November 6, 2009

सहमति

अनुप गुरुगं

अहिले माओवादीहरुले आन्दोलन गरी रहेका छन् र सहमतिको कुरा पनि गरी रहेका छन् । यता नेपाल सरकार तथा बाइस दल पनि माओवादीसगँ सहमति गर्ने कुरा दैनिक पत्रपत्रिका रेडियॊ टेलिभिजन तथा बिभिन्न संचार माध्यममा आएका छन् ।

कहिले भोज भतेरमा त कहिले चियापानमा उनीहरुको सवैको सहमति छ भन्छन् र भोली सहमति हुन्छ जस्तो गरेर भन्छन् र प्रमुख तीन दल माओवादी काग्रेसं र एमालेका शीर्ष नेताहरुले शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर्याएर तोकिएको समय भित्रै सविधान निर्माण गर्नको लागि नयाँ उचाइको सहमति गरी अघि बढने कुरा व्यक्त गर्न पछि पदैनन् । तर त्यसैको भोली पल्ट एकले अर्कालाई दोष देखाईरहेको हुन्छ । किन यस्तो हुन्छ जव शीर्ष नेताहरु सगै हुन्छन् उनीहरु अहिले नै सहमति भएको जस्तो कुरा गर्छ र एक्लै हुने साथै यो सहमति हुन सक्दैन भन्छन् । किन हामीले देशको लागि केही गर्न खोजेको हो कि आफनै लागि मात्र केही गर्न खोजेको हो । के हामी आफनो माग अलि कम गरेर सहमति गर्न सक्दैनौ र के मेरो गोरुको बाहै्र टक्का गर्नु पर्छ र के हामीले आफनो दलीय स्वार्थको लागि राजनिति गरेको हो र यता सरकारले पनि आन्दोलनले िहंसात्मक रुप लिए आफनो पुरा बल लगाउने बताएका छन र सम्पूर्ण शक्तिलाई फेरी पनि गृह युद्ध तथा अन्दोलन िहंसात्मक हुने डरले सुरक्षाको कारण देखाई तयारी अवस्थामा
राखेको छ । यता माओवादीहरुले पनि आन्दोलनमा वल प्रयोग भए त्यसको परिणाम नराम्रो हुन बताएका छन् र आन्दोलन शान्ति पूर्ण हुने बताएका छन् । सवैलाई थाहा भएको नै कुरा हो कि आन्दोलनले िहंसात्मक रुप नलिई त्यो माग पुरा हुन्न भनी । यद्यपि छिटपुट घटना भई आन्दोलन शान्तिपुर्ण भए पनि सोझा साझा जनताले दुःख पाइरहेका छन् ।

त्यसैले राजनैतिक दलहरुले अहिले बिभिन्न माग भन्दा पनि सबैको सहमति गरी सबिधान बनाउदाँ नेपाली जनताले सबै राजनैतिक दललाई राम्रो मान्थे । त्यसैले नेपाल सरकार तथा सम्पुण राजनैतिक शक्ति यस बिषयमा गम्भिर तथा हातमा हात मिलाई एक ढिक्का भई अघि बढनु पर्छ । एकले अर्कालाईलाइ गरिउने काम तत्काल बन्द गरी जनताहरुलाई सरकार भएको आभाष गराऔ । यदि नयाँ सरकार बनाएर सहकार्य हुन्छ भने हामीले त्यो काम पनि गर्नु पर्छ र राष्ट्रपति तथा प्रधानमन्त्रिको पनि कार्य विभाजन हुनु पर्छ कसले के सम्म गर्नु पाउने भनेर यदि यो काम अहिले नै भएन भने फेरी पनि यस्तो समस्या आइरहन्छ अनि जनताले कति आन्दोलनको दुख भोग्नु पर्ने हो । यदि राष्ट्रपतिको बिषयमा संसदमा कुरा उठाउदाँ समस्या समाधान हुन्छ भने किन त्यो नगर्ने र के आफनो पार्टीको मात्र सोच्ने र देश र जनताको लागि कहिले सोच्ने र माओवादीले पनि आफनै लेडे ढिपी गर्नु हुन्न उ पनि सहमतिमा आउनु पछ र यो सबिधान वनाई देशको बिकास गर्नु पर्छ ।

सहमति गर्ने साथै नयाँ मन्त्री मण्डल बनाएर त्यसमा सवै २५ दलका ६० ७० जना मन्त्री बनाउने उप-प्रधानमन्त्री २ ३ जना बनाउने कार्य तत्काल रोक्नु पर्छ सहमति गर्यो भन्दैमा मन्त्री बन्नु पर्छ भन्ने मान्यता हटाउनु पर्छ । नेताहरुले नै सोच्नु पर्छ कि सहमति के का लागि गरेको भनेर देशको सेवा गर्न गरेको सहमति हो कि कि त आफु पार्टीबाट पनि मन्त्री बनाउनका लागि हो

अव सवै दलहरुले सहमतिको कुरा मात्र नगरी आवश्यक गूहकार्य गरी त्यसलाई तत्काल व्यवहारमा उतारर्न जरुरी छ र माओवादीहरुले पनि तत्काल आन्दोलन त्यागी राष्ट्रिय सहमति कायम गर्नु आवश्यक छ र शान्ति प्रकि्रयालाई तार्किक निष्र्कषमा पुर्याई सबिधान निमार्ण गर्नुपर्दछ ।

7 Comments:

Anonymous said...

Anup Ji

Yo makune ko Mantrimandle ko kura nagarnus Jasle j bhanyo tehi manne tyo makune ta Kath putali ho


Rohit

Anonymous said...

Yo sab janata tagne kala hun neta haru ko bhaninchha ni "ma kute jasto garchh ta roye jasto gar"
janata ko aakhama dhulo chopne ani desko dhukuti khattam parne bidesh bharman garne bhai lai rajdut banaune yestai chha


Upen

Anonymous said...

neta jyu harule hajur ko lekh bata k hi sikema ramro hune thiyo
bye the way hajur ko lekh ramro ra samaya sandarbhik chha aru pani lekhdai garnu hola


Bulun

Anonymous said...

Kahie samma hamro deshma cal jhagada gardai baschau netaho ...? aba ta deshko lagi kehi socha ra gara !!!

HAWA said...
This comment has been removed by the author.
HAWA said...

अब त लाई पनि आफु काठपुतली भएको रियलाइज् भैसकेछ.. माकुने मलाई अफ्नै मन्त्री पनि कसैले टेर्दैनन भन्न थाले.. तर पनि प्रभु को आदेश पर्खेर बसेको छ

Nepalean said...

यो सहमतीको नाममा ६०-७० जना मन्त्री बनाउने कुरा पनि मलाइ निकै हास्यासपद लाग्यो।

सहमती सरकार चलाउन,देश बनाउन पो हो, मन्त्रिपदको लागी सहमती गरे जस्तो बांडी चुडी पद बाड्छन। त्यो पनि ६-६ महिने कन्ट्रक्याक्टमा। ठेक्का पट्टा जस्तै गरी देश चलाएपछी जनताको पालो कहिले आउने?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !