July 11, 2009

विरोधको राजनिती, वेहोस नेता र देश

पहिलो युबक: अस्ती हेरेको केटीको बारेमा तिम्रो परिवारबाट केहि निर्णय भयो? ।

दोश्रो युबक: बुबाले आफ्नो राय अझै दिनु भएको छैन, तर आमा भने बुबाको निर्णयको बिपक्षमा जान तयार हुनुहुन्छ ।

----                                -------                                  -------                                        ------

यो एउटा चुटकिला हो र पहिलो पल्ट यो पढ्दा म मस्त हाँसेको थीएँ । बाबु चाँहीले केटीको बारेमा के निर्णय गर्छन पक्का छैन तर आमाको निर्णय भने ‘फिक्स’ थियो । मतलब बाबुले ‘हुन्छ’ भने हुन्न! र ‘हुन्न’ भने हुन्छ! भन्न आमा तयार थिईन ।

सजिलै सोच्न सकिन्छ, त्यो घर र परिवारको हालत कस्तो होला! । अब यहि रुपकालाई अलिक वृहत रुप दिने हो भने यसले हाम्रो देशको स्थितिको सटिक व्याख्‍या गर्छ । हामीकहाँ पनि देश बनाउने जिम्मा पाएका र लिएका अभिभावकहरुको सोच र मनस्थीति माथिको संबादमा जस्तै छ ।

त्यसो त हालको तरल अबस्था र छिन छीनमा सरकार परिवर्तन भएका र हुन सक्ने सम्भाव्य यथार्थलाई हेर्ने हो भने कुन दल सत्ता पक्ष र कुन दल प्रतिपक्ष भनेर छुट्‍याईहाल्न पनि मुश्किन नै छ । तर एउटा कुरा चाहीँ यहाँ पनि के पक्का छ भने ‘आर्को’ ले गरेको कुराको यहाँ पनि भरमार बिरोध गरीन्छ, चाहे त्यो कुरा राम्रै किन नहोस ।

विश्‍वका प्राय: सबै विकसीत ( ‘विकसीत’ शब्द भन्दा नैतिकता भएका नेता भएको देश अझ सहि होला) देशमा सरकार जतीसुकै परिवर्तन भएपनि राष्ट्रको मुख्य निती, कार्यक्रम र निती नियमहरुलाई निरन्तरता दिईन्छ । तर हामीकहाँ भने प्रतेक दल मात्रै हैन, एउटै दल भित्रका ‘घटक’, ‘उप घटक’ र तीनका नेता-उपनेता सम्म आ-आफ्नै निती र कार्यक्रम लिएर हिडेका हुन्छन ।

कुरा अझ प्रष्ट पार्ने हो भने रचनात्मक कार्य केही गर्नु नगर्नु भन्दा पनि पूर्व सरकार वा विपक्षी दलको कार्यक्रमको ठ्याक्कै उल्टो कार्यक्रम वा कमसेकम विरोध त हुनै पर्छ । अनी यो रोग कुनै एक दल वा नेताको पेवा पनि रहेन, सबै नेता र दलमा यसको संक्रमणमा गम्भिर रुपमा गढेको छ ।

माओवादीले ल्याएको आर्थीक निती(राम्रै भए पनी) को कांग्रेसले बिरोध गर्नै पर्छ, एमालेको निती र कार्यक्रममा (देशको लागी उचित नै भए पनि) माओवादीले भाँजो हाल्नै पर्छ। समष्टीमा आफू बाहेकका कसैले केहि गर्न खोज्यो की त्यसको धज्जी उडाउनै पर्छ । यहाँसम्म की दलहरु सम्बिधानको ढाँचा समेत विपक्षी दलले कस्तो बनाउँछ त्यसको विपरीत प्रकारको खाका तयार गर्ने सुरसारमा बसेका छन । लाग्छ हामीकहाँ सम्बीधान सभा हैन, फुटबलका धेरै टिमहरु छन। यहाँ मिलोमतोको कुनै गुन्जाईस नै छैन। तिमी सात प्रदेशको कुरा गर्छौ भने म ९ भन्छु, तिमी नै ९ को अंक अघि सार्छौ भने मेरो जोड ५ मा हुनेछ । समष्टीमा यहाँ ‘फलानो’ दल र ‘ढिस्काना’ दलको संयुक्त प्रयाश हैन, ‘यो’ दल विरुध्द ‘त्यो’ दलको मुकावला मात्रै हुन्छ ।

एउटा दलले प्रधानमन्त्रीलाई कार्यकारी तोक्ने कुरा उठायो भने आर्कोले राष्ट्रपतिको नाम लिन्छ, तेस्रोले राष्ट्रपतिलाई समर्थन गरे चौथोले अर्कैलाई भोट हाल्छ । गज्जब छ!, के विरोध मात्रै विपक्षीको कर्तव्य हो त?, के आफू बाहेक अरुले जे गरे पनि गलत नै हुन्छ ?, के के विपक्षी दलको राम्रो कुरा मान्दा अर्को दलको अबमूल्यन हुन्छ र ? । हामी किन सहकार्य गर्न सक्दैनौं किन विपक्षी दल विपक्षी नभै समकक्षी हुदैन ? ।

राष्ट्र भन्दा माथि दल र दलभन्दा माथि त्यसका नेता हुनु भनेको देशको दुर्भाग्यको सूचक हो र हामीहरुकहाँ यस्तै स्थिति हावी हुँदै आएको छ । एउटा पुरानो उखान छ ‘भाई फुटे गवाँर लुटे’ । म कामना गर्छु हाम्रा सबै नेतामा हामीले ५ कक्षा पढ्दा ताका पढने यो उखानको मर्म बुझ्ने चेतना फिरोस र हाम्रा दलहरु ‘सत्ता पक्षी’ र ‘प्रतिपक्षी’ नभै समकक्षी बनुन । जय नेपाल !



9 Comments:

प्रबिण थापा said...

गजबको नेपाली राजनीतिक यथार्थ प्रस्तुत गर्नु भयो, यो देशका नेता भनौदालाई के भएको हो कुनी राम्रै भएपनि कसरी हुन्छ बिरोध् गर्नै पर्ने । यहाँ कसैले राम्रो सुझाब दियो भने नानाभातिको गालि गर्यो भन्छन्। शायद हाम्रा राजनितिक दलहरुको मुख्य एजेण्डा भित्र हरहालतमा राम्रा नराम्रा सबै कुरामा अरुको बिरोध गर्ने रणनिति भएर हो कि?

एकलव्य ( Eklavya) said...

हो ठरकीजी, हाम्रो देशमा दलहरूले 'प्रतिस्पर्धा' र आफ्नो मुख्य 'प्रतिस्पर्धी'दल नभनेर दलको मुख्य 'शत्रू' कुन दल हो भन्ने निर्क्योल गर्ने भन्बे कुरामा विश्वास गर्छन । संस्कारको राजनीति भन्दा नाराहरूको खेतीमा विश्वास गर्छन अनि आफ्नो कुरा जनतामा लगेर सिद्ध गर्ने कुरमा भन्दा अर्कालाई आरोप लगाएर आफ्नो हिरोपन साबित गर्नुमा दलको सफलता देख्छन् । त्यही कारण हो, तपाईँले उल्लेख गर्नु भएकी आमा जस्तो वस्तुनिष्ठ भएर कुराको सच्चाइमा भन्दा, बाउको अनुहार हेरेर कुराको पूर्वनियोजित बिरोधमा तयार हुन्छन् । लोकतन्त्र, मेलमिलाप र चमत्कारको कुरा गर्दै हिंसा, आतंक र द्वेषको अराजक राजनीतिले यही कारण हाम्रो मुलुक आक्रान्त छ र बनिरहने देखिन्छ ।

हावा The Wind said...

अरु त ठिकै भन्नुभयो ठरकी ब्रो लास्टमा जय नेपाल भनेर सहमती को बाटो नै बन्द भो !

Prajwol said...

विकसित देशमा पनि partisian politics कस्तो हुन्छ भनेर देखियो, कसैले राम्रै गरे पनि "बरु यसो गरेको भए झन राम्रो हुन्थ्यो" चैं भनि हाल्दा रहेछन । तर ठुला र ब्रिहत राष्ट्रिय मुद्धामा भने एउटै आवाज भने रहेछ ।
पृथ्वीनारयण शाह ले "दुई ढुङ्गा बिच को तरुल" भनेको कुरा बाहेक शायद नेपालमा सबै पार्टी ले मन्ने universal agenda केही छैन होला, सरकारमा बसेको बेला होस वा बाहिर बसेको बेला । भले सबैलाई थाहा भएको कुरा हो तरुल नेताहरु सबै भारत परस्त छन भनेर ।

Anonymous said...

सबैकुरा मिल्यो रे, जयनेपाल भने पछी कुरा बिग्रयो रे। यो त ती आमाको रेडीमेड उत्तर जस्तो भयो नि।

नेपालियन said...

जोक भनेको त मार्मिक गफ पो रहेछ।

समसामयिकतामा कुरा गर्दा म पनि मान्दछु माओवादीले ल्याएको आर्थीक निती(राम्रै भए पनी) को कांग्रेसले बिरोध गर्नै पर्छ, एमालेको निती र कार्यक्रममा (देशको लागी उचित नै भए पनि) माओवादीले भाँजो हाल्नै पर्छ। तर के भन्नु खै।

तपाइले भने जस्तो एउटै पार्टीमा पनि नेतै पिच्छै घटक उपघटक हुनूका साथै योजना पनि त्यस्तै हुन्छन। नेपालमा पार्टी भन्नु मात्रकै हुन्छन। साबै मान्छे मुखी हुन्छन।
ठुलो टाउके को मुखमा जे हावा चल्छ त्यही हुन्छ पार्टीको बिधान।

हावा The Wind said...

कुन आमाको कस्तो रेडीमेड कुरा भनेको ब्रो ?

नेपालियन said...

एउटा परिवारमा श्रिमानको लागी एउटा श्रिमतीको रेडिमेठ उत्तर भनेको होला नि।
त्यो त जोकको अंश मात्र हो हैन र ठरकी जी?

ठरकि दादा said...

Anonymous जीले पक्कै पनि माथिकै जोकको कुरा गर्नु भा' होला हावा ब्रो !

तर लास्टाँ यो 'जय नेपाल' भनेपचि सबै सहमतिको बाटो नै बन्द हुने भने पछि त स्थिति मैले सोचे भन्दा पनि गम्भिर भो नि त ( कि 'जय नेपाल' लाई कांग्रेसी थेगोको रुपमा लिएको हो ब्रो ले !)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !