November 12, 2011

गजल

उज्यालो नै देख्न नपाई रात हुन लाग्यो रे
भर थियो तिम्रो कुठारघात हुन लाग्यो रे


कलीयुगको राम राज्य यस्तै हुँदो रैछ कि
सुन्छु चोरलाइ चौतारीको बात हुन लाग्यो रे


घाइते भै ढलेको छ बिचारो निरह शान्ति
उठोस् कसरी बारुद सौगात हुन लाग्यो रे


सबको आश अब बिस्तारै लाश हुँदै छ यहाँ
खुशी मर्‍यो मलामिको शुरुवात हुन लाग्यो रे


बिबेकमा बिर्को लाग्यो कि बुद्धी धेरै भो तिम्रो
जाली फटाहाको टोली पो साथ हुन लाग्यो रे

October 28, 2011

नियती

हस्त गौतम मृदुल
नियतीले झारी सक्यो झटारोले झार्नु पर्दैन
निरंकुस्ता मौलाएको छ सकुनीले हार्नु पर्दैन

आफै परिरहेको छु अदृस्य बन्धनहरुमा यहाँ
त्यस माथी निर्दयी काँडे तारले बार्नु पर्दैन

मुटा सपना देखाइ लुट्नु जति लुटी सक्यौ
अन्योलमा जिउदै मरी सकेँ फेरी मार्नु पर्दैन

छत बिछत भएको छ मेरो अन्तर आत्मा फेरी
चिनी सकेँ तिम्रो क्षमता अब मुारो टानु पर्दैन

वाक्क दिक्क भएर बिस्तापित भै सके गाउबाट
आफै बिस्थापित भएँ कसैले बसाइ सार्नु पर्दैन


October 26, 2011

साँच्ची सकिन्न र ?


मेरा सामु सिङो आकाश छ
तर विना प्वांख को पंक्षी भएको छु
सप्त रङी ईन्द्रेणी तैरिन्छ आँखा भरी
रङहिन देखिन्छ ईन्द्रेणी पनि तिमी विना
के यही माया हो ? के यही समर्पण हो ?
लाग्दैन् मलाई यो माया हो भनेर
तिमी माथि को निर्भरता हो
या,तिमी प्रती को लगाव होला
प्रेम त् निस्वार्थ हुन्छ भन्थ्यौ
हावा झै शर्वब्यापी हुन्छ भन्थ्यौ
खै त यसको ब्यापकता ?
मेरो प्रेम तिमीलाई स्वार्थी लाग्यो
ल! भैगो ,विवाद गर्दिन मँ
प्रेम को वदलामा प्रेम खोज्नु स्वार्थ हुन्छ र् ?
के राधा-कृष्ण को प्रेम मात्रै सच्चा हो त ?
अब यो प्रेम कै परिभाषा फेर्ने बेला भए छ
लैला मँजनु ,हिर रांझा को प्रेम लाई स्वार्थी ठान्छौ तिमी ?
के आत्मा लाई शरीर भित्र लुकाउन खोज्नु स्वार्थ ठहरिन्छ ?
परेवा का जोडी झै, चांद चखेवा झै
एक विना अर्को को कुनै अस्तित्व हुन्न भन्छौ
मैले त् परेवा ले एउटा मात्रै बच्चा हुर्काएको पनि देखेको छु
खै त अरु झै जोडी जोडी भएर जन्मिएन त्यो
के मँ पनि त्यस्तै अपवाद हुँ त् तिम्रो नजर मा ?
के मँ पनि अधुरो हुँ त् तिमी विना
लाग्दो हो तिमी लाई ,
मलाई एक्लो पार्न जन्मिएकी हौ तिमी
मँ बाट टाढा जान नजिकिएकी हौ तिमी
तर तिमीले गलत सोची रहेकी छौ
तिमी विना पनि बांचेर देखाइ दिन्छु मँ
खुशी,उमंग उत्साह विना पनि त् बांच्न सकिन्छ नि हैन र?
मर्न नसकेर पनि त बांचिन्छ
एउटा प्रयोग कै लागि पनि त् बांच्न सकिन्न होला र ?


- प्रयास , फ्र्यान्कफर्ट , जर्मनी


October 3, 2011

शुभ बिजय दशमी - Happy Dashai

oहरेक बर्ष आउने नेपालीको ठूलो चाड बिजय दशमीको उपलक्षमा संपूर्ण दौंतरी लेखक तथा पाठकमा हार्दीक मंगलमय शुभकामना। गर्मी,जाडो तथा बर्षासंगै पार हुने दिनहरू दशैंसम्म आउंदा रंगमय हुन पूग्दछ। दैनिक काम,ब्यस्ता,सुख,दुख सबैलाइ चाड पर्वहरुले भूलाउने गर्दछन तथा आफन्तसित भेट गराउने अबसर जुराउंदछ।

यस्तै ब्यस्तामा पाठकहरुको शुभकामनाको लहरले तपाईहरु बिच भेट गराउने अबसर जुटायो। कतिपय दशैंकोलागी घरतिरको यात्रामा लागीसक्नु भएको होला। कती दौंतरीहरु कामको चपेटामा परदेशमै या अन्य शहरमा घर भन्दा टाढा दशैं मनाउने तरखर गर्दै हुनुहुन्छ होला। जाहां हुनुहुन्छ,जसरी दशैं मनाउने बिचार गर्नुभएको छ,यो महान चाड निकै हर्ष उल्लासका साथ मनाउनु होला। पाठकहरुबाट प्राप्त केही दशैं झल्काउने सामाग्री सहित पून संपूर्ण लेखक तथा पाठकहरुलाई दशैंको हार्दीक मंगलमय शुभकामना टक्राउंदछौं।

बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,
चुनौती सामना गर्न चट्टान बनेर,
रातो टिका बनेर, जमरा बनेर,
सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,
खुसी भएर, उल्लास भएर,
सबैका लागि सधैं सधैं, मंगलमय बनेर,
सबै सबैलाई शुभकामना बनेर (Ayush)

बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,


चुनौती सामना गर्न चट्टान बनेर,

रातो टिका बनेर, जमरा बनेर,

सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,

खुसी भएर, उल्लास भएर,

सबैका लागि सधैं सधैं, मंगलमय बनेर,

सबै सबैलाई शुभकामना बनेर (Luna)
दशैं आयो भन्छन् , दशा हुन्छ मलाई
मेरो चिसो चुल्हो, छैन बाल्ने सलाई
नाना माग्छ छोरो, घरमा खाना छैन
भन्ने सम्म छैनन् , दुःख पर्यो तलाई
छिमेकमा खसी, कराउँदा म्या म्या
आँशु झारि खान्छु, छोराछोरी छलाई
विजयको टिका, मेरो हार बन्छ
चाडपर्व छायो, मेरो घर जलाई
यो पसिनाको धारा, जति पोखे पनी
रुवावाँसी सधै, यिनै बसन्तलाई(बसन्तमोहन)


शुभ होस दशै

शुभ होस दशै भन्दै कति रटनु पट्टु सरि
भोक र रोगले सुकेको छ पेट यो टट्टु सरि

खेरा गयो पोहोर पनि शुभकामना दशैको
शान्ति कता पुग्यो बोली भो मेरो छट्टु सरि

सुख सम्ऋद्धी तेस्तै भो ऋणको बोझ थपियो
लाचार भै चुपचाप भाछु म फेरि लठ्ठु सरि

सुरका कुरा धेरै भए बेसुर छ ताल देशको
दानब नै देब देखे कि! कि मै छु मठ्ठु सरि

September 27, 2011

एक्ला बाबुरामको सेलाउँदो उत्साह ।

कुनै जमानामा एसएलसी बोर्ड फर्ष्ट पनि भएका पिएचडीधारी मेधावी बाबुरामले , आफ्नो पिएचडी डाक्टरको उपाधी आफ्नै लागि काउछोको माला भएको बताएका थिए । यसको कारण थियो , पार्टी भित्रै उनको विद्वत योग्यताका बारेमा गरिने आशंका र पार्टी बाहिरबाट उनलाई त्यसैका भरमा आउने प्रशंसा पार्टीका शीर्षस्थले समेत डाह गर्नु । त्यसैले हिंसात्मक युद्धताका , आँफूले यो बुर्जुवा उपाधिलाई त्याग गरेको घोषणा समेत उनले गर्नु परेको थियो । तर कालान्तरमा उनको यही वौद्धिक व्यक्तित्व , बुर्जुवा योग्यता र डाक्टरको उपाधी उनलाई चाहनेहरू सबैको मुख्य आकर्षणको केन्द्र बन्न पुगेका छन् । बाबुरामले पनि यो महत्व बुझेरै होला, डाक्टरीलाई राम्रै प्रयोगमा ल्याएको देखिन्छ । यो कुरा भर्खरै सम्पन्न संयुक्त राष्ट्र संघको साधारण सभा सम्बोधनका लागि बोलाउने क्रममा पनि देखियो , जुन उनको इच्छा बिरुद्ध पक्कै थिएन ।

बाबुराम जतिबेला कथित जनयुद्धमा थिए , उनका सहकर्मीबाट उनको भारतीय पिएचडीमाथि गरिएको डाह स्वरूप उनकै मुखबाट बुर्जुवा डिग्रीको महत्व्हीनता बकाउने गरिन्थ्यो । त्यसैले उनले कतै दावा गर्नु परेको थियो ' मलाई डाक्टर बाबुरामको रूपमा चिनिन मन लाग्दैन' । केही महिना अघि सम्पन्न माओवादीको पालुङटार भेलामा , एउटी सभासद धर्मशिला चापागाईँले बाबुरामलाई आरोप लगाएर भनिन् ' बाबुरामजीले भारतमा पढेर पिएचडी डाक्टर मात्र हुनुभएन , भारतीय विस्तारवादका सबै बिकृतिहरू नेपाल र माओवादी पार्टीमा ल्याउनु पनि भयो' । पुष्टपकमल दाहालदेखि मोहन वैद्य खेमाका सबै माओवादीहरू बाबुरामलाई भारतले उचालेका प्रियपात्र हुन् भन्ने