March 25, 2010

कहिले बाढी कहिले खाली

कहिले बाढी कहिले खाली। जिमेल,फेसबुक च्याटमा भेटींदा प्राय साथीहरुले भन्ने कुरा हो यो। हुन पनि कहिले कांही दौंतरीमा यस्तै हुन पूग्छ। कहिले एकै दिनमा ३-४ वटा लेख आउंछन कहिले भने ३-४ दिनसम्म एउटा ब्लग पनि आउंदैनन। हुन त साथीहरुले ठिकै भन्नुभएको हो,एकैनासमा लेख आए पो मज्जा आउंछ। कहिले पढ्न नै नभ्याइने गरी आउने कहिले पढ्न खोज्दा पनि नपाइने,उहांहरुको गुनासो एक मानेमा ठिक पनि हो।

दौंतरी पाठक माझ आएको करिब साढे दुई बर्ष भयो। नामै दौंतरी कामै दौंतरी भने जस्तो साथी भाइहरु जस्जस्लाइ फूर्सत या लेख्न समय हुन्छ उहांहुरले नै यो ब्लग ओगट्दै आउनुभएको छ। दौंतरीकै लेखक बाहेक अन्य मित्रहरुले पनि फाट्टफुट्ट दौंतरीमा लेख्ने गर्नुहुन्छ। पाहुना लेखकका लेख कतिपय डुब्लीकेट त्रिप्लीकेट आदी हुने तथा केहीमा क्वालीटीमा कमी हुने गर्दा पाहुनाका लेख बिगतमा ह्वात्तै घटेको छ। असल र राम्रा लेख आए पाहुनाका लेखले दौंतरीमा पक्कै पनि स्थान पाउनेछन।

दौंतरी लेखकहरु भने केहीलाइ ब्यस्तता लागेको छ केही लेख्नै अस्ताउनु भएको छ। केही भने फाट्ट फुट्ट लेखीरहुनु भएको छ। खासमा पाना भर्नकै लागी लेख्न भन्दा पढ्ने खाले लेख आउनु नै राम्रो हुन्छ्। फेरी कतिलाइ त लेख्न मुढ या समय चाहिन्छ। मलाइ लेख्न भने कुनै मनमा खाएको बिषय आयो भने मात्र ब्लगका लागी सामाग्री टाइप गर्छु। हुन त केही बिषयमा ब्लग लेख्ने भनेर सामाग्री पनि तयार पारेको छु। कतीपय केही समय पछी असान्धर्भिक हुने र कतीपय आफूलाइ यस्तोमा पनि के लेख्ने भन्ने महशुस हुनेहुनाले डिलीट गरेको छु। कहिले भने लौ अब लेख भएन केही त लेख्नु पर्यो भनेर लेख्दा लेख्दा फुत्त अर्कै साथीको लेख आइसकेको हुन्छ। अनी १-२ दिन लेखलाइ यता उता मिलाउंदै पर्खन्छु।

लेख्दै जांदा अचम्मको बानी पर्दोरहेछ। कुन राख्दा लेखमा बेमेल खाने हो कुन लेख्दा क्रम मिल्ने या नमिल्ने हो आदी हेक्का राख्ने थालिंदो रहेछ। समग्रमा के लाग्यो भने ब्लग लेख्दा आफ्नो प्रस्तुती कलामा निकै सुधार आउंदो रहेछ। ब्लग लेखनीले ब्लगमा मात्रै होइन आफ्नो अन्य फांटमा पनि सहि तरिकाले प्रश्तुत गर्न सहयोग गर्दो रहेछ। तसर्थ नया,पूराना तथा पाहुना लेखकहरु लेखन जारी राख्नुहोस। लेखाइका राम्रा आयाम अनगिन्ती छन। पाठकहरुले पनि आफ्ना चोटीला तथा गहकिला बहस कायम नै राख्नुहोला। ब्लग लेखाइ र पढाइको मज्जा नै यसैमा छ।

5 Comments:

कृष्ण said...

तपाँइको कुरामा म पूर्ण सहमत छु ।

Nepalean said...

कृष्ण जी तपाईलाइ पनि ब्यस्ताले गांजे जस्तो छ। एकै लाइनमा कुरो टुंगाएर अलप हुनुभयो।
कि त बिषयको खडेरी परेको हुनुपर्छ कि त समयको। उत्तर मिल्यो कि मिलेन ;)

ठरकि दादा said...

मेरै मनको कुरा पो लेख्नु भएछ । मलाई धेरै पटक यस्तै हुन्छ । फूर्सद नभएको पनि हैन, कहिले फूर्सद हुँदा दिमाग शुन्य हुने अनि कहिले कामको चापाचाप हुँदा भने 'यो लेखौं, त्यो लेखौं" भएर दिमागमा विषयहरुको बाढी आउने ।

अनि कहिले चाही तपाइले भन्नुभएजस्तै आधा-आधी लेखिसकेको कुरा पनि आफैलाई चित्त नबुझेर टाँस्न मन नलाग्ने। यस्तै हुने रहेछ ।
तर थाकेको भने हैन है !। अघील्लो हप्ता 'केही' लेखेको थीएँ समयमै पुरा गर्न नसक्दा अहिले त्यो विषय नै फिक्का भैसकेको छ र नयाँ, ताजा विषयको खोजीमा छु :)

Nepalean said...

ठरकी सरकहिले दिमाग सुन्य हुने, कहिले फूर्सद नहुने, अनि लेख्ने मूड चले बत्ती नहुने होला नी कसो?
लोडसेडिगंको चाड कतीको लाग्या छ?

Jotare Dhaiba said...

चित्तबुझ्दो कुरा ।
सुरुमा त, लेख्‍नु नै महत्त्वपूर्ण कुरा हो, त्यसपछि हो त्यसमा गुणस्तर आउने, खोज्नुपर्ने ।
मुड महिमाको कुरा अर्कै हुन्, लेखिरहने मान्छेले मुड त निकालि नै हाल्ला । तर बेफुर्सदी वा कामको चेपारोलाई मिचेर ब्लग लेखनमा रमाउन आउने थोरै होलान् । व्यावहारिक झमेलाले त्यो दिँदा पनि दिँदैन ।
फलस्वरूप तपाईँले उल्लेख गर्नुभए जस्तै 'फिलर' सामग्रीका रूपमा ब्लग ओगटिने र लेखकमा उही नाम दोहोरिरहने स्थिति आउँछ ।
अनि समस्याको अर्को पाटो मैले के देख्याछु भने, दौँतरी ब्लग लेखकमा सूचीबद्ध कतिपय ब्लगरको आफ्नो छुट्टै ब्लग छ । यसैले पनि लेखिइसकेका र लेखिन लागेका विषयवस्तुको समायोजन र प्राथमिकता निर्धारण गर्दा सामूहिक ब्लग भईकन पनि 'दौँतरी' ओझेल परेको हुनसक्ला । मेरो हकमा भने आफू फाट्टफुट्ट रूपमा मात्र लेख्‍ने र पालैशान्ति ब्लगिङलाई बग्न दिने सोचमा छु ।
गतिला कलम भएका पाहुना लेखक खोज्नुपर्ने हो, त्यो चाहिँ त्यत्तिकै भइराख्या छ । त्यसो हुन सकेका तालमेल मिल्नेथ्यो । चुनौती छन्, पन्छाउँदै जानु त छँदैछ । पहिलो कुरा त, ठूलो अभियान चलाउने भन्दा पनि म आफ्नो तवरबाट के दिन सक्छु भन्नेमै टिकेको छु है म त । :)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !