February 13, 2009

गाउँखाने कथा - ३ (Nepali Gau Khane Katha)

अपडेट: गाउं गाउँखाने को उत्तर हो कुकुर। यो कथा पहिलो पटक मिलाउने हुनुहुन्छ बसन्त जी। उत्तर मिलाउने तथा उत्तर दिने सबैलाइ धन्यबाद। अब गाउं माग्ने पालो बसन्त जी को। तातोपानि गाउं लुना जीले लगीसक्नु भयो। कुन माग्ने बिचार छ त?
अगाडी शंख, पछाडी पंख के हो?


11 Comments:

Basanta said...

कुकुर!

Anonymous said...

कुकुर नै होला जस्तो लाग्यो मलाइपनि ।

Anonymous said...

माओबादी
ashok

Saban Poudyal said...

प्रचन्डको नयाँ ल्यान्ड क्रुजर रु एक करोड मात्र।।।

Anonymous said...

मलाइ त मोइ खाने ढुंग्रो हो कि जस्तो पो लाग्यो।

Anonymous said...

कुकुर पर पर सुन्ने गरी भुक्क्छ , पुछ्छर पंखा झै हल्लाउछ । मलाई पनि कुकुर नै होला जस्तो लाग्यो ।

Unknown said...

shyal pani huna sakcha.

Anonymous said...

नारी अथवा केटी मान्छे (अन्यथा नलिनुहोला, मैले सुनेको यही हो ।)

Anonymous said...

हैन, कुकुर कसरी भो !? कुकुर हुने भएत अरु जनावर पनि हुनसक्छ नि ।

nepalean said...

पष्प जी लुनाजीले यस्लाइ राम्रो ब्याख्या गर्नु भएको छ। कपि पेष्ट गरें है त यांहा। कुकुर पर पर सुन्ने गरी भुक्क्छ , पुछ्छर पंखा झै हल्लाउछ ।

Basanta said...

नेपालीयन ब्रो, मान्छेले देशै माग्न थाल्या बेलाँ यहाँचाहिँ गाऊँमात्रै दिने:)
के माग्ने-के माग्ने दिमागमा केहि पनि आएन। अर्कोचोटिको गाऊँखाने कथा मिलाउनलाई दुईटा गाऊँ दिए कसो होला?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !