January 14, 2008

संबिधान सभाको खीचडी

मिति: बि सं २०६७ साल, आषाढ १५ गते समय: दिनको २ बजे, स्थान: खुला मञ्च, काठमाण्डौ

त्यहाँ उल्लासमय बातावरण थियो, सबै जना हर्षित र सबैको मुखमा बिजयी मुस्कान देखीन्थ्यो । मिठाईहरु बाँडीएका थिए र झुण्ड-झुण्डमा जम्मा भएका व्यक्तिहरु एक अर्कामा शुभकामना र कृतज्ञता व्यक्त गरीरहेका थिए । मञ्चमा बिभिन्न दलका स्वर्गीय बिद्धान नेताहरुको तस्बीरहरु भुण्ड्याईएका थिए। भिन्न भिन्न बिचार राख्ने सबैजना यौटै मन्चमा आएर अपार एकता देखाई आज ठूलै घोषणा समेत हुने हल्ला चल्दै थियो ।

केहि समय पछि मञ्चमा देशका प्रख्यात प्रख्यात नेताहरु लगाएत बिदेशबाट दिक्षा दिन आएका केहि बिद्वानहरु समेत देखा परे र मञ्चबाट बोल्ने क्रम शुरु भएको घोषणा गरीयो । तर हेर्दा हेर्दै त्यहाँ ५, ७ जना "बोल्ने वाला" नेताहरुमा चर्का चर्की भएको कुरा टाढैबाट देखीयो ।

संयुक्त सभा भएपनि आफ्नो दलले अघिल्लो पटक (परापूर्ब कालमा) बढि सीट ल्याएकोले पहिला आफूले बोल्न पाउनु पर्छ भन्ने एकजना नेताको कथन थियो भने, दोस्रो दलका नेता हालको स्थितीमा चुनाब भए बढि जन र्समर्थन आफूले पाउने भएकोले आफूले पहिला भाषण गर्ने दलील दिदैं थिए । बढि खर्च जुटाए बापत आफ्नो बोल्ने हक पहिलो हुने कुरामा तेस्रो दलका नेता जोड दिदैं थिए भने, चौथो नेता आफ्नै कारणले मात्रै आन्दोलन सफल भएकोले आफैले पहिला संबोधन गर्ने तर्क दिदैं थिए । त्यत्तिकै बाद बिबाद र चर्का चर्की को बिचमा पाँचौ दलका नेताले आफूले पहिला बोल्न नपाए "सरकार बाट बाहिरिएर पूनं आन्दोलन" शुरु गर्ने धम्की दिएपछि उदघोषकले बोल्ने क्रम केहि बेरको लागी स्थगीत भएको घोषण गरे ।

यता , बिगतका कैयन जमघट पछि संबिधान सभाको मिति तय गर्दै र त्यसपछि रद्द गर्दै आएका आफ्ना महान नेताहरुले आज त के के बोल्लान र के के गर्लान भन्ने कौतुहल जनसमुदायमा छाएको थियो भने उता पहिला को बोल्ने भन्ने सहमतिमा पुग्न नसक्दा मञ्चमा भने जुनसुकै बेला जे सुकै पनि हुन सक्ने स्थिती पैदा हुदैं थियो ।

आफूहरुले बिगतमा गरेका घोषणाहरुमा आठ दललको आठै थरी अडान र दस थरी एजेण्डा भएका र प्रत्येक नेताले बोलेको कुरा अर्को नेताले बोलेको भन्दा फरक हुने गरेकोले जनतामा झन् झन् भ्रम सृजना भएको बताउँदैं बिद्धान बक्ताहरु मध्यका यौटा नेताले बरु कसैले पनि नबोलेर यौटा संयुक्त बक्तव्य निकाल्ने सल्लाह दिए ।

उनको त्यो सल्लाह करीब करीब पारीत हुन लाग्दा फेरी त्यो बक्तव्य कुन दलका नेताले पढने भन्ने बारेमा हान थाप हुन थाल्यो । उपस्थित जनसमुदाएको भिड र त्यसमा जम्मा भएका व्यक्तिहरुको "सामुहिक स्तर" हेर्दा जुन दलका नेताले त्यो बक्तव्य पढछन् त्यसको सम्पूर्णा श्रेय जनसमुदायले त्यहि यौटा दललाई मात्रै दिन्छन् भन्ने बुद्धिमान नेताहरुले अडकल गरेकाले बक्तव्य कस्ले पढने भन्ने बारेमा होडबाजी चल्न थाल्यो ।

यौटा संयुक्त बक्तव्य तयार गरेर त्यसलाई ८ भाग लगाई सबैले एक एक भाग पढने उत्कृष्ट राय पनि त्यहाँ ननीस्केको होईन, तर त्यसो गर्दा "जोडदार शब्द" र "दरीलो बाक्य" जती सबै एक दुइ जनालाई मात्रै पर्न सक्ने र सो को सम्पूर्ण श्रेय एक दुई दलले मात्रै पाउने देखीएकोले अन्तमा बिदेशबाट आएका निर्देशको सल्लाहमा उक्त बक्तव्य सबै जनाले सामुहिक रुपमा एकैसाथ पुरा पुरा पढने निर्णय, अल्पमतको बिरोधको बाबजुद पारीत भयो ।

त्यसपछि यौटा मात्रै माईकको तयारी भएको मञ्चमा तुरुन्तै अरु ६, ७ वटा माईक मगाईयो र सबै नेताहरुले "...१... २... ३...." भनेर एकैचोटी सामुहिक बक्तव्य पढन थालेः

"..... महिला तथा सज्जन बृन्द ...हाम्रो अती दुरदर्शी निर्णय र तपाईहरुको फुर्सदको सहयोगको कारण नै आज हामीले पून एक पटक संबिधान सभाको मिति घोषणा गर्ने मौका पाएका छौं । यौटै देसमा केहि महिना भीत्रै पटक पटक संबिधान सभाको घोषणा गर्न सक्नु भनेको हाम्रो ठूलो उपलब्धी हो । अझ यो पटक संबिधान सभाको मिति घोषणा गरिन लागेको २५औ पटक परेकोले यस्को भिन्नै महत्व छ ।आज हामी गौरबशाली पच्चिसौं पटक यो संबिधान सभाको चुनावको घोषणा गर्न गईरहेका छौं ।

यस बीचमा हामीले कैयन चोटी अन्तरीम संबिधान संसोधन गर्‍यौ, कति चोटी कुनै दल सरकारमा सामेल हुने र निक्लने कार्य भयो तर पनि संबिधान सभाको आन्दोलनलाई भने जारी राख्यौ । कहिले राजाको कारण त कहिले माओबादि सेनालाई राष्ट्रिय सेनामा नहाल्ने निर्णयका कारण यो चुनाव हुन सकेन।

लक्ष र उपलब्धि गौण कुरा हुन, मुख्य कुरा भनेको संबिधान सभाको नारा हो, । त्यसैले देशमा जे भए पनि जसो भए पनि हाम्रो कार्य यस्तै चल्दै जानेछ । तपाईहरु यसरी नै सहयोग गर्दै जानुहोस हामी ...अबका दुईबर्ष भीत्रमा... साँच्चै त्यो... चुनाव गरेर देखाईदिने छौं..."

नेताहरुको संयुक्त बक्तव्य सक्कीदां नसक्कीदैं अचानक चारैतीर बाट आँधि- हुरी र असीना- पानी बर्षीन लागेकोले त्यहाँ भागदौड मच्चीयो ... तुरुन्तै बिद्युत आपूर्तीमा अबरोध आएको र स्थिती असहज भएकोले नेताहरु आ आफ्नो चिल्ला गाडी लीएर सशुरक्षा आ- आफ्नो घरतर्फलागे ।

केहि समयअघि लोकतन्त्रको जोशमा सडकमा तोड-फोड गरी यातायात अबरुध्द गर्राई भाषण सुन्न आएका जनसमुदाय भने यातायात साधनको अभावमा धेरै बेरसम्म असीना पानीमा चुटीँदैं यत्र तत्र भागदौड गरी आफूलाई जोगाउने असफल प्रयास गर्दै थिए ।



3 Comments:

Panda said...

आंधी हुरी त होइन तर बम चाँही पड्क्यो, आमसभाको अन्त्य अलिकती जटिल होला भन्ने अनुमानले होला शायद आंधी हुरीको प्रसँग कोट्याउनु भाको । धन्य धन जन को ठुलो क्ष् ति भयन ।

सरद said...

अब सभा हुन्छ हुन्छ नत्र सबलाइ खरानी पार्छन परचन्ड कमरेडले। लास्टमा खिचडी खाने यिनै हुन्छन जस्तो छ। एउ नं काठमानडौमा उठ्नेरे।

nepalean said...

ठर्की जी ले बढो गौंड तरिकाले अहिलेको स्थीतीको ब्याख्या गर्नु भयो। तपाइले भने जस्तो त भएन होला तर करिब करिब त्यस्तै खालको स्थीती थियो होला। असीना होइन बम त पड्केछ। कस्ले पड्काको,किन पड्काको असर्लहै छु म त। बम पनि आलू भन्दा पनि सस्तो भयो नेपालमा आजकाल।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !