October 22, 2010

लौ हासौँ !

अघील्लो हप्तासम्म दौँतरीमा पनि दसैँ लागेकोले शुभकामना र दसैँ सम्बन्धि लेखहरु बढी टाँसीए। सधैँ गम्भिर विषय वा विन्तन मनन हैन, कहिलेकाहीँ ठट्टा पनि गर्दै रहनु पर्छ भनेर सुरु देखि नै थालिएको यो 'टि टाइम' फेरि केहि हप्तासम्म ओझेलमा परेछ । अत: आज फेरि केही नेपाली तथा अंग्रेजीका चुटकिलाहरु लिएर आएका छौँ । ल त अफिस, कलेज, घर जहाँ-जहाँ हुनुहुन्छ एकछीन सबै भुलेर हाँस्ने काममा लागौँ :


एकजना गाउँको विद्यार्थीले सहर पस्ने बित्तिकै एउटी सहरकी केटी साथी बनाएछ । एकदिन एउटा रेष्टुरेन्टमा रहेको बेला ती युवती आफ्नो मोबाइल सेट टेबुलमै छाडेर ‘रेस्ट रुम’ मा छिरीछन् । केटा मान्छेलाई ती युबतीले आफ्नो नाम मोबाइलमा ‘डार्लिङ’, ‘माइ लव’ वा अरु नै के लेखेकी होलीन भनेर जान्न खसखस लागेछ।

उसले आफ्नो मोबाइलबाट हत्तपत्त तीनको नम्बर डायल गरेर केटी साथीको फोनमा हेर्न थालेछ । एकैछिनमा तीनको मोबाइलमा घण्टी बजेछ र स्क्रिनमा नाम आएछ “नयाँ बोका” Calling…


A man walked into a bar and sat down next to a drunk man with a dog at his feet.

Man: Does your dog bite?

Drunk man: No!

A few minutes later, suddenly, the dog took a huge chunk out of the man's leg. Furiously, the man started shouting “…Man, you said your dog doesn't bite...!”

Drunk man: “Yes… but that's not my dog.”


जाडो सुरु हुन १ महिना जत्ति मात्रै बाँकी रहँदा एकजना रेड इन्डिएन लाई यसपालाको जाडोमा तापक्रम कत्तिसम्म पुग्ला भन्ने जान्ने इच्छा भएछ र उसले मौसम विभागमा फोन गरेछ:

रेड इन्डिएन: “यसपालाको जनवरी महिनमा कत्ती जाडो होला ?”

मौसम विभाग कर्मचारी: “हेर्नुस...यसपाला आदिवासी रेड इन्डिएनहरुले जाडोको लागि निक्कै काठ-दाउरा थुपारी रहेकाछन् भन्ने खवर आएको छ... । ...यो देख्दा लाग्छ यसपाला गएका सालहरुमा भन्दा बढ्ता जाडो हुन्छ !”


An error message on a computer read...

“Error No. 420: No keyboard found. Press F1 to continue...”s


आमा: “यो हप्ताभरी जो सबैभन्दा ज्यादा आज्ञाकारी हुन्छ उसलाई म एउटा पुरस्कार दिन्छु”

छोरा: “...ह्या ! यो त सिधै बुबाले पाइहाल्नु हुन्छ नि !”


And here is a smart line by a smoker to his girlfriend:

“If you don’t wanna see me smoking then you have other ways to keep my lips busy”



4 Comments:

Nepalean said...

ठरकी दादाले यो शुक्रबार रमाईलो सामाग्री पस्कनुभएकोमा धन्यबाद। शुक्रबार आउने टि-टाइमले हप्ताभरीकै थकाई मेटाउंछ।

त्यो जडेया मान्छेको कुकुरको जोक निकै रमाइलो लाग्यो। यस्तै अर्को कुकुरको जोक छ। आज गाउं खाने कथा नआएको ले यस्लाई जोक कथा नै बनाइदिनु है त।

एक जना हुलाकीलाई चिठी छोड्न जांदा कुकुरले टोकेछ। हुलाकी मरी मरी हांसेछ। कुकुरले जती टोक्छ हुलाकी
झन हास्दो रहेछ। किन होला?

Anonymous said...

A good one!

ठरकि दादा said...

नेपालियन सर, अचम्मको प्रश्न सोध्नु भयो त ! । कुकुरको दाँत फुक्लिएको थियो हो ?

Nepalean said...

Right Tharki dada. Kukur budo parecha. Tesaile kukur ko daat thiyena.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !