May 15, 2009

गाउँखाने कथा - १४ (Nepali Gau Khane Katha)

हरेक शुक्रबार झै आज पनि आएको छु गाउ खाने कता लिएर। उत्तर मिलाएर गाउ लिनुहोला।
"बेसीमा कुलो लेकमा खेत, कतातिर टुप्पो कतातिर फेद?"


11 Comments:

बिप्लब said...

सर्प हो?

Dilip Acharya said...

साह्रै गाह्रो भो जस्तो छ यो ! क्लु चाहियो !!!

नेपालियन said...

सार्है गार्हो भयो र दिलीप जी? एक्दम राम्रो कुरा हो। अब भने एक्का उत्तर मिलाउनुहुन्छ।

Prajwol said...

Earthworm

nepalean said...

ल झन एकदम राम्रो कुरा भनेर क्लु दिएको कता गड्यौला नि। गड्यौला के राम्रो होला र खै?

Prajwol said...

त्यसो भए पक्कै ईन्द्रेणी (Rainbow) हुनु पर्छ :)

ठरकि दादा said...

यसपाला भने प्रज्वलजीको जवाफ मिल्यो जस्तो लाग्यो मलाइ ।

बिप्लब said...

ल उत्तर मिलेको भए म पनि इन्द्रेणी नै भनि दिन्छु। गाउं त मैले पनि पाउनुपर्छ।

nepalean said...

प्रज्वल जी उत्तर सहि मिल्यो। अब गाउं माग्नुहोला।
तर क्लयु दिएको ले गाउंको एक दुइ वडा मलाइ पनि है।

Prajwol said...

Yes, FINALLY !!!!!!! :D

क्लु को लागि धेरै धेरै धन्यबाद ।

मलाई (अरु कसैले लि-नसकेको भए) रुपन्देही जिल्लाको मणिग्राम पाउं :)

नेपालियन said...

मणिग्राम? मणिग्रमा गाउं त पाउनुभयो। मैले अघी ने भनेको थिए एक दुइ वडा त मलाइ भनेर। अब करैया चाही मैल लिए है। तर करैया मणिग्राममा हो कि मणिग्रमा करैयामा हो?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !