March 19, 2008

लघुकथा - मर्द

- दिलीप आचार्य
ऊ किसोर अबस्थाकै थियो, स्कुल जिवन मै उसको एकजना सहपाठीले उसलाई एक दिन चुरोट खान उक्सायो। शुरुमा उसले मनाहि गर्न खोज्यो तर उ भन्दा केहि ठूलो उसको साथीले सिधै उसको हीम्मतलाई लकार्‍यो : " चुरोट खान पनि के केटी जस्तो लजाएको ?", उसको साहश बढ्यो र उसले चुरोट तान्न शुरु गर्‍यो । चुरोट तान्दा अली अली खोकी लाग्थ्यो तर प्रत्येक चुरोट सल्काउँदा उ आफूलाई ठूलो मान्छे भएको ठान्थ्यो ।


केही समयको निरन्तरता पछी उसलाई चुरोटले मजा दिन छाड्यो, अनी एकदिन अर्को यौटा साथीले उसलाई गाँजा तान्न सुर्यायो। उसले आनाकानि गर्यो तर साथीले उसको पौरुषमा प्रहार गर्यो : " चुरोट स्वास्नी मान्छेले पनि खान्छन् शिव बुटी तान्ने पो केटा " उसको पौरुष जाग्यो बिस्तारै चुरोट संगै गाँजा पनि तान्न थाल्यो गाँजाले शरिर कमजोर बनाउँदै लग्यो तर पनि हरेक कस गाँजा तान्दा आफैलाई पूर्ण पुरुष भएको मान्दथ्यो


त्यसपछी पनि कहिले बहादुरी देखाउन कहीले कमजोरी लुकाउन चुरोट, गाँजा जाँड, रक्सी लगाएतका सबै पुरुषत्व झल्कीने पदार्थको सेवन गर्न थाल्यो यसरी ठूलो मान्छे, पूर्ण पुरुष मर्द बन्ने प्रयाशमा उसको शरिर नराम्ररी बिग्रियो तिस पैतीस बर्षकै उमेरमा असक्त रोगी कमजोर भयो



एकदिन बिरामी परी ओछ्यानमै पल्टी पल्टी सडक तर्फ हेर्दा उसले धूमपान, मद्यपान केहि नगर्ने एकजना जवान स्वस्थ युवकलाई बाटोमा हिड्दै गरेको देख्यो। उसले आफ्नो त्यो बटुवाको उमेर मनमनै दाँजेर हेर्यो अनायशै बर्बरायो " वाह ! क्या स्वस्थ ! क्या स्फूर्ती !!, यो पो मर्द रहेछ "



जिन्दगीमा




हिड्न खोज्दा यो दुनियामा राम्रो बाटो पाईन
भिखारीलाई जस्तो कतै माया छैन

वेदनाले मुटु छेडदा शरिर सबै गल्छ
मनमा हुरि चलिदिदा दिलमा आगो बल्छ

अनुहार भरि रोदन मेरो आँखा भरि आँसु
विरहको जीन्दगीमा कतिन्जेल वाँचु

मन भित्रको व्यथाहरु पोख्ने ठाउँ छैन
अभागिको संसारमा आफ्नो मान्छे छैन

खोज्न खोज्छु दुख्छ मुटु भित्र घाउ
यो मनोजले खोजीरहेछ नदि तर्नै नाऊ
मनोज (चितबन) आबुदाबी


March 18, 2008

गजल - मन

थुन्न जती खोजे पनि जाली मन त चुइदो रछ
भित्रै भित्र पाके पछी माया पनि त कुइदो रछ

साक्षी राखेका भगवान नि मौन भई दिएछन
छाती पग्ली भेल बगेछी खुशी पनि धुइदो रछ

जुन तारा धेरै टाढा कल्पनामा सिमित भए अब
सुख छैन भागमा जहिले नि दु:खै छुइदो रछ

जनमभरी नफुकोस भनी उनेको भनथ्यौ त
छली माया जती कसे पनि त चाडै फुइदो रछ

आफै मुटु घ्रेरेर आफ्नै मनमा बन्दी भएकोछु
घातका लप्का परेपछी मुटु पोली रुइदो रछ


मनोन्यास - मान्छे र दिशाहिन राजनीति

मान्छे र दिशाहिन राजनीति - १
- हस्त गौतम मृदुल

नेपालको कानुन त्यस्तो घोडा हो जस्को नौंवटा सिंग हुन्छन भने दुइवटा पुच्छर। जताबाट जस्ले छामेपनि उही पुच्छर उही सिंग हात लाग्छ। कसैलाइ यो कानुनको डर र सम्मान छैन। यस्मा जो चडयो उही जंग बहादुर हुन्छ। त्यसकारण यस्को डर कसैलाइ लाग्दैन। छाडा घोडा भएको छ। इज्जत र मान गुमाएको यस घोडाले निर्दोषमाथी छातीमा टेकेर हिन्छ। यसबाट कसैलाइ डर छैन। कसैलाइ भर छैन। यसबाट मान्छेले डराउन छोडीसक्यो। आफै बसेको धरालाइ आतंक्कीत पारेको छ। यस युद्धको बिकराल यात्रामा मात्रिभुमीलाइ डढाउन कस्सिएका छन। मान्छे महाभारतको युद्धबाट चेतिएका छैनन। मान्छे न त पहिलो न त दोस्रो विस्वयुद्धबाट चेतिए। हिरोसिमा नाकासाकीलाइ खरानी बनाए। त्यतिले कहाँ होर नक्ष्ेात्रयुद्धका लागी कम्मर कसेर लागेका छन। मान्छे आफनै घर आगो लगाएर रमाउन चाहान्छ। न त बुद्धको सान्तीले आस्वस्त छ मान्छे न त क्राइष्टको फाँसीले। असन्तोषी र अघोरी जात नै मानबजाती बनेको छ। अत्याधुनिक क्षेत्यास्त्रको होडबाजीमा पृथ्वीलाइ आगो लगाएर अर्को ग्रह खोज्न भौंतारिएको छ। त्यस्मा पनि मेरी आमाको कोखमा आगो लगाउनेहरु दिन दिनै बढेका छन। राष्ट्रिय सम्पदाको आगो खाएर गरिबीको अंगार हग्ने नेताहरुको बिकबिकी बढेको छ। आज मेरो देश अंगार बनेको छ। यही अंगारमा सेलाएको मानबताको गन्ध आर्यघाटमा मात्रै होइन राष्टभरी नै फैलिएको छ। अहिले मेरो देश सिंगो आर्यघाट बनेको छ। बिष्णुको अबतारमा राक्षेस बनेका छन। क्राइष्टको अबतारमा आततायी जन्मेका छन। बुद्धको अबतारमा आतंक्ककारी जन्मेका छन।
आफनो मात्रिभुमीलाइ बेचेर अर्काको आदेशमा शासन गर्ने निकम्मा नेताहरु आज आएर तै चुप मै चुप छन। आ आफनो सिद्धान्तको रोटी खाए पनि अचार भने उतैबाट सुटुक्क माग्छन र आफनो भुमीको माटो भेटी चढाउछन। निरंकुस्ताले कुम्चिएको मेरो भुगोललाइ dmन dmन खुम्च्याउने राजनीतिको अभ्यास चलेको छ। न त यहाँ लोकतन्त्र नै आएको छ न त गनतन्त्र....। यहाँ यि सव भ्रम तन्त्र चलेको छ। केवल भ्रम। यहाँ केवल बिनास आएको छ। बिखन्डन आएको छ। बिध्वंश आएको छ। अराजकत्ता आएको छ। अंशबन्डा आएको छ। केवल मनोमानी आएको छ। खिचातानी नै लोकतान्त्रिक राजनीतिको पहिलो परिभाषा हो। यो परिभाषा पनि उपहारमा पाएका छन। सिमा स्तम्भहरु मेटिएर नयाँ निसानी गाडीएको छ आमाको छातीमा। आँखा चिम्लीए पछि दोबाटोमा हग्न बसे पनि कस्ले देख्छ। जो अगुवा उही बाटो हगुवा नेता परे। आफुले नदेखे कसैले देख्दैन भन्ने राजनैतिक सोच बोकेका नेताहरुले राष्ट्रलाइ घोर राष्टघात गर्दै आएका छन। समयले हरेक गोप्यताहरुलाइ एकदिन छताछुल्ल पारिदिने छ। कसरी कस्ले कतिमा सम्पदा र किस्ताबन्दीमा राष्टियता बेचे भन्ने कुरा। माउले फुल पारे पछि फुल कोरलेर बिकासका चल्ला बढाउनु पर्नेमा फुलै खाइसकेर चित्त नबुdmी माउ नै पोलेर खाइसके। यस्ता लाचार नेताको कारण म बुद्धको सपनामा अटाउन सकेको छैन। नत उन्का आँखामा आँखा बनेर आफुलाइ नै हर्ेन पाएको छु। म मान्छेबाट भागीरहेको छु। मान्छे भित्रको आगो निभाउन न त चानक्य नितिले सक्यो न त कुरानले। इस्वर पनि मान्छेको नजिक पर्न डराइसके। किनभने मर्ुख देखी दैब पनि थरथर काप्छन भने म त मान्छे। फेरी यो मेरो देश मर्ुखहरुको अखडा हो। सहमती र समdmदारी यही मर्ुखताबाट शुरु हुन्छ। के था कुन बेला कुन स्वार्थसिद्धिका लागी बली चढाउने हुन। अग्रगामी कदम नै मानब बलि दिने सजिलो बाटो बनाए यी नरपिचासहरुले। अबतारी विष्णु पनि बलीकै भोका छन। किनभने राजनीतिको आशणमा रगतको रंग नै शोभयमान देख्दछन।
ब्रिटेनले भारतको स्वतन्त्रता दियो र भारतले मेरो स्वतन्त्रता हरण गरयो। सुगौली सन्धीले हामीलाइ बिरानो बनायो। पश्चिम किल्ला काँकडा, पर्ुवमा टुस्टा पुगे थ्यौ। तर........यी कथा भए आज। जबरजस्ती खुम्चीएको भुगोलमा अdmै खुम्चाउन निरन्तर आँच पुरयाउदै आएको छ। कालापानी देखी बिभिन्न भागमा कब्जा गरीसक्दा पनि सरकार मौन छ। किनभने नेताले खाने नुन उतै बन्छ र उतैबाट आउछ। आजका दरबारहरुमा योद्धाका पस्तिपन्जरहरु गाडीएका छन। आस्थाहरु फँासीमा dmुन्डाएका छन। बिचारहरु कत्लेआम भएका छन। ब्रि्रोह सल्केको छ दरबार तिर ...तर....। शिबपुरीको पहाड साक्षी छ कति योद्धाहरु जिउदै पुरिया भनी। फुल्चोकी पहाड साक्षी छ कतीलाइ जिउदै जलाइयो भनी। थानकोटको भीर साक्षी छ कति मारी फालिए भनि।
गोप्यताको साँक्षी यी पहाडहरु मात्रै छन। कसैको केही जोड चल्दैन। कसैको केही पत्तो लाग्दैन। जसरी dmुनकीरिहरु अन्धकारमै बिलाए। आज दूइ दशक भैसक्यो यी पहाडहरु योद्धाहरुको साक्षी बगेको तर।....। दर्रि्रता सवैभन्दा ठुलो नर्ग हो। यही नर्गको बास बसाएर धन्य छन नेताहरु। अति भैसक्यो अब त...। कलंक्की अबतार हुन लागी सक्यो। पशूहरु बोल्ने छन। रुखहरु सलबलाउने छन। यि आततायी मान्छेहरु बिस्तारै पशू हुनेछन। पशूहरु मान्छे....कस्तो अचम्म..।
म बाट स्वतन्त्रता छुटिएको छ। सान्ती संयुत्त राष्ट्रसंघमा कैद छ, या त नेताको षडेन्त्रमा। आलिसान महलमा छ की हवाइटहाउसमा या हिटलरको ग्यासच्याम्बरमा-
संसारमा खोजे पछि नपाइने कुनै बस्तु छैन तर कतै मैले सान्ती देखिन। मलाइ यतिखेर गोपाल प्रसाद रिमालको गीत याद आइरहेको छ, आमा त्यो आउछ र...। हो मलाइ त्यो आउने कुरामा ढुक्क छु। तर मेरो वरीपरी आइसकेर पनि कस्ले लुकाएको छ- कस्ले राखेको छ लुकाइ सिपी भित्र मोती बनाइ- कस्ले साँचेको छ पत्थरभित्र हिरा बनाइ- यदि तिमी आलीसान दरबारमा छौ भने बिर्स त्यो दरबार किनभने दरबारहरु संधै भ्रम र खोक्रो हुन्छन। संधै आडमबर र खिचातानीमा अल्dmेको हुन्छन। त्यो खोक्रो जीवन क्षेणिक र बन्धनमा हुन्छ। शरिर बाँच्नु जीवन बाँच्नु मात्र होइन। आउ समयको बोधीबृक्षमा हामी सवै बुद्ध बन्ने कोसिस गरयौ। बाँच्नुको अर्थ शरिर मरे पनि जीवन जिवन्त रहोस भन्ने हो। भृकुटीको जस्तो साहास लिएर जानु पर्छ। हरेक नेपाली भृकुटी भएर नेपालको सान्ती फैलाउन सक्छौ तर आज....। रुखमुनी छाया त्यो मुनी म कै स्थिति छ। सृजनशिलता नै जीवनका महान गौरभ हुन। साहास हुनेहरुलाइ सफल्ताले चुम्छ। बसेर कुनामा dmिंगा धपाउनेहरुलाइ सफल्ता हात पार्न खोज्नु कुकुरले रुख चर्न खोज्नु जस्तै हो। हरेक नेपाली हरेक पर्ुखाका प्रतिनिधि हुन किनभने हरेक ब्याक्ति उ आफनो राष्ट्र र त्यस्को सुन्दर भबिस्य हुन। देशको सलाइ भित्र रहेका तीन करोड काँटीहरुमा बल्नु छ आफैमा। जोस जाँगर उमल्न्छ ह्रदयभरी। कराइमा दुध उम्लीए
पोखियो भने खरानीमा परिन्छ। देशका युवाकाँटीहरु किन निरंकुस्ताको चिसोले ओसिदै गएका छन। ओसिय भने फेरी बल्न र बाल्न गारयो पर्छ। जहाँका युवाहरु ओसियका छन त्यो देश दर्रि्र हुन्छ। आज युवाहरु गरिवीको चिसोमा ओसिएर बिस्तापित भैरहेका छन। म देशको एउटा स्थानमा धपक्क बल्न चाहान्छु। जहाँ एकठाउको अँध्यारो नासियोस संधैलाइ। म ओसिन चाहान्न। म बल्न चाहान्छु। हे मेरी सान्ती आउ प्रिय मलाइ एकपटक यो धर्तिमा आफनै प्रकास र्छर्ने अबसर देउ। मेरो देश म बिना अँध्यारो छ। जीवन इस्वरको प्रकास हो। यो हरेक संग हुन्छ। मलाइ राष्ट्र र राष्ट्रियताको पहिचान संगै आत्माबोध भयो की देश बिना मान्छे कति दुख हुन्छ।
जसरी चन्द्र र्सर्ुय र पृथ्वी एकदिन एउटै रेखामा भेट गर्छन। त्यसैगरी यो देशमा सान्ती र स्वतन्त्रताको उज्यालो फैलाउनु पर्छ। जीवन प्याजको पत्रै पत्रले बनेको छ। सुन्तलाको केस्रा केस्रै केस्राले बनेको छ। मेरो यो जीवनका हरेक पत्रहरु खस्नु भन्दा अगाडी नै सान्ती आवस भन्ने चाहान्छु। जीवनको केस्राहरु छुटीन नपाउदै आए केही गती पर्ला नत्र...........

मात्सेतुगंको बैशाखीमा हिन्ने हैसियत पनि गुमाएका माओबादीमा आफनो क्षमतामा हिन्न सक्ने साहास रहेन छ। म्ााओबादी पनि उहि बिरबलको खिचडी पकाएर जनतालाइ बेकुप बनाउने भन्दा अरु गर्न सकेन्। उनीहरुको राजनैतिक सिद्धान्त नै अपाङ्ख छ भने अरु कस्को के आशा गर्न सकिन्छ र! आ-आफनो सिद्धान्तबाट बिचलित नेताहरु, जवसम्म अरुको
"शैद्धान्तीक बैशाखी" टेकेर हिन्न छोडदैनन तव सम्म नेपाल र नेपालीको भविस्य शुरक्षित हुन सक्दैन। जव सम्म आफनो खुटटामा उभिन खोज्ने नेता जन्मीदैनन तब सम्म देशमा संकट र्टर्दैन। जन्मेको सातदिनमा सात पाइला हिन्ने हामी बुद्धका सन्तान आज समयको गतीमा एक पाइला हिन्न पनि सकिरहेका छैनौ।
कस्तो बिडमबनामा जिउनु परेको छ आज नेपाली ! अरुको सैद्धान्तीक बैशाखीमा हिन्ने नेता होइन, हामीलाइ बामे सरेर भए पनि आफनै क्षेमता हिन्ने नेता चाहिएको छ। तर बिचरा हाम्रा नेताहरु त, अरुको बैशाखी नटेकी एक इन्च पनि हिन्न सक्दैनन। यस्ता गतिहिन अपाङ्ख नेताबाट देशले काँचुला फर्ेला भन्नु त केवल दिवासपना मात्र होे।
असफल नेताहरुबाट सफल राष्ट बनाउन समभव छैन। किनभने ब्याक्तिगत लाभ भन्दा माथी उठेर हिन्न सक्ने क्षमता हाम्रा राजनैतिक नेताहरुमा छैन। अहिलेको अबस्थामा लोकतन्त्र भन्नेहरु धृतराष्ट, गनतन्त्र भन्नेहरु दुर्योधन, राजतन्त्र भन्नेहरु सकुनी भएका छन। यस अन्यालग्रष्ट राजनैतिक महाभारतको युद्धमा जनता धेरै दिन द्रोपदी बनी रहन सक्दैनन्। नेतालाइ अबस्य चेतना भया।.........क्रमस.........


March 17, 2008

साच्चैनै प्रवासी मित्रताको साईनो गहकीलो हुदो रहेछ

पहिलो पटक बिदेशिनु पर्दा मनमा अनगिन्ती कुराहरुले डेरा जमाएको थियो । त्यो दिन अझै सम्झना छ जुन दिनमा म पहिलो पटक साउदी अरबको खाडीमा पाहिला टेकेको थिए । प्रवासको ठाउँ अझै अरबीहरुको बिचमा घुलमेल हुन सक्दिन कि भन्ने डर थियो ।जव म कम्पनीमा पुगे त्यहाँ त म जस्ता धेरै नेपाली दाजुभाइहरु हुनुहुदो रहेछ । बिस्तारै म उहाँहरुको बीचमा परिचित हुन पुगे । म साउदी अरब पुग्दाको पहिलो दिनमा तुल बहाुदर फलामी दाजुसँग परिचय भयो लामो समय देखि उहाँ कम्पनीमा कार्यरत हुनुहुदो रहेछ र नेपालमा घर पर्वतमा रहेछ । प्रवासमा पहिलो सत्कार उहाँबाट पाए । उहाँको पहिलो दिनको सत्कारलाई मैले कहिल्यै पनि भुल्न सक्दिन । केहि दिन पछि म साउदी अरबको जुवेलमा गए त्यहाँ पनि दाङ्गका केवल पुनसँग मित्रता गासे उहाँबाट पनि मैले धेरै कुराहरु सिके उहाँ अहिले नेपालमा हुनुहुन्छ प्रवासमा रहदाको मित्रताको नाता सधै अमर हुदो रहेछ उहाँका मार्गदर्शन उहाका विदेशमा बस्दा खेरीका अनुभवहरु मेरो मन मष्तिष्कमा सधै ताजा रहने छ । करिब २ महिना पछि म साउदी अरबको उधेलिया भन्ने अनकन्टार तथा बिकट मरुभूमिको बीचमा पुगे । त्यहाँ पनि नेपाली साथीहरु धेरैनै हुनुहुदो रहेछ । करिब ४० महिना मैले त्यहि उधेलियालाई आफ्नो घर ठानेर बसे । पहिला अति उराठ लाग्ने ठाउँ पछि साउदी अरबको सबैभन्दा मन पर्ने ठाउ बन्न पुग्यो । त्यो ठाउँलाई छोड्न मन लागेन कारण त्यहाँका साथीहरु र उहाँहरुको संगतले । साच्चैनै नेपालमा पुर्व-पश्चिमका साथीहरु बीच भेट हुन जति गाह्रो हुन्थ्यो बिदेशमा त अति सजिलो हुनेरहेछ । अझै मन मिल्ने साथीहरु भएमा त झनै सजिलो दिनहरु बिताउन । ४० महिनाको बसाईमा मैले धेरै मित्रहरु पाए जुन मित्रहरुलाई जिन्दगीको अन्तिम कालसम्म पनि भुल्न सक्दिन । मित्रताको साईनो कस्तो हुदो रहेछ भन्ने कुरा अहिले आएर महशुस भएको छ । प्रवासको लामो बसाईपछि आफ्नै व्यक्तिगत कामले गर्दा म मेरो शुन्दर देश नेपाल फर्के । धेरै लामो बिछोडको तड्पाईमा बसिरहेका आफन्त तथा परिवारहरुसँग मिलन त भयो तर प्रवासी भूमिमा साइनो गासेका साथीहरुको यादले भने सताईनैरहयो । स्थिर शरिर परिवारहरुसँगै भएता पनि मन सधै साथीहरुको बिचमा पुगेको हुन्थ्यो । साच्चैनै प्रवासको भूमिमा गाँसेको मित्रताको मायाँ आफ्नो परिवारहरुको भन्दा गाढाँ हुदो रहेछ । सधै त्यहि दिनको सम्झना मनभरी आइरह्यो । जुन दिन हामी कोठामा रमाइलो गरी बस्दथ्यौ । कहिले झगडा गर्दथ्यौ कहिले नेपाली गीत गाएर नाच्दथ्यौ त कहिले मिठा मिठा जिन्दगीका कुराहरु गरेर दिन काट्दथ्यौ । अन्य मित्रहरु पनि हामीलाई पहिलानै छोडेर नेपाल फर्कनु भएको थियो तर कमै मात्र मित्रले प्रवासी मित्रताको नातालाई चिन्नु भएको थियो कमै मात्रमा मित्रहरुले सम्झनाका पोकाहरु दुई शब्द पठाउनुहुन्थ्यो ।
साउदी अरबको उधेलिया भन्ने ठाउ सायद कमैलाई मात्र थाहा होला त्यहाँको बस्तुस्थिति । करिब ४५-५० वटा कम्पनीहरुका शाखा क्यामहरु खडा छन् जहाँ हजारौ नेपालीहरु कार्यरत छन् । हाम्रो कम्पनीको पनि शाखा क्याम उधेलियामानै थियो । करिब सयको हाराहारीमा नेपालीहरु थियौ । तर सधै भइरहने नेपालीहरु भने ३०-३५ जना जति मात्र । हामी कहिले चेस खेलेर समय बिताउदथ्यौ त कहिले क्यारेम्बोट । कास्की लेखनाथका रेशम थापा क्षेत्री लामो समय देखि क्याम ईन्चार्ज हुनुहुन्थ्यो । उहाँबाट हामीले धेरै सहयोग पायौ । उहाँ क्याम्प इन्चार्ज भएता पनि हामी दाजुभाइ सरहनै थियौ । बाहिर अर्कै ब्यवहार गरेता पनि भीत्रि आत्माले भावनाको नाता जोडेको थियो । साउदी अरबको उधेलिया छोड्ने बेलामा मैले उहाँको धेरै ठुलो सहयोग र सत्भाव पाएको थिए जुन मैले जिन्दगीमा कहिल्यै भुल्न सक्दिन । सायद दाजुभाइमा पनि त्यतिको सहयोग हुदैनहोला । त्यस्त तनहुं मानपांगका एक जना गुरुङ्ग भाइ जसलाई मैले आत्मिय नाता भाइले सम्वोधन गरेको छु । हामी जातले बाहुन र गुरुङ्ग भएता पनि युवराज गुरुङ्गलाई मैले मेरै परिवारको एक जना सदस्य ठानेको छु र भविश्यसम्म पनि उनलाई भाइकै नाताले पुकार्ने छु । अर्को जुनीमा हामी एउटै आमाको काखबाट जन्मन पाउ भन्ने प्राथना गर्दछु । त्यस्तै प्रवासमा मेरो अविभावकको रुपमा एक जना दाजु प्रकट हुनुभयो । उहाँबाट मैले धेरै कुराको ज्ञान लिन पाए आज म जुन स्थानमा छु उहाँकै मार्ग निर्देशन अनी पथ पाईलाहरुको साथले छु । उहाँ सिन्धुपाल्चोकको सागर दाजु हुनुहुन्छ । उहाँ मेरो प्रवासी जिवनमा महत्वपूर्ण अभिभावको भूमिकामा प्रस्तुत हुनु भयो ।साउदी अरबमा छदा मलाई प्रवासमा छु जस्तो पनि लागेन ।
मेरो जिवनमा एउटा यस्तो मित्रको आगमन भयो उहाँको म बर्णन गर्न सक्दिन । हामी एक अर्कामा यति नजिक थियौ कि सायद प्रेमी प्रेमीका पनि त्यति नजिक हुदैनथे होला । एक अर्कामा आइपरेका दुख बेदनाहरु साटासाट गर्दथ्यौ । हामी यति मिल्दथ्यौ कि कहिले काहिँ त हाम्रो मिलनले अरुलाई जलन पनि हुन्थ्यो र हामी बाध्यताले केहि समयकोलागि बिछोडिन बाध्य हुन्थ्यौ । केहि समय नबोले पछि एक अर्कामा छटपटी चल्दथ्यो । साच्चैनै हामीले मनका भावनाहरु एक अर्कामा साटासाट गर्दथ्यौ र पारिवारीक कुराहरु पनि भन्ने गर्दथ्यौ । उहाँको नाम लिला कुमार खवास र घर झापा सुरुङ्गा थियो । अझै पनि हामी एक आपसमा मनका भावनाहरु साटासाट गरिरहन्छौ ।
प्राय हामी एउटा रुपमा ७ जना नेपालीहरु बस्दथ्यौ भिन्दा भिन्दै ठाउँका तर हामी एउटै परिवारका सदस्यहरु झै थियौ । सायद घर परीवारम पनि त्यति मिलन हुन्थेन होला । लामो समय प्रवासमा जिवन बिताउदा पनि घर परिवारको याद त्यति आएन ।
साउदी अरबको बसाईमा मैले धेरै आत्मिय मित्रहरु पाए र गुमाए पनि । साउदी अरबको बसाईमा मैले पाएका मित्रहरु लिला कुमार खवास झापा सुरुङ्गा रेशम थापा क्षेत्री कास्की लेखनाथ धुर्व हमाल स्याङ्गजा पुतलीबजार सागर श्रेष्ठ सिन्धुपलााचोक युवराज गुरुङ्ग तनहुँ कुमार गुरुङ्ग पर्वत शंकर थापा मगर पाच्थर सुरेन्द्र पचभैया गुल्मी सुमन थापा मगर हरी नेपाली दल बहादुर घिमीरे मदन खाड पाल्पा सुरेस थापा पदम अर्याल बिकास मगर चन्द्र पुन चन्द्र गुरुङ्ग धुर्व सिक्देल चिज कुमार श्रेष्ठ रोशन अर्याल रबिन घिमीरे गोपाल परिवार र अन्य मित्रहरु जसले मलाई प्रवासमा रहदा सहयोग गर्नु भयो उहाँहरुलाई मैले कहिल्यै पनि भुल्न सक्दिन ।
प्रवासको मित्रताको नाता भनेको कत्तिको गहिरो हुदो रहेछ भन्ने कुरा मैले दुवईमा आएर पनि थाहा पाए । हामी साउदी अरबबाट इमेल र चाटिङ्गमा कुरा कानी गर्दथ्यौ । उहाँको कृष्ण प्रसाद अर्याल मनोजकुमार राना यामनन्द तिवारी । उहाँहरुसँग प्रत्यक्ष भेट दुवईमा आएर भयो हामी इमेलबाट चार्टिङ्गबाट धेरै कुरा गरिन्थ्यो । पहिलो पटक दुवईमा भेट हुदा म ज्यादै खुशी भए । उहाँहरुको ब्यवहार अनि बोलीले मलाई अति प्रभाव पार् यो र उहाँहरुको सहयोगी भावनाले त झनै मित्रताको डोरी कसियो ।
प्रवासी भूमिमा रहदा अन्य मित्रहरुसँग पनि मित्रताका साईनाहरु फैलाउन सफल भए जसमा नेपालमानै रहनुहुने दिदीहरु मायाँ थापा बिरगँज अाजना बैद्य काठमाण्डौ उहाँहरुसँग प्रत्यक्ष भेट नभएतापनि नाता गहिरो जोडेका छौ । त्यस्तै गरेर स्वीटजरल्याण्डमा कार्यरत पोखराका विप्लब निशानी लामीछाने हाल नेपालमा उहाँसँग प्रत्यक्ष त भेट भएको छैन तर पनि फोनमा धेरै पटक कुराकानी भएको छ । एक आपसमा हामी यति नजिकका भएका छौ । प्रत्यक्ष भेटमा हामी एक आपसमा परिचित हुदैनौ होला तर हामी इमेल र फोनबाट धेरै नजिक छौ । हाम्रो यो मित्रताको नाता अनन्तकाल सम्म रहने छ । प्रवासको भूमिबाट जोडीएको मित्रताको नाता अति गहिरो हुदो रहेछ भुलेर पनि भुल्न नसकिने ।


March 16, 2008

के लेख्दै छु त पि्रयसीलाई इराकबाट

यस्तै के लेख्ने कसरी शुभाम्भ गरौं भन्ने सोच्दा सोच्दौ यसरी शुरु गरे मैले यस्तै रहेछ यो जिन्दगी विछोडको पिडाले होला मेरो मन गाह्ो भईरहेको बेला पोख्ने ठाँउ नभएपछि यसैको साहारा लिए । पत्र त लेखे तर पठाउने साधनको अभावमा भैतारी रहँदा यसैलाई नै माध्यम बनाउन पुगे इमेल गरु इमेल छैन उनीको साथीलाई पठाउ जाने मान्छेलाई कसरी भनौं मेरो पि्रयसीलाई एउटा पत्र लगिदे भनेर त्यसैले होला यसैको साहाराले पुर् याउने कोशिस गरे अनि शुरु गरे लेख्न छिया-छिया छाती लिएर

पि्रय प्यारी प्रकृति

क्षितिजपारीबाट भए पनि लामो सम्´ना


मलाई भोलि केहि भए दैवले बिचैमा छोडि लगे तिमीले जिउने आधार खोज्नु ।

एकाङ्गकी यो लामो जिवन गुजार्नलाई गाह्ो होला मन मिल्ने जिवनसाथी रोज्नु ॥

सर्घर्ष गर्दा-गर्दाै उतार चडाप भोग्दा भोग्दौ बिचैमा मेरो अवशाङ्ग भए ।
तिमीले जिउने आधार खोज्नु हिड्दै जाँदा भावनालाई बु´्ने
हितकारी मान्छे भॆटे निसंकोच नाता जोड्नु ॥ मलाई भोलि केहि भए……………………



सायद गायक कर्णदासले पनि यो गित मेरै लागि गाएको हुनुपर्दछ । गितको भावनालाई हृदय देखि नै धन्यवाद दिन्छु जसले यो भावनामा डुबेर रचना गरे होलान् सायद त्यस बेला पनि रचयितालाई मलाई जस्तो नै भएको थियो होला अनि कर्णादासले गाउने क्रममा पनि रोएर नै गायका थिए होलान् । सायद तिमीले पनि यो गित सुन्ने अवसर पायौं भने मैले जस्तै हामीले बिताएका ति पलहरुको यादमा आँखाबाट आँसुका धाराहरु बगाउने छौ तर त्यति बेला तिम्रौ आँसु पुछ्ने म अगाडी हुनेछैन । सायद दैवको खेल भनै या जिन्दगीले ल्याएको परिस्थित भनौं आज तिमीबाट धेरै टाढा बम र गालीले छिया छिया भएको ठाँऊ अनि अभावै अभावबाट हिडिरहेको यो इराकमा टन्टलापुर घाम अनि पानीको अभाव सायद यस्तै लेखेको रहेछ भगवानले छौटीमा । प्रकृति तिमीलाई अनि तिम्रो शहरलाई पुष २४ गते छाडेर अर्काै विरानो अनि बेग्लै शहरमा पुगे तर मन भने तिमीमा नै थियो अनि मेरा अगाडी तिमीसँग बिताएका पलहरुको यादगार सम्´नाहरु चलचित्र सरी मेरा आँखा अगाडी आई नै रहे । तिमीसँग विताएको पलहरु एक-एक गरी मेरो आँखामा आई नै रहको थियो । तिमीले चुमेका यी मेरा हातहरु तिमीलाई समाउन अगाडी बढिरहेको हुन्थ्ो । यि मेरा आँखाहरु तिमीलाई देख्न लालायित हुन्थ्ो तर त्यो सबै सपनामा परिणत हुदा मेरा मन धरधर रुन्थे । म आफुलाई सम्हाल्न नसकेर बाथरुममा जान्थे पानी खोलेर आँखाबाट आँसुका धारा निकाल्थे तर पनि के गर्ने । जिन्दगी यो लामो यात्रा सँगै-सँगै विताउला भन्ने सोचेको मात्र के थिए सायद भागवानले पनि यो मन्जुर गरेनन् । सायद हाम्रो मायामा कतै खोट पो थियो कि । सायद हामीले माया भन्ने शब्दको परिभाषा नै थाहा पाएका थिएनौ कि पढ्न गाह्ो भईरहेको होला होईन कि तिमीले यो पत्र पाउना साथ च्यातेर त फ्याकिनै सायद सत्य सधै नै तितो हुन्छ । मलाई पनि लेख्ने बेलामा धेरै नै कष्ठ भईरहेको थियो होला कल्पना गर त । सायद आँखाबाट आँसुका धाराहरु सम्हाल्न सकिरहेको छैन त्यसैले नसकेर होला रोकिने कुरै गर्दैन । तर तिमी त आनन्दले सुत्दै हाँैली अफिसबाट घर आउदा पनि छस्किदौनौ होली । मसँग विताएका पलहरु त तिम्रोलाई कहि जस्तो पनि लागेको थिएन होला । सायद धोकाको पिडा त मलाई खान लेखेको रहेछ क्या रे । धोका भन्दा जिवनमा अरु केहि पनि नपाईएला जस्तो छ । पत्र लेख्दा सम्ममा त छिनो आराम छु भन्नु पर्ला अनि तिमी त कुशलै छै हौल्ाी होईन ।
कुरा के हो भने जब मैले आउने बेलामा आमासँग कुरा गरेको थिए तर त्यहि फोन मेरोलाई अभिसाप भयो प्रकृति मैले तिमीलाई एयारपोर्टबाट पनि फोन गरेको थिए तर तिमीले मसँग कुनै कुरा भने नगरी फोन काटिदियौ । त्यो भन्दा अगाडी मैले तिम्रो आमासँग लामो कुराकानी गरेको थिए तर यस पटक भने तिम्रो आमामा धेरै परिवर्तनहरु आएका थिए । तर पनि मैले तिमीसँग कुराकानी गरेर त्यसको समाधान निकाल्न भने नखोजेको होईन तर तिमीले कुरा नगरी फोन काटिदिए पछि सोचे विछोडको पिडाले होला बोल्न नसकेकी भन्ने लाग्यो र तिमीलाई इराकबाट असहज परिस्ििथतमा पनि फोन गरे तर तिमी उल्टै नचिनेको बाहाना गरौ अनि मेरो मुटु छिया-छिया भएर टुकि्रयो त्यत्ति बेला मैले संसार नै धुमेको अनुभव गरे मलाई त्यत्ति माया गर्ने मेरी प्रकृति आज किन परिवर्तन आखिर मैले के गल्ती गरे उनीले भयौ भन्दौमा घरमा आमासँग हामी दुईको जिन्दगीको बारेमा कुरा गरे के मैले यहि नै गल्ती गरे कि उनीले भनेका सबै कुराहरुलाई मानेर उनीलाई जिवनसाथीको रुपमा अँगाल्नु खोज्नु चाँहि मैले गल्ती गरे । प्रकृति मैले तिमीसँग गर्न खोजेको कुरा पनि आज म यसै पत्रमा गर्दैछु यसलाई पनि केहि समय निकालेर पढ ल । यति बेला भने मेरा मनहरु रुदा-रुदा थाकिसकेको छ तर पनि आँखाबाट आँसुहरुले सिरानी भने छिजेकै हुन्छ । आमाले भन्दै हुनुहुन्थ्यो कि राम तिमीसँग जति पनि प्रकृतिले दिएको चिनो छ त्यो सबै कि फ्याकिदिनु कि फिर्ता गरिदिनु अनि प्रकृतिसँग विताएका हर क्षणाहरु भुलिदिनु म पनि प्रकृतिलाई फोन गरेर तिम्रो केहि चिनो भए फ्याक्न लगाउछु । म प्रकृतिलाई अरुसंग नै विवाह गराई दिने निधोमा पुगेको छु । सायद यो बाक्यले नै मेरो जिवनमा ठूलो भुईचालॊ ल्यायो प्रकृति आमाले त्यो कुरा भन्नु भयो तब जब म कार्यलयबाट मेनपावरको अफिसमा जार्द गर्दा तर फोन भने मैले गरेको थिईन ।
प्रकृति आमा बुबा भनेको हाम्रो भगवान हुन्छन् । सायद आमाबुबाको आदेश मान्नु नै जिन्दगीमा राम्रो होला । आमाबुबाले आफ्नो छोराछोरीको लागि कहिलै पनि नराम्रो सोचेका हुदैन । तर तिम्रो त आमा भने नि बुबा भने नि त्यहि आमा हुन् । आमाका कुरालाई कहिलै पनि नकाट्नु आमाले देखाएका बाटोमा हिड्नु बाचा गर्दछु तिमीले कहिलै जिन्दगीमा दु ःख पाउने छैनौ । हेर आमा एक्लै हुनुहुन्छ मलाई थाहा छ विछोड हुनुको पिडा अनि रोदन थाहा त तिम्रो आमालाई पनि हुनुपर् यो तर तिम्रो आमाको मन त ढुंगा रहेछ अथवा आफुले भोगिसकेको भएर होला भित्रि मनहरु रुदा-रुदौ पनि बाहिरको मनलाई कडा बनाउनु भएको थियो होला । प्रकृति अन्तिममा आमालाई मेरो धेरै-धेरै सम्´ना भनि दिनु अरु कुराहरु त त्यस्तै हुन् म कम्प्यूटरमा काम गर्दछु अहिले मेरो डियूटी रातीमा छ मेरो राती नेपालको ९ बजे देखि विहान ९ बजेसम्म हुन्छ । हामीले डुयूटी भने १२ घण्टाको गर्नु पर्दछ । कामको क्रममा भुल यहाँ माफी हुदैन सिधै नेपाल पठाईदिन्छ तर मेरो भने काममा त्यत्ति मन भने लागेको छैन त्यहि पनि कोशिसमा छु । सायद कसैको याद र सम्´नालाई विर्शिन सके भने काममा मनलाग्ला कि भ्ान्ने छिनो आशाहरु रहेको छ । खानाको राम्रो व्यवस्था नभएपनि बस्नको भने राम्रो व्यवस्था छ । फोन गर्ने इच्छा हुदा-हुदौ पनि प्राविधिक समस्याहरुले गर्दा इच्छाहरु पुरा भएको छैन । म इराकको राजधानी शहरबाट नजिकैको ऋबुउ ब्लबअयलमब द्यबबिम भन्ने ठाउमा छु । यहाँ त बमहरु फ्याकेको फ्याकै हुन्छ कति बेला बम आउँछ र बङ्किरमा लुक्न जानपर्ने हो त्यो कसैलाई पनि थाहा हुदैन । सुरक्षित हुदाहुर्दाै पनि कहिले काँहि अपि्रय घटनाहरु हुन जान्छ । काम सजिलो भए पनि १२ घण्टा काम गर्नु पर्ने र विदा नमिल्ने अनि यहाँको निति नियममा बस्नु नै हामीहरुको लागि गाह्ो कुरा हो । म भएको ठाउमा धेरै नेपाली दाजुभाइहरु रहेका छन् हामी नेपालीहरु कामबाट थाकेर कोठामा छौं अनि कसैले पे्रमका कुरा गर्छन् त कोहि सुख दुःखका कुराहरु एक अर्कालाई भनेर आफ्नो थकाई मेटाउने गर्दछन् तर म भने त्यहि दिनहरुको कल्पनामा नै विलाई रहेको हुन्छु ताकि तिमी मबाट टाढा नहोसर तर तिमीले मलाई याद गर्दिनै होली आए देखि त बाढुकी पनि लागेको छौन सपनीमा पनि आउदिनै किन हो किन तिमीले त माया मारि पॊ सकै जस्तो लाग्छ पि्रय । र्लौ त आजलाई यत्ति नै भगवानले राखेछन् भने अनि कुशलै रहे भने अगाडीका दिनहरुमा प लेख्ने छिनो कोशिस गरौंला । मनमा लागेका तिता मिठा कुराहरु यिनै हुन् । तिम्रो र मेरो जिन्दगीको कुराको निर्णय त अगाडी मैले अगाडी गितका भावनाबाट पोखिसके त्यसैलाई बास्तविकता लिनु । मेरो जिवन भरी नै तिम्रो यादहरु आई नै रहनेछ । जिन्दगीको दोबाटोमा भेट हुनु अलि परसँग सँगै यात्राहरु पार गदौ जाँदा ।एक अर्काे बीच माया पिरती गाँसिनु यो त प्रकृतिक नियम नै हो यसैलाई अनुशरण गरेको थियौ होला सायद दोबाटोमा भेटभएपछि अर्काे दोबाटोमा छुटिनु नै पर्छ होला होइन र प्ा्रकृति त्यसैले होला दोबाटो आउनु भन्दा पहिले नै तिमीले मलाई छोडिदियौ बाँकी यात्राहरु काट्न अब फेरि पनि एक्लै पर्ने भयो यस धर्तीमा एक्कै आएको थिए अबका यात्रा पनि एक्लै काट्दै बाँकी यात्रा तय गर्नुपर्ला तिम्रो जिवन खुशी र सुखिदायक वितोस् कष्ट अनि बेदना कहिलै पनि नआयोस् यसै शुभकामना सहित यो विरानो अनि अभावै अभावको बातावरणमा भुल्ले कोशिसमा लाग्नेछु । तर प्रकृति धोका मानिसको लागि अति नै पिडा दायक हुन्छ । अब अरुलाई धोका नदिनु ल ।

उनै
राम प्रसाद पन्त अन्जान बनबासी
बलाद इराक