April 16, 2008

तरंगको भोट र माओबादि जित

नेपालमा भएको संबिधान सभाका परिणामका बारेमा अब कुनै अडकलबाजि गरिरहनु परेन। अहिले सम्मकै स्थितिमात्र हेर्दा पनि अब बन्ने संबिधान माओबादिले जस्तो भन्छ करिव करिव त्यस्तै नबने पनि त्यसमा माओबादिको बर्चस्व रहनेमा भने कुनै शंका रहेन ।

यसरि सर्सती हेर्दा माओबादी आफ्नो बाटोमा सफल भएकै मान्नु पर्छ । हुन त प्रजातन्त्रमा कसैको हार हुदैन भनिन्छ तर त्यो सिद्धान्तमा जे भए पनि हार्नेको पिडा हार्नेलाईनै थाहा हुन्छ ।

प्रजातन्त्रमा कसैको हार नहुदों हो त, न त माकुने ले हडबडाएर राजिनामा दिनु पर्थ्यो, न त एमालेले सरकारमा नबस्ने निर्णय गर्नु पर्थ्यो । बास्तबमा सिद्धान्त र बोलीमा जे भए पनि राजनीति यस्तो ठाँउ हो जहाँ यौटाले नहारि आर्कोले जित्दै जित्दैन ।

दल र पार्टीगत रुपमा हेर्दा अबस्था यस्तो भए पनि सामान्य नागरिक, जो कुनै पनि दल वा गुट संग बिशेष झुकाव राख्दैन, उसलाई कुनै पनि दल वा गुटको भन्दा पनि समष्टीमा देश बिकासको वा अझ सिधै भन्दा जिवनस्तरको सुधारको दरोकार र आशा छ उसलाई सत्ता वा शक्तिमा कुनै पनि दल वा गुट हुनुसंग खासै कुनै सम्बन्ध हुदैंन । सरोकार हुन्छ त केवल आफ्नो चाहनाको पूर्ती को ।

तेस्रो विश्‍व र त्यसमा पनि दक्षीण एशियामा बेला बेलामा सत्तासिन दल सडकमा आउने र केहि समय अघी सम्म कसैले सोच्दै नसोचेको दल वा गुट शक्तिमा आउनुमा यहि कुनै पनि दल प्रति बेसरोकार वा अपक्षपाती जनमानसको भोटले काम गर्छ । यहि तटस्थ मतदाता जसलाई हामि कहिले काहि "Neutral Voter" पनि भन्छौं, ले संसारको राजनैतीक रंगमञ्चमा धेरैचोटी उथल‍-पुथल मचाएको छ ।

राजनितिमा खासै चाख नराख्‍ने तर व्यक्तिलाई भोट दिने एक जमात मतदाताहरु पनि यहि बर्गमा पर्छन । जसको भोट समय र परिस्थिति अनुशार हरेक चोटिको चुनावमा फरक फरक नेता वा दललाई जान सक्छ

कुनै दलसंग पूर्ण रुपमा आबद्ध भएका वा बोली चालिको हिसाबमा कुरा गर्दा "टिकट लिएका" भनिएका व्यक्ति पनि कहिले काहि आन्तरीक बिबाद वा कुनै नौलो विचार वा बादको प्रभावमा आएर र कहिले काही चाहि आफ्नो दल प्रतिको बितृष्णाले गर्दा पनि अरुलाई मत दिन तयार हुन्छन् ।

मलाई लाग्छ यसपालको चुनावमा बहुसंख्यक त्यहि तटस्थ मतदाताको भोटको कारण नेपालको चुनावी परिणाम हामिहरुले सोचे भन्दा फरक आयो । लोकतन्त्र, प्रजातन्त्र वा जे सुकै भने पनि माथि भने जस्तै चुनाव भए पछि हार जित त अवश्‍य नै हुन्छ तर यो चुनावि जितलाई कुनै "बाद" वा दलिय "सोच" को जितको रुपमा भने लिन सकिने स्थिति भने छदैं छैन । यो यौटा केवल whimवा तंरगको भोट हो यसलाई माओबादिले आफ्नो "pocket vote" वा पेवा सम्झेमा त्यो माओबादिको लागि टुलो भुल हुनेछ, किनकि हालको तंरग केहि समय पछि फितलो हुंदै जानेछ भने भविश्यमा त्यस्ता नया नया अरु तरंगहरु पनि पैदा हुन सक्नेछन् ।

हार्ने ठुला दलले भने यसपाला पक्कै पनि कसैलाई न्यून मुल्याकंन गर्न हुदैन भन्ने ज्ञान प्राप्त गरेकै हुनुपर्छ ।

तर स्थिति जे जस्तो भएपनि माओबादिलाई ईतिहासकै ठुलो मौका मिलेको छ आफूलाई प्रमाणित गरेर देखाउने, त्यसलाई उनिहरुले पक्कै पनि हलुका नलेलान् । हैन भने जसरि आज आफूलाई चरम मुल्याकंन गरेर कांग्रेस र एमालेले पराजय भोग्नु परेको छ त्यो भन्दा लज्जास्पद पराजय माओबादिले छिट्टै भोग्नु पर्छ ।

आशा गरौं जनताको अगाडी केहि लाग्दैन भन्ने बुझेर माओबादी सुबाटोमा हिडने छन् ।



4 Comments:

Anonymous said...

Do you guys think maoist army and nepalese arny be united?

पीजी said...

तरंगको भोट भन्नु भयो यसमा कुनै शंकै छैन । वास्तवमा तटस्थ मतदाता मात्र हैन माओबादि हरुले अन्य पार्टीका समर्थकहरुलाई आफ्नो पकडमा तानिसकेका थिए तर दल हरुले यसको आकलन गर्न भ्याएनन । भोट हाल्नुको के अर्थ छ र भनी निराश भैसकेका कति तटस्थ वा पार्टिका मान्छे हरुले समेत कुनै „बाद“ को समर्थनमा भन्दा पनि परिवर्तनको आशमा माओबादिलाई भोट हालेका छन । वास्तवमा अहिले पनि मत हाल्ने सन्दर्भमा कुन दल रोज्छौ भन्ने प्रश्न गर्छ भने गर्वका साथ नाम लिन सकिने पार्टि छैन त्यसैले पनि सापेक्षित रुपमा अन्य दल भन्दा बढी रुचाईएको पार्टी बनेर अपेक्षा गरिएभन्दा बढी मत माओबादीले पाए ।

तरंग कति सम्म उछालिएको रैछ भन्ने कुरा त बबन सिंह र उपेन्द्र यादवको „शानदार“ बिजयले पनि देखाउछ । तरंग एकातिर छ भने अर्को तिर ग्रामिण क्षेत्र मा आश्वाशनको र विश्वासको र आतंकको आधारमा बनेको जनाधार कसरि टिकिरहन्छ त्यसैलेनै उनिहरुको भविश्य निर्धारण गर्ला !

Anonymous said...

अब त सबैलाई माओवादी पनि नेपालका जनता नै रहेछन पर्न थालेछ खुशी लाग्यो। एकतर्फि पेच सधै माओवादीहरु प्रति र अप्रिय घटना (गरेका वा नगरेका घटनाको )को दोष जति उनीहरु प्रति नै लाद्ने चाँहे जस्ले गरेको होस र कुनै पनि राम्रो कामको लागि स्याबासी नदिने हाम्रो परंपराले मलाई दौतरी प्रति नै वितृष्णा जागेको थियो । जे होस । ढिलो भएर के भयो राम्रो कुरो को कदर र सम्मान
हुनुपर्च भन्ने मेरो मान्याता हो ।हुदा हुदा यो नमे ले हसियाँ हथौडा नै दौतरी लोगो मै टाँसिदिनु भएछ-अलिक बढिनै भएन र?
संपूर्ण दौतरी मित्रहरुलाई नयाँ वर्षको शुभकामना र नेपाली जनताको शानदार जितकोलागि बधाइ छ
:)

nepalean said...

सायद अमेरीकामा बसेर बसेको २-४ बर्ष भएर हो कि के हो आजकाल मानब मुल्य सबभन्दा ठुलो कुरो हो जस्तो लाग्छ। मेरो पेच सधै माओबादी माथी हुनु को कारण पनि त्यी हो,स्व घोषित जनयुद्दको नाममा कसैको ज्यान लिने अधिकार माओबादी मात्र होइन कुनै पार्टीको कार्यकर्तालाइ छैन। धर्म गरेर जति नै बैतर्नि तरुन माओबादी १५००० हजारको रगतबाट चोखिने छैनन।यो मेरो ब्यक्तीगत मान्यता हो।
बांकी रह्यो हसीया हतौडाको ब्यानर। दौतरीलाइ चुनाबमय बनाएको मात्र हो। बिभिन्न मुद्दा लागेका प्रचण्ड मात्र होइन बमकाण्डका मुख्य अभियुक्त बब्न सिंहले पनि जनताको सलुट खाने भए भने हामी पनि १,२,३ र ४ मा पर्ने पार्टीलाइ सलुट गरुं भन्ने हो।
दौतरीमा सबैले आ-आफ्नो मत राख्नेहुंदा ताली,गाली गर्ने अधिकार आ-आफुंमा सुरक्षित छ कि जस्तो लाग्छ यसलाइ अन्यथा नलिने भए।
तरंगले माओबादीलाइ माथि ल्याएको हुंदा म पनि माओबादी तरंगित हुंदै देशलाइ एक दिशा दिन सकुन भन्ने आशा राख्दछु। देशले धेरै दु:ख पाएको हुंदा यसपटको को सारथी माओबादी जनस्तरमै पुगेर देश उठाउन र जनता बिगतमा जस्तो नठगिउन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !