March 12, 2011

जापानको सूनामी-ईतीहांसकै भयानक


टोक्योबाट ४०० किमी ८.९ स्केलको भूंइचालो गयो,जस्ले गर्दा जापानका समूद्री इलाकामा १० मिटर सम्माका अग्ला छाल उतपन्न गरायो। त्यसरी उतपन्न भएका छाल र पटक पटक आएका आफ्टर सक भुइचालोले जनजिबन नै प्रभावित पारेको छ। कतिपयले ज्यान नै गुमाउनु पर्यो भने केही घाइते भए त कोही हराइरहेका छन। धनजनको ठूलै क्षती भएको छ। गाडी,डुवां र घरहरु मात्र होइन एयरपोर्टमा रोकीराखेका हवाइजहाज पनि बगेका छन।

यो भूईंचालो १९०० पछीको ५औं ठुलो हो भने अघिल्लो महिना न्युजल्याण्डमा गएको भन्दा ८००० गुना शक्तीसाली थियो। कैयौं रेल हराइरहेका छन त कतै आगलागी भइरहेको छ। म्यागी भन्ने एउटा सहरको एक तिहाई पानी भित्र डुबेको छ। केही बांध भत्केका छन तथा एउटा न्युक्लियर पावर प्लान्टमा ठुलै क्षती भएको छ। कती क्षती भयो यकीन हुन अझै बांकी छ।

यस्ले जापानमा ठूलै संकट निम्ताएको छ। आशा गरौं जापानले अहिलेको प्रक्रिती बिपतीबाट छिटै मूक्ती पाओस। साथै जापानमा रहेका नेपालीहरु पनि सकुशल रहुन। फेसबुक,टुइटर,ब्लग आदी सामाजीक संजाल या फोनबाट आफन्तको सम्पर्कमा रहनूहोला।


3 Comments:

Luna said...

भगवानले साहस दिउन ति बिपत्तिमा परेकालाई .
( बैज्ञानिकहरुले अनुसंधन गरिरहे अनुसार भूकम्पीय जोखिमका दृस्टीले काठमाण्डौ
नम्बर १ शहरमा पर्छ ! अन्नाधुन्न घर - भबन आदि निर्माण हुनमा नेपालको
सरकारले रोक लगाउन सक्या छैन सबल सरकार बन्न नसक्नुको कारण पनि .
कामना गरौ सबल - सछ्यम सरकार बनोस ! निकट भबिस्य मै हुने प्रलयकारी
बिपत्तिलाइ ध्यानमा राखेर अग्रिम योजना बनाउन सकोस !
सबल सरकार बाहेक कसैको भर छैन -- दुरदृस्टीकोणका साथ् सोच्न थोरै बाहेक
धेरैलाइ आर्थिक स्थितिले पनि साथ् नदिएको हो )

कृष्ण पौडेल (Krishna Paudel) said...

यो शक्तिको भूकम्प काठमाण्डौमा आउने हो भने त कुनै सिंगो संरचना बाँकि रहने छैन । त्यो बाहेका काठमाण्डुमा सम्भावित् त्रासदिको स्थितिमा उद्दारका उपायहरू पनि शुन्य छन् । बिनाश र मृत्यूको कुनै विकल्प भेटिने छैन । कति भयानक होला यो स्थिति ? सोच्दा पनि कहाली लाग्छ , भुकम्परूपी टाइमबममाथि मस्त निदाइरहेको हाम्रो राजधानी देख्दा ।

संसारकै सबैभन्दा परिश्रमी ,अनुशासित र समुन्नत जापानीहरूका लागि भूकम्प र सुनामी नौला नभए पनि , यत्रो बिभीषिकापूर्ण त्रासदिका अगाडि मानव निरिह नै रहन्छ । मान्नु पर्छ , यत्रो भूकम्पले तर्साउन र भत्काउन नसकेको जापानीहरूलाई , प्रकृतिले पनि सुनामीको छल र छालले पिठ्यूँमा प्रहार गरेर अन्याय गरेको छ । त्यसमाथि पनि आणविक विष्फोट र विकिरण फैलावको खतरा मडारिइरहेको छ ।

तर जापानीहरूलाई थाहा छ, उनीहरू प्रकृतिको यही ईर्ष्या बिरूद्ध लडेर संसार कै लागि नमूना बनेका हुन् । I salute the great Japanese spirit amid this natural calamity and adversity of the worst kind . Long live the indomitable spirit of the Japanese People ! हार्दिक समवेदना , सहानुभूति !

Bed Nath Pulami said...

निकै भयानक दुर्घटना हो यो ! मैले त यस्तो मुभिहरुमा मात्र देखेको थिए ! यस्तो विपति कहिले कहि पनि नदोहोरियोस भन्ने कामना गर्दछु !
---------- तर माइ संसारमा यस्तो पढ्दा -जापानीहरुको इमान्दारिता र मानवीय सद्भाव प्रति सलाम भन्न मन लाग्यो !
मान्छेहरुले Elevator र Escalator छाडेर सिढी चढिरहेका छन्। तोहोकुको महाविनाश सँगसँगै टोक्योबासीले खानेपानी, चाउचाउ, चामल, पाउरोटी लगायतका वस्तुहरु “स्टक” गरे पनि मिडियाले टोक्योमा आत्तिनु पर्दैन भने लगतै विस्तारै सामान पाउन थालिएको छ। तीन दिनको प्रयासपछि आज बल्ल मैले ५ किलो चामल र एक पोका दुध किने। तर नेपालमा जस्तो यहाँ न त वस्तुको मूल्य नै बढेको छ, न त कालो बजारी नै। बरु सेन्दाई र इवातेतिरको गाउँमा पेट्रोल बिक्रेताहरु भएका केही पेट्रोल र मट्टीतेल पीडितहरुलाई निःशुल्क वितरण गर्दैछन्।
http://www.mysansar.com/archives/2011/03/id/17775

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !