January 17, 2009

निशा - दमन

- लुना


आज उसको मन बेस्मरी दुखेको छ ।
नदुखोस् पनि किन ! हरपल शब्दहरुको मार्फत उ निशाको साथमा थियो ।
' नामै निशा ! मनै निस्ठुर ! ' उ भुत्भुतायो एक्लै……
यतिका मन दुखेर पनि खुशी पनि उत्तिकै लाग्या छ उसलाई आफ्नो ह्रृदयकी निशाले अवार्ड पाउदा !
निशालाई उसले बारम्बार लेख्न प्रेरित गर्थ्यो । उस्लाई थाहा थियो निशा लेखिका होइनन भन्ने कुरा तैपनी उसले के देखेको थियो कुन्नी निशाका केही कमेन्टहरुमा (शब्द हरुमा) निशालाई उ खुब उक्साउँथ्यो ।
यसरी उक्साउने माध्यम " पृथीवी" ब्लग थियो । जहाँ नेपालदेखी संसारभरका गम्भिर लेख हुन्थ्यो खास गरी बातावरण सम्बन्धि । यस्को साथै कथा-कविता - साहित्य सम्बन्धी लेखहरु पनि हुन्थ्यो त्यहा । त्यही लेखहरु सम्बन्धी विभिन्न पाठकहरुको शब्द जमघट हुन्थ्यो त्यहा । दुनियाँले भाव पोख्थे । तिनै भाब लहरीमा लहरिदै यि दुई निशा र दमनको भावनात्मक भेट भएको थियो । यस्तो लाग्दथ्यो मानौ यि दुई देबकोटाका मुना - मदन थिए । " निशा - दमन " ।

यसरी शब्द लहरीमा लहरिदै छलाङ मार्थे यिनिहरु ! कहिले निशा पछारिन्थी - कहिले दमन । दमनले मायाले उठाउँथ्यो । कहिले काही एक खुट्टे खेल्दै मायाले जिस्काएर उठाउँथ्यो । ( यहाँ एक खुट्टे खेल्दै भन्नुको तात्पर्य उ हरफै पिछे ‘???’ चिन्ह राख्दै लेख्थ्यो ) यो देखेर निशा मरिमरी हास्थी । निशा उस्तै थि , हरफै पिछे ‘!!!’ चिन्ह राख्थी । यो उस्को मनको आबाज थियो । जब जोड दिएर भन्नु पर्थ्यो अनी उ ‘!!!’ राख्थी । यो दमनले बुझेको थियो ।

जब दमन पछारिन्थ्यो तब निशाले कबिता गुन गुनाउदै उठाउथी । दमनको शब्दमा ताता थैया गरेर निशा कहिल्यै थाक्दिन थि……
मायालु शब्द भाबको लिस्नो चढेर दमन निशालाई एउटी लेखिकाको रुपमा कल्पना गर्दै फूल बर्षाउथ्यो । निशालाई यो तारिफ गर्हौ लाग्थ्यो । कहिले काही त उस्लाई दमनको तारिफ गर्ने ह्रिदय- आकाशले निशालाई थिचे झै महशुस हुन्थ्यो । निशाले आफ्नो यथार्थलाई आफ्नै मनको ऐनाबाट छर्लङ्ग हेरेकी थिई । त्यसैले एक दिन उसले मेलमा भनेकी थिई ' म लेखिका होइन दमन , मैले अहिलेसम्म कुनै किताब लेखेकी छैन ' । दमनले कुरा बुझेको थियो तर आफ्नो ह्रृदयको निशालाई बडो चतुर्याइ पूर्वक हौसला दिएर लेखिरहन्थ्यो ।निशाका शब्द शब्द्लाई तारिफका फूल माला पहिर्‍याउँथ्यो ।


निशा अब त साच्चै नै सपना देख्न थालेकी थिई । उसले सोची ' उस्को मनलाई खुशी बनाएर म दमनको सपनालाई बिपनामा परिणत गरेर उसले म प्रति वर्षाएको तारिफको गुन तिर्ने छु । साच्चै नै त्यो दिन कस्तो होला जुन दिन म एउटा लेखिकाको रुपमा चिनिने छु । कल्पना गर्दै फूलेल भएर निशाले हावामा नै "सा रे ग म प ध नि स ता धिन धिन ता" मा हराएकी थिई । निशाले अबार्ड नै जित्ने गरी लेख्न सक्नुमा दमनको प्रोत्साहन पनि एक प्रमुख कारण थियो । २०७५ पेजमा लेखिएको अत्यन्तै धेरै पेज भएको उपन्यास थियो त्यो "मथिङल खलबल" । एउटै किताबमा समाहित गर्न गार्हो भएर पुस्त्क १ , पुस्तक २ गर्दै पुस्तक ५ सम्म पुगेको थियो । एउटै उपन्यास यती धेरै पेजमा लेखिएको उपन्यास बिरलै हुन्छ्न संसारमा । यतिका धेरै पेज भएर पनि त्यो उपन्यासको हरफ हरफ यति ह्रृदय छुने थियो कि मान्छेहरु त " मथिङल खलबल " पढदा पढ्दै आफ्नो दैनिक कार्यशाला जान पनि भुलेको चर्चा -----कतिको कालेज छुटेछ ---ब्यापारीले ब्यापार गर्न भुलेछन किताब पढुन्जेल ----आदी आदी। हगांमा र चर्चाले पुरै अखबार, पत्रपत्रिका हुँदै टि.भी च्यानलहरु नै तातेका थिए ---। कोही चाँही उपन्यास पढ्दा पढ्दै खानै भुलेर भोको पेटले गर्दा बेहोश भएर ढल्दा छिमेकिले उठाएर अस्पातल ल्याउनु परेको कुरा अस्पातलबाटै हट न्युजमा प्रसारण भएका थिए । यि यस्ता अचम्म लाग्दा घटनादेखि लिएर अचम्मको पनि अचम्म अझ शताब्दी कै महा अचम्मको घटना भारतका राष्ट्रपतिले " मथिङल खल्बल " पढ्दा पढ्दै भाव विव्हल भएर हात जोड्दै भगवानलाई प्रार्थना गरेछन " हे ! भगवान ! मेरो देश सहित सम्पूर्ण संसारभर भएको एटम बमलाई बिना हानी निस्तेज तुल्याउन एउटा बैज्ञानिकको जन्म गराउ ! बरु नेपालमै गराए पनि गराउ ! हामी त्यतीखेर झेली गर्दैनौ । प्रभु ! यो मथिङल खलबलले मेरो मथिङल खलबल भो , बल्ल सत्य कुरा बुझे ! संसारलाई बचाउ ! " भन्दै क्वां क्वां रोएको दृश्य दुनियाँ भरको टि.भी. ले देखाइ रहेको थिए ।

निशालाई टि.भीमा दमनले पहिलो पटक होइन कि जिन्दगी मै पहिलो पटक देखीरहेको थियो । न काली न गहु गोरी , दाँत थोरै उछिटिएको , सागर जस्तो अथाहा थाहा नपाई सक्नु भव सागर भाव बोकेका आँखा ! हसिली - हिस्सी परेकी ! ऊ एकछिन त इन्टरभ्युको शब्दमा भन्दा पनि निशाको चलिरहेको ओठ मै हरायो - कहिले आँखामा -- कहिले निधार --- उ त हेर्दा हेर्दै लोलाएछ ---। बिज्ञापनमा  ढाटाटाऽऽटाराम !!! गर्दै कुन चाँही औषधीको क्याप्सुल खादा मुसा सिंह भएको देखाउँदा पो उ निशाको मोहनीबाट ब्युझियो । निशा टि.भी. मा थिईन । बारम्बार मुसा सिंह बनेको बिज्ञापन दोहोरिएर आइरहेको थियो । उस्लाई झर्को लाग्यो । टिभी अफ गर्‍यो ।

उस्ले समाचारपत्रहरुमा " मथिङल खलबल " को हङागामा पढेपछि बजारमा उक्त किताब किन्न गएको थियो । नेपालदेखि टाढा पृथ्वीको अर्को कुनाको शहरमा त्यो नेपाली पुस्तक बेच्ने पुस्तकालय मुश्किलले भेटेको थियो । प्रथम सस्करण मै किताब सिद्दिएको थाहा पाएर उ निराश भएको थियो । अनी खुब चित्त पनि दुखाएको थियो निशासँग । कम्तिमा पनि यसो यो कुराको जानकारी त दिनु पर्छ मलाई ! उस्ले निशाले आफूलाई यतिसम्म भन्नु पर्ने अधिकार नै झै गरी सोचेको थियो । बजारमा जे कुराको पनि जब अनिकाल शुरु हुन्छ तब त्यसको दोब्बर, तेब्बर मूल्य तिरेमा त्यो बस्तु पाउन सकिन्छ भन्ने तथ्य बाट उ अनभिज्ञ थिएन । त्यसैले तेब्बर मुल्य तिरेर उक्त किताब खरिद गरी छाडेको थियो । यसरी दमनले २०७५ पेजको किताब पुरा दिन लगाएर पढेको थियो । पुरै किताब पढि सके पछी एक्दमै खुशी भएको थियो र एक्दमै चित्त पनि दुखाएको थियो । कुनै एक शब्दमा पनि उस्ले दमनलाई सम्झेकी थिइन । केही आभाष त दिनुपर्छ ! निशा यती निस्ठुरी ! उ ताजुब भएको थियो । बेस्मरी दौड जितेर थाकेको खेलाडी जस्तो भएको थियो उसको मन । उ एकोहोरो आफ्नै कोठाको चारै भित्ता र यत्रतत्र छरिएका किताब - प्राक्टिकल गर्न बाँकी रहेका पानाहरुमा आफूलाई भुलाउने क्षणिक कोशीस गरिरह्यो । कहिले भित्तामा टागिएको तैलिए चित्रमा मनलाई अल्मल्याउन खोज्थ्यो कहिले गमालामा हरिताम्मे झागिएको टि ग्रास भित्र हराउन खोज्थ्यो । टि-ग्रासमा दुई तीन-दिन देखि पानी राख्न भुलेको रहेछ क्यारे ! उस्कै मन झै मुर्झाएको देख्यो । उठेर एक मग पानी खन्यायो गमलामा । निशालाई टि ग्रास मन पर्छ । यो उस्लाई थाहा थियो । एक छिन् हेरी रह्यो टि ग्रासलाई । अँह ! मन भुलेन । यत्रतत्र छरपस्टिएका बस्तुहरु झै भो आज उस्को भाबुक मन । उस्लाई आफ्नै मनदेखि माया लागेर आयो । निस्ठुरी निशा ! उ फेरी भुत्भुतायो ।

उ बाहिर निस्केर मनलाई भुलाउने बिचार गर्‍यो । आज माइनस १० पुगेको छ बाहिर । दुई हप्ता देखी लगातार हिउ परेको पर्‍यै छ , रोकिएको छैन । उस्ले सकेसम्म को न्यानो लुगा लगायो झ्याउ नमानी । उ सकेसम्म गर्हौ लुगा लगाउ नै मन नपराउने मान्छे । त्यसैले अरु बेला जाडोमा बाहिर निस्केर हात खुट्टा तन्कौनु भन्दा कोठा भित्रै ब्याम गर्थ्यो । कहिले काही निशासँग च्याटमा कुरा हुँदा ' ब्यायाम गर्दै छु ' भन्थ्यो । निशाले 'कस्तो अल्छि मान्छे ! कोठा भित्र बसेर ब्यायम गर्नु भन्दा बरु न्यानो लुगा लगाएर २ कि मि हिंडे ब्यायाम पनि हुन्छ , तिम्रो मथिङल पनि तिम्रो आँखाले रसस्वादन गरिरहेको स्बाद सँगै भुल्दा आराम त पाउछ मथिङलले ! भनेर कराउथी । अनी उ ‘ल ! ल! अब जान्छु’ भन्थ्यो । मन्मनै यो मेरै छेउमा हुँदी हो त मलाई धकेलेरै बाहिर पठाउथी होला भन्दै फिस्स हासेको थियो ।

अहिले उ ' मोरी ' ! भन्दै फत्फतायो । माथि काठे किल्लामा उनिको मफलर अड्कियो । तान्यो आएन । कुर्ची माथि टेकेर बिस्तारै झिक्यो । झन्डै न उध्रिएको ! यो मफलरसँग पनि उस्को आत्म कथा गासिएको छ । घाटिमा दुई फन्को मार्दै उस्ले निशाको कबिता सम्झियो -- , आउ रङ्गमा समाहित होउ ,
रङ्ग नै त हो नि जिबनलाई रङ्याउने
आउ ! रङ्गमा घुलिदेउ
जिबनलाई उमङ्ग देउ ---
अरु हरफ भुल्यो अहिले उस्ले ।
यो कुनै उच्च कोटिको हाइफाइ कबिता त थियो कि थिएन उस्लाई पनि थाहा भएन तर भावनालाइ भने खुब छोएको थियो दमनको मनलाई ।

त्यही दिन अर्थात कबिता पढेको दिन कै साँझपख उ क्रिस्मस मार्केट तिर गएको थियो टहलिन । चिसो अत्यधिक बढ्दै थियो । क्रिस्मस मार्केटको रमझमले चिसोलाई भुलाउन खोजे झै भान हुन्थ्यो । साउथ अमेरिकनहरुले उनिबाट बनेका थरी थरीका सुइटर - पन्जा - मफलर आदी झुन्डाएका थिए । उ त्यो हेर्दै काठमान्डौको ठमेल तिर झुन्डाइने उनिका स्विटर - मफलरले सजिएका रोड सम्झिरहेको थियो । अनायसै एकदमै कलरफूल मफलरमा उस्को आँखा टासियो । आजै दिउसो तिर निशाको ' रङ्गमा रङ्ग घोलिदेउ ' कबिताले उस्लाई रङ्याइ रहेको थियो । त्यसैले पनि होला उस्को त्यही रङिन मफलरमा आँखा टासिएको । उस्लाई त्यो मफलर मानौ निशाले नै बुनेर त्यहा उसैको लागि राखिदिएको जस्तो पो लाग्यो । उस्ले त्यो मफलर किन्यो र कान छोपिने गरी घाटीलाई दुई फन्को लगाएर एक भाग पछाडि र अर्को भाग आफ्नो छाती सम्म पुग्ने गरी छोड्यो ।
बिस्तारै हातले मफलरलाई छुदै आफ्नै छातीमा हात पुर्याउदा मफलर मानौ निशाको कोमल हात भएर उस्लाई सुम्सुम्याइरहेको भान भो उस्लाई ।
उ एक्लै फिस्स हसेको थियो । अहिले त्यो मफलर छुँदा फेरी उ फिस्स हास्यो र बाहीरियो । मुटु काप्ने जाडो ! हिउमा बुटले कुल्चदै उ सडकको किनारै किनार हिडिरह्यो । आज उस्लाई हट रेड वाइन पिउने इच्छा भो । केही परको बारमा पस्यो । हट वाइन मगाएर उ झ्यालबाट बाहिर हेर्दै सोचिरह्यो । हट वाइन आइपुग्यो टेबलमा । तातो भएकोले वाइनबाट बाफ उडिरहेको थियो । उस्ले बाफलाई फू गर्‍यो । वाइनमा तरङ्ग आयो । बाफ पनि दाया बाया हुँदै उडिरह्यो । उ उडिरहेको बाफलाई हेर्दाइ फेरी अतितमा हरायो ।
एक दिन उस्ले निशालाई घुर्की लगाउन आफूले वाइन खाएर रात कटाएको कुरा शब्द मार्फत घुर्काएर लेखेको थियो । बिचरी निशाले साचै पत्याएर यस्तरी लेखेकी थी’ कि प्रत्यक शब्द शब्द निशाको आशु बनेर बोली रहे झै लागेको थियो उस्लाई । पछी पछुताएर ' होइन यसो पो त ' भन्दै पुन शब्दलाई मोडेको थियो निशाको मन ढुक्क बनाउन ।

यति तड्पिन्थ्यो उ निशाको पिरमा । वाइनबाट बाफ निस्कन छोड्यो । उ अतितको तन्द्राबाट ब्युझियो । हेर्दा हेर्दै वाइन चिसै भएछ ! चिसै वाइन एक घुट्को मै तन्कायो । फेरी हट वाइन मगाउ कि झै लाग्यो तर मगाएन । निशाले शब्द मार्फत नशा लाग्ने गरी अल्कोहल नखानु भनेर कसम खुवाएकी थिई । उ अल्कोहोलिक पनि थिएन । एक पेग - दुई पेग गर्दै लियो भने गिलासका गिलास रित्तिन सक्छ र उस्ले निशालाई दिएको बचन पनि रित्तिन सक्थ्यो फेरी बचन संगै जिबन पनि त रित्तिन सक्थ्यो ! यो उस्ले राम्रै बुझेको थियो । उ अपार्ट्मेन्टमा जान हतरियो । उ बारबाट बाहिरियो । फर्कदा अघी आफूले डोब दिएका हिउँहरु जस्ताका तस्तै थिए । उ त्यही डोब - डोब माथि कुल्चदै हिडिरहेको थियो । यसो गर्दा उस्लाई आनन्द आइरहेको थियो । आफ्नो एक्छिनको केटाकेटी मनतिर हरायो। उस्लाई यतिखेर निशा पनि त्यसै गर्दै छे जस्तो लागि राखेको थियो । उ फेरी एक्लै फिस्स हास्यो। अनि उ अहिले कोठामा आइपुग्यो । एक हप्ता भएको थियो निशाको मेल नाआएको । उस्लाई मेल खोल्न पनि मन लाग्याथेन । तर के सोच्यो कुन्नी ल्याप टप अन गर्‍यो । ल्यापटपसँग रिस पोख्दै पावर बटनमा बेस्सरी थिचेर अन गर्यो ! निशाको १७ वटा मेल आइसकेको रहेछ --------!!!!उस्ले आँखा चिम्म गर्‍यो ! गहिरो सास फेर्‍यो ! मेल खोलुँ कि नखोलुँ मन दोधार भो !पहिलो थियो -- दमन ! तिमी कहाँ छौ ? खुशीको खबर सुनाउनु थियो तिमीलाई !
दोस्रो -- मैले अबार्ड पाए नि !
तेस्रो -- तिम्रै प्रेरणाले लेख्न घच्च्याएको थियो मलाई
चौथो -- यस्को हकदार मेरो आत्माले तिमीलाई मान्छ --
पाचौ --एबम रितले
---
--
पन्ध्रौ -- किन रिप्लाई गर्दैनौ ?
सोर्हौ -- तिम्रो बधाई बिना मेरो खुशी अधुरो हुने छ ---
सत्रौ -- त्यो एउटा जिबन को पार्ट थियो , जस्लाई केही फिक्सन मिसाएर कल्पनाको क्यानभासमा मैले रङ्ग दिएकी थिए । रङ्गले मूर्त रुप लिएर सजिएछ । त्यो कल्पनाको लहरमा पौडिरहदा मैले तिमीलाई भुसुस्क्कै बिर्सेंछु ---त्यसरी पौडिन सिकाउने तिमी नै थियौ ---, पौडिन रहर जगाउने पनि तिमी नै थियौ --- दमन ! एक शब्द पनि तिमी प्रति नलेखेर मैले मन दु:खएकी छु तिम्रो । तिमी अहिले मेरो शब्द अगाडि बसिरहेका छौ -- यो पढुन्जेल मनमनै 'मेरी प्यारी निशा' पनि भन्दै छौ । केही शब्द त लेख --दमन !
म तिम्रो शब्दको पर्खाइमा छु !
निशा



10 Comments:

प्रबिण थापा said...

साचै लुना जि, म पनि हराए तपाईंको यो निशा- दमन भित्र, अती उत्क्रिठ जब पढ्दै अन्तिम लाइनमा पुगे माथिको सब कुरा बिर्सदै गइरहे।
लाग्यो मलाई पनि कुनै नशाले छोइरहेको छ। तपाईंका सिर्जनाहरु निरन्तर पढन पाईओस।

Panda said...

लुनाजी मेरो पो मथिंगल खराब भो त !

तपाइको "मथिङ्गल खराब"को सम्पादन मैले गरेको थिएँ , त्यति बेला शुद्धाशुद्धीमा अलि बढी समस्या थियो तर मैले एकै सासमा पढ्दै मिलाउंदै गरे । अहिले चाहि सुध्रिसकेको रहेछ, शायद "नेपालियन"जीले कैंची चलाइसक्नु भएछ कि ! त्यहि पनि मेरो बिचारमा अनलाइन युनिकोड कन्भर्टर भन्दा नेपाली युनिकोड कि-बोर्ड प्रयोग गर्नु भयो भने राम्रो । अरु यस्तै सम्बन्धिकुराहरु कुनै दिन इमेल सम्पर्क भयो भने सुझाव दिउंला (विज्ञ त हैन तर काम चलाउ!)।

अनि साउथ अमेरिकनहरुले बेच्न राखेको मफलरहरु त ब्रसेल्समा देखेको थिएँ । कि दमन पनि ब्रसेल्स तिरै छ !

अनि नीशाले दमनलाई किताबमा बिर्सेको विषयमा कुरा गर्दा वास्तविक रुपमै केहि महिलाहरु सफलताको लागि यति मरिहत्ते गर्छन कि "पछाडिको कि फिगर" लाई लुकाउंछन (विर्सेर मात्र हैन जानी जानी पनि !) तर जब सफल भइसक्छन तब मात्र पछुताउंछन त्यो गर्नु पर्ने रैछ भनेर । शायद नीशामा पनि यो लागु भयो कि !

नेपालियन said...

पान्डा जीले ठिकै भन्नुभयो। निशा दमनमा मैले नै कैचै चलाएको हुं। त्यसैले यसको पहोलो पाठक म नै बन्न पुगे। मलाइ त फिलीम हेरे जस्तो लागेको थियो मात्र फाइट थिएन त्याहां। साउत अमेरीकन सुइटर जस्तै भाबनालाइ राम्रोसंग बुनीएको छ । लुना जीले दोर्हाएर पढ्नु भए भिन्नता अबश्य पाउनुहुनेछ र उहांलाइ अझ उत्रक्रिष्ट लेखे मिल्ने हौशला बढ्ने छ।
पाण्डा जीले मथिङ्गल खलबलमा दर्जिको काम गरेकोमा धन्यबाद। ठरकी दादा पनि दौंतरीमा सक्रिय दर्जी हुनुहुन्छ। हालसालै हिमाल पारी नया दर्जीको रुपमा आउनु भएको छ।

madan said...

I like this story.

Luna said...

प्रबिण जि , पन्डा जि , नेपालीयन जि ! धेरै धन्यवाद प्रतिकृयाको लागि ।
म त भर्खर पकाउन सिक्दै गरेकी भान्से हुँ त्यो पनि तपाईंहरुकै उक्साहट ले हौसिएर पकाए । जिबनमा पहिलो पटक यसरी जानी नजानी खुब रहर ले पकाए । रहर त गरे मिठो स्बाद दिन गार्हो पो हुदो रहेछ सिकारु त्यो पनि म जस्तो रहरमा हाबामा सपना देख्ने लाई :)
ओहो! राम्रो सँग आगो बाल्नै सकिन ! फू फू गर्दा गर्दा हैरान !आखा आशुले भरिएको थियो ! नुन खुर्सानी पनि मात्रा मिलाएर राखे कि राखिन त्यतिखेर भेउ नै पाइ न । तैपनी तपाईं हरुले सन्तोषी भएर खानु भो र अझै मिठो पकाउनुस् है भन्दै हौसला पनि दिनु भो । धेरै धेरै धन्यवाद है । म फेरी पकाउने कोशीस गर्ने छु ।
शुद्दा शुद्दी तिर सहयोग गर्नु भएकोमा पन्डा जि र नेपालीयन जि लाई हिर्दय देखी नै धन्यवाद ।
पन्डा जि ! दमन मेरो कथाको पा त्र हुन । ति कहाँ बस्छन मलाई थाहा छैन । ।
मफलर को प्रसँग सुनाउ है ? बरु मफलर मैले मेरै पसल बेल्जियम मा नै( बेल्जियम को आर्डेन पार्ट - लक्सम्बर्ग नजिक भन्दा होला ) बिक्री गर्छु ।
निशा - दमन मैले पसल मा बस्दा बस्दै लेखिरहेकी थिए , त्यही नै बेला ग्राहक आउनु भो र बास को चोयाले बनेको टोकरी मा राखिएको कलरफूल मफलर किन्न चाह्यो । मैले झिक्न ला ग्दा चोयाको टुक्रा मा मफलर अड्कियो । जतन ले झिके र बिक्री गरे । पछी ग्राहक जानु भए पछी म त्यही कलर फूल मफलर सोचेर टोलाए अनी सोछे 'ल अब यो मफलर लाई दमन को मफलर बनाउनु पर्छ ' । यसरी निशा दमन मा मफलर को कुरा आएको हो ।

Panda said...

ल खुशी लाग्यो कहिले काहीं ब्रसेल्स या लक्जेम्बर्गतिर जादां मफलर हेर्न पाइने भयो, जे भए पनि मेरो अनुमान तपाई बेल्जियमतिरै हुनुहुन्छ भन्ने थियो, ठ्याक्कै मिलेछ !

अनि शुद्ध अशुद्धीको कुरा गर्दा नि तपाईंको कमेन्टहरु गहकिला र प्राय शुद्ध रुपले लेखिएका नै हुन्छन । तर लामो लेखमा अलि बढि अशुद्धी हुन्छन । मेरो बिचारमा तपाईंले लेख लेखिसके पछि आंफैले एक दुई पटक राम्रोसंग हेर्नु भयो भने त्यो पनि मिलाउनुहुनेछ ।

अनि माथि तपाईंले "त्यही नै बेला ग्राहक आउनु भो र बास को चोयाले बनेको टोकरी मा राखिएको कलरफूल मफलर किन्न चाह्यो ।" भन्ने वाक्यलाई फेरि हेर्नु भयो भने थाहा पाउनुहुन्छ तपाईंको गल्ती । शुरुमा "आउनु भयो" अनि अन्त्यमा "किन्न चाह्यो" लेख्नु भएको छ, त्यसले लेखमा एकरुपता आऊंदैन । सामान्यतया ग्राहकलाई आदर गर्ने शब्द प्रयोग गर्नु पर्दैन तर गर्न हुदैन भन्ने छैन । फल्नो ग्राहक भनेर तोकिएको छ भने चाही गर्दा पनि राम्रो । धेरै जसो यस्ता किसिमका गल्तीहरु "नेपाल जापान डट कम" मा देख्न सकिन्छ ।

अर्को कुरा "मा, बाट, संग, को, लाई, हरु आदिलाई" अगाडिको noun संग जोडेर लेख्ने गरिन्छ ।

लेख धेरै लामो भन्दा पनि ठिक्कको लेख्नु भयो भने र लेखिसके पछि २-३ पटक पढ्नुभयो भने आंफैले नै धेरै सुधार गर्न सक्नु हुन्छ । शुभकामना !

Luna said...

पण्डा जि !
धेरै धेरै धन्यवाद , म कोशीस गर्ने छु ।

Postak_Shrestha said...

ब्लग एन्ड लव -राम्रो छ। अलि लामो पनि भयो जस्तो छ। दुई भागमा प्रस्तुत गर्नु भए हुन्थ्यो कि? " हप्ता भएको थियो निशाको मेल नआएको " तर एकैछिनमा "१७ वटा मेल"! यहांनिर अलि मिलेन कि। कि मेल सर्वरले विलेन खेल्यो, लुनाजी? जे होस्, हजारौं माईलको यात्रा पनि पहिलो कदमबाटै शुरु हुन्छ। keep going.

Luna said...

पोस्तक जि !
दमन अपार्ट्मेन्ट बाट बाहिर निस्केर टहलिएर आउँदा ६० मिनेट त क ट् यो होला , अब ६० मिनेट मा १७ बाट मेल आउनु अस्बबाभिक हुँदैन है । अनी सात दिन भो ईमेल ना आएको भन्नु को तात्पर्य दमन बाहिर निस्कदा सम्म ईमेल आएको थिएन , त्यही ६० मिनेट भित्र १७ ब टा मेल आएको भनिएको छ अर्थात निशाले हरेक ३-४ मिनेट को फरक मा दुई -तिन हरफ को ईमेल पठाएकी छन । यसरी बुझ्नु भए हुन्छ है ।
अब एक हप्ता सम्म किन आएन त्यो त फिक्सन राखेको छ नि त " माथिङ्गल खलबल " उपन्यास हिट भएर अन्तर्वाता दिदा दिदा ब्यस्त भएर क्या नि :) कुरा बुझ्नुस् न ! :)
हे!हे!हे!हे!

waka said...

luna ji
katha ko prabah nikai ramro chha ,nirantartako kamana

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !