April 29, 2009

अस्विकृत बुद्ध

शेखर ढुङेल
०५-२९-२००९
तिम्रै देश मा हे बुद्ध!
तिमी अस्विकृत भएका छौ
मुल्युहिन सम्झी मानब चोला
यत्र त्यत्र उस्कै बली
सत्ता ब्यापार मा साटिदै छ
श्रेष्ठ प्राणी भएरै होला
उस्कै रगत घुम्ने कुर्सी चुस्दै छ
हाबा संगै बिलाए
कैयौं मुना चित्कार
खडेरी को जङल सरि
उजाड सिउदो रुदै छ
लालच त्यागी राज पाठ
छोड्ने तिम्रो पवित्र भुमी मा
नयाँ बिहानी संगै
झनै कठोर सत्ता
छाती मा परेड खेल्दै छ
अस्थिर , तरलित मानब
स्वार्थ को बली चढ्दै छ
सपना का शितल सागर
क्रुर चुनामी भए
शान्ती का दुत आशु झार्दै
रणभुमि हेरी रहे
उकुस मुकुश माहौल यो
बुद्ध तिम्रो घर मा
बन्धकी भबिस्य सुस्ताउदै छ
देब तपो भुमी नेपाल मा
आन्दोलन का खेती फस्टायो
तिमी अस्विकृत यो बर्तमान
सन्तति लाई त्रास पस्कदै छ
कोमल मनमा
बित्रिस्णा बिद्रोह पोतियो
समयले बाटो बदल्यो कि ?
खन्डहरको ईतिहास रच्यो
शर्माइ चेतना को प्रकाश
बादल मा मुन्टो छोपी
तिम्रो आगन को बाटो
भुले जस्तो
अमानबियता को राको बोकी
नब जात ब्रीद्ध कोइ नभनी
खाडल मा जोत्ने काम हुँदै छ
बुद्ध तिम्रो आँखामा धुलो छ्याप्ने
धुन्दकारी हरुको मौलायो खेती
मानबता बिरुद्धको अपराध ले
हेर शिखर चुम्दै छ
बिबेक र सदभाब को मस्तिस्क मा
पाषविक दुस्टता भरिदै छ
शान्ती का मलेवा हे बुद्ध
टायर् र बारुद को धुवा मा
कोइ छटपट्टिएर मरे
कोइ बस्ती छोडेर भागे
लठ्ठी भाला र बन्दुक बाहेक
अरु भाषा नबुझ्ने भएका छौ
हे बुद्ध तिम्रै देश मा आज
अस्विकृत भएका छौ तिमी


1 Comments:

HAWA said...

नेपालका बुद्ध मार्गी हरु पनि अनौठा छन। मासु पनि खान्छन, मार काट पनि गर्छन्, बम बन्दुक पनि पडकौछन। अनी बुद्ध हाम्रा पुर्खा हुन भनेर झगडा पनि गर्छन् ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !