January 15, 2011

जिउँदो मान्छे र हराएको मन

- मधु माधुर्य, मस्को
जनवरी-२, २०१०


कुनै बेला -
हावाको झोक्कासंग बहकिएर जहाँ गए पनि
आफूलाई यतै छोडी हिँडे जस्तो लाग्थ्यो
एक गुच्छा फूलमा अड्केको आस्था
वा प्रेमिल क्षितिज भन्दा फराकिलो
मेरो अस्तित्व
सुकिसकेको गुँद सरि
यतै टाँसिए जस्तो लाग्थ्यो !


आज -
लगाम लाग्न नसकेको त्यहि मन
तिम्रो हृदयको किल्लाबाट फुत्किएर
कता कता दौडी रहेछ
तिम्रै अँगालोभित्र कैद
मेरो सिङ्गो शरीर धीतो राखेर !

4 Comments:

Luna said...

nice poem !
keep it up .

kumar said...

प्रेमिल गहिराइ मा काफी पहुच छ जस्तो लग्यो हजुरको |
-ramechhap1.blogspot.com

Nepalean said...

ओ हो शरीर नै धितो राखेर मन चाहीं टाप कसेछ। कूनै बेला बिहे हुनू अघि र बिहे पछि जोक सुनेको थिए,त्यस्तै त्यस्तै पो छ त।

Shiva Prakash said...

छोटो र अर्थपूर्ण ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !