April 15, 2008

श्र्रद्धाण्जली गीतकार इस्वर बल्लबलाइ

- हस्त गौतम मृदुल
एउटा तारा मुरुयो शोकाकुल पारी।
पाइदैन दर्शण कैलै गयो मायाँमारी।

जन्मनु र मर्नु पनि बिधिकै हो बिधान।
अजम्बरी भै बाँच्ने छैन कुनै निधान।
एउटा फुल मुरयो बोटै सून्यपारी।
पाइदैन दर्शण अब गयो मायाँमारी।

दिवंगत आत्मालाइ मिलोस चीर शान्ती।
बाँचिरहोस ह्रदयमा सस्मृतिको कान्ती॥
एउटा दियो निभ्यो स्तब्ध नै पारी।
पाइदैन दर्शण अब गयो मायाँमारी।



1 Comments:

nepalean said...

मेरो पनि तपाइकै कबितासंग गितकार इश्वर बल्बभलाइ हार्दिक श्रद्दान्जली।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !