March 8, 2008

गजल - मदिरा

मदिराका बुद छन कि नजरमा मात लाग्यो
पिउन भनेर तान्न के खोजेथे बात लाग्यो
ईन्द्रको अप्सरा हौ कि रजपटकी कामुक नायिका
भोगचलन गर्न नसक्ने इच्छाको खात लाग्यो
श्रदालाई तिरस्कारमा जाक्यौ च्वास पोल्ने गरी
दिल भरी कसोकसो सिस्नुको पात लाग्यो
भुतले खाजा खाने बेला जुराइएछ साइत
झिङा भन्किएको बासी चिज मात्तै हात लाग्यो
होश उडाउने हासो कसैको नासो भएछ अब
मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो


2 Comments:

Anonymous said...

किन हुन्थ्यो होला हजुर बुद्दमा मदिरा आफुमै लागेको होला नि मदिरा।
त्यहि मदिरा ले जिबन बिगार्ने, त्यहि मदिराको नशालु बनाएर सुन्दर देखिने, धन्नहो मदिरा।
फेरी त्यहि मदिरा नभए गजलनै नबन्ने।

Anonymous said...

अन्त कतै पनि सुने सुने जस्तो लाग्यो ।
मदिरा क्या कमालको!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !