October 18, 2010

इराकको जोइन्ट बेस बलादमा दशैंको रन्को

लेखक बिजय कुमार श्रेष्ठ
इराक

हिन्दुहरुको महान चाड २०६७ सालको विजयादशमीको पावन अबसरमा इराकको जोइन्ट बेस बलादमा अबस्थित अल फुरात भिलेज क्याम्पमा भएको नेपालीहरुले अल फुरात भिलेज क्याम्पको प्रदशनी हालमा भव्यताका साथ महान चाड विजयादशमी मनाए । कार्येक्रमको ब्यबस्तापक सोहि क्यामका क्याम म्यनेजेर श्री राजेन्द्र अधिकारी जीले गर्नु भएको थियो । कार्येक्रममा बिशेष अथिति सोही क्याम्पको मालिका र केहि बिदेसी पाहुनाहरु थिए । कार्यक्रम संचालक श्री राजु बस्नेतले गर्नु भएको थियो र श्री बिजय श्रेष्ठबाट स्वागत मंताब्य दिदै दशैंको बारेमा केहि जानकारी गराउनु भएको थियो । अतिथि पाहुनाहरुबाट पनि कार्यक्रम मा खुसि ब्यक्त गर्दै केहि शब्दहरु बोल्नु भएको थियो। कार्यक्रममा विजयादशमीको केक काटेर प्रमुख अतिथि
अल फुरात भिलेजका मालिक महम्मद तलिफ्ले शुरु गर्नु भएको थियो ।बिदेशी भूमिमा बसेपनि आफ्नै परिवार संग बसेर दुख सुख साटेको अनुभब लिन पछि परेका थिएँन सिरमा पाल्पाली ढाकाको टोपी लगाएर टिका लगाउन हतारीएका थिए साथीहरु। टिका लगाउने कार्यक्रम लगभग २ घण्टा सम्म चल्न गएको थियो ।

कार्येक्रममा संगीत तर्फ श्री हरि खनालले विभिन्न भाषाको लयमा गीत बजाएर कार्यक्रमलाई सांगीतिकमय बनाई दिनु भएको थियो । विभिन्न देशको नाचले अथितिहरुको सत्कारलाई सुनमा सुगंध भरि दिएको महसुस भएको थियो । कार्येक्रममा बिशेष भूमिका निभाउने साथिहरु सोहि क्यामको हेड कुक श्री पवन जीबाट पाहुना सत्कारको भोजन बनाउनु भएको थियो। अन्ने सहयोगी साथीहरु कुमार,सुनिल, नवीब बिष्णु, अशोक लगाएतका साथीहरुको सहयोगबाट कार्यक्रम रोचक हुन गएको थियो।
कार्यक्रम बेलुकी ८ बजे सुरु भएर राति १२ बजे सम्म समापन गरिएको थियो।

3 Comments:

Sandip's Weblog said...

जानकारीले हैसित तुल्यायो ।

Love kumar shrestha said...

Happy dashain to all nepali. Those people who are working in JBB in IRAQ.

Nepalean said...

बिदेशमा बसेर पनि दशै यसरी रमाइलो गरी मनाउनुभएकोमा खुशी लाग्यो। ईराकको बलाद बेशका सबै नेपालीलाई बधाई।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !