक्षाकर्मिहरु थिए तर एक ठाउँमा पनि चेक गरेनन् । झोलामा के थियो कम्प्युटरबाट पनि जाचँ गरेको देखिएन । कम्प्युटरबाट जाँच गर्ने मेशिन लोडसेडिङ्गको कारण बन्द जस्तो लाग्यो लिपुट पनि बन्द थियो सायद लोडसेडिङ्गले नै हो भन्ने सोच्दै म बाहिर लागे । पहिलो चोटी मलाई लिन एयरपोर्टमा मेरी श्रीमती छोरी स्मृति र स्नेहा अनि भाइ आएका थिए । मैले आँखा डुलाउदै थिए परबाट हात हल्लाएको देखे मन कपासझै फुरुङ्ग भयो । छोटो समय मात्र बिछोड भएता पनि कतिवेला भेटौ जस्तै भाको थियो । जव म एयरपोर्टको बाहिर निस्के मलाई त बौलाहा कुकुरले झम्टेझै झम्टीन आईपुगे । प्रवासमा भाडाका साधनहरु लाईनमा बस्ने चलन थियो यहाँ त तछाड मछाड हुदाँ अचम्म लाग्यो कहिले सुध्रने होला यहाँको चलन । हामी एउटा टयाक्सी लिएर कोठामा गयौ र भोली बिहानै हामी हाम्रो सुन्दर नगरी बन्दिपुर जाने निधो गर् र्यौ ।
बिहानीको झिसमिसेमा हामी बन्दिपुरको लागि यात्रामा निस्कियौ । बैषाख महिना भएको हुनाले बाहिरी मौशम केही गर्मि थियो । करिव बिहानको १० बजे हामी नयाँ बसपार्क पुग्यौ र बेशिसहर जाने बसमा चढ्यौ । काठमाण्डौदेखि करिव १ सय ३० किलोमिटर मात्र थियो हाम्रो गन्तब्य तर करिव ४ घण्टा यात्रा गर्नु पर्ने थियो । विदेशका ठाउँहरुमा १ सय ३० किलोमिटर भनेको साढे एक घण्टाको यात्रा थियो । खाडी मूलुकमा खजुरका बोटहरुमात्र देखिएको आँखाले हरियाली वातावरणहरुको अवलोकन गर्दा बसको झ्ायालबाट आँखा सधै बाहिरनै हुन्थ्यो । करिव ६ महिनाको बिछोडमा तड्पिएका मेरा छोरीहरु मलाई अँगालो हालीरहेका थिए । बिस्तारै हामी थानकोटको ओरालोलाई थिचोल्दै अगाडी पुग्यौ । मलाई पहिलो पटक विदेश जाँदा खेरी भएको पिडाको सम्झना आयो । डुम्रेबाट काठमाण्डौ आईपुग्दा करिव १० ठाउँमा उत्रेर चेक गर्दै ४ घण्टाको बाटोमा १० घण्टामा काठमाण्डौ आएको । अहिले त देशकेा अवस्था केही बदलीएको छ । कहि कतै नरोकिकन हामी दिनको करिब साढे दुई बजे डुम्रे बजारमा उत्रियौ ।
बन्पिुर नगरी पहिलाको तुलनामा अहिले धेरै प्रखयात थियो । स्वदेशी मात्र होईन विदेशी पर्यटकहरुको पनि आउने जानेको भिड हुन्थ्यो । बन्दिपुरको टुँडिखेल एउटा अति सुन्दर पिकनिक स्थल बनेको रहेछ । तनहुँ वरपरका जिल्लाबासीहरुको लागि । त्यतिमात्र नभएर बन्दिपुर एक पर्यटकिय क्षेत्र पनि भएको हुदा आन्तरिक पर्यटकहरुको पनि आगमन बाक्लै देखियो । वैषाख जेष्ठ महिनाको प्रचण्ड गर्मीमा पनि बन्दिपुरमा शितल हावा चल्दछ । बन्दिपुरको वातावरण एकैनासको हुने हुनाले यो समयमा बढि पर्यटकहरुको आगमन हुने गर्दछ ।
प्रत्यक १५ मिनेटमा बन्दिपुरको लागि जिप छुट्थ्यो । हाम्रो गाउष बन्दिपुरबाट पनि तल बेशीमा भएको हुनाले हामी बेशी जाने जिपको प्रतिक्षामा थियौ । दिनको ४ बजे डुम्रेबाट बेशी जाने जिप छुट्टने कुरा भाइले बताए । बाँकी रहेको समय हामी घुमफीर गरेर बितायौ ।
समयले कतिछिटो कोल्टे फेरीसकेको रहेछ । हामी पहिला बन्दिपुर जान नाकै ठोकिने उकालो जँगलको बाटो हिड्नु पर्दथ्यो भने मोटरबाटो भएर जाँदा धेरै समय लाग्थ्यो तर अहिले तल गाउष सम्मनै जान यहीबाट यातायात पाईने । दिनको ४ बजे जिप तल बेशी जान तयार भयो गाऊँकै एक जना छिमेकीको रहेछ जिप झनै सजिलो भयो । १५ १५ मिनेटमा जिप छुट्टने भएतापनि यात्रुको चापले गर्दा पछाडी झुण्डिएर बस्न बाध्य हुनपर्दथ्र्यो । डुम्रेबाट ७ कि।मी मात्र थियो बन्दिपुरको दुरी । बन्दिपुरबाट बेशी जान करिव ५ कि।मी जति थियो । जिपको पछाडी झुण्डिदै हामी बन्दिपुरको उकालो लाग्यौ । सानो मोटरबाटो र धेरै घुम्तिहरु भएको हुनाले यात्रा अति जोखिमपूर्ण त थियो नै तर पनि जानु पर्ने सबैलाई बेलैमा । बैषाख जेष्ठ महिना भएको हुनाले वनमा साल सेतै फुलेका देखिन्थे । बन्दिपुर उकाली लाग्दा बाटोमा सुन्तलाका प्रसस्त बगैंचाहरु पर्दछन् । भर्खरै फूलबाट फर्केर साना कोपिला लागेका थिए । असोज कात्तिक महिनामा यो बाटो सुन्तलाका दानाले पहेलै हुने गर्दछ ।
बन्दिपुर सम्म पिच बाटो भएकोले त्यति गाह्रो भएन । बन्दिपुरबाट तल बेशी पुग्न अझै त्यो भन्दा पनि महाप्रलय थियो । हामी बन्दिपुरबाट करिव साढे ४ बजे तिर बेशी हुईकियौ । बाटोमा रहेका ढिस्का र खाल्टाको अबरोधलाई पार गर्दै हामी तल बेशीमा झर् र्यौ । भर्खरै फूलेका आँपका बगैंचाको बिचबाट यात्रा गर्नु पर्ने भएकोले आँपको फूलको बास्ना अति मिठो आएको थियो भने फाटमा चैते धानले हरियाली छाएको थियो । बारीमा भर्खरै दुई पाते मकैले झनै मनमोहक बनेको थियो गाऊँको वातावरण ।
गएको दशैमा मात्र आएको हुनाले गाऊँलेहरु अचम्मित परे । ओ हो खाडी राष्ट्रबाट पनि यति छिट्टै आउन पाउने । हुन पनि किन अचम्मित नपरुन गाउँबाट खाडी छिरेकाहरु बर्षौ वित्दा पनि फर्केका थिएनन् । केही ठाउषमा अवरोध खडा भएतापनि सजिलै घर सम्म आईपुग्यौ । भर्खरै बसन्त ऋतुको आगमन हुन लागेको हुनाले वर परका रुखका पातहरु पलाउने क्रम जारी थियो भने बाटोमा औसेलु हाडे काफलका बोटहरुमा लटरम्म फलेका फलले मुखै रसाएको थियो । कुनै जमानामा डुम्रेबाट घर सम्म आउन ५ घण्टा लाग्थ्यो भने अहिले १ घण्टामा आउन सकिने । गाऊँ भए पनि कति छिटो बिकासले फड्को मारेको । बाटो मात्र नभएर अहिले गाउषमा बिजुली टेलीफोन पानीको पनि पहिलाको भन्दा धेरै सुविधा भएको छ ।
सानोमा कल्पना गर्दथे मेरो घरको आगँनबाट मोटरबाटॊ गाऊँमा प्रयोग भईसकेका टाईगर बेट्रीहरु सँगालेर रेडियो बजाएको दाजुलाई फोन गर्न भनि बन्दिपुर लगाएर धाएको र फोन गर्न पनि लामो लाईनमा कुरी बस्न परेको पिडा मेरो मानसपटलमा ताजै थियो । आज घरको आगँनबाट गाडी हिड्न थालिसकेको छ हप्ताको केही समय लोडसेडिङ्ग भएतापनि बिजुली बत्ती घरमानै पुगेको छ भने प्रत्येक घरमा टेलीफोनका सुविधाहरु छन् । पहिला पहिला काल्ला माथी वा जंगल भित्र जानु पर्दथ्र्यो पेट साफ गर्न अहिले प्रत्येक घरमा आ-आफ्नै सुविधासम्पन्न टवाईलेटहरु निर्माण भईसकेका छन् । १० बर्षको अन्तरालमा गाउषले यिनै विकासको फड्को मारेछ । अब आउने १० बर्ष भित्रमा सायद मेरो गाँऊ कुनै सुविधा सम्पन्न सहर नहोला भन्न सकिदैन ।
यस पटक मेरो खाडी राष्ट्र अन्र्तगत यूएई देखी मेरो गाउष बन्दिपुर सम्मको यात्रा रमाईलोनै गरी बित्यो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 13, 2008
हप्ता हंगामा - सबैमा उत्कृष्ट
बेलोरुसका चर्चीत फुटबल रेफ्री Sergei Shmolik ले गत बर्ष उत्क्रिष्ट रेफ्रीको उपाधी हासील गरेका थिए। गएको बुधबार बेलोरुसमा भएको स्थानिय फुटबल म्याचमा भने दोस्रो हाफमा उनै निकै निष्क्रिय देखिए। केही दर्शकले भने उनले अचम्मको बानी बेहोरा देखाएको भन्ने टिप्पणी गरे। प्राय बल संगै दौडने फुटबल रेफ्री बल अर्को कुनामा पुग्दा पनि उनि वल्लो कुनैमा थिए। अन्त्यमा अत्यान्त ढाड दुखेको भनेर उनले खेलबाट बिधा लिए। तुरुन्तै उनलाइ अस्पताल लगियो। अस्पतालमा जांच गर्दा उनको ढाड दुख्नुको साथै अर्को आफ्नो उत्क्रिष्ट खेल जिबनमा अर्को उत्क्रिष्टता हासील गरेका थिए त्यो हो उनले अत्यधिक भोड्का पिएर खेल मैदानमा छिरेका थिए। अब उनलाइ अनुशाषनको कारबाही हुने भएको छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बिहानीले देखाउन खोजेको दिन
आजकल वास्तवमा कुनै कुराको बारेमा लेख्न मन नै लाग्दैन । मनमा भावनाको खडेरी परेपछि विचार र बुद्दि पनि स्फूरित हुन मान्दैन रहेछ । यसो नेपाली पत्रिकाहरूका अनलाइन संस्करण हेर्यो, नेपालका खबरका अनुहारहरूले भयानक उद्विग्नता जन्माउँछ । २१ औँ शताव्दिको यो भौतिक विकासको चकाचौँधवाला संसारमा एउटा आदिम बर्बर युगका विशेषताहरूमा बाँचेको नेपाल र आँफू नेपाली हुनुको नियति सम्झँदा लाग्छ, हामी नेपाली माथि कुनै दुष्ट दैवी शक्तिको दूर्दान्त अभिशाप परेको छ । हाम्रा समसामयिक समाचारहरूका भाँति हेर्दा यस्ता देखिन्छन्:
- वाइसिएलले कुटी कुटी जिल्ला शिक्षा अधिकारी मारे ।
- नेपाल गञ्जमा पुलिसले आफ्ना हाकिमहरूलाई बन्दी बनाए अनि कुटे ।
- युथ फोर्सले सचिवलाई कुटे ।
- डाक्टरहरू ज्यान सुरक्षा खोज्दै हड्तालमा ।
- माओवादीले सहमति र सहकार्य गर्ने तर राष्ट्रपतिका बारेमा कांग्रेससंग कुरै नगर्ने ।
- संविधानसभाको बैठक अद्यपि स्थगित ।
- टेक्कापट्टामा भाग लिन आउनेलाई वाइसिएलले कुटे ।
- थम्बुवानले छुट्टै राज्यका लागि संघर्ष गर्ने ।
- आज फलानो समूहद्वारा नेपाल। तराई वा फलानो ठाउँ बन्द ।
आजकल नेपाली समाचारको विषय यस्तै यस्तै हुने गर्छ । लाग्छ, नेपालीको दिलदिमागमा क्रान्तिकारी बन्न अनेक उपद्रो गर्नका लागि नया जुनून सवार भएको छ । जति चर्का र हुनै नसक्ने माग राख्यो, त्यति ठूलो क्रान्तिकारी होइने अनु दुई चार जना हाउडे आउरे बाउरे जम्मा पारेर बीच बाटोमा टायर बालेर बाटो छेकेपछि सरकारका शान्ति मन्त्रीसंग वार्तामा बस्न भाउ पाइने भएर हो कि किन हो , क्रान्तिको बजारमा इण्डेक्स एकैचोटि आकाश गतिमा उर्ध्वयात्रामा छ ।
केहि अघिसम्म क्रान्तिकारी नेताहरूलाई रुघा लाग्यो भने पनि दरबारको षडयन्त्र वा प्रतिगामीको चाल कहलाउँथ्यो ,तर आजकल यो भाष्य फेरिएर यसमा भारत वा गिरिजाको षडयन्त्रको गन्ध आउने बनेको छ । हिजो धुलिखेलमा माओवादीको नेताहरूको सभा बसेछ , निष्कर्ष निकालेछ कांग्रेसले सरकार गठन गर्न नदिएर भाँजो हालेको छ । तर गिरिजा कोईरालाले राजिनामा दिएको घोषणा गरिसकेका हुनाले , अब माओवादी र 'ए' माले बाट 'बि' माओवादीमा झर्न खोजेको कामरेड झलनाथ र बामदेवजीको पार्टीले बहुमतीय राष्ट्रपति खडा गर्दै गिरिजा कोईरालाको राजिनामा पत्र बुझ्ने मान्छे निकाल्दा छिटो निकास निस्कला नि । के को भद्रो हेर्नु पर्यो एउटै थर गोत्रका पर्टी मिलेर जनवाद तर्फको यात्राका लागि बाटो नाप्न थाल्दा , कांग्रेसीहरूलाई खुच्चिङ भैहाल्छ नि ।
तर पनि लाग्छ, संविधान भने बन्ने वाला छैन कि । कुरा सरकार गठनमा गएर अल्झिएको छ । संविधान बनाउन दुई तिहाइको अनुमोदन चाहिने, तर राजनतीको समीकरण भने बहुमतीय खिचातानीमा पसिसकेको यो परिस्थितिमा , प्रतेक दफा र धाराको छलफल र अनुमोदन कस्तो दशा र दिशाबाट गुज्रला केवल अनुमान मात्र गर्न सकिन्छ । देश विभाजनको संघारमा उभिएको छ , क्रान्तिकारीहरू प्रहरी र सेनाभित्र क्रान्ति रोप्न बल्ल थालनी गर्दै छन् । उता पार्टीका अर्धसेनाहरू कुटेर हाकिम मार्ने परीक्षणमा हात बटाउँदै छन् । ठेक्कापट्टाको 'चमत्कार' रूपी हिले पोखरीमा कामरेड भट्टराईका उफ्रने भ्यागुताहरू नराम्ररी लुटपुटिएर बिजोग छ भन्ने कुरा त हिजोका माओवादी बुद्दिजीवी मुमाराम खनालजीले 'नेपाल' साप्ताहिकमा मार्मिक ढंगले पेस गर्नु भएको पढेकै हुनुहोला !
तराईका २० जिल्ला अब आफ्नो छुट्टै सेनासहित एक मधेश एकप्रदेशको आत्म निर्णयको अधिकार नपाए सम्म आन्दोलन गरिरहला । त्यसपछि पहाडतिर डाँडा काँडा र खोँचहरू सयथरि जातपातलाई भाग बिलो लगाएर साँधकिला छुट्याउँदै र ढुङ्गा गाड्न बाँकि नै छ ।
अंग्रेजीमा उखान छ ' बिहानीले दिनदेखाउँछ' । यदि यो सही हो भने त , संविधान सभाको काष्टिङ त हामीले देखिसक्यौँ , कस्तो होला दिन ?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 12, 2008
अङग अङग उदाङग
अङग अङग उदाङग रहेछ, हाबा भई छोइ दिउ कि
तरङगले भरङग भाको मन, तिमिमा फोइ दिउ कि
कस्तो उन्मुक्त माद नशाको कि जवानीको थियो
मिचिमिची भएभरका काउकुती जती धोइ दिउ कि
लठ्ठिएका थुप्रा आँखा भोका छन आहरा कतै नहुनु
तिम्रो कामुकतालाई जोगाउन पहरे होइ दिउ कि
हराए झै ,डराए झै किन हो यो फेरी लोकाचारी
आटे तिम्ले तिम्रा लागि बाघको दुध दोइ दिउ कि
तिम्रो हासोमा मन भरी लालिगुरास फुली दिए
हास सधैं तिमी,परे तिम्रो आशु मै रोइ दिउ कि
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
भानु तिम्रो संझनामा देउरालीमा फुल
पुरुशोत्तम सुबेदी
-बेल्जियम
भानु तिम्रो संझनामा आज म -चाढाउछु देउरालीमा फुल ।
तिम्रै नाममा सजियका छन आज -ध्वजा पतका राता तुल ।।
नेपाली साहित्य र संकृतिका -हौ कती धनी तिमी ।
संसार भरका नेपालीहरु माझ -मन भित्र छौ आज तिमी ।।
जन्म दिन पारेर आज तिमीलाई-अर्पण गरेकोछु एउटा फुल ।
सागर समुद्र र नदी पारी पनि -बाध्य बनायौ बनाउन मनको पुल ।।
रम्घा गाउको त्यो बस्ती तिम्रो -हिड्दथ्यौ सब संग हांसी ।
कुनै दिन भेटिगयौ त्यसै जगतमा -तिम्रै त्यो गाउले घांसी ।।
शोध पुछ गरेउ तिमीले त्यस घांसी लाई -के गर्दै छौ तिमी यहाँ ।
सोझो घांसी झट्ट दियो जवाफ घांस काटी -जांदै छु घर तिर त्यहां ।।
भानु फेरी प्रश्न गर्दा भय घांसीलाई -काट्छौ के का लागि किन घांस ।
धन कमाउने इच्छा जाहेर गर्यो घांसिले -फेरेर लामो सास ।।
गोठ भरी गाई बस्तु भोका छन मुखियाका -घांस काट्ने मेरो यो पेसा ।
घांस बेची खुशी पारी गाउले मुखियालाई -कमाउनु छ यहाँ केही पैसा ।।
भानु फेरी प्रश्न गर्दा भय घांसी लाई -केको लागि कमाउछौ धन ।
घांसी खोज्छन उत्तर दिन ओठ भिजाइ जिब्रोले -तिर्खायको त्यो मन ।।
ओभायको त्यो जिब्रो तिनको -दिन भरी को त्यो थकान ।
भरी डोका घांस काटी विचरा -फर्किदै छन आफ्नै वतन ।।
लिय चासो भानु भक्त्त तिनले -गरे प्रश्न घांसी लाई हेरी ।
मुखियालाई बेची घांस धन कमाइ -के गर्छौ त्यो धन्ले तिमी फेरी ।।
पोख्छन घांसी मनको वह भानु भक्त्त लाई -दिन भरिको तिर्खाको ।
पर्यो चोट भानु भक्त धनी लाई -सरह पथ्थरका छिर्काको ।।
कहन थाले घांसिले आफ्नो चाहना -भानुभक्त्त लाई उठेरै त्यहां ।
बस्ने ईशारा गर्दै भानुभक्त्तले पनि घांसिलाई -लगे डोर्याइ सितल महा ।।
खनाउनु छ यसै ठाउँ महां असल - पिउने पानिको एउटा कुवा ।
तव सबको मनले आसिश दिन्थ्यो मलाई -जान्थ्यो सहजै सुबिस्थाले सबको युग ।।
उत्तर मिल्यो सहज् गरीब त्यो घांसिको -भक्कानिय ति भक्त्त भानु ।
गरीब भयपनी लिनु बिचार ठुलो सबले -हरेस कहिलेइ पनि न खांनु ।।
भर जन्म घांस तिर मन दिई धन कमयो ..
नाम केही रहोस पछी भनेर कुवा खनायो ।।
घांसी गरीब घरको तर बुद्धी कस्तो ।
मो भांनुभक्त धनी भै क्यान यस्तो ।।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 10, 2008
मनोन्यास - नेपाली राजनितिज्ञ र अन्धा चमेराहरु
लेखक। मृदुल
प्रिय सान्ती
यहाँ हाम्रा राजनीतिज्ञहरु अन्धा चमेरा बने र आँखा भएर पनि नदेख्ने तर मुसाको सिकार गर्न नछोडने यस्ता जादुगरी नेताहरुबाट यस देशले कहिलै सुख सान्ती र समृद्धिको अनुभुति गर्न पाएन। केवल आपसमा खिचातानी गर्ने र एक अर्कोलाइ गोर्खेलौउरी हाल्ने राजनीतिमा निपुर्ण भए। राजभत्त धेरै जन्मिय तर देशभत्त कोही जन्मिएन। तस्रथ पि्रय अब मैले तिम्रो अलौकि कोखबाट देशभत्तहरु जन्माउनु छ। यी बतासे अण्डाबाट देशभत्त जन्मिने आशा गर्नु त बिरबलको खिचडी पस्कने सपना देख्नु एउटै हुनेछ।
म भित्रै द्धोन्द चलेको छ। म बिनाको मेरो जीवन र जीवन बिनाको म बिच। म भन्छु जीवन म भएको हुनुपर्छ। म जीवन भएको हुनुपर्छ। अहँ छैन आपसमा नफ् र मासु बीच पनि मुगडा छ। आँखाले सुनेको चाहान्न।
कानले हेरेको देख्न चाहान्न। जिव्रोले स्वाद लिएको नाकले हेर्नै सक्दैन। तस्रथ पि्रय यो मुगडा मिलाउन आउ। मेलमिलापको निति लिएर आउ। एउटै शरिर भित्र पनि हरेक अंगबिच युद्ध छ। कुनै अंग लोकतन्त्र चाहान्छनन्। कुनै अंग गनतन्त्र! कसरी सम्झाउ म यो प्रसंगलाइ
शरीर नरहे केही छैन तर अंगहरु आपसमा एक अर्कालाइ देख्न चाहानन्।
यसरी आपसमा काटाकाट गरेका छन। गहबाट कनार्णली बगेको छ। मेचीमा चोट लागे महाकाली रुनुपथ्र्यो तर यहाँ त्यस्तो छैन। आफनो पोल्टो भर्ने भन्दा माथी उठन नसकेका अंगहरु शरीरमाथी आफनो शक्ती प्रर्दशन गर्न चाहान्छन्। पि्रय यो पाण्डब र कौरवको युद्ध बन्द गर्न आउ। भाइ भाइ बिचको युद्ध सान्त गर्न आउ। यहाँ माया ममताको धज्जी उडेको छ। बिस्वासको बिस्वास छैन। शुरक्षाको शुरक्षा छैन अब यहाँ कस्को बिस्वास भो र कस्को शुरक्षा भो र…।!
म हार खाइसकें। नदीका दुइ किनारा मिली सके तर यिनीहरु मिल्दैनन। बाह्र बर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाले पनि उस्ता उस्तै बाँगो भए झै नेताहरुको नियति सैधै यो देश र जनता प्रति बाँगो नै रहयो। जनता अन्योलमा छन। बादल भित्र गु_िम्सएका छन। आँधी बिच फसेका छन। मुरी बिच रुमुेका छन। पहिरो भित्र पुरिएका छन। पहाडले थिचिएका छन। भेलमा बगेका छन। बाढीमा डुबेका छन। मायाका मुाेताहरु गुमाएर आमाहरु शोकाएका छन।
तन्नेरीहरुको लाश बोकेर बाबाहरु शोकाएका छन। गिद्धले अघाएर सिनो खान छोडी सक्यो तैपनी मार्न छोडृका छैनन। बाघ भएका छन मान्छेहरु। स्याल भएका छन मान्छेहरु बाँदर भएका छन मान्छेहरु ब्वाँसो भएका छन मान्छेहरु…। बनका तिखा काँडा भएका छन मान्छेहरु…॥ अजींगर बनेर कतिदिन खानेहुन जनताको जीवन। शिक्षा दिन नजानेर कुजात जन्मिए र तिनै देश बनाउन लागे। रगतको नदीमा तरबारको पुल तर्दे म कतिदिन देशको मुहार फेने सपना देखु……!गन्तब्य सुन्दर भएर पनि यात्रा कमजोर छ मेरो। शिथिल छ मस्तिष्क सोच्दा सोच्दै भबिस्य। गतिशील जीवन ओझेलमा पर्यो। तस्रथ हे पि्रय तिमी जसरी पनि आउ र निको पार जनताको घाउ। यहाँ धेरैको छ लुटने दाउ यि सबैलाइ तर लगाउ…॥!
सुन्दर ति मेरा सपनाहरु देख्नै नपाइ ओझेलमा परीसके।
अरुको लागी त म बाँचि दिएँ मेरा लागी अरु मरी सके॥
तिमी भन्दा अरु कोही छैन मेरो मर्म बुमुने। मेरो कर्म बुमुने।
मेरो आँशुलाइ हाँसोमा बदल्न सक्ने केवल तिमी नै हौ। मेरो िपंडालाइ आनन्दमा बदल्ने केबल तिमी नै हौ। खै यहाँ त अर्काको पालो पैंचो मिचेर मन्दिरमा पुजा गर्न जान्छन्। मलाइ बचाउ यी मान्छेहरु जुन जनावरभन्दा डरलाग्दा छन। जसरी हुन्छ जे गरी हुन्छ जस्लाइ फसाएर हुन्छ आफनो दुनो सोमुाउने धर्म चलेको छ। यो पाशबिक सभ्याताको अबशेष भएर म कतिदिन बाँचु…! अहो पि्रय यहाँ अनाथहरु कमजोरीहरु बेशाहारहरु सडकमै बस्ती बसाएका छन। केवल जीवनको भीष माग्दै िहंडेका छन तर ति भन्दा भिखारीहरु महलमा देखें जुन जनताका सपनाहरु बेचेर बाँचेका छन।
गरिवहरुको नमुनालाइ आफनो योजना बनाएर मागीखाने भाँडो बनाएका छन। माग्नेहरुको नाममा मागेर खानेहरुको हातमा यतिखेर मेरो देशको भबिस्य परेको छ। त्यसैले त भबिस्यालाइ पनि दरिद्र बनाए। यी मन्का दरिद्रहरु मन्का भिखारीहरु बिशिष्ट बनेका छन आज। शिष्ट नभएका बिशिष्टहरुको मामुमा म कतिदिन बाँचु मृत्युको प्रतिक्षामा। ……॥
हे मेरी पि्रय मैले तिम्रो साथ पाएँभने म यो थोत्रो आदर्शलाइ भत्काएर नयाँ आयाम थप्न चाहान्छु। न्ायाँ निर्माण गर्न चाहान्छु। तिमी त्यहि जिवन्त चाहाना बनेर मेरो जीवनमा नोटमाथी कतिन्जेल चढाउ म…॥! पुजारीहरुको भरमा नै देवताहरु बाँच्न बाँध्य छन भने ति कायर देवताहरुले कसरी समृद्धिको बरदान दिन सक्छन त…बागमतीको शुद्धजल नेपालीको बिशुद्ध आचरन बनेकोमा म कति दिन दुखी बनी रहुँ…
आफनो गोठमा भकारो सोर्न छोडेर अर्काको घरमा पोत्नु परेको छ। आफनो घरको छानो भन्काएर अर्काको पालमा ओत्नु परेको छ…॥!
यहाँ प्रकृतिले स्वयंम फुल फुलाउन पाएको छैन। लह लह पालुवा हाल्न पाएको छैन।
किन फुल्न छोडे फुल बसन्त आउदा पनी॥!
संधै पछि म किन परें अबसर पाउदा पनी…॥!
यस्को जवाफ बनेर आउ पि्रय। बिशाल पहरा भित्र हात हालेर तिमीलाइ मिुक्न तयार छु। पहरामा अमुल्यबस्तु तिमी नै हौ मेरो। बरु हात गुमोस बरु जीवन गुमोस तर म तिमीलाइ गुमाउन चाहान्न। तिमी त पहराभित्रको अमृतमय शितल जीवनदायिनी जल हौ जुन जमेर शिलाजित बन्छ। म त्यहि शिलाजितको रुपमा तिमीलाइ पाउन चाहान्छु। मैले सजाए धेरै भोगें
अध्यारो कोठामा लगेर हाने…।!
शिथिल शरिरलाइ जन्जीरले बाने॥!
मलाइ नै देशको बैरी ठाने…।!
यो कस्तो तमासा दैब नै जाने…।!
सम्वेदनशील अंगमा आगो झोसे…!
खै मेरो रगतले कस्लाइ पोसें…।!
नैस्रगिक अधिकार समपुर्ण खोसे…!
यातना दिएर मृत्युमा ठोसे…।!
सहज मृत्यु यहाँ पाइन्न…!
बाँच्न खोजेर बाँच्न पाइन्न…!
कति बगाउ आँशु कति बगाउ खुन!
जनताको रगत पिउने आखिर यी को हुन…
पि्रय मलाइ यस्को जवाफ चाहिएको छ तिमी त्यो जवाफ बनेर आउ।
चार जात छत्तिस वर्णको फुलबारीमा फुलहरु असमान्ताका सिकार भएका छन। फुल्न खोज्दा लखन थापा हुनुपर्छ। स्वतन्त्र जीवनको सुगन्ध छर्न पाइन्न। छर्न खोज्दा धर्मभत्त। पालुवा हाल्न पाइन्न पालुवा हाल्न खोज्दा दशरथ चन्द हुनुपर्छ। जीवनको उत्सव मनाउन पाइन्न मनाउन खोज्दा गंगालाल हुनुपर्छ अति त्यस्तै सृजनाका बिउहरु छर्न पाइन्न बिउ उमार्न खोज्दा शुक्रराज शास्त्री हुनुपर्छ। त्यसैले यस धरामा ज्यादती फैलिएको छ। यतिखेर दुर्योधन देशको हर्ताकर्ता बनेको छ। यहाँ बिदुरका लोकतान्त्रिक पथहरु भत्किएका छन। बरु सकुनीका जालहरुले सालको रुखलाइ मालुको लहराले बेरेझै मेचीदेखी काली सम्म हिमाल देखी तराइसम्म गाँजेको छ। हरेक दिन डोकोमा दुध दुने भाषण दिन्छन्। बिरोध गर्न्र पाइन्न नत्र फेरी सुरुगांमा लक्ष्मी पाण्डेलाइ मारे झै मार्छन। आँखा नदेख्नेहरुलाइ ऐना किनेर बाँडने योजना बनाउछन। मामाको घोडी मेरी िहंिहं…गर्नेहरुले नेपाल आमाको हुर्मत लुटेका छन। बिकासका बोत्तलहरु दिन प्रतिदिन नयाँ फेरिन्छन तर उपल्ब्धी पुरानै उही ढुसी परेको हुन्छ। यतिखेर भिमसेन थापाको जरुरत थियो तर त्यो बिना पर्खालको कैदी बनाइसके।
मित्रराष्टहरु थाकीसके चन्दा दिदा दिदा। चन्दा को कस्लाइ दिने…! कति सम्म दिने…।sतिन्जेल दिने…। पि्रय म यो प्रस्नको जवाफ खोजीरहेको छु तिमी त्यस्को जवाफ बनेर आउ। पुर्खाको बहादुरीलाइ कान्छा र कान्छीमा बदलेर जनताले बाँच्नु परेको दर्द कस्ले बुमुने…! तस्रथ यो पाशबिक प्रथा बन्द गरी स्वदेशमै रमाउने बाताबरण लिएर आउ। मेरो भाग्यलाइ आफनो खेत्ि गर्ने मलिलो जमिन बनाएका छन। मेरो जीवनको म मालिक हुदाहुदै पनि आफु मालिक भएर मैमाथी हैकम चलाएका छन। प्रजातन्त्रको वकालत गर्दै मेरै जीवनसंग खेलवाड गरेका छन। पि्रय यो प्रजातन्त्र हुनै सक्दैन। प्रजातन्त्रको असली रुप र सौन्दर्यता तिमी नै हौ। जति पनि मैहुँ भन्दै आउछन ति सव धमिलो पानीमा माछा मार्न खप्पिस मात्र आउछन। अनुहारमा शहिदको रगत पोतेका जिउमा जनताका सपनाहरु चिथोरेका त्यस्मा पनि नेपाली टोपी र बिदेशी पासो घाँटीमा बाँधेर राज्यसत्ता हत्याउन कसिन्छन र हानाहान गर्छन। यतिखेर देशका प्रबुद्ध बर्ग बुद्धि भएर पनि बुद्धिहिन जस्ता छन। खुटटा भएर पनि अपांग भएका छन। कान भएर पनि बहिरा छन। आँखा भएर पनि अन्धा भएका छन। बास्तवमा आँखाले देख्न नसक्नेलाइ दृष्टिहिन भनिन्छ भने आँखा भै भैकन पनि नदेख्नेलाइ नै अन्धा भनिन्छ। तस्रथ यस्ता अन्धाहरुको आँखा खोल्न आउ। तिम्रो उपस्थिति बिना यहाँ कसैका आँखा खोलिन्नन्। पि्रय तिमी यस्ता राजनैतिक अन्धाहरुको चेतनाको आँखा खोल्न आउ। नुन खाएका कुखुरा मुै मुाेक्राएका बुद्धिजिवीबाट के आशा गर्ने। ठर्राले मुम्केपछि मात्र होसमा आउने त्यस्ता बिहोसीबाट देशले के पाउन सक्छर…!
म हात्ति भएर के गरु एउटा घसेटो माउतेले ठीक पारी रहेको छ। यि जुकाजस्ता चुसाहा राजनैतिक माउतेहरुबाट पि्रय मलाइ मुक्ति देउ।
यि राजनीतिज्ञ माउतेहरुले निरकुस्ताको अंकुसले मलाइ ठिक पारी रहेका छन। म बीर हात्ति भै के गर्नेर…॥! जब बुद्धिमा नै बिक्रो लगाइ दिएका छन।
यसरी मेरी आमाको काखमा राजनैतिक माउतेहरुको बिकबिकि कति सम्म सहृेर बस्ने म…।! आउ पि्रय महबाट मौरी निकाले झै निकाल्न आउ। म सोच्थें अन्धकार अब सकिए छ भनेर तर होइन रहेछ। अन्धकार त भर्खर मात्र शुरु भएको रहेछ। मेरो देशको आकासमा ग्रहण लाग्न पो थाले छ। मेरो देशको धर्तिमा भर्खरमात्र भुकम्प चल्न थाले छ। अराजकत्ताको जग जति हल्लेपनी जति हल्लाए पनि डेग चल्दैन। किनभने नेताहरु त्यस्का खम्बा भएर उभिएका छन।
मलाइ मेरी आमाको आँशु पुछनु छ। मैले मेरो सामर्थलाइ चिन्ने र बुमुने अबसर चाहिएको छ। एकान्तमा बसेर म एक्लै हुन सक्दिन तर मान्छै मान्छेको बीचमा एकलो भएको छु। मेरो देशको ममुेरीमा अन्धकारले छाउन थालेको छ। मेरी आमा नेपाललाइ राजनैतिक बन्धक बनाउन थालेका छन। पि्रय यो संकटबाट मुक्त गर्न आउ।
हिजोको बिहानीमा कालोबादल लागेको थियो आजको बिहानीमा त सुर्यग्रहण पो लागेको छ र त्यस्मा पनि कालोबादल हटेको छैन। यो बिषम परिस्थितिमा आमालाइ बन्धक बनाएर आफनो दुनो सोझाउन नेताहरु आपसमा युद्ध गर्नेछन्। उहि पुरानो अन्धकारले नयाँ परिबेशमलाइ ढाकेको छ। आखिर परिवर्तणको अर्थ नै के रहयो र…!
आखिर जनताको बलिदानको महत्व के रहयो र…।! पि्रया अर्थहिन बलिदान र सवभौम समपन्न गर्न नसक्ने परिवर्तनको अर्थ नेताहरु बीचबाट चोरी भएको छ। आपसमा चोरी गर्छन र दोस एक अर्कालाइ लगाउछन र दयित्वबाट पन्छिनछन। यो मेरो देशका दरिद्रनेताहरुको अग्रगामी संस्कार हो। यो अंध्यारी रातमा जुनको दियो बालेर क्षितिजतिर टोलाइ रहेको छु जहाँबाट तिमी आउने छौ। आकासबाट जति पानी परेपनि मेरो धर्ति किन बाँझै छ…।!
मेरो प्रस्नको जवाफ दिने यहाँ कोही छैन। जवाफ चाहानेहरुको आर्तनाद गुन्जीरहेको छ हरेकका आगनमा यिबोग र बिजोग बनेर।
म यो परिवर्तनको शाक्षी हु र पनि मेरा दुइ आँखाले दुइ इसारा हेरीरहेको छु। एकातर्फ हिराको पर्खाल…अर्कोतिर काँचको दरबार। तासको जामा लगाएका मेरा अगुवाहरुको राजनैतिक नाटक हेर्न रगतको टिकट काटी रहेको छु। हे मेरी सुलोचना तिमी नआउदा सम्म म यि राजनैतिक मुसिलकीराहरु मेरो काँधबाट फुत्त फाल्न सक्ने छैन। आज धेरैले धेरै जानी सके… तर जे जान्नु पर्छ कसैलाइ थाहा छैन। आज धेरैले धेरै लेखी सके…॥तर के लेख्नु पर्छ त्यो कसैलाइ थाहा छैन। तस्रथ जुनकुरा थाहा पाएका छैनन त्यहि थाहा पाउन तिमी आउनु परेको छ। मैले तिमीलाइ मेरी आमाको कोख बाँझो नपार्न बोलाएको छु। तिमी नै आमाको कोखबाट जन्मिएर मेरो जीवनमा आउ। तिमी आउदाको िपंडा सहन तयार छिन मेरी आमा तर तिमी आउनु पर्छ। प्रतिक्षामा आमाले धेरै कोसी बगाइसकिन। धेरै गन्डकी बगाइसकिन। धेरै कर्नाली बगाइसकिन। धेरै मेची र काली बगाइ सकिन…। कति बगाउने आँशु यस्को पनि सिमा हुन्छ तर यहाँ त्यो सिमा पनि नाघिसकेको छ। र्मैले मेरा माउतेहरुलाइ कटबासको लौरो दिनुपथ्र्यो तर बन्दुग दिएर गल्ति गरे…।! आज बुद्धको आगन रगतले पोतिदै छ। आज शिबको भुमी लाशले ढाकीदै छ। बन्दुगको नसा लाग्छ यो पनि अफिम हो…यहाँ अफिमको खेती चल्दैछ। आज मलाइ हतियार खोस्न गारो भो। मेरै छातीमा ताकेर मेरै हुर्मत लुटन थाले।
मलाइ यस्तो लागीरहेको छ की गरिवीले नांगिएको छातीमा बुटले शासन गर्दै छ र बन्दुगले रक्तपात मच्चाउदै छ। आतंक्कको छत्रछायाँमा बुद्धको आत्मा छटपटाइ रहेको छ। पि्रया यो दुरदशा बेहोर्नु भन्दा पहिले नै तिमी आउ। कुण्ठाको रानीपोखरीमा डुबेका मान्छेहरु बचाउन खोज्दा आफै डुबीरहेको छु। तिमी बिना मलाइ निकाल्ने नै को छर…।! मेरी पि्रय मनोलिसाको अधरको मुस्कानको भेउ नपाए मुै मैले मेरो भबिस्यको भेउ पाउन सकिन। तिमी त्यो भेउ बनेर आउ। आजकाल मेरो नाथीगार गाउमा भाले नबासेर पनि बिहानी उदाउन थालेको छ। भ्ाालेहरु सबै बिस्तापित भैसके। पोथीबास्नु पर्ने भएको छ तर पनि बास्न पाउदैनन्। डर नै बन्धन बनेको छ। डर नै संस्कार बनेको छ। डर नै मृत्यु बनेको छ।
यो देशबाट डरको जरो उखेलेर फाल्न आउ। ………………………॥
दुख भयो सुख भयो भन्नु त केवल एउटा आफनो मनको अनुभुती मात्र हो। न दुख छ न सुख सवै कर्मका उतार चडाप मात्र हुन। हिराको दरबारभित्र राज गर्ने महाराज पनि दुखबाट मुक्त छैनन्। बेशाहारा पनि एक छाक खान पाउदा सुखी नै छ। तस्रथ जीवन जे सोच्यो त्यही हो त्यो बाहेक अरु केही होइन। पि्रय जीवनको मुल्य र मान्यताहरु स्थापित गर्न आउ। यहाँ तिमी बिना कसैले स्थापित गर्न सक्दैनन। यो समयको सन्दुसमा तमाम षडेन्त्रहरु गोप्य जालमुेलहरु र सन्धी सम्मुाैताहरु छिपेका छन। यी सवै पोलहरु खोल्न आउ। यदि मैले पोल खोले भने म आफै भिमसेन थापा भएर आफुलाइ रेटेर मार्नु पर्छ। भीम मल्ल भएर आफनो सतीको पिडादायक कन्तबिजोग देख्न नसकेर आफुले आफैलाइ मार्नु पर्छ। मर्दका लागी अपमान मृत्यु भन्दा पिडादायक हुन्छ। तस्रथ म आफनो घोर अपमान भएको कसरी हेरी रहन सक्छुर…।
पतीको लाशसंगै पत्नीका चुरा सिन्दुर र पोसाक जलाइने यो ठाउमा मेरो भाग्यसंगै हक हित अधिकार पनि आर्यघाटमा सेलाइन्छ। त्यसैले म पती भएर पनि मेरी पत्नीले बिधुवाको भाग्य लिएर बाँच्नु परेको छ। मेरो पत्नी भनेको आस्था हो पती भनेको मेरो आर्दश। तर आज त्यहि आर्दशका अगाडी आस्था बिधुवा भएको छ। कसरी मैले सतीजानबाट आर्दशलाइ रोक्ने…॥!
जस्को लागी गोठ बनाए आज उसैको पुच्छर बाहीर परयो॥आज॥!
पि्रय कसरी म यो गोरुको पुच्छर गोठभित्र पारु……!
आउ तिमीमा नै छ यो क्षमता जस्को लागी गोठ बनाए पनि पुच्छर बाहिर पर्दैन। ……!
शरदको पोल्टामा फुलेका सेता काँसका फुलहरु। हिमशिखरबाट उडेका काकाकुलहरु र चखेवाहरुको बथान। पहाडको उच्च टाकुरामा बसेर मरचुंगाको धुन अलाप्ने हिमवालाहरु। गुरासका राता ढकमक्क फुलेका फुलहरु। बेशीमा पहेलपुर पाकेका ऐशेलु। कालै पाकेका चुत्रा। रातै पाकेका काफलहरु। रापीलो घाम पहाडको चुचुरोमा बेरिएका सेता बादलका भुवाहरु। त्यसमाथी तरेली पर्दै बसेको गाउबस्ती अनि चौतारीमा राँकुली र बरपिपलका युगल जोडीहरु। कलकल गर्दै बगेका खोला नाला। मन्दिरमा बजेका समधुर घन्टीका धुनहरु। मौलिकता दर्शाउने मादल मुरलीको रसीला रागहरु। अनि त्यहि परिवेशमा हुर्किएको यो ज्यान आज पनि ती सुनौला दिनहरु सम्मुेर धेरै पटक रोएको छु ढुगेंधारा भएर। पि्रय मेरो यी आशु पुच्छनलाइ आउ…!
पृथवीका हरेक चल अचल बस्तुमा पनि आफनै स्पन्दन हुन्छ। यही स्पन्दन पृथीवीको पनि छ अनि अन्य ग्रहहरुमा पनि। ममा जे छ त्यही ब्रमान्डमा पनि छ। स्पन्दन नभएको पदार्थमा गति हुदैन। जसरी घडीको स्पन्दनले समय निकाल्छ त्यसैगरी पि्रय त्यहि समयबाट मलाइ निकालेर परिमार्जन गरीदेउ। जसरी भगबान रामले कर्तब्यालाइ कृष्णले कर्मलाइ बुद्धले मनलाइ क्राइष्टले आत्मालाइ सुकरातले न्यायपुर्ण बिबेकलाइ रावणले शक्तीलाइ गान्धीले सान्तीलाइ नेलसन मन्डेलाले स्वाभीमानलाइ र रजनीसले सभ्भोगलाइ महत्व दिए त्यसैगरी मैले तिमीलाइ महत्व दिएको छु।
म भएर नै संसार भएको हो तसर्थ म भएर तिमी हुने छौ। म तिमी भएर एकपटक यस मात्रिभुमीमा उदाउनु परेको छ। तिमी गोपाल प्रसाद रिमालको गीत भएर आउ। तिमी महाकबी देबकोटाका मुना-मदन भएर आउ। कबिबर माधब घिमिरेको गौरी भएर आउ। तिमी पारीजातको शिशिरको फुल भएर आउ। पानी आगो बन्न सक्छ भन्ने बिस्वासले बिजुलीको आबिस्कार भए मुै तिमी मेरो नितान्त साहारा र आस्था बन्न सक्छौ भन्ने बिस्वासले तिमी प्रति उत्सर्ग प्रेमको प्रस्ताव राखीरहेको छु।
कस्लाइ पोखुँ मर्म यहाँ कोही मार्मिक छैन।
कस्लाइ भनु पापी यहाँ कोही धार्मिक छैन॥
मलाइ मेरो भबिस्यको बारेमा चिन्ता छैन तर अरुको बारेमा सारै चिन्ता लाग्छ। पि्रय मेरो यो कमजोरीलाइ मेटाउन आइदेउ। आखिर अरुको भबिस्य बनाएर मैले के पाए…उही दुख॥उही चिन्ता…। जस्लाइ मैले भलो गरे उस्ले नै भलो सोच्दैन भने अरु कस्को आश गरु म॥! तस्रथ मलाइ अरुको आश र भरमा बाँच्नु पर्ने नभएर अरुलाइ बचाउन सक्ने बनाउन आउ। ठिकै छ जसरी रुखले छाया दिन्छ त्यसैगरी मैले मेरो बुद्धि दिएर भलो गरें। मलाइ यतिमात्र मनमा सान्ती छ कि कमसे कम मैले आफनो देशको नागरिकलाइ सक्क्षम बनाएँ। मैले नेताहरु जस्तो लुटेन। बिद्रोही जस्तो अस्मीता र बाँच्ने अधिकार सम्म खोसिन। मैले देखाएकोबाटोमा हिनेर कम्सेकम आफनो परिवारलाइ त डोरयाएको छ। कमसे कम दुइ पैसा कमाएर भएपनी आफनो परिवारको भोक मेटाएको छ। एक सरो लुगा हाली दिएको छ र नयाँ संसारको अनुभुती गरेको छ। बस मेरो मनमा कहिल्यै हिनता बोध नआवस। मैले कहिल्यै हरेस खान नपरोस। बरु मैले यो गित सुनाउनु परोस।
हरेस मैले खाइन आफनो जीवन सित।
मनले हारे हार हुन्छ मनले जीते जीत……!
क्रमश:…………………………
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 9, 2008
बलवान समय र म
पुरुशोत्तम सुबेदी
-बेल्जियम
समयले मलाई सवक सिकायको छ । गद्धी बाट पनि किनरा लगाइ दियको छ ।
समयले मलाई इमान्दार बनाउन खोजेको छ । नयाँ पिंढी को आगमन भयको छ ।
शान्तिले मलाई निम्तो गरेको छ । बन्दुक बिसायर आफ्नै घर फर्कायको छ ।
समयले मलाई सांचो बोल्न सिकायको छ ।जनताको घर दैलो गर्न बाध्य बनायको छ ।
समयले मलाई थप्पड दियको छ । चुनाव बाट नराम्ररी किनारा लागाइ दियको छ ।
समयले मलाई नयाँ ज्ञान दिलायको छ । लुटियकै कालो संपती लुटायको छ ।
समयले मलाई साध्य सिकायको छ । समाजबाद नै रास्ट्र को शान्ती हो भनेर ।
समयले मलाई अरास्ट्रबादी घोसित गरेको छ । सधैं अरुको बुइ चढ्ने गरेर ।
समयले मलाई जांगर दिन खोजेको छ । पहाड फोरी तराइ सरह गरा भनेर ।
समयले मलाई बताइ दियको छ । बेरोजगार नै नेपालको असान्ती र अस्थिरता हो भनेर ।
---------------------------------------------------------------
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
तिम्रो वैश
ड्राम्स्टाड जर्मनी
तिम्रो वैश सँग सँगै मधुशाला रित्तिएछ
असली ति सोमरश पानी सरी भइसकेछ
वैश लाई कस्ले पो त रोक्न सक्छ जिन्दगीमा
पानी रक्सि, रक्सि पानी बराबर भइसकेछ
अब तिम्रो जवानीमा मात छैन हेर कतै
नयाँ नयाँ फूलहरु पाखा भरी फूलिसकेछ
झरीको बुलबुल फोका तिम्रो बैश भइसकेछ
तिम्रो अदा बदल है मधुशाला पुरानो भइसकेछ
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 7, 2008
म रित्तो बोट्टल
थामे होला कती हातहरुले रक्सि हाल्दा मेहफीलमा
म हेरिरहेछु पहिलो चोटि पिउनेलाई यो भट्टिमा
उस्को प्यासी आँखा तर चोटको निशानी छ हेराइमा
समात्दै छ कमाउदै हात मुटु जलेको निभाउन
मायालु डोली उठदा आफुलाई जिउदो लाश बनाउन
म हेरिरहेछु बिर्को खोल्दा गिलासमा पोखीइ नजरमा
चिट चिट पसिना पसिना हारको रेखा निधारमा
- अशोक "खलानको मान्छे"
ड्राम्स्टाड जर्मनी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
ढिलो भयपनी उनी एक दिन आउंछन

पुरुशोत्तम सुबेदी
-बेल्जियम
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 6, 2008
हप्ता हंगामा - नाग कन्या कि बिष कन्या
अबिबाहित भियतानामी आमा र भारतीय सुचिकारका छोराको रुपमा जन्मिएका शोभराजले आफ्नै सौतेनी दिदीको फर्जी चेक प्रयोग गरेर आफ्नो अपराधको यात्रा तय गरेका थिए।प्रथम पटक भने उनि चोरीको अभियोगमा १९६३ मा समातीएका थिए जुन उनको आचरणका कारण चाडै नै जेलमुक्त भएका थिए। चोरी र ठगी गर्दै पैसा समेटेर फ्रान्सका धनाढ्य समाजमा आफ्नो सम्बन्ध बढाउदै थिए। यसै बिच पर्सियन धनाढ्य प्रेमीसंग भेट्न चोरीको गाडी प्रयोग गर्दा उनी फ्रान्सेली पुलiसबाट पुन समातीए। जेलबाट मुक्त भए पछि उनै प्रेमीसंग बिहे गरेर अपराधको सहज बाताबरण खोज्दै उनि भारत हानिए। त्यस पछि फैलियो उनको कुख्यात अपराधिक श्रिंखला। सौखीन जिबनयापन र जुवाको नशालाइ निरन्तरता दिन उनि जता जता पुग्थे उता उता आफ्नो अपराधको जालो फिजाइहाल्थे।
उनका अपराधका कारण चर्चित बनेका शोभराज एक प्रकारका सेलीब्रिटी नै हुन। एउटा अन्तरबार्ता छपाउन उनी हजारौं डलर माग्ने गर्छन। आफ्नो जिबनी र डकुमेन्ट्री बेचेर पैसा जम्मा गर्ने शोभराज कै बारेमा बलिउडमा सन्जय दत्तबाट अभिनित चलचित्र बन्दैछ। केही बर्ष पहिला बलिउडमै ज्याक सर्राफबाट चार्लस शोभराजकै बारेमा चलचित्र बन्ने घोषना भए पनि अहिले सम्म उक्त चलचित्र देखापरेको छैन।
बिशेषगरी पूर्वी एशीयामा बिचरण गर्ने चार्लस शोभराजलाइ करिब ३५वटा हत्याको अभियोग लागेको छ। हत्या गरिएका मध्य अधीकांश महिला भए पनि महिला उनको प्रेममा फस्न छोडेका छैनन। भारतको जेलमा बस्दा सुनिता नाम गरेकी उनकी वकिल उनकै प्रेमीका बनेकी थिइन। सुन्दर मुहार र बोल्ने कलाका धनी शोभराज धनाढ्य ब्यपारीको रुप धारण गर्दै प्राय एक्लो महिलालाइ आकर्षीत गरेर उसका पैसा, गहना, पासपोर्ट तथा अन्य कागजात लुट्दै हत्या गर्ने गर्दछन। यस्तै कैयौं हत्यालाइ उनकै प्रेमीकाले सहगाउने गर्छन।
पाच पटक सम्म जेलबाट फुस्कन सफल शोभराज बहिरमात्र होइन कि जेल भित्र पनि
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 4, 2008
यन डि यफ बेल्जियम को पिक्निक कार्यक्रम भब्यताका साथ संपन्न



Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 1, 2008
The Freedom we never lost

We can not limit our warrior’s contribution in just a paragraph but this is just a patriotic thought in the eve of American’s Independence Day.
=> I got an email at the work how their freedom fighter met the fate for fighting for their country.
Only two people signed the Declaration of Independence on July 4th, John Hancock and Charles Thomson. Most of the rest signed on August 2, but the last signature wasn't added until 5 years later.
Have you ever wondered what happened to the 56 men who signed the Declaration of Independence?
Five signers were captured by the British as traitors, and tortured before they died.
Twelve had their homes ransacked and burned. Two lost their sons serving in the Revolutionary Army; another had two sons captured.
Nine of the 56 fought and died from wounds or hardships of the Revolutionary War.
They signed and they pledged their lives, their fortunes, and their sacred honor.
What kind of men were they?
Twenty-four were lawyers and jurists. Eleven were merchants, nine were farmers and large plantation owners; men of means, well educated. But they signed the of Independence knowing full well that the penalty would be death if they were captured.
Carter Braxton of Virginia, a wealthy planter and trader, saw his ships swept from the seas by the British Navy. He sold his home and properties to pay his debts, and died in rags.
Thomas McKeam was so hounded by the British that he was forced to move his family almost constantly. He served in the Congress without pay, and his family was kept in hiding. His possessions were taken from him, and poverty was his reward.
Vandals or soldiers looted the properties of Dillery, Hall, Clymer, Walalton, Guinett, Heyward,
Ruttledge, and Middleton.
At the battle of Yorktown, Thomas Nelson Jr, noted that the British General Cornwallis had taken over the Nelson home for his headquarters. He quietly urged General George Washington to open fire. The home was destroyed, and Nelson died bankrupt. Francis Lewis had his home and properties destroyed. The enemy jailed his wife, and she died within a few months.
John Hart was driven from his wife's bedside as she was dying. Their 13 children fled for their lives. His fields and his gristmill were laid to waste.
For more than a year he lived in forests and caves, returning home to find his wife dead and his
children vanished. A few weeks later he died from exhaustion and a broken heart. Norris and Livingston suffered similar fates.
Such were the stories and sacrifices of the American Revolution. These were not wild-eyed, rabble-rousing ruffians. They were soft-spoken men
of means and education. They had security, but they valued liberty more. Standing tall, straight, and unwavering, they pledged: "For the support of this declaration, with firm reliance on the protection of the divine providence, we mutually pledge to each other, our lives, our fortunes, and our sacred honor."
They gave you and me a free and independent America.
The history books never told you a lot about what happened in the Revolutionary War. We didn't fight just the British.
We were British subjects at that time and we fought our own government! Some of us take these liberties so much for
granted, but we shouldn't. So, take a few minutes while enjoying your 4th of July holiday and silently thank these patriots. It's not much to ask for the price they paid.
Remember freedom is never free!
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
अध्यारो बिहानी
बिहानी तारा अस्ताइ गयो उज्यालो पनि देख्नै नपाइ।
शहिद्को सप्ना ओझेल परे नया इतिहास् लेख्नै नपाइ॥
लोकतन्त्रको जग् हाल्दै आधीले सबै भत्काइ दियो।
निरंकुस अध्यारोमा जाकेर सधैंलाइ नै थच्काइ दियो॥
अन्गिन्ती आशाका फुलहरु फर्कनै नपाइ मुर्न थाले॥
शान्तीको स्वास फेर्नै नपाइ फेरी पनि जन्ता मर्न थाले॥
हक हित अधिकार खोस्यो स्वतन्त्रता कुनै भोग्नै नपाइ।
शहिद्को सप्ना ओझेल परे नया इतिहास् लेख्नै नपाइ॥
सतीको श्र्राप परेर होकी कहिलै माथी उठ्न सकेन।
निहित् स्वार्थको परिधि नाघी आफै भित्र जुट्न सकेन॥
उज्यालोको कठोर् प्रतिक्षामा जिन्दगी अब थाकी सक्यो।
सर्वभौमको बिहानीलाइ कालो बादलले ढाकी सक्यो॥
खिचातानी मै अल्झिय नेता अराजकत्ता छेक्नै नपाइ।
शहिद्को सप्ना ओझेल परयॊ नयाँ इतिहास् लेख्नै नपाइ॥
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest