February 9, 2009

प्रम प्रचण्डलाइ नया गाडी चाहीएकै हो त?

आज सांझ नेपालको खबर जानुँ भनेर नेपाली पत्र पत्रिका भित्र छिरेको, प्रमलाइ नया गाडी किनिएको खबरले समाचार तातेको रहेछ। माओबादीको संस्कार देखेर तिन छक पर्ने मलाइ यो गाडी प्रकरणले चार छक चाहीं पारेन। जुन कुरा पनि रबर झै मर्‍याक मुरुक पारेर जोडदारका साथ सहि रुपमा देखाउने कमरेडहरुको शैली सधै उही हुने गर्छ। त्यसैले एक करोडको गाडी किन किने होला भनेर सोच्न तिर लागिन। घडी र पलगंको कहानी झै गरेर १-२ महिना पछि भाषणमा प्रचण्डले नै कमिडी गर्दै खुलाउने छन नया गाडीको कथा। त्यसैले प्रचण्डको नया गाडीलाइ अरुकै आखाले हेर्दैछु।

यो खबर अरुले नै पत्ता लगाएर हो या के हो, कान्तीपुर र हिमाल खबर यो खबरबाट बेखबर रहेछन। नेपाल समाचार पत्रले पनि चासो देखाएनछ यो खबरमा। सायद सन्ध्याकालीनले स्कुप मारी सक्योहोला। नेपाली भाषाको पहिलो वेव पत्रिकाले स्वकीय सचीबको गोली काण्ड लेखे पनि गाडीको खबरलाइ वास्ता गरेनछ। तर नेपाली भाषाको पहिलो ब्लग माइसंसारले भने मर्सिडिज सहित ३ वटा गाडी हुंदा हुंदै चौथो गाडी ल्याएर देशमा चमत्कार गर्न नसके पनि आफ्नो जिवनमा चमत्कार गर्ने प्रयास गरेको भनेको छ। अनावश्यक खर्च गरे कारबाही गर्ने भनेर गरेको निर्णय अब प्रमलाइ नै लागु हुन्छ त माइसंसारले प्रश्न गरेको छ। हाम्रो ब्लगले भने काम नगरी मामको टुंगो नहुने सर्वहारा वर्गका नेताको सौख पचास हजारको घडी,२ लाखको खाटहूदै करोडको गाडीमा सोझिएको छ। गाडी किनेको कुरालाइ हाम्रो ब्लगले पेच हान्दै भनेका छ "सायद कतै कुनै छाप्रोमा सर्वहाराहरु दगंदास मुडमा टिप्पणि गरिरहेका हुनसक्छन-यि नोकरशाही विदेशीका दलाल, विस्तारवादीका एजेन्ट पुजीपतिवर्गहरु हाम्रा नेताले एउटा फुच्चे गाडि चढ्न लागेको पनि सहन सकेनन"।

नया पत्रिकाले भनेको छ कल्कत्तामा आइसकेको खरानी रंगको टोयटा लेन्डक्रुजर फाल्गुन १२ सम्ममा प्रचण्डले चढ्नेछन। यो गाडीको फीचरमा बाटो देखिने क्यमेरा,रिमोट बटन भएको ढोका आदी भनेर लेखिएको छ। हुन त यस्तो फीचर बिदेशमा साधरण गाडीमा भए पनि दुइवटा मर्सिडिज, नया टोयटा गाडीहुंदा हुंदै यो नया गाडी अती अनावश्यक भनेर नया पत्रिकाले लेखेको छ। यो गाडीको बारेमा जानकारी यो लिंकमा हेर्न सक्नुहुनेछ। यसमा यस्को दाम ६५ हजार अमेरीकी डलर भनिएको छ।

मैले त अरुकै आंखाबाट हेरे प्रचण्डको नया गाडी, पाठकहरु तपाइ आफ्नै आंखाबाट हेर्नहोस कस्तो लाग्यो त प्रचण्डको नया गाडी? उनलाइ यो गाडी चाहीएकै हो त?



4 Comments:

ठरकि दादा said...

श्री ६ को यो गाडीको बारेमा म आफैं यौटा पोष्ट लेख्नेवाला थिएँ, तपाईले लेखी हाल्नु भएछ।

पहिला स्वास्नि छोरा-छोरी, साला भतिजाको उद्दार, अनी कति पर्ने कलम, घडी र सवा लाखको पलंग हुँदै भित्रीन लागेको यो गाडी देखेर मलाई भने कुनै अचम्म लागेन।

भर्खरै दिमागमा यौटै कुरा आईरहेको थीयो "हैन नेपालीले राजालाई किन निकालेको?" । जबाफ तुरुन्तै पाएँ, नेपालीले राजतन्त्र फ्याँकेका हैन रहेछन, खाली राजा मात्रै फेरेका रहेछन । अब यी सर्बहारा नै यसरी बजेटमारा भएर निस्केपछि त अहिले मलाई यि नया राजा भन्दा त बरु पुरानै राजा ठीक थिए जस्तो लाग्दैछ ।

अब केहि दिन वा हप्तामा प्रधानमन्त्रीको लागी कुनै नयाँ ठाँउमा कार्यालय सहितको दरवार बनाउने र हालका प्रधानमन्त्री पछि उनका जेठा छोरा स्वत: प्रधानमन्त्री हुने नियम बनेमा पनि ठरकी दादालाई भने अचम्म लाग्ने छैन। (खै के भा हो, यो खबर सुने देखी जाँडले पनि लाग्न छाड्या छ!)

एकलव्य ( Eklavya) said...

केही समयसम्म नेपालमा बसेर माओवादीको रमिता हेरेर आएको थिएँ । माओवादी कम्युनिष्टको नाममा बेइज्जत हुन भन्ने कुरामा शंका रहेन किनभने उनीहरूको जीवन विलाशिता र ऐशआरामको पर्याय बनेको छ ।

सारा मुलुकभरका ठेक्कापट्टा, प्राकृतिक स्रोत, घडेरी र जग्गा व्यवसाय, शेयर मार्केट, गूण्डागर्दीको एकल ठेकेदारी सरकारमा रहेको माओवादीको वपौति रहेको मैले देखेँ त्यहाँ । प्रचण्ड त यतिसम्म विलाशी भएको कुरा मैले सुनेको थिएँ कि कतिपय कुरा यहाँ लेख्न पनि लाज लागेर आउँछ ।

सर्वहाराका नेता, निजि सम्पत्ति नराख्ने एलानका वीच प्रचण्डको घडि, पलङ र करोडौँको गाडीको कथाले उनी चाउचेस्कू बन्न बिघ्न आतुर छन भन्ने देखाउँछ । यही हो power corrupts and absolute power corrupts absolutely को कमिनिष्टिय उदाहरण ।

Saban Poudyal said...

ठाकुर् दादाले श्री ६ दिनु भयछ। म यो सरकारलाई कती श्री दिनि भन्नि कुर खोज्दै थिएं र श्री को खोजीमा एउटा लेख लेखिदींए। के गर्नु नेपालमा जुन जोगी आए पनि कानै चिरेक हुन्छन्। पहिले पाजेरो चड्थे अब टोयोट ल्यान्ड क्रुजर्। अधिरजकुमर हुंदा हर्ली डेभिशन। को भन्दा को कम छन् र? बटो बनाउन जापान र चाइना छदैछ अघुडाउन सरकार जस्को त्यो आइ हाल्छ नया नया गडि लीएर। नेपाली जनता सधैं मर्कामा।

Saban Poudyal said...

i wrote one poem based on your article .... padnu hola....yo kabita ko lagi prerana tapai ko yo leekh nai ho....Dhanyabhaad...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !