June 7, 2008

हप्ता हंगामा- श्रिपेच खोजीनिती


आफुले गरेर देखाउनुको सट्टा अरुलाइ दोष देखाएर आफु ठुलो हुने प्रबिर्ती जुनै तन्त्र आएपनि नेपालमा कायमै छ। अहिले सम्म राजाकै दोष देखाएर देश नबनेको दाबा गर्ने राजनितीज्ञहरु अहिले कसरी सत्ता बाड फांड गर्ने त्यसमै अल्झिएका छन।

यता भने लण्डनमा एउटा लिलामी गर्ने पसलले नेपालको श्रिपेच भनेर लिलाममा राखेको छ। निकै आकार्षक मणि द्वारा सिंगारीएको नेपालको राजाको भनेर उक्त श्रिपेच ९०,००० पाउन्डमा बेच्न राखिएको छ। श्रिपेचको ब्याख्या करिब करिब नेपालकै राजाहरुले लगाउने श्रिपेचसंग मिल्दो जुल्दो छ। तर नियालेर तश्बिर हेर्दा थुप्पै फरक पाइन्छ। उक्त श्रिपेच सम्पर्क नाम,फोन सहित उपलब्ध गराइएको छ भने उक्त श्रिपेच भारतमा बनेको हुनुपर्छ पनि भनिएको छ। र सामानको बयानमा श्रिपेचकोमा जोडिएका सामानको अर्थ मुश्लिमका भगवान मोहम्मद प्रती देश सुम्पिएको पनि भनिएको छ।
ज्ञानेन्द्रको समाचारले ठाउ पाउने छोडेको बेलामा उनले नै लगाउने भनेर बेच्न राखिएको श्रिपेचले भने देश बिदेशमा हंगामा मच्चाएको छ।




4 Comments:

ठरकि दादा said...

यो पनि यौटा ‘ईस्यू’ नै भयो, तपाईले दिनु भएको लिन्कमा गएर मैले पनि Flash version मा त्यो फोटो ३६० डिग्रि घुमाएर हेरें । यो श्रिपेच, ज्ञानेन्द्रले राजा हुने बेलामा लगाएको भन्दा निक्कै फरक छ, तर दरबारमा यस्ता श्रिपेच अरु पनि नहोलान वा थिएनन् भन्न सकिन्न।

नेताहरुले नदि-नाला, पहाड बेच्दै आएको र सगरमाथा समेत दाउमा थापी सकेको बेलामा हाम्रा भू पू ले पनि ‘जाते जाते’ यौटा वेपार गरिहालेको पनि हुन सक्छ।

Anonymous said...

Tharki dada भू पू ले पनि ‘जाते जाते’ यौटा वेपार गरिहालेको पनि हुन सक्छ you rocks man. We cant believe anyone, it seems everyone gonna sell and earn.
It is for sure the one who is ruling gives something to India and China to get continuous support.

पीजी said...

यो नेपालका „भुपु“ राजाहरुको श्रिपेच हैन पक्कै पनि । एक त्यो त्यति सस्तो हुनै सक्दैन , दोस्रो बेच्नेले पनि घुमाउरो पाराले भनिसकेको छ „नेपालका राजाहरुको लागि बनाइएको भनिएको भनेर“ । कुन चाहि ब्यापारी को चलाखी हो मौकामा चौका हानेर दाम कमाइहाल्यो ।

Anonymous said...

I don't want to be too blunt but whoever think this is a big news must have communist mind. They always like to run after the news they just ignore the fact. Don't blame me, it is just folds of scenerio I have been watching in Nepal.
Peace.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !