November 9, 2008

विशाल नेपालका निर्माता र अहिलेको नेपाल


दीर्घराज प्रसाई

२४० बर्षअगाडि राष्ट्र निर्माता पृथ्वीनारायण शाहले सबै जाती र समूहको सहयोगमा टुक्रा-टक्रामा विभाजित हिमवतखण्डका स-साना राज्यहरुलाई एकिकृत गरेर विशाल नेपालको सिर्जना गरेका थिए । अहिले विशाल नेपालका पहरेदारहरुलाई विदेशीहरुको इशारामा राष्ट्रिय एकीकरणदेखिको सुनौलो इतिहासलाई पार्टीका नेताहरुले खिल्ली उडाइरहेका छन् । पृथ्वीनारायण शाह त्रिभूवन राजा महेन्द्का र राजा वीरेन्द्रका नामका नगर विद्यालयहरुको नाम फेरेर उनीहरुको ठाउँमा आफूखुसी नाम राखेर विदण्डा मच्चाउनको लागि जनआनदोलनले चाहेको थिएन । जनअधिकारको नाममा सींहदरबार अगाडिको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालीक फुटाउनु गणतन्त्रको नारा जातीय स्वायत्तताको कुराहरुलाई उचालेर राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउदै अधिकार प्राप्तीको नाममा राष्ट्रिय सम्मान माथि चोट पुर्‍याउनु कहाँको राजनीति हो?, जातीय स्वायत्तताको कुराबाट नेपालका ब्रामण क्षेत्री मगर थकाली आदि पहाडका बासिन्दा र तराईका बासिन्दाहरु बिच फुट ल्याएर के स्वतन्त्रता र समानताको माग पुरा हुन्छ?। यहाँ कुन जातिलाई कस्ले शोषण गरिरहेको छ र राष्ट्रनिर्माता प्रति आक्रोश पोख्ने नेपालको राजसंस्था सामन्तीवर्गको पोषक र जनताको शोषणको आधार नभएर जनताको संरक्षक हो ।

नेपाल कम्युनिष्टहरु कस्को बिरुद्ध लडिरहेका छन् ?, वर्गसंघर्ष कम्यूनिष्टको नीति हो तर यहु जातीय स्वायत्तताको कुरा कहाँबाट आयो माओवादीहरुमा कम्यूनिष्टहरु त जातीय-साम्प्रदायिकताका त जन्मजात बिरोधी हुन् । विपी कोइरालाको भनाई थियो एथनिक ग्रुप भनेको मदेशे, पहाडी, राईलिम्बु, ग्रुपलाई उचाल्नु यो अराष्ट्रिय काम हो । हिन्दुस्तानले हामीलाई कमजोर गर्नु पर्‍यो भने कुन स्ट्रेटेजी अपनाउला यही गर्छ कि गर्दैन जातीय संम्कृर्णता भित्र रुमल्लिएर सिङ्गो नेपाली जनताको एकतात्मक भावनामा चोट पुर्‍याउने काम कम्यूनिष्ट लगायत कुनै पार्टीका नेताहरुले नगरुन् ।


नेपालको एकीकरण भएको १०० बर्ष पछाडि टुक्रा टुक्रामा विभाजित जर्मनीलाई विश्मार्कले एकीकरण गरे । नेपालको एकीकरण हुनुभन्दा १०० बर्ष पछाडि जर्मन जस्तै टुक्रा टुक्रामा विभाजित इटाली कबुर र ग्यालिभर्दि जस्ता सपुतहरुको नेतृत्वमा विशाल इटालीमा परिणत भयो । नेपालको एकीकरण भएको १०० बर्ष पछाडि अन्धकारमा गुजि्ररहेको जापानमा मेजी रेष्टुरेसन भएर राजाको नेतृत्वमा आधुनिक जापान बन्यो । नेपालको एकीकरण हुनुभन्दा २०।२५ बर्षसम्म पनि अमेरिका बेलायतको उपनिवेश थियो । अमेरिका, जर्मनी, इटाली, जापान लगायत यस्ता कैयौं देशहरु अन्धकारमा रहेका अवस्थामा पनि अंग्रेजले यसक्षेत्रलाई आफ्नो कब्जामा राख्न असफल भयो । तर हिन्दुत्वको अस्तित्वलाई चकनाचुर पारेर भारतमा साम्राज्य स्थापना गर्‍यो । यसक्षेत्रमा पथ्वीनारायण शाहको नेतृत्वले गर्दा चन्द्र-सूर्य अंकित झण्डा फहराएर हिमवत्खण्डको मौलिकतालाई जीवन्त राखियो । सुगौली संधि पछाडि अंग्रेजले यहीका केही राष्ट्रघातीहरुलाई बोकेर पूर्वमा मेची पुर्वको टिस्टासम्म र पश्चिममा महाकालीदेखि कांगडासम्मको भूभाग जालसाँज गरेर कब्जा गरे । तर पनि दार्जिलिङ्ग, कालेङ्पङ्ग, देहरादुन, अलमोडा लगायत गोर्खालीहरु बसेको क्षेत्रमा नेपालीभाषा नेपालको राष्ट्रिय पोषाक-टोपी दौरा-सुरुवाल सारी-चोलो आदि यत्यादि र नेपाल पहिचान भित्रका तिज दशै तिहार शिवरात्री बुद्ध जयन्ती आदि नेपालीहरुको सांस्कृति राष्ट्रवादलाई बचाएर राखेका छन् ।


पृथ्वीनारायण शाहको नेतृत्वको कुरा गर्दा- वि.स.१८०० मा पृथ्वीनारायण शाहले बनारस भ्रमण गरेकाबेला अंगे्रजले भारतीय परम्परा र संस्कृति ध्वस्त पार्दै भारतीय जनतालाई कुट्ने मार्ने र जहाँतहीं लुटपिटहरु मच्चाउने घटनाहरु देखेर अंग्रेजहरुले यसक्षेत्रमा कब्जा जमाए भने जनताको कस्तो दुराअवस्था होला भन्ने कुराले उनलाई चिन्तित बनाएको थियो । त्यसबेला पृथ्वीनारायण शाहले -गोर्खा भन्नु र नेपाल भन्नु उनै गोरखनाथ हुन् । फिरङ्गी भनेको ब्वासो हो । ‘जयप्रकाशले यो मुलुक खाया पनि मैले खाया पनि उस्तै कुरा हो । तर फिरङ्ग भिनेको अर्कै हो’ भनेर यसक्षेत्रका स-साना राज्यका जनतालाई एकताको सूत्रमा आवद्ध गराएका थिए । पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यका विजय गरेपछि क्रीस्चियन धर्म प्रचारक केपुचीनलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले त्यही इखले पृथ्वीनारायण शाहलाई वद‍्नाम गर्न कीर्तिपुरेहरुको १७ धार्नी नाक काटेका थिए भनेर केपुचीन पादरीलाई आधार बनाएर झुटा र कपोल्कल्पित कुराहरु अंगे्रजहरुले लेखेका थिए । कस्तो अपमान वास्तवमा कीर्तिपुरेहरु युद्धमा हारेकाले कीर्तिपुरेहरुलाई आक्रोसित तुल्याउन भ्रम फैल्याइएको थियो । नेपालको एकीकरणपछि सबै राज्यका जातजातिहरुको रीतिथिति संस्कृति धर्म भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिको रुपमा ग्रहण गरिएको थियो । अनेकौं जातीय भाषाहरुको बीचमा नेपाली भाषा प्रचलित भइसकेकाले नेपालीहरुको साझा भाषाको रुपमा स्वतः रुपान्तति भएको हो । अर्कोतर्फ एकीकृत नेपालको पूर्व र पश्चिमका सबै साना राज्यहरु हिन्दु र वौद्ध धर्मका अनुयाई भएकाले नेपालको एकीकरणमा थप बल पुग्न गएको थियो । भारतमा हिन्दु धर्म र संस्कृतिको नास गराएर इसाई धर्म लाद्ने र फिरङ्गीहरुको अत्याचार हरक्षेत्रमा फैलिएकाले पृथ्वीनारायण शाह जस्ता कर्मठ संरक्षक पाउँदा सबै जनता अत्यन्तै खुसी थिए । त्यहीक्रमले शाहवंशीय राजाहरुले नेपालको सावैभौसत्तामा आँच आउन नदिने र नेपाली जनतालाई पेल्ने काम कहिले गर्दै गरेनन् । नेपालको राजसंसथा सम्राज्यवादि शक्तिसँग लडेर आएको नेपाल र जनताको रक्षक हो ।

तर परचक्री र स्वदेशी कुचक्रीहरुले इतिहासलाई बिसे्रर २४० बर्ष अगाडिदेखिको शाहबंशीय राजाहरुको देन माथि प्रहार गरेर नेपाललाई अफगानिस्थानको हालतमा पुर्‍याउन खोजे सिक्किम बनाउन खोज्दै छन् । सिक्किम एक सार्वभोमसम्पन्न राष्ट्र, आज भारतको कब्जामा छ । बितेको १२बर्ष अगाडि माओवादी विद्रोहको कारक राजा थिएनन् । सत्तासीन नेपाली कांगे्रसको कुशासन हरक्षेत्रमा ब्याप्त भ्रष्टाचार जनमोर्चा माथिको दमनचक्रनैं थियो । नेपालको राजसंस्था प्रति बितृष्णा जगाएर हामीलाई प्रजातन्त्रको लागि भनेर लडाइरहेको छ । भारतले भूटानमा प्रजातन्त्रको कुरा किन उठाउँदैन किनकि भूटानको रक्षा र परराष्ट्र नीति आफ्नो मातहतमा छ । कम्यूनिष्टहरु दिल्ली संझौताको बिरोध गर्छन् तर त्यही दिल्लीको ग्रायण्ड डिजायन्भित्र अभिनय गर्छन् । विधानसभाको निर्वाचनको निहुमा सिक्किम सिद्धियो । त्यस्तै हुनेछ नेपालमा संविधानसभाको परिणाम अनि राष्ट्रवादीहरको नेतृत्वमा देशद्रोहीहरु लखेट्न रगतको खोलो बग्छ ।


राजसंस्था बारेमा वि.पी. कोइरालाले अडान थियो- नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहदैन । राजतन्त्रका साथ समाजवाद चल्नसक्छ । म चहान्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेलहोस् । कांग्रेसहरु आफूहरुलाई वि.पी. वाद देखाउँछन् तर वि.पी. विचारको प्रतिकुल हिडछन् । भाँडन र भत्काउन सजिलो हुन्छ तर बनाउँन सजिलो हुँदैन । हाम्रा मान्यताहरु सिद्धिएपछि नेपालभित्र र विश्वभर छरिएर बसेका नेपालीहरुको हालत के होला राजसंस्था हिन्दु तथा बौद्ध अधिराज्य्र नेपाली भाषा सगरमाथा बुद्धको जन्मथलो नेपालको पहिचान हो । दुई ठूला राष्ट्रहरुको च्यापोमा परेको यो सानो देश र यहाँका विविध संस्कृति र परप्परामा आवद्ध नेपालीहरुलाई राष्ट्रियताको डोरीले कस्न सक्ने आधिकारिक स्रोत बचाएर मात्र नेपालमा संसदीय प्रजातन्त्रको सुदृढीकरण गर्नसकिन्छ । तसर्थ नेपालके स्थापित मान्यता र पहिचान जोगाएर नेपालको सावैभौमसत्ता र संसदीय प्रजातन्त्रलाई दिगो राख्न सम्पूर्ण स्वदेश-विदेशमा रहेका नेपाली जाति सचेत हौ ।



10 Comments:

आकार said...

पृथ्वीनारायण शाहले गरेको कार्यलाई नराम्रो हो भन्नुहूँदैन, उनको समयबाट नै नेपाल भन्ने देश बन्यो ।

र अहिले परिस्थिति बदलिएको छ, तर खै किन हो, कता कता, केही कुरा मिलिरहेको छैन, देश अगाडि बढिरहेको छैन ।

sishir said...

There is no space for ex-kings and their bharautes. Shut up and see the change.

ठरकी दादा said...

नेपालमा राजतन्त्र हुँदा नेपाल राम्रो थियो भन्न सक्दिन तर स्थितिले के देखाँउदै छ भने कुनै दिन "राजतन्त्र छँदा, नेपाल पनि थियो" भन्नु पर्ला जस्तो छ ।

नया नेपालको नाममा केहि परिवर्तन आउला भन्ने मलाई पनि आश थियो तर अहिले लाग्दैछ उनिहरुको 'परिवर्तन' भनेको नेपालको सिमा रेखालाई चिरा चिरा पारेर 'पुरानो नेपाल' छुट्टै र 'नया नेपाल' छुट्टै बानाउनु नै हो ।

प्रसाई जी म राजावादि होईन तर यथार्थवादि भने पक्कै हुँ ।

अहिलेको नेपालको लथालिंङ स्थितिलाई हेर्दा तपाईको आलेखमा खोट लगाउने कुनै ठाँछउ छैन ।

Panda said...

कुहिराका कागहरु हुन जनता र यिनलाई हाक्ने नेताहरु, केहि गर्न जान्दैनन कराउन र भडकिन मा अब्बल छन । भत्काउनमा बांदर र पुर्वि तराइतिरबाट पस्ने हात्ति भन्दा पनि माहिर छन् ।

nepalean said...

अहिलेको स्थीती र पुरानो स्थीती दाज्दा के भन्ने के नभन्ने जस्तो छ। समग्रमा आकार,ठरकी र पान्डाको कुरा एकै ठाउंमा राखे मेरो बिचार तेही हुन्छ। अहिले यस्तो स्थीती छ, आफुलाइ उंचो राख्न भुत,भविष्य जता पनि यात्रा गर्छन। नत यिनीहरुले बिगतमा भएकासंग दाज्न सक्छन न त यिनीहरुले भविष्यमा आकेका कुरा पुर्याउन सक्छन।
पक्का पनि हो कुरो मिलीरहेकको छैन,बांदर र हात्ती जसरी यिनीहरुले लथालिंग पारेका छन।

brilliantman71 said...

नेपाल एकिकरण प्रीथ्वी नारायण शाहको दूरदर्शीताको कारणले भयो या साम्रज्यबादी सोचको कारणले भयो, त्यो कसले जांच्ने? ससुराली राज्य मकवानपुर् जांदा चन्द्रागिरीको डाँडोबाट झिलिमिली बैभवशाली काठमान्डौं देख्दा, "आहा, यस्तो ठाँउको राजा हुनु पो राजा हुनु" भनेर इतिहासमा लेखिएको छ, त्यो अंग्रेजले लेखिदियो या कसले लेखिदियो थाहा छैन। धनी, बलियो राज्यको राजा हुने सोचलाई हाम्रा इतिहासकारहरुले "दूरदर्शीताको" राम्रै लेप् लगाइदिएका छन्। यदि यिनी सांच्चिकै दूर्दर्शी राष्ट्रनिर्माता थिए भने किर्तीपुरेहरुको नाक् काटीने थिएन, जयन्त राणाको जिउदै छाला काढिने थिएन र आफ्नै सहयोगी पाटने प्रधानहरुको हत्या हुने थिएन।

जे होस मेरो जन्म मेरो बाबूले आमालाई माया गर्दाको कारणले भयो या बलात्कारको फलस्वरुप भयो भनेर खोजिरहनु जरुरत् छैन।प्रीथ्वी नारयण शाह् इतिहास थिए र तिनका शालीक तोडफोड गरिनु कुनै जरुरी थिएन तर प्रिथ्वी नारयण शाहका उत्तराधिकारीप्रतिको ब्रितिष्णानै मुख्य कारक हो। लेखकलाई अझै लाग्दै छ, राजसंस्थाले नेपाली राष्ट्रियताको सरंक्षण गर्ने थियो, नेपाली एकता अक्षुण् राख्ने थियो। वास्तवमा राजसंस्थाले त्यो गर्न सक्थ्यो तर गरेन।नेपाली राष्ट्रियता यति कमजोर हुनुमा र नेपाली एकता टुटनूमा यहि राजसंस्था र यसको वरीपरी घुम्ने हुके, बैठके, ढोकेहरुहरुनै जिम्मेवार छन्। जनता दिन पर् दिन गरीब् हुदै गए, राष्ट्र दिन पर् दिन गरीब् हुदै थियो तर राष्ट्रियताका ठेकेदारहरु मोटाउदै गए। भोको पेटलाई राष्ट्रियता कुराको के अर्थ? दीपेन्द्र-पारस जस्ता राज-उत्तराधिकारीहरुले कसरी राष्ट्रियताको सरंक्षण गर्थे होलान्?

२४० बर्ष शाहबंशले शासन् गरेको नेपाल कहाँ छ? बिश्वमा सबै भन्दा गरीब राष्ट्रहरुको पंक्तीमा सबै भन्दा अघि छ। मेरी छोरीको कक्षामा एक दिन शिक्षकले प्रसंगबस भनेछन् nepal is one of the poorest country in the world चार् कक्षामा पढने मेरी छोरी भन्दै थिईन् baba, I was so embarassed

यो नेपाललाई गरीब बनाएको हिजो-आजका कम्युनिष्टहरुले हो? छोड्दिनुस् यो इतिहासका कुरा भजाएर बर्तमानलाई कंगाल् बनाउने कुरा।जनता अब आफ्ना हक अधिकार प्रति सचेत भएका छन्। बर्सौंदेखि थिचिएर, पिल्सिएर रहेका जनता अहिले उन्मुक्त वातवरणमामा हक अधिकारका कुरा लिएर बाहिर निस्कदा हाम्रो राष्ट्रिय एकता भावना खलल् हुने हो कि भनेर कोकोहोलो गर्न पर्दैन। भारत शसुराली हुने, अनि सिङापुरमा बसाइ सर्ने हिसाबले घर किन्ने ति शाहबंशीको पक्षमा यो राष्ट्रियताको चिन्ता किन? राजसंस्थाले देशलाई सिक्किमीकरण वा भूटानीकरण् हुनबाट जोगाउथ्यो भन्ने कुरो मिथ्या हो। २००७ सालमा राजा त्रिभुवन भारतीय दूतावासमा शरण लिनु र भारतमा गएर नेहरुलाई "अब नेपाल भारतले लिए हुन्छ" भनेर भन्नु नै काफी छ।सबैले भारतसंग अवसर अवसरमा डील गरेका छन् आफ्नो सत्ताको आयू लम्ब्याउन-त्यसमा राजसंस्था अछुतो छैन।

नेपालीयन said...

नेपालमा भएको समस्याको एक टुक्रा लेख देखी कमेन्ट सम्म पढ्दा पुरै झुल्कीन्छ। मैले आफ्नो बिचारको प्रतीनीधित्व नगर्नु भनेको त होइन।बिचार यस्तै बस्तु जस्ले भइराखेको प्रक्रियाको चित्रण गर्दछ।
नेपालको घटनाक्रम हेर्दा के लाग्छ भने त्सले मान्छे कुट्यो मैले हात भच्न के भयो र? अर्को आउंछ उसले हात भाच्यो मैले खुट्टो भाच्न के भयो रे? यसरी नै देशले कुटाइ देखी सबै यातना सहंदै आएको छ। कसैलाइ मतलब छैन देशको ब्यथा के हो? झन बहुदल आए पछि त भाषणमा देश बिकास गरे पुग्दछ। जनताको जिबन स्थर सुधार्ने के ल्याउने कसरी ल्याउने त्यो सधै अपुग हुने गर्दछ। यस्तो बेलामा मलाइ एक जना मुस्तागंका गोठालाको कुरा याद आउंछ। ०५१ सालको चुनाव ताका उनले भनेका थिए " हामीलाइ बिकास चाहिन्छ" खोइ त्यो मुस्तांगमा कहिले बिकास जाला?

Panda said...

Brilliliantman71 जी ले भनेको कुरामा सबै नै सहमत होलान, शायद लेखक पनि । तर के अझै पनि गल्ति माथि गल्ति गर्दै जाने ? राजाले ठग्यो , पृथ्वी नारायण पछिका राजाहरु सबै पेन्डुलम बने । दुनीयामा कहिका पनि राजाहरु विकास गर्न नभएर त्यतिबेलाको परिपाटि अनुसार जित्नेले राज गर्ने मान्यता अनुसार चलेका थिए र जसले जित्छ उसले राज गर्छ भन्ने सिद्धान्तमा थिए ।
गर्ने ले गरे होलान तर धेरैले मोज नै गरे।

मलाई राजतन्त्र मन पर्दैन चाहिदैन पनि, तर जनताको छोराको नाममा एउटा राजाको ठाउंमा १०० वटा राजा आउंछन भने त्यसलाई स्विकार्न पनि सकिदैन ।

मेरो सरोकार अब राजतन्त्र संग छैन, किनकि बितिसकेको र नेपालमा इतिहास भैसकेको कुरालाइ अझै पनि ऊचालिरहनु भनेको राजतन्त्रको अस्तित्वलाइ नकार्न नसक्नु हो ।

"नेपाल एकिकरण प्रीथ्वी नारायण शाहको साम्रज्यबादी सोचको कारणले भएको भए पनि र देशको जन्म बाबूले आमालाई माया गर्दाको कारणले भए पनि या बलात्कारको फलस्वरुप" भए पनि अब ब्रिलियन्टम्यानजीले भने जस्तै यो खोजिरहनु जरुरत् छैन।

अंग्रेजले एकिकरण गरेको भारतले अहिले पनि शानसित गणतन्त्र दिवस मनाउछ, किन हामीलाई आफ्नो देशको एकिकृत स्वरुपलाइ स्विकार्न हिच्किचाहट हुन्छ ?
के राजाको नाम जोडियो भन्दैमा देशको राष्ट्रिय पर्व नै घृणित हुन्छ?

कि त हामी प्रोपागाण्डा र हंगामायुक्त इस्यु बिना बाच्न सक्दैनौ कि त यति असंतुष्ट छौं कि हामी कहिले पनि संतुष्ट हुन सक्दैनौं ।

मरिसकेको राजतन्त्रको बहानामा देशलाई थिलो थिलो बनाउने प्रवृति कदापि राम्रो हुदैन र यसले देशको विकास पनि गर्दैन ।

जब सम्म जनताहरु कुहिरोबाट बाहिर निस्कन सक्दैनन तब सम्म देशमा कुनै परिवर्तन आउंदैन, प्रचण्डलेनै भनेका थिए, जनता राम्रो भए नेता राम्रो हुन्छ । जनताहरु जब सम्म कुहिरोको काग बनिरहन्छन तब सम्म बिरेन्द्रको ठांउ मा ग्यनेन्द्र, ग्यानेन्द्रको ठाउंमा प्रचण्ड वा गिरिजाहरु आइरहन्छन, अरु कुनै परिवर्तन हुदैन ।

पाण्डा

Nepalean said...

कि त हामी प्रोपागाण्डा र हंगामायुक्त इस्यु बिना बाच्न सक्दैनौ कि त यति असंतुष्ट छौं कि हामी कहिले पनि संतुष्ट हुन सक्दैनौं
panda ji ko yo bhanai chhai dami lagyo. It is totally right मरिसकेको राजतन्त्रको बहानामा देशलाई थिलो थिलो बनाउने प्रवृति कदापि राम्रो हुदैन र यसले देशको विकास पनि गर्दैन
yeha ta arulai naramro dhekayera afu ramro hune prabirti chha.

brilliantman71 said...

निश्चितरुपमा एउटा राजाको बदलामा अरु सयजना राजालाई स्वीकार गर्न सकिदैन। यहाँ कुनै राजा टिक्न सक्दैनन् भन्ने कुरो नया राजा बन्न खोज्नेहरुले पनि बुझ्नु पर्ने हो। प्रसाईजीले भने जस्तो माओबादीहरु एकाएक बाह्रबर्ष अघि प्रकट भएका होइनन्, यो त हाम्रो सदियौंदेखिको सामन्ती राज्यब्यबस्थाको उपज हो, बरु राजसंस्थाले प्रजातन्त्रबादी दलहरुको बिरुद्धमा माओबादीहरुलाई देखा अनदेखा गरी हुर्किन मद्दत गरेकै हो। राजसंस्था राष्ट्रबादी र पार्टीहरु चांहि अराष्ट्रबादी भन्ने कुरो राजाबादीहरुले फैलाउने झूटो प्रचार हो। देशको ढुकुटी रित्याएर बिदेशको खातामा अरबौं रकम जम्मा गर्ने त्यस्ता राष्ट्रबादीलाई जनताले चिनिसके।
समय आँउछ, बिधि बिधान संस्कार बन्न बस्न समय लाग्छ। बीपीले भने जस्तो राजा नभए देश् रहदैन भन्ने कुरो पुरानो भैसक्यो।तर हाम्रा नेताहरुले जे मा पनि भारतले के भन्ला के गर्ला भनेर मुख ताक्ने प्रब्रितिको अन्त्य गर्नु पर्छ। आफूमा आत्माबिश्वास हुन पर्छ।नेपाली जनताको शक्तिको अगाडी भारतले केही पनि गर्न सक्दैन भन्ने कुरो त भारतीय दूत करणसिंह को डील फेल भएबाट पनि बुझिन्छ। भारतको cultural king देखि baby king सम्मको चाहाना गिरिजा प्रसाद कोइराला-सुजाता कोइरालाहरु मार्फत द्वारा प्रकट भएको होइन र?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !