November 30, 2008

विलिन व्यक्तिगत स्वतन्त्रता

किरण पौडेल,
कुबेत

हराएछन् प्रजातन्त्र, खोज्न जाने को पो होला
बिलाएछन् स्वतन्त्रता माग्न जाने काँ पो होला

०७,१५,३६,४६ अझ कति कुर्ने होला
धेरै पटक भुंग्रो भईयो अझ कति जल्ने होला

कति मरे, कति परे कसैसंग गिन्ति छैन
शहिदको रगत पानी हुंदा चिन्ता लिने कोहि छैन

शाही शासन, राणाकालीन पंचायती र बहुदलवाद
प्रजातन्त्र जनगणतन्त्र लोकतान्त्रिक गणतन्त्रको विवाद

यात्रा लामो गर्दा धरी उपलव्धि शुन्य भयो
अन्यौल का जनतालाई कुरा बुझ्न गाह्रो भयो

यिनको चासो दुई छाक खाना एक टुक्रा कपडाको
गर्मी झरी हावा छेक्ने एक सानो झुपडीको

होईन ठूलो आशा यिनको पर्याप्तछन् योगदान
मातृभूमि जोगाउन धेरै नै दिए बलीदान

कहिले उत्तर कहिले दक्षिण सापट माग्ने हाम्रो बानी
संविधान त धेरै बने मर्म बुझ्ने कहिले हो नी

पुत्र नेपालकॊ जन्मी उद्दार गर्ने कैले होला
विलिन भाको स्वतन्त्रता भोग्न पाईने कैले होला



3 Comments:

Anonymous said...

०७,१५,३६,४६ अझ कति कुर्ने होला
absolutely right. do we still need to wait?
no one has any clue.
you got it kiran poudel.

nepalean said...

कबिता भीत्रको यथार्ता, नाम दिने भए "गुमेको स्वभमानिता" दिनेथें। पाउ देखी शिरसम्म नया भएको वखत यस्तो प्रश्न गर्दा ठुलो मुर्ख त भइन्छ तर पनि यो गौंड प्रश्नको उत्तर दिन सामर्थय कसैमा छैन। सबै खैजडीको तालमै ढल्किदैछन लयको मेसो कसैलाइ छैन। देश उद्दारमा सलामी खाने छोरो नजन्मिए देशै मासेर मलामी लानेछन यि गद्दारहरुले।

Anonymous said...

मन दु खाउने कबिता !
किन दुख्छ मन ? जब चोट पर्छ । हामी नेपालीलाई कती चोट पारीरहेको छ !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !