February 1, 2009

माया त्यसै मर्दैन है

प्रबिण थापा
माया त्यसै मर्दैन है, मारिएको हुनसक्छ
मन आँफै डेरा सर्दैन, सारीएको हुनसक्छ

मनको नेता चुन्नलाई, चुनाबै त गरिदैन
मतको झुटो खेलले गर्दा, हारिएको हुनसक्छ

साचो कुरा लुक्दैन , जती कोशिस गर तर
मनको पिंडा लुकाउन, गाडीएको हुनसक्छ

पहाड तराइ बन्दैन , विश्वास तिमी नगरन
सस्तो भ्रम फैलाउन, खारिएको हुनसक्छ

हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ
मनको प्यास मेटाउन, नारिएको हुनसक्छ


5 Comments:

Anonymous said...

मिठो पनि होइन नमिठो पनि छैन ।
( स रि है ! मैले त जस्तो लाग्यो त्यस्तै लेखिदिए । यतिकैमा मन नदुखाउनुस् नि फेरी !)
निरन्तरताको शुभ कामना है ।

ठरकि दादा said...

हास खेल मात्र हो कि, चोखो प्रित लाएका छौ
मनको प्यास मेटाउन, नारिएको हुनसक्छ

चित्त बुझ्यो है यो लाईनहरुले। राम्रो लाग्यो ।

Anonymous said...

prabin gi , sarai chitta bujhado leknu bhayo. keep it up ..

Anonymous said...

पक्का पनि हो सांचो माय मर्दैन।
ल प्रबीण जि अरु कुराको भेद पनि खोल्दै जाऔं।

प्रबिण थापा said...

लुना जि, के को मन दु:खाउनु नि हो, तपाईंहरुको प्रतिकृया ले त मलाई हौसला पो मिल्छ बरु तपाईंले जस्तै अरु साथीहरुले पनि राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भनी दिनु हुन हिर्दय देखी नै आग्रह गर्दछु ।
nepoliyan जि बिस्तारै बिस्तारै सबै खुल्दै जान्छ समय आएपछी हतार नगर्नु न भन्या क्या।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !