December 26, 2009

के वर माग्न ...... ?

शिव प्रकाश

के वर माग्न मन्दीर गयौ के वर मागी आयौ ?
यो मन्मन्दीर उजाड पारी कुन मन्दीर गयौ ?

त्यै मन्दीरमा पोहर एउटा वर मागिथ्यौ,
उही देउता भाकी तिमीले कसम खाइथ्यौ ।

दुःख पर्दा देउता सम्झी ढोगी हिड्थ्यौ,
सुखी हुँदा ढुङ्गा ठानी लत्याइ हिडिछौ ।

घाउ लाग्दा तिमीलाई मलाई दुख्ने गथ्र्यो,
तिमी कतै गइदिँदा मनको बाघले खान्थ्यो ।


विश्वासमाझ आज एउटा चिरा फाटेछ,
हामी हिड्ने बाटो अब दुइटा भएछ ।

के वर माग्न मन्दीर गयौ के वर मागी आयौ
यो मन्मन्दीर उजाड पारी कुन मन्दीर गयौ

1 Comments:

Anonymous said...

यस्तै हो निष्ठुरीको काम , एक मन्दिर उजार पारी अर्को मन्दिर धाउने। गर्न के नै सकिन्छ र?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !