November 19, 2007

गुच्चा खेल्न मन लाग्यो!

गुच्चा खेल्न मन लाग्यो!

आमा! लुच्चा भै गुच्चा खेल्न मन लाग्यो,
छुच्ची संग नबोल्ने छुच्चा हुन मन लाग्यो।

ह्वाग्रा** खेल्दा खेल्दै बाहुलाले नाक पुछ्नुको आनन्द,
पाङ्ग्रा गुडाउदै खस्केको कट्टु तान्नुको आनन्द,
मैले यो देशमा
यो परदेशमा
यो उमेरमा,
यो अंधेरमा
रोजेर कहाँ पाउनु?
खोज्न कहाँ धाउनु?
आमा फेरि पनि,
तेल कासा खेल्न मन लाग्यो,
झेल गर्ने पासा खेद्न मन लाग्यो।
पानदस* मा तुहुउ तुहुउ कराउदै
गाब:दोब** मा आसरा दिदैं
फेरि एक चोटी पारी जित्न मन लाग्योआमा,
लुच्चा भै गुच्चा खेल्न मन लाग्यो,

नाराँचाको बारीमा अंबा चोरेर स्वाद,
हाराँचाको भर्‍याङ चोरी शिबरात्री मनाएको याद
अझै ताजा छ,त्यसैले फेरि,
एकपटक यो राहुले बच्चा हुन मन लाग्यो
छुच्ची संग नबोल्ने छुच्चा हुन मन लाग्यो।
*( डन्डि बियो)
**गुच्चाको एक खेल

6 Comments:

Anonymous said...

मैले यो देशमा
यो परदेशमा
यो उमेरमा,
यो अंधेरमा
रोजेर कहाँ पाउनु?
खोज्न कहाँ धाउनु

सटिक लाग्यो यो कुरा । हो नि समय, ठाउं,काल परिबर्तनले वातावरणमा कति फरक ल्याउदो रहेछ। अनि त खोजेर काहा पाउने? गुच्चा खेल्न लाइसेन्स त एक्सपायर भइसक्यो होइन र ?

ठरकि दादा said...

तपाईको कविता पढेपछि मलाई पनि फेरी एकचोटी बच्चा बन्न मनलाग्यो ।

नाराँचा र हाराँचा म सानो छँदा मेरा गाउँमनि थे कतै यौटै गामका त परनौँ ?

rahulvai said...

नेपालियन जी,
धन्यबाद, टिप्पणीको लागि। संझना मात्रै त हो नि जिन्दगीका रमाइला क्षणहरु। निष्कपट, निर्दोष आत्मको उद्बोधनहरु। जति ठुला हुंदै गयौं, त्यति धमिलिंदै जान्छौं। त्यो काल, त्यो चाल् दुबै निर्मल थियो, कन्चन थियो।

ठरकी दादा,
हाराँचा र नारांचा काठ्माडौं को हरेक् टोलमा हुन्थ्यो त्यति बेला। खेत न भए नि बारी हुन्थ्यो। भोगटे, अम्बा, हलुवाबेच खूब चोरेर खाइन्थ्यो। गठेंमुगल अनि शिबरात्रीमा जगा: ( डोरीले छेकेरे उठाइने चन्दा) उठाइन्थ्यो। जसजसले दिदैनथे उनको बारीको काउली चोरिन्थ्यो, अनि छिँडीमा राखिएको झ्याल, ढोका, खापा, भर्‍याङ शिब रात्रीको आगो मा स्वाहा गरिन्थ्यो त्यो बदमासीमा पनि पाप थिएन, कुनै पश्चाताप छैन।
आफ्नो गाम् त हनुमानढोका छेउ मै पर्‍यो।

Anonymous said...

gaba
duba
tiba
chaba
paba
chhya
sattari
aasi
nayam
decem..
does any one who what is this???

Anonymous said...

Saathi, topics ko first paragraph matra publish garnu paryo pramukh page ma..... scroll garda garda wakka dikka bhaiyo..

Anonymous said...

btw, that was coment to the admin.... i dotn know how to send message to him.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !