October 28, 2010

शुभ चिन्तक पाठक को आँखामा कर्णाली ब्लुज

सेप्तेम्बर १८- १९ तिर म काठमान्डौ मै थिए । २० तारिख मा मलाई बेल्जियम फर्किनु थियो । यता फर्किनु अघी २-४ बटा राम्रा नेपाली किताबहरु सँगै लिएर फर्किन्छु भन्ने सोचमा थिए । अलिअली किताब पढ्ने बानि Satelite’s blog हेर्दा हेर्दाइ - हेर्दै हुन थालेको थियो । स्याटेलाइट जिले किताब पढि सक्नु भए पछीयस्तरी बर्णन गर्नु हुन्छ कि त्यो किताब पढू पढू भैहाल्छा। नेपाल हिड्नु अघि मैले satelite ji संग पढ्नै पर्ने राम्रा किताब हरु को नाम लेखिदिनुस न २-४ बटा भनेर अनुरोध गरेकी थिए। ति किताब हरुको लिस्ट मा ' कर्णाली ब्लुज ' पनि थियो। १०-१२ दिनको काठमाण्डौ बसाइमा भोटाहिटी सम्म पुग्ने फुर्सद मिलाउन सकिरहेकी थिइन , भोटाहिटी नपुगे पनि आफू हिड्दा देखिने अन्य ठाउँ गोंगबु , सामाखुसी ,सोर्ह खुट्टे , बसन्तपूर नजिकका पुस्तक पसलहरुमा ' कर्णाली ब्लुज ' सोधिरहेकी थिए तर कहिँ पनि भेट्न सकिन। कान्तिपथ को बुक सेन्टर , बागबजार या भोटाहिटी नै पुग्नु पर्ने थियो मलाइ कर्णाली ब्लुज को लागि । आइतबार यता आइपुग्नु पर्ने भएकोले शुक्रबार
  भोटाहिटी पुगे। त्यहा साझा पुस्तकभण्डार बन्द थियो तर त्यहिँ अगाडिको अर्को पुस्तक पसल खुल्ला थियो। त्यहाबाट केहि किताबहरु लिए जस्मा ' कर्णाली ब्लुज ' पनि थियो जसको म तिब्र प्रतिक्षामा थिए। काठमाण्डौ एअरपोर्टबाट पढ्न शुरु गरेको कर्णाली ब्लुज दोहा - मेलान - ब्रसेल एअरपोर्ट आइपुग्दा सम्मा सिद्दी नै लागेको थियो। मात्र भाग १० बाकि थियो। यी बिचको यात्रामा मेरो शरीर एअरपोर्टहरु मा भए पनि मन चै कर्णाली ब्लुज का अक्षरहरुसंगै दुर्गम क्षेत्र कर्णाली कै सेरोफेरोमा हराई रहेको थियो। पाठकलाई आफ्ना शब्दहरु संगै आफूले लेखेको किताबको संसारमा भुलाउन सक्ने यी उदयीमान तारा बुद्दी सागर जीलाइ अझै उज्यालो बन्दै जाउन शुभ चिन्तक पाठकको नाताले शूभ कामना दिनु अघि बेस्मारी कान निमोठ्न चाहन्छु तर मेरो हातले होइन केही आलोचनात्मक शब्द हरु मार्फत ।

केही अश्लिल्ल मु ------ मा --- जस्ता शब्द हरु लाई बहा जस्तो अत्यन्तै बुझ्झकी लेखकले बडो आरामका साथ लाज नमानीकन लेख्नु भएको देख्दा तीन छक्क परे !!!

शब्द मार्फत आफूले देखेको भोगेको सुनेको समाजलाई जस्ताको तस्तै प्रस्तुत गर्ने क्रममा यसरी लेखिएको तर्क उठ्न सकेता पनि यस्ता अश्लिल्ल शब्दहरुलाई साहित्यमा स्थान दिनु हुँदैन थ्यो ! नराम्रो कुराको देखासिकी असाध्यै छिटो गर्छन् युबापिढिले । बुद्दी सागर युबा लेखक हुन । उनी अहिलेका युबा पूस्ता को प्रेणणा हुँदै छन । उनको लेखात्मक शैलीलाइ रुचाउने प्रशस्त फ्यानहरु छन । उनी जस्ता लेखकले साहित्यमा यस्ता अश्लिल्ल शब्द हरु लाई जस्ताको तस्तै थपक्क राखिदिदा यस्ता शब्दहरु पच्ने बानी पर्न सक्छ जुन सभ्य समाजको निम्ती सुहाउने कुरा हुने छैन । नसुहाउने असभ्य लेख लेख्न असल लेखकलाई सुहाउदैन । अब देखी फेरी यस्तो शब्द हरु लेख्ने कि नलेख्ने बुद्दी सागर जि? मिठो हलुबा दिने बालुबा मिसाएर ! यो त भएन नि !!

जे हुनु भयो , अब फेरी त्य्स्तो भूल नगर्नु नै बुद्दिमानी हुन्छ बुद्दी सागर जि को लागि । बिग्रिएको लाई सुधार्न सकिन्छ ।अब पून: प्रकाशन हुने दोस्रो संस्करणमा यस्ता अश्लिल शब्दहरुको सट्टा उस्तै आसयका पर्यायवाची शब्दहरु उल्लेख गरेर प्रकाशित गर्नु तपाईं जस्तो जिम्मेबार लेखकको नैतीक कर्तब्य भित्र पर्छ । आशा छ निराश पार्नु हुने छैन अब प्रकाशित हुने र आउँदा किताबहरु मा ।

शुभ चिन्तक पाठक लाई जती कान निमोठ्ने अधिकार हुन्छ उती नै सल्लाह सुझाब दिने अधिकार पनि हुन्छ ।
बुद्दी सागर जि ! ' कर्णाली ब्लुज ' पढ्ने क्रममा म धेरै पटक कर्णालीका मान्छेहरुले बोल्ने भाषा नबुझेर अलमल्ल परे । तपाईंका धेरै पाठकहरु यसरी नै अलमल्ल पर्नु भएको हुनुपर्छ । तसर्थ अब फेरी निस्किने दोस्रो सस्करणमा उपन्यास को अन्तिम या शुरु को पेज तिर उक्त भाषाहरु को शब्द को अर्थ राखिदिनु भए सुनमा सुगन्ध हुने थियो ।
अर्को कुरा , फाइन प्रिन्ट को लागि पुस्तक कभर छप्न दिल्ली पुग्नु परेको कुराले चै " असली सुनलाई कसी लगाउनु पर्दैन " भन्ने उखान मुर्छा परिपरि हाँस्दा हाँस्दै धुरु धुरु रोइरहेको आभास भो ------
यि एक - दुई तिक्तताका बाबजूद इमान्दार पूर्वक भन्नु पर्दा ' कर्णाली ब्लुज ' पढिसकेपछी प्रसंशा गर्न मन लाग्छ , सत्य भन्छु म फुर्सद पाए भने ' कर्णाली ब्लुज ' फेरी पनि दोहोर्याएर पढ्न मन छ मलाई , यस् हद सम्म बाध्न सफल भयो ' कर्णाली ब्लुज ' ले मलाई !तपाईं युबा पिढी को उदाउदो चम्किलो तारा बन्दै हुनुहुन्छ , हाम्रा युबा पिढिलाई उज्यालो मार्गमा डोर्याउनुहोस् तपाईंको लेखहरु मार्फत , उत्तरोत्तर प्रगतिको शुभकामना हिर्दय देखी नै ।

शुभ चिन्तक पाठक
- लुना

3 Comments:

लेकाली said...

लुनाजीले कर्णाली ब्लुज पनि सकी भ्याउनु भएछ । बेल्जियममा नै बसाइ र तपाईंको लेखाइको कारण धेरै पहिले देखी भेटौं भेटौं लाग्या हो तर भेट्नु कसरी? वास्तविक नामै पनि भएन । शायद कही कतै नेपाली जमघट हुने ठाउँमा पक्कै क्रस भैयो होला । होइन लुनाजी बेल्जियममा भेट्ने मेसो मिल्थ्यो कि है ? तपाईंको साहित्यिक रुचीको केही त खोजी गर्ने शौख थियो ।

Anonymous said...

time mile ek patak padnu parla jasto chha. nikai populr po chha ta yo book.

पीजी said...

नेपाली साहित्यमा पहिले अश्लिल भनेर प्रयोग नगरिने शब्दहरु अचेल चलनमा आउन थालेछन जस्तो मलाई पनि कर्णाली ब्लुजको केहि नमुना कपी नागरिक न्युज मार्फत हेर्दा लागेको थियो । त्यस अघि "मु.." शब्द प्रयोग गरेका साहित्यहरु पढेको थिइन । त्यो परिचित शब्द मेरो लागि वा धेरैको लागि खासै अनौठो होइन तर पनि छापिने साहित्यमा त्यस्ता शब्दहरु त्यति नदेखिने हुनाले साहित्यमा त्यस्ता शब्द आउंदा साहित्यले पनि एउटा "छलाङ" मारेको हो कि जस्तो भान पर्थ्यो । हामी कहां अझै पनि महिलाहरु अगाडि यस्ता शब्दहरु नबोलिने भए पनि लेखकले त्यस पुस्तकमा प्रयोग गरेका ती शब्दहरु जबर्जस्ती घुसाएको भन्दा पनि गांउ घरतिर एकदम सामान्य रुपमा बोिने शब्द हुन ।

मैले त्यस बारेमा केही बेर घोरिएर सोचे पनि तर मैले निर्णय लिएं भन्न लाज नलाग्ने त्यस्ता शब्द पढ्न लाज लागेको ढ्वांग रच्नु त्यस्ता शब्द प्रयोग गर्ने धेरै जना (मुख्यतय पुरुष) हरुलाई बनावटी ढोंग हो भन्ने निष्कर्ष निकाल्दै मैले आंफुलाई त्यो शब्द प्रयोगको लागि आलोचना गर्न लायक ठानिन ।

अंग्रेजीमा "एस् होल" "फ.." भन्ने शब्दहरु सामान्य रुपमा पढ्न र सुन्न पाइन्छ । इटालियन र स्पेनिशमा पनि अश्लिल शब्दहरु बोलिचालीमा मनग्य प्रयोग हुन्छन तर भारतीय र नेपाली संस्कृतिमा अझै पनि त्यस्ता शब्दहरु अश्लिल मानिन्छन । म पहिलो पटक "मनसुन वेडिङ" भन्ने फिल्ममा "बहन.." भन्ने हिन्दी अश्लिल शब्द सुन्दा अचम्म परेको थिएं । बेण्डिटट क्विन देखि "पिपली लाईभ" सम्मका त्यस्ता शब्दहरु अहिले सामान्य मात्र नभएर पात्रको परिवेश र स्तर झल्काउने "ज्यान" भइसकेका छन । नेपालमा जति थाल ठटाए पनि प्रत्येक कुरामा भारतीय प्रभाव परेकै हुन्छ शायद लेखकलाई पनि त्यही अनुसार "आधुनिक शब्द-विद्रोह" गर्ने रहर जागेको हुन सक्छ । तर मनमा प्रश्न उठ्छ, एउटा बाउले यो पुस्तक आफ्नो छोरालाई उपहार देला कि नदेला? यदि दियो भने मेरा नजरमा यो पुस्तकको प्रयोग सफल नै हुनेछ । यो नया प्रयोगको जस अपजस पक्कै पनि लेखकले लिने नै छन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !