June 18, 2008

गनतान्त्रिक कबिता

गनतन्त्र नेपाल
- मृदुल

राजनीति नजानीकनै राजनीति गर्नेहरु………………………मुर्दाबाद!
माया भन्ने नै नबुझेर मायागर्न खोज्नेहरु……………मुर्दाबाद!
स्वतन्त्रता नबुझेर प्रजातन्त्रको वकालत गर्नेहरु………मुर्दाबाद!
नुनिलो बिनाको नुन बेच्नेहरु ………………………मुर्दाबाद!
पिरो बिनाको खुसा्रनी बेच्नेहरु……………………मुर्दाबाद!
रंगबिनाको रंग बेच्नेहरु ………………………मुर्दाबाद!
सान्तीमा असान्तीको मिसावटको गर्नेहरु ……………मुर्दाबाद!
पेट्रोलमा मट्टितेल मिसाउनेहरु……………………मुर्दाबाद!
महमा सख्खर मिसाउनेहरु……………………………॥मुर्दाबाद!
घिउमा चिउरी मिसाउनेहरु…………………………… मुर्दाबाद!
चामलमा ढुगा मिसाउनेहरु……… …………………… मुर्दाबाद!
प्रेममा धोका मिसाउनेहरु ……………………………मुर्दाबाद!
हिरामा शिसा मिसाउनेहरु……………………………मुर्दाबाद!
मोइ माग्दा कमेरो दिनेहरु…………………………मूर्दाबाद!
आगो माग्दा खरानी दिनेहरु……………………मूर्दाबाद!
फूल माग्दा काँडा दिनेहरु………………………मूर्दाबाद!
रगत दिदा मृगौला साटनेहरु…………………मूर्दाबाद!
म्वाइ खान दिंदा जिव्रो थूत्नेहरु… ……………………मूर्दाबाद!
हाद दिंदा कूइनोसम्म निल्नेहरु… ………………मूर्दाबाद!
जूका भएर चूस्नेहरु………… ……मूर्दाबाद!
सर्प भएर डस्नेहरु ……………………मूर्दाबाद!
अरु भन्दा आफुसंग धेरै धन होस भन्नेहरु……………मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै जमिन होस भन्नेहरु … …मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै सम्पती होस भन्नेहरु … …मुर्दाबाद!
अरु भन्दा आफुसंग धेरै अधिकार होस भन्नेहरु… ……मुर्दाबाद!
अरु भन्दा आफनो नाम चलोस भन्नेहरु………………मुर्दाबाद!
अरु भन्दा आफनो शत्ता टिकोस भन्नेहरु… ……………मुर्दाबाद!
अरु भन्दा आफनो हैसियत बढीहोस भन्नेहरु… मुर्दाबाद!
अरु भन्दा आफनो हैकम चलीरहोस भन्नेहरु… मुर्दाबाद
अरुलाइ दास आफुलाइ मालिक ठान्नेहरु.........मुर्दाबाद!
अरुलाइ कार्यकता्र आफुलाइ नेता ठान्नेहरु........मुर्दाबाद!
अरुलाइ तीतो आफुलाइ मिठो बाँडनेहरु … मुर्दाबाद!
माछा मिठो माछाको काडा तितो भन्नेहरु … मूर्दाबाद
देशलाइ भिषारी बनाएकोमा नै गर्व गर्नेहरु …………मुर्दाबाद
देशको भाग्यमा दरिद्र लेखाउनेहरु ……………………मुर्दाबाद
गरिवी र संकटको पराकाष्टामा पुरयाउनहरु। ………मुर्दाबाद
चेतनाको ढोका बन्द गर्नेहरु……… …………………मुर्दाबाद
मारेपछि पछुतो गर्ने राजनीतिज्ञहरु …………………मुर्दाबाद
दुखमा गोहीको आँशु झार्नेहरु………………………मुर्दाबाद
हात बाँधेर खुट्टा फुकाइदिनेहरु ……………………मुर्दाबाद
कुमारीमै आमा बनाउनेहरु ……………………… मुर्दाबाद



2 Comments:

Anonymous said...

लु मु नि मुर्दाबाद।
सबै देश माथि लाग्छन,हांरो देश तल लाग्दैछ, त्यसमा मेरो नि मुर्दाबाद।

ठरकि दादा said...

बढो क्रान्तिकारी (माओबादी भन्न खोजेको हैन है! यो 'क्रान्तिकारी' भन्ने शब्द नै बदनाम भैसक्यो आजकल) र जोशिलो कविता लेख्नुभयो नि!

तर सबै मुर्दावाद ! भन्नै पर्नेलाई 'मुर्दावाद' भन्नु भएको छ त्यसैले पनि ति मुर्दावादका लायक सबेलाई मेरो पनि होलसेलमै "मुर्दावाद!" ल जा!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !