नबिन मालाकार
गाउँमा वदली हुँदा मेरी आमा आकाश तिर हेरेर,
गाउँमा वदली हुँदा मेरी आमा आकाश तिर हेरेर,
धारे हात लाउँदै "अब कुन पाखा लान्छस् ?" भनेर बिच्कन्थे ।
खोला साँध परेको खेत, आधा बगेर पारीपट्टी चरन भएको थियो ।
नत पारीकाले दाबी गर्न सके नत हाम्रो हक लाग्यो !
म भने बादल हेरेर खुब रमाउँथे
बादलले लिने आकार हेरेर दंग पर्थें र
बादलको हात्ति चढेर कल्पनाको संसारमा डुबीरहन्थे।
"यो मोरा कति ट्वाल्ल परेर बस्न सक्छ?"
"बादल हेर्ने मान्छे हुस्सु हुन्छ "
मैले बादल हेर्न छोडीन। मेरो घैटोमा घाम लागेन।
आज म बर्षैभरि घाम लाग्ने ठाउँमा छु
तर यहाँ बदलि हुन्न। निलो आकाशतिर टोलाउँछु केवल रिक्तता पाउँछु ।
मानिसले मानिसलाई मानिस नगन्ने यो मरुभूमिमा
आकार बुन्ने र सपना देख्ने मेरो सहारा, बादल, कतै भेटिन्न ।
सपनाको देशमा आएपछि, सपना बुन्ने मेरो क्षमता टुटेको छ ।
नबिन जी को ब्लगको लागि http://nabinkm.com मा जानुहोला.