June 19, 2010

मान्छे

संसार हो साथी मान्छेले ढुङो नि देउता बनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

उधारोमा नाम किनेर निर्लज दात ङिच्याउदै
सुझबुझ नभा स्वाँठ नै आँफैलाई ज्ञाता भनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

भरोसाको पासो थापेर मौकाको खोचे थाप्नेहरु
निचोरेर घाँटी निर्धाको जितको खुशी मनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

संस्कार सिक्न बिर्सें कि कुरिती भित्र रुमल्लिदै
उडे पनि उडोस् छारो त्यो आफ्नैले आङ कनाउछ्न
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

कठैबरा ! हाम्रो यो धरा किन भो दुर्घन्ध यतिखेरा
नहोस नि किन यहाँ त मान्छेकै बोली गनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

3 Comments:

Dinesh Chandra Panthy said...

उधारोमा नाम किनेर निर्लज दात ङिच्याउदै
सुझबुझ नभा स्वाँठ नै आँफैलाई ज्ञाता भनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

भरोसाको पासो थापेर मौकाको खोचे थाप्नेहरु
निचोरेर घाँटी निर्धाको जितको खुशी मनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

सार्‍है राम्रो लाग्यो कविता!!!!!

ठरकि दादा said...

आधुनिक मान्छेको चित्र दुरुस्तै उतार्नु भएछ । हो यस्तै नै छन अहिलेका मान्छे । सटिक कविता ।

Nepalean said...

वाकाजी धेरै समय पछि दौंतरीमा कोसेली लिएर उपस्थित हुनू भएकोमा धेरै धेरै धन्यबाद।

सायद आधुनिक मान्छे मात्रै यस्ता हुन कि मान्छे परापूर्वकाल देखी नै यस्तै रहिआएका थिए?
भन्छन नि मान्छे भित्र भगवान पनि हुन्छ राक्षस पनि हुन्छ, सायद माथी भनिएको मान्छेको राकक्षी प्रबिर्ती होला।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !