December 19, 2010

नआऊ सामू यो रात पनि……….

शिव प्रकाश

नआऊ सामू यो रात पनि, पिएर बिताउँछु
पारेर छिया छोडेको मुटु, सिएर बिताउँछु ॥

बेहोसी हुन्छु म तिम्रा सामू, नजरका नशाले
थपिन सक्छ नशामा नशा, लिएर बिताउँछु ॥

उर्लेर आई  ती भेललाई, बगायौ कति  रात
धार हौ तिमी किनार भै म, खिएर बिताउँछु ॥

मान्छेको मन लोभी र पापी, हेर्छु म आफैलाई !
बिर्सन  सबै  ढुंगाको रुप, जिएर  बिताउँछु ॥

पिएर सधैं मातेर बस्छु, ती मात मेट्नलाई
जलेर  आफू प्रकाश केही, दिएर विताउँछु ॥

http://www.nepalimanharu.com/
डिसेम्बर १९, २०१० ।


4 Comments:

Luna said...

शिब प्रकास जी !
तपाइको मिठो गजलको भाब मार्मिक छ ।
फेरी ' मिठो ' पो भनि भन्ने सोच्नु होला नि अस्तिनै को झैँ !
यहा मिठो भनेर मिठाई जस्तो मिठो भन्न खोज्या होइन कत्ति पनि , गजलको भाब - लयात्मक शैलीका शब्दहरु मिठो भनेकी हु ।
तर छ नि एउटा कुरा चै भन्न मन लाग्यो है , प्रेमको पिडामा परेकाहरु त्यै प्रेमको डोरीले पासो लगाएर किन यति बिघ्न अपहत्ते देखाउछान हँ ?!
कि बहाना हो नशा स्वादको ?
आफूले रक्सीलाई कहिल्यै खाइदैन ! रक्सि ( नशा ) ले पो आफूलाई खान्छ त !
यस्तो आफूलाई नामर्द बनाउने चिज लाइ बानीको रुपमा लिनु हुदैन , यस्सो भोज सोज बेला रमाइलोको लागि हो भने छुट्टै कुरा ।
गजलले मन छोएर यो कुरा भने है , फेरी अन्य नसोचीदिनु होला .

dipak said...

Timi mero samu na au ma matiyeko bela. Jhan dukha pareko bela ma ta audai naaune. Absolutely right.

Shiva Prakash said...

लुनाजी,
कहिल्यै अन्य सोच्दिन, न्य नै सोचेको छु । यहाँको मीठोलाई मैले पनि मीठो मानेको छु । धन्यवाद अनि दिपकजीलाई पनि ।

Nepalean said...

अहा कती राम्रो। "धार हौ तिमी किनार भै म, खिएर बिताउँछु" । ल शिबजी त मायामा सारै आदर्शबादी हुनुहुंदो रहेछ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !