March 11, 2008

सत्य होस तथ्य किन चाहियो?

एकदम नराम्रो समाचार नघटे न्युज डेस्क नै मसानघाट जस्तो हुन्छ रे। सबैलाइ खिच्ने या रडाको मच्चेको खबर नभए मुख्य समाचार के बनाउने, पत्रकारको दिनहुं चिन्ताको कुरो हो। त्यसैले हेर्नुहोस नराम्रो भन्दा नराम्रो खबरले ठाउं पाएका हुन्छन पत्र-पत्रकिमा। कान्तिपुर बिक्नमा मात्र नं १ होइन यस्तै लटर पटर समाचारमा पनि नं १ छ। झार झुर पारेर तातो खबर पस्किहाल्यो, गलत भए पछि खण्डन गरे भो। फेरी गलत नै भए नि कस्लाइ चासो, भोली पल्ट तरकारी पोको पार्न पुग्छ, तरकारीलाइ के सत्य के तथ्य? अझ प्राबाधीक लेख हुनु पर्छ कान्तिपुर पढ्दा भुणी पुराण पढे भन्दा मजा आउछ। जड्याले अंग्रेजी मिसाए जस्तो अन्ट सन्ट मिसाएर पुरा रामायण तयार पार्छन। त्यो रामायणमा सिताको श्रिमान रामको सट्टा रावण त परै जाओस हुनमान हुन बेर लाग्दैन। तर बिकेकै छन ति फाल्तु रामायण। अहिले नेपालमा टेब्लोइड पत्रिका भनेर "नया पत्रिका" निस्केको छ। छोटो समयमा समाचार दुनियामा ठुलै हिस्सा ओगटेको यो पत्रिका निकै सन्सनी खबर लिएर दैनिक निस्कने गर्छ। यसका खबर पढ्दा लाग्छ बेलायतका टेब्लोइडसंग यसले कुम मिलउने क्षमता राख्दछ। तर कता कता यसले पनि सिन्की तरिकाले खबर खादेको हो को जस्तो लाग्न थाल्यो। न्यु योर्क टाइम्सको हवाला दिदै एक घन्टाको लागी १००० डलर तिरेर न्युयोर्कका गभर्नर इलियट स्पिट्जरले वासिङ्टन होटलमा एउटी वेश्यालाई राखेको संघीय जाँच ब्युरोले पत्ता लगाएको छ भनेर मे १२ मा लेखेको छ। बासिगंटनको मेफ्लाओर होटलमा क्लाइन्ट ९ नामबाट एक वेश्यालाइ स्पिट्जरले ४००० हजार डलर भन्दा बढि दिएको खबर सबै पत्र पत्रिकामा स्पष्टै छ। हुन त गत साल करिब २ कोरोड डलर आम्दानी गरेका स्पिट्जरलाइ १००० हजार या ४००० ले के नै फरक पर्ला? करोडौ करोड घोटाला हुने देश नेपालमा त्यती २-४ हजारको भिन्नतामा नेपाली पत्रिकाको के आखा जाओस?


3 Comments:

Anonymous said...

ali ali chamal ma dhunga ta bhai halcha ni.
j hos naya patrika le hangama liyaucha.

ठरकि दादा said...

मलाई लाग्छ पत्रीकाको काम समाचार बनाउने होईन, समाचार छाप्ने मात्रै हो।

जबसम्म पत्रीकाहरुले समाचार छाप्ने भन्दा बनाउनेमा जोड दिन्छन तबसम्म कुनै सत्य वा तथ्य समाचार पढन पाईन्न ।

त्यसो त हाम्रो देशमा नेता र पत्रकारलाई आफुले बोलेको कुरा स्थिति अनूकुल नभएमा 'फिर्ता' लिन पाउने सुबिधा छ, त्यसैले तातो खबर पस्केर 'चिसो' पत्रीका बिकाउन कोहि पछाडी पर्दैनन् । फेरी त्यो 'नंबर १" र 'सर्बप्रिय' भन्ने तक्मा पनि आफैले आफैलाई दिने रहेछ अनि त के --- को भन्दा को कम।

Anonymous said...

hijab yeta uta garera patrikale 3000 kholti ma ra rakhena? nepalma hisab golmalkai jamana chha kyare ;)

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !