आचार्य प्रभा
अब म कहां बाट शुरु गरौं ?, मेरो कष्टप्रद यात्राको बर्णन । यात्रा धेरै गरियो, ती यात्राहरु सबै खुशी र सुखिका त थिएनन । यो स्वभाविक पनि हो यात्रा हर कसैको लागि सहज् नहुन सक्छ । बिदेश बसाइको चार बर्ष बितिसके पछी मैले एक पटक आफ्नो ठाउं आफन्त आफ्ना क्षेत्रका मान्छेहरुसँग भेट्ने अभिलाषा राखेँ । मनभरी आकाँक्षाका पालुवाहरु उमारेर म आफ्नो ठाउं जानको लागि तयार भएँ र उडानको टिकेट को बन्दोबस्त अप्रिल २९ को गरियो । मेरा आफन्तहरु इन्डियामा पनि भएकोले म कोलकोत्ता, कालेम्पोङ, सिलिगुरी हुँदै आफ्नो ठाउं जाने अभिष्ट बोकेर यात्राको तयारीमा लागेँ । मेरी जुम्ल्याहा दिदी जो कालेम्पोङमा छिन् उस्लाई भेट्ने अझ तिब्र इक्षा भएकोले म पहिला कालेम्पोङ नै जाने निधो गरेर तयार भएँ तर भिनाजुको फुर्सद नुहुने भएकोले मलाई अप्रिलको पहिलो हप्ता नै आउने सुझाउ दिइयो । त्यसैले टिकेट अप्रिल १ को कन्फर्म भयो । मलाई कता कता लागेको त थियो अप्रिल फस्टमा यात्रा गर्दैछु कतै म अप्रिल फूल त हुने हुइन ? भनेर । म अप्रिल फस्ट को दिन बोल्डर बाट बाटो लागेँ । जीवनमा यत्ती लामो यात्रा एक्लै कहिले गरेकी पनि थिइन, तर पनि मलाई बाटोमा केही होला भन्ने र कतै हराउँछु कि भन्ने चिन्ता भने पटक्क लागेको थिएन किन कि म सबैलाई चाँडै साथी बनाइ हाल्छु र बिदेशमा नै बरु सहयोग पनि पाइन्छ भन्ने एक प्रकारको विश्वाश पनि म भित्र थियो ।
टिकेट डेन्वरबाट सन्फ्रान्सिस्को, सिङापूर त्यस्पछी एकैचोटी कोलकत्ता को थियो । बाटोमा कतै ट्रन्जिट छ भन्ने उल्लेख थिएन । म पनि ढुक्क परेर उडेँ । दुइवटा लग्गेजहरु पठाएर दुइवटा चाँही ह्याण्ड क्यारी बनाए । समान पनि निक्कै नै थियो । मलाई निक्कै गार्हो पनि भै रहेको थियो । जहाज डेन्वरबाट उड्यो । म निस्चिन्त थिएं । मलाई एक रत्ती पनि मनमा त्रास, भय थिएन । जब सन्फ्रान्सिस्को पुगें त्यहाबाट मेरो समस्या शुरु भयो। पहिलो पटकको यात्रा कहां के गर्नु पर्छ त्यती थाहा भएन म चेकिङ्मा पसें, डकुमेन्ट्सहरु के देखाउन थालेकि थिएं मेरो हण्द्क्यारीहरु त अघी नै कार्गोमा लगि सकेछ ।जस्मा मेरा सारा अमुल्य बस्तुहरु, दबाइहरु, पैसाहरु थिए ।मैले चाबी पनि लगाएकी थिइन । भरै सब काम सकेर हेर्छु त छैन । उता जहाज उड्ने बेला भै सक्यो आफुले दबाइ खाइ रहनु पर्छ । म त अत्तालिए । एक जना नेपाली बहिनी नै हुन उनी उस्लाई मद्घत माग्ने आशाले उस्लाई आग्रह गरे किन कि उनी त्यहिकी कर्मचारी थिइन, तर उन्ले आफु नेपाली हुइन भन्ने खालको ब्यहोरा देखाइन । उस्का साथीहरुले पनि भने त त नेपाली होस् उस्लाई के पर्यो बोल्न भने, तर त्यो बहिनिले म नेपाली हुइन भनेर अङ्रेजिमा भनिन। त्यही बेलाबाट मेरो मनमा नमीठो आधी सल्बलाउन थाल्यो । अन्तमा मैले एउटा ईण्डियन भाईलाई भेटे र आफ्नो सम्मस्या भनें । उस्ले मलाई मद्घत गर्यो र त्यहा भन सुन गरेर त्यो ब्याग चाँही एक्छिनमा हात पर्यो बल्ल म दुक्क परे । तर मलाई त्यो नेपाली केटीको ब्यवहाँर र सोंचले खिन्न बनायो । अनी म फेरी त्यहा बाट उडे ।
मलाई जानकारी थ्यो कि अब सिङापूर सिधै ८ घण्टा ट्रान्जिट छ भनेर । जहाज ल्यान्ड भयो सबै उत्रिए म पनि उत्रिए । अनी एअरपोर्ट भित्र छिरियो म एक ठाउँमा बसे । म दुक्क थिए कि सिङापूर त्यही हो भनेर म त ८ घण्टा बस्न तयार थिए तर जब मैले त्यहा अन्नाउन्स गरेको सुने त्यो त हङकङ पो रहेछ मेरो सातो पुत्लो उड्यो किनकी मङोलियन हरु सबै एकै प्रकारका हुन्छन कसरी चिन्ने? । फेरी काउन्टर मा सोधे तिम्रो जहाज उड्न लागेको छ चाडो जाउ भनेर भने त्यहाका कर्मचारीहरुले। आफुले टिकेट नकाटेकोले गर्दा पनि मलाई त्यस्तो धोका भयो । झन्डै त्यहा पनि जहाज छुट्यो। राम्रो जानकारी नली म हिंडेकिले मलाई धेरै समस्याहरु सँग जुध्नु पर्यो। तर पनि आफ्नो देशमा भन्दा सहयोग पाइने भएकोले त्यस्तो अप्ठ्यारो चाँही भएन अनी भाषा नबुझ्दा र त्यहाका नियमहरु फलो नगर्दा भने चाँही जस्ले पनि दु:ख पाउन सक्छन। बिदेशको यात्रामा धेरै चनाखो हुनु पर्छ नत्र कहबाट कहाँ पुगिन्छ । तर मलाई भने त्यहाका नियमहरु नबुझेर हैन टिकेट कहाँ कहाँ सम्मको हो भन्ने जानकारी नभएर मात्र मैले पिरोलिनु पर्यो । यसरी म लामो यात्रा काट्दै गए । त्यस्पश्चात मात्र सिङापूर आयो म त्यह ८ घण्टा बसे । मलाई त्यहा ८ घण्टा बितेको पत्तो नै भएन किन कि त्यहा मैले सिगापुरे महिला हरुलाई साथी बनाइ हाले ।
८ घण्टा पश्चात जहाज कोल्कत्ताको लागि उड्यो। खै कत्ती घण्टामा हो जहाज रातिको ११ बजे कोल्कत्तामा ल्याण्ड भयो । थाकेर लखतरान भएर उत्रिए त्यहा मलाई रिसिभ गर्न भिनाजु आउनु भएको थियो । सबै प्यासन्जरहरु आ-आफ्नो लग्गेज लिनलाई ब्यस्त भए सबैले लि सके रातिको १ बजी सक्यो मेरो त लगेज नै आउँदैन सबै हिडि सके म मात्र त्यहा बाँकी छु । त्यही त हो इन्डियाको ठाउं मलाई नौलो र मङोलियन अनुहार देखे मेरा पछी धेरै जना बङाली भाषा बोल्दै मलाई अत्याउन थाले । भिनाजु बाहिर हुनुहुन्छ भित्र पस्न पनि दिदैनन । न म सँग फोन छ यहाँबाट लगेको फोनले काम नै गरेको छैन ता पनि म आत्तिइन । तिनिहरुको मलाई हरेश खुवाएर लुट्न लागेका थिए, तर मलाई किन हो केही डर पनि लागेन र लगेज छुटे आइहाल्छ भन्ने दुक्क थियो र तिनिहरुलाई भने ''मेरो समान छुट्यो त तिमीहरुलाई किन यस्तो साह्रो पर्यो ?, म दुक्क छु मलाई जान देउ म भोली समान लिन आउँछु भने, तर तिनिहरुलाई त कसरी यस्लाई तर्साएर पैसा असुल्ने र हेल्प गरेको जस्तो गर्ने भन्ने थ्यो । मैले सिधै भने म ४ वटा भाषा जान्दछु । तिमीहरुले बङालिमा के भन्दैछौ । म सब बुझ्छु भनेर भने पछी एक एक जना गर्दै हराउन थाले । अनी मैले भने मेरो भिनाजु पनि यहाँको इन्कम ट्याक्स अफिसर हो के मलाई टाडाको भनेर तिमीहरुले अत्तल्याउन खोजेको ? भनेर भने पछी एक जना गएर मेरो भिनाजुलाई भेट्यो । अनी मात्र ल आज जानु भोली आउछ समान भन्यो । त्यत्ती हुँदा उदै पनि एक्जना त मेरो पछी लागेर पैसा माग्न थालयो मैले पनि पिछा छुटाउन १० डलर दिए के गर्नु त ?
यसरी कोलकोत्ता सम्मको यात्राले मलाई आजित बनायो अनी सोंच्न थाले अझै कत्ती दु:ख पाउने हुँ भनेर गन्तब्यस्थल् त अझै आउन बाँकी नै थ्यो । क्रमश …
(यो यात्राको दोस्रो भाग यहाँ छ । )