December 14, 2008

हामी कता जाँदैछौ

शेखर ढुङेल
12/09/08 का दिन एकातिर दलका नेता झलनाथ खनाल उनका युवा दस्ता Youth force ले कानुन हातमा लिने काम नगरेको भन्दै पत्रकार सामु बोल्दै थिए उता youth force एभरेष्ट होटेलमा छपामार सैलिमा डेढ दर्जन मह्ङा गाडी तोडफोड गर्दै कानुनी राजको उदाहरण दिदै थिए। नेपालमा यो के भईराखेको छ ? हामी जती स्वतन्त्रता र मानवधिकारको लागि लडाईं लडेको कुरा गर्छौं त्यति नै दस कदम पछाडि आमान्बिय कार्य गरी राखेको र्छौं । यि र यस्तै असहज लाग्ने कान्ड दैनिक भैराखेका छन् । एकले अर्कालाई हिलो छ्याप्ने र गल्ती दोहोर्‍याई रहेका छन् ।

यस्तो खराबी देखिनुमा दल मात्र जिम्मेवार छैनन्, हामी प्रत्यक जिम्मेवार छौं । हामीमा चेतनाको कमी छ हामीमा बिकृतिले राज गरेको छ । हामीमा धैर्यता छैन, हामीमा सढ्भाब छैन , हामीमा त्याग छैन, हामी शान्त छैनौं, हामी कसैलाई पनि मौजूदा नियम कानुन, प्रशासन, प्रहरी, नेता माथि विश्वाश छैन, जायज नाजायज खोट्याउने सक्ने छमता छैन। हामी धम्कीको भाषा मात्रा बोल्द्छौ मिठाश हामीमा रित्तिदै छ । कसले हाम्रो मन मश्तिस्क्मा बिष घोलिरहेको छ? अब चेतना भनौ भने क्रान्ति नै क्रान्तिका भेल बहाइ राखेका छौ। दलित भनी भेदभाउ, बोक्सी भनी कुट्पिट लूट्पाट, यातना, अपहरण यही हो त आधुनिक समाज र सभ्य कानुनी समाज को गती? अरूको मात्र दोष थोपर्ने बानी परेको हामी नेपाली प्रत्येकको काम के अग्रगमन तर्फ लम्कदैछ ? यो राष्ट्र र जनता प्रती जिम्मेवार को ? यो बिकृतिपूर्ण प्रब्रितीको कारक तत्व के हो ? त्यस्को निराकरण कहिले कस्ले र कसरी गर्ने? यो अहम सवालमा क्रान्तिकारी भन्न रुचाउने नेताहरुको ध्यान गएन भने अब प्रजातन्त्र मात्र होइन देश कै अस्तित्व नरहने पक्का छ।

यस्तै असहज कान्डै कान्ड हरुका समाचार पढिरहदा यो लेखकको मन एकाएक एसै जगत को एउटा देश, हामी जस्ताइ दु:ख भोगेका मानिस बसेको देश जापानको याद आउंदछ त्यहाका मानिस, व्यबहार, सद्भाभ, अनुशासन देखेर मन कुडिन्छ अनी भन्न मन लाग्दछ के हामी मान्छेनै हौ। कहिले काहि केही धर्म परिवर्तन गरेका पाखण्डी नेपाली क्रीस्चियनहरुले लगाउने गरेको आरोप सत्य पो हो कि जस्तो लाग्दछ" ति भन्दछन् हिन्दू धर्मका आजका बाहुन छेत्री पुर्व जन्मका राक्षसहरु हून, हाम्रो देशको ईतिहास र हाम्रो व्यबहार देख्दा आरोप लगाउने लाई सहायता नै पुगेको छ।

प्रसँग जापानको यहाँ राजनैतीक दल मध्ये जापान कम्युनिष्ट पार्टी आर्थिक रूपमा अरु दल भन्दा सम्पन्न छ। तर राज्य सम्थन्त्र हाबी छैन , विश्वको पुरानो राजशाही छ । बिरोध भन्दा सम्मान बध्दो छ । जनतालाई सभ्य, अनुशासित , सहयोगि, शिक्षा दिन सफल जापानको छोटो भ्रमणको क्रममा देखेको भोगेको कुर राख्न मनलाग्यो।


क) एक जापानिज मित्रको साथमा भ्रमण गर्दै थिए त्यहाँको ट्राफिक प्रहरीले रोके, जपनी परम्परा अनुसार नमस्ते अनी माफ एकै शब्दमा पोख्दै डिस्टर्ब गरेकोमा क्षमा मागी हामी आज नियमित सवारी साधन को अवस्था चेक गर्दै छौं , तपाई तपाईंको कागज पत्र दिई सहयोग गर्नु हुन्छ कि ? उन्ले पनि राम्रो काम गर्नु भएछ धन्यवाद भन्दै आफ्नो कागज पत्र दिए चेक गरी सके पछी फेरी क्षमा माग्दै सहयोगको लागि धन्यबाद् भन्दै दुई वटा स्याउ र दुई केरा भएको ब्यग दिए, अनी भने तपाईंको यात्रा शुभ होस । अन्दाज लगाएँ नेपालतिर भएको भए कस्तो सम्बाद हुन्थ्यो होला?


ख) टोक्यो भन्दा १०० कि मि पर ओगावा नामको सानो शहरमा मेरो बसोबास थियो - पैदल् यात्राको क्रममा तीन ,चर कि मि लामो सङ्लो पानीको कुलोमा थरी थरीका साना-ठुला अनगिन्ती माछाहरु देखिन्थे मेरो दिमागमा आयो त्यत्रो बस्ती बिचको कुलोमा रहेको ति माछाहरुको अस्तित्व कसरी कायम हुन्सक्यो होला? जापानिज मित्रले भने यो प्रकृतिक शुन्दरताकोलागी स्थानीय जनताले नै कृतिम कुलो बनाइ माछा पालेका र उनिहरुले नै स्यहार सुसार अनी दानाको ब्यवस्था गर्छन्, मार्ने, खाने, अनुमती छैन कसैले केही गर्दैन।

ग) बाटोमा हिडदै गर्दा तार बार समेत नभएको बिशाल तरकारी फार्म देखियो, बाटो छेउमै एउटा पाल टाँगी त्यहाका सिमी, बोडी, फर्सी, काँक्रा, भ्यान्टा गोल्भेँडा आदी प्याक गरी मुल्य लेखी राखिएको थियो- कुनामा एउटा काठको बाकश (खुत्रुके) थियो वरीपरि कोइ देखिएको थिएन। मौका पाउने बित्तिकै अर्काले मिहिनेत गरी हुर्काएको फल्फुल चोरि खाइ हाल्ने म जस्ताको जिज्ञासा बड्ने नै भयो। जापानिज मित्र हायाकवाले भने यी हाम्रा ईलाकाका मिहिनेती किसान हुन। कसैले त्यसै लैजाने अपराध गर्दैन, तोकिएको मुल्य खुत्रुकेमा हाली दिन्छ र सामान लैजान्छ। चोरि हुँदैन- चोरि गर्नु ठुलो अपराध हो भन्ने हामी ठान्छौ त्यो पनि येस्ता मिहिनेती किसानको ठाँउमा कथमकदाचित चोरी भयो भने त्यो कोही बिदेशीकै काम हो भन्ने विश्वाश राख्ने रहेछन।

घ) एक दिन Tokyo को करीब ४ हजार विद्यार्थी भएको कलेजमा पुगेको थिएँ, कलेजको भूई तल्लामा पुगे पछी हायाकवाले जुत्ता फुकाल्न थाले र मलाई पनि फुकाल्न भने, कारण सोधेँ उन्ले भने कलेजको सरसफाई कायम राख्न त्यहाँ कलेजले विद्यार्थी लगायत प्रत्यकका लागि जुत्ता राख्ने बक्सा बनाएको थियो-आफ्नो जुत्ता राख्यो, त्यहाँ राखेको नरम, सफा अनी आवाज न आउने चप्पल लगाई भित्र जानु पर्दथ्यो- कस्तो अनुशासन ?

ङँ) १९९६ तिरको कुरा हो टोक्योमा एउटा जापानिजको हत्याकान्डमा नेपालीको नाम मुछिएको थियो- उनी फरार थिए - प्रहरिले सम्भब्य ठाँउमा छापा पनि मार्यो- फरार मित्रका नजिकका साथीहरुलाई सोधपूछका लागि बोलायो- 'ओवर स्टे' बसेका मित्रहरुलाई अब नेपाल पठाइदिने भयो भन्ने चिन्ताले ग्रस्त थिए- हाँसी हाँसी फोन गरेर खबर सुनाए- सोधपूछ सकिए पछी- कहाँ काम गर्छस ? कती कमाउँछस ? भनी सोधेछ। अनी प्रहरीले त्यो दिन कमाइ बराबरको पैसा पनि खाममा राखी अनुसन्धानमा सहयोग पुर्र्याएकोमा धन्यवाद भन्दै, चिया, कफि, खाना सामेत खुवाई पठाएछ र थप भनेछ राम्रो सित काम गर, नेपालका आफन्त लाई सहयोग गरे वहाँ । जापानिज प्रहरी नेपालमा भाको भए ?

च) १९९२ म त्यहाँ हुँदा एक जना सित ७० हजार येन् सापट लिएको थिएँ - म अर्कै शहरमा बस्दथे- मैले साधारण खाम्मा राखी सो पैसा हुलाक मार्फत पठाइ दिएको थिएँ। जापान भित्र २४ घण्टामा एक ठाँउबाट अर्को ठाँउमा साधारण चिट्ठी पुगी सक्दछ। एक हप्ता बित्यो साथीको हातमा पुगेन। जापानमा त्यस्तो हुनै सक्दैन। साथीले मलाई झुटो भन्ने पक्का थियो। मैले मित्रलाई भने तिमी तिम्रो छेउको पोस्ट अफिसमा सोध म मेरो ईलाका कोमा सोध्छु। त्यसै गर्‍यौं तीन दिन पछी कामबाट फर्कँदा ढोकामा टोक्योको मुख्य पोस्ट अफिस बाट दुई कर्मचारी आएका रहेछन भेट हुन नसकेपछी यो मिती, समय र मानिसलाई यँहा भेट्ने सम्भब नभएकोले यो नम्बरमा फोन गर्नु भनी सुचना राखेको चिट्ठी पाएँ । तोकेको स्थानमा पुगेँ त्यहाँ अनुसन्धान अधिकारीले यस्तो स्वागत र सिस्टता अनी बार बार सरी सरी भनी राखेका थिए, लाग्दथियो ति कतै ठुलै अप्राधी हुन र म पुलिस हुँ। म अक्मक्की राखेको थिए मेरो बारेमा अनी कहाँ मेल खसालेको कस्ता कस्ता नोट थिए सबै कुरा सोध्पुछ गरी सके पछी ति अधिकारीले त्यो ७० हजार येन् , टिकेट र खामको पैसा त्यो दिन को मेरो कमाई हुने १० हजार येन् समेत् दी सानो कागजमा सही गराए अनी माफ माग्दै भने हाम्रो कर्मचारीबाट गल्ती प्रमाणित भै सक्यो उन्लाई बर्खास्त गरी जेल पठाइ सकेका छौ। उस्को तर्फबाट म एक पटक फेरी माफ माग्दछु भन्दै ढोका सम्म आइ बिदा गरे।

त्यती मात्र होइन त्यहा धर्ना बस्दा सम्बन्धितलाई भन्दा अरुलाई बाधा पुर्याउन नहुने मान्यता छ । जुलुश निकाल्दा सडक पेटी मात्र प्रयोग गर्ने चलन छ सवारी साधन सडक बस शपीङ मल आदी जहाँ सुकै जापानिजहरुले एक अर्का प्रती दर्शाउने सौहार्दता , सहायता, सिस्टता आदर व्यबहारको के बयान गर्ने ? किन हामी त्यस्तो हुन सक्दैनौ ? कमसे कम् एउटा वा मेरो कारणले अरु ले दु:ख झमेला पाउन हुन्न भन्ने एउटा सामान्य मान्यता पनि हामी बाट लागु हुन सकेको छैन । नयाँ नेपाल को लागि कुनै नयाँ शुभ कामको थालनी खोइ ? पुराना भात्काउने, तर नयाँ जग नराख्ने ? खराब काम को सिको गर्न सक्छौ, तर किन राम्रो कामको सिको गर्न कजुस्याई ? जापान ले १९४७ ताका नै लागु गरेको सिविक सेन्स सम्बन्धी कानुन किन नबनाउने ?



4 Comments:

Luna said...

जापान को सका रात्मक कुराहरुको जानकारी दिनु भएको मा शेखर जि लाई धन्यवाद ।
भन्छन नि 'जहा कङाल त्यहा चन्डाल ' हुन्छ रे । साय द अहिले को परिस्थिती यस्तै भएर होला हामी कहाँ इमान्दारिता क्रमश : हराउदै गएको छ तर भोली को सुध्रिदो परिस्थिती सँगइ पुन : ती इमान्दारिता पनि पलाएर आउँलान । अहिले लाई यो भन्दा बढी अरु के नै पो भन्न् सकिन्छ र !
र पनि ,
हामी कहाँ भएको पारी बारीक प्रेम चाँही जापा निज हरुको त्यो ब्यस्त र आधुनिक जिबन बिताउने हरुको लागि आर्दश हुदो रहेछ । यो चाँही मैले जापा निज हरु कै मुख बाट सुनेकी हुँ ।
भन्दा खेरी सका रात्मक कुरा त हामी सँग पनि छ । तैपनी तपाईंले जे उल्लेख गर्नु भो आर्टिकल मा त्यो चाँही हामी कहाँ खाचो छ ।
अब जहाँ सम्म " हामी कता जा पुग्दै छौ " भन्ने चिन्ताको सबाल हो , त्यस को यछ उत्तर त हामी आँफैले दिनु पर्ने हुन्छ अर्थात हाम्रो काध मा त्यो जिम्मेबारी आएको छ ।
हामी छौ हाम्रो सभ्य समाज छ - हामी छैन - हाम्रो सभ्य समाज छैन ।
------------------
धुक धुकी तिमी र हामी
मुटु हाम्रो सरकार
धमनी हाम्रो समाज
चिन्ता हाम्रो दरकार ।
~~~~
चसक्क त दुख्छ नै
आँफैलाई गाली गर्नु पर्दा
घाऊ त हुन्छ नै
आफ्नै जरा कोतर्नु पर्दा ।
~~~~
कोतरिएका घाऊ पुरिनु पर्छ
औषधी जिबन रसले
दाग लाई हताउनु पर्छ
सबको सक्दो कोशीसले ।
~~~~

Panda said...

"कामरेड प्रचण्डको" शब्द सापटि लिएर भन्दा "जनता राम्रो भए नेता राम्रो हुन्छ" रे । जनतामा चेतनाको छडी चलाउने जारहरुको पनि मुलुकलाइ आवश्यकता पर्दो रहेछ कहिले काहि, अहिले सम्म हामीले त्यस्तो नभोगेकाले नै हामी धेरै छाडा छौ कि !

ठरकी दादा said...

निक्कै रोचक र अनुकरणीय प्रसंग पेश गर्नु भएछ । सादारण नेपाली आँखाले हेर्दा 'यस्तो पनि हुन्छ र?" भन्नु पर्ने छ यि प्रसंगहरु ।

नेपालको सम्बन्धमा भने कानून बनाएर मात्रै यो सबै हल होला जस्तो लाग्दैन, घरका मुलिहरु आफ्नो ईज्जतमा नबसेसम्म र साधारण जनमानसमा यो नैतीकताको पाठ पुग्नै सक्दैन ।

नेपालियन said...

शेखर जी सारै राम्रा प्रसंग सुनाउनु भयो। खास नेपालमा लेखेर मात्र हुदैन, ब्यबहारमा उतार्नु पनि महत्बपुर्ण छ।
हामी कांहा जादै छौ?
मलाइ त लाग्छ खाल्डोमा। सुन्दा नमज्जा लाग्छ तर सत्यता त्यही हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !