March 27, 2010

कति पो याद गरिबसिन्छ र ?

evenlope-blank-address

साहित्य रचना गर्दा आफ्नै अचम्मको आनीबानीदेखि जिल्ल परिन्छ कहिले त !  

परीक्षाकै मस्त धपेडीका बीचमा पनि जगमगाउँदा लाइनहरू आएर बिथोलिएको छु म पटक-पटक । तैपनि आफूप्रति कुनै गुनासो लाग्दैन । रमाइरहेकै हुन्छ मन परीक्षामा तयारी नपुग्दा पनि । हैरान मुटुको धड्कन मानौँ तिनै भर्खरै कोरलिएका लाइनहरूमा थामिएर बसेको हुन्छ । ;)

(यस्तो भोगाइ हामीमध्ये कतिपयको साझा हुँदो हो ।)

  यसपालि पनि त्यस्तै भयो । बिरामी परेँ । मुख नमीठो । मन भने उडेर कहाँ पुग्ने ! केही कुराको सकसक । शरीरले साथ नदिएको यस्तै बेलामा दही, अमिलो-पिरोको सम्झना आउने । आफ्नो सक्रियता कतै लिसोजालमा छटपटाएको पन्छी जस्तै अल्झिरहे जस्तो बेचैनी । ठीक मात्र भए त के-के मात्र गरिसक्थेँ अहिलेसम्म भन्ने जोस मनमा ठिङ्गिने । यता शरीरको ताल हेर्दा अनि त त्यो जोसको धरहरा गर्ल्यामगुर्लुम ढल्ने !

र पनि यसपालि बिरामी भइरहँदा अपूरो एउटा गजललाई पार लगाएँ । ताजा रूपमा यही ‘बिरामी-सौगात’ दौँतरीमा बाँडिहाल्न हतार लाग्यो ।

---------------------------------------------------------------

कुरा पुराना कति पो याद गरिबसिन्छ र
मेट्ने ठेगाना कति पो याद गरिबसिन्छ र ?

दिनेले महान् इतिहासको संज्ञा दिए पनि,
गुप्‍त खजाना कति पो याद गरिबसिन्छ र ?

उस्ताउस्तै मुखुण्डो लिएर आउने र जाने,
क्या-क्या जमाना कति पो याद गरिबसिन्छ र ?

उमेरमा त के-के गरियो कतिलाई रिझाउन,
नाना बहाना कति पो याद गरिबसिन्छ र ?

मुस्कानको पनि मिति पुग्दोरैछ, बग्दोरैछ,
ती मोतीदाना कति पो याद गरिबसिन्छ र ?



8 Comments:

Anjali... said...

रचनाले मस्तिष्कतर्फ आफ्नो लहर मोड्दा कहां पो बुझ्छ र त्यो रचनाको खानी थाम्ने शरीरको हाल? झट्ट आउंदा टप्प टिपिहाले त्यो लहरको संरक्षण भयो, नभए त्यसलाई फर्काउन हम्मे हम्मे पर्छ। अक्षररुपी मोतिका दाना बुनेर गजलरुपी माला तयार पार्नुभयो- सार्है राम्रो लाग्यो! यस्तै रचनाहरु भविष्यमा पनि पढ्न पाउं- हजुरलाई धेरै धेरै शुभकामना!

Anonymous said...

यसपाली पनि साह्रै राम्रो गजल लिएर आउनु भएछ धाईबा जी |

खै आफु नि गजल धेरै पढिन्छ धाईबाजी को
सँधै राम्रो लेख्नु हुन्छ कति पो याद (गरिबसिन्छ ) र

भन्नु पर्ला मैले चाहिँ |

@ अन्जली : नेपाली साहित्य राम्रो लाग्यो ;)

Sanchan said...

Dherai Ramro Lagyo Gajal.........

Yesta Gajal ka Shrasta harule Thau kati payeka holan ra nepalma?


http://www.newsofnepse.blogspot.com

Nepalean said...

धाइबा जी बिरामी भएरै पनि गजल सकाउनु भएकोमा धन्यबाद। कुरा धेरै भए याद त कसरी गर्ने सकिएला,तर बिरामीले कमजोर हुंदा जोडदार गजल लेखको भने पक्कै भुल्नसकिने खालको छैन।

मिलनजीको हो मा हो मिलाउंदै मैले पनि भने @ अन्जली : नेपाली साहित्य राम्रो लाग्यो ;)। गित गाउने अनुरोध खेरा गए पनि नेपाली साहित्यमा हात लगाउने अनुरोध खेर नजाला भन्दै एक-दुइ साहित्यो कोर्न अनुरोध गर्दछु।

साच्चै यो गजल पढे पछी त मलाइ पनि गजल कोरु कोरु पो लाग्यो। बाथरुम गजल सही,एउटा पक्कै कोर्ने छु।

ametya said...

रमाइला कुरा त त्यस्तै हुन् , तिता कुराहरु मनले नचाहदा पनि तिनीहरुको याद ताजा भएर आईदिन्छ ।

prelude said...

Nepali sahitya mai sahi, Dhaibaji ko prasamsa gareko-mero pani tippani garidinu bhayekoma dherai dherai dhanyabad Milan ji and Nepalean ji! baru aafaile gajal/geet lekhera gaaula ni kunai din, hunna? :P

Anonymous said...

you are always welcome anjali... wishes for everything u want to do... daitari ma heraula haami ni

@ nepalian : aba maile ni shameless kura garnu paryo... khoi ta dautari ma mero link ta dekhdina ni yaar... ;)aru sabai jaana chhan... and one more question... how u become a writer [;)] of dautari...

Neplaean said...

Milan ji shameless kura bhanera blogyia bhasa bolnu bhayo.
left side ko dautari ko linkma tapai ko name chhaina ra? tapai le follower ma sign in garnu bhayo? follower ma sign in hune sabai ko linke bhaye samma rakhdai ayeko chhu. tara 1-2 mahina bhayo ali update nabhako tara update garnechhu. tyo follower ma sign in garnu hola, pakkai pani rakhne chhu. Yedi follower ma bhai sakekeo bhaye 2-4 din ma rakhne chhu.
dautari ko writer bhanna 1-2 wota lekha dautari ma pathaunus. tes pachi afai lekhne milne gari dautari ko writer banna payine chha.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !