February 3, 2008

बन्द- हुत्तीहारा बर्गको अन्तिम हतियार

दिन दिनै कुनै न कुनै बहानामा कुनै न कुनै दल वा गुटले आयोजन गरेका तराई बन्दले उब्जाएको प्रसंग हो यो ।

प्रजातन्त्रको प्राप्तीसंगसंगै नेपाल प्रवेश गरेको, साधारण नेपाली जनतालाई पटक्कै मन नपर्ने बिकृति र आफ्नो उदण्डता देखाउन नेतालाई नभई नहुने यौटैमात्र हतीयार हो 'बन्द' । बिगतका करीब पन्ध्र बर्षा अनगिन्ती दिनकालागी आयोजना गरीएका यस्ता बन्द हाम्रा प्राय जसो सबै पार्टी आफू प्रतिपक्षमा हुदां आहृवान गर्थे भने आफू सत्तामा हुदा त्यसको बिरोध । यहि यौटै प्रकरणबाट 'बन्द' कति जायज छ र हाम्रा नेताहरुमा कति नैतिकता छ भन्ने दुबै प्रश्नको जबाफ पाईन्छ ।

आफू सत्तामा रहुन्जेल बन्दले देश र जनतालाई आर्थीक र सामाजिक नोक्सानी गर्ने बाहेक अन्य कुनै सकारात्मक असर नगर्ने कुरा हरेक दलले बताउदैं आएका छन भने आफू सत्ता बाट बाहिर जानासाथ फेरी बन्दले 'फू-मन्तर' गरी जटील भन्दा पनि जटील समस्या पनि सुल्झाउने तर्क दिदै तिनै दल र पार्टी जनघाती बन्द को आयोजन गर्दै आएका छन ।

अर्को रमाईलो पक्ष के छ भने हरेक बन्द पछि आयोजक गुट वा दलले सो बन्द पूर्ण सफल भएको बिज्ञप्ती प्रकाशित गर्छन ।

बन्दको लगत्तै कतै गाँउमा सुत्केरी आईमाईलाई बन्दका कारण अस्पताल पुर्‍याउन नसक्दा पेटको बच्चा समेतको मृत्यु भएको हृदय बिदारक खबर आउँछ, कुनै शहरमा श्रम गरेर खानेको श्रम खोसीएर भोकै परेको समाचार बन्छ । कुनै ठाउँमा आगो लाग्दा दमकल पनि जान नसकी लाखौंको क्षति हुन्छ त कतै एम्बुलेन्समा समेत आगजनी हुन्छ.... समष्टिमा लाखौको संख्यामा निर्दोष जनताले कष्ट र पीडा झेल्नु पर्छ । तर यी सबका बाबजूद दोस्रो दिन आयोजकको तर्फबाट पूनः बन्द पूर्णा सफल भएको बिज्ञप्ती निस्कन्छ ।

या त कुनै सूदर गाउकी ति गर्भबति महिलाको मृत्यु नै आयोजकको लक्ष हुनु पर्‍यो या त अगलागी बाट भएको धन माल को नोक्सानी नै ति दलको सफलता, नत्र लाखौका निर्दोष जनताले दुख मात्रै पाउने र आफ्नै राष्ट्रले करोडौं को आर्थीक नोक्सानी व्यहोर्नु परको घटना कुनै पनि मानवताका पक्षधर र राष्ट्र प्रेमीलाई कसरी उचीत लाग्न सक्छ - ।

केबल जन-समुदाएले सबारी साधन नचलाएको र पसल बन्द गरेको देखी बुझ पचाएर त्यस्तो कुरा व्यक्त गरीन्छ । यो कुरा कुनै पनि गुट दल वा पार्टी बाट छिपेको पनि छैन । वा सिधै भन्दा जन आन्दोलन बाहेकका हालसम्मका प्राय: कुनै पनि बन्द केवल त्रासका कारण मात्र सम्भव भएका छन ।

आदिम युगमा ढुङ्गा-मुडा र बलको प्रयोगबाट पनि सत्ता र शक्ति प्राप्त हुन्थ्यो, तर आधुनिक सभ्य समाज र मानव चेतनाको बिकास भएको हजारौं बर्षपछि पनि बुध्दि, बिवेक र चेतनालाई तिलान्जली दिएर हुल-दङ्गा, भाडभैला र त्रासको हतियारले सम्पूर्ण जनजिबन नै ठप्प गर्न खोज्नु र अझ त्यसलाई 'लोकतन्त्र' को नाम दिनु हास्यापद मात्रै नभई लज्जास्पद पनि हो ।

अहिलेको अधुनिक युगमा पुगीसक्दा समेत जन समुदाय आफूसंग समर्थीत होईन, त्रसीत छन भन्ने थाहा पाँउदा कुनै पनि दल वा त्यसका नेता भन्नु पर्ने व्यक्तिलाई गर्व होईन लज्जा महशुस हुनुपर्ने हो ।

ढुङ्गा मुडाको त्रास र अगजनीको भरमा जनजिवन अस्त व्यस्त पारेर निर्दोष जनताको आफ्नो जिवीकोपार्जन र स्वतन्त्र हिडडुल गर्न पाउने सबैधानीक अधिकार समेत खोसी उल्टै आफूलाई प्रजातन्त्र बादि भन्दै निर्लज्जताको सीमा नाघी बलजफत गराएको बन्द जस्तो देशघाती घटनालाई आफ्नो बिचारको जन-अनुमोदन भन्नु लज्जास्पद कुरा हो ।

अन्याय वा अत्याचारको बिरोध गर्नु सचेत नागरीक र जिम्मेबार दलको कर्तव्य नै हो भने पुरा बुद्धि विबेकलाई तिलान्जली दिएर 'बन्द' बाहेक बिरोधको अर्को साधन नदेख्‍नु पनि बिरोधि वर्गको कमजोरी र पंगुपनको प्रमाण हो । बन्द यदी स्वत-स्फूर्त रुपमा नभई दबाबको भरमा हुन्छ भने त्यो आफैमा यौटा जन बिरोधि कार्य हो ।

त्यसैले बन्द त्यतिबेला मात्रै गरौं जब स्वत-स्फूर्त रुपमै त्यो घटछ । के यसरी हिसांले हैन बिचारले जनमत बनाउने क्षमता कुनै दल वा गुट स‌ग छ?, यदी यी बन्द आयोजक मध्य कुनै पनि गुटलाई आफू प्रति कति जन र्समर्थन छ भन्ने साँच्चै जान्न इच्छा भए उनीहरुले फेरी यौटा बन्दको आयोजन गरेर जनतालाई स्व-इच्छाले बन्द गर्न र बन्द नगर्नेलाई कुनै पनि बल प्रयोग वा जबरजस्ती नगरिने वत्तव्य दिएर हेरे हुन्छ । के हालका तराई बन्द गर्नेहरुमा र त्यसका हुत्तीहारा नेताहरुमा त्यो गरेर हेर्ने आँट छ ?। के हिसांले हैन बिचारले जनमत बनाउने क्षमता ति गुटहरुस‌ग ? के भय, हिसां, संहार बाहेक विबेक, बिनय र श्रृजनाको शक्ति पनि उनिहरु संग छ?

आज सम्मको इतिहास हेर्दा के प्रमाणीत हुन्छ भने 'दबाब पुर्ण बन्द' केबल बिचार र बिबेकको अभावका कारण जनर्समर्थन जुटाउन नसकेपछि आफैलाई भुलाउन प्रयोग गरीने यौटा हुत्तीहारा बर्गको हतियार हो । जुन हतियारको बारम्बार प्रयोग भयो भने यस्ले उल्टो असर गर्छ र बर्तमानमा क्षणीक आनन्द दिए पनि कालान्तरमा यो हतीयारले प्रयोग कर्तामानै र्फकन्छ र यस्ले आयोजक प्रति उल्टै घृणा र बितृष्णा फैलाउछ र आयोजक प्रतिको जन र्समर्थन झन झन कम हुदैं जानेछ । आशा गरौं बन्द र हिसां बाट हैन बिचार र वार्ताबाट तराई समस्याको समाधान निस्कने छ ।



January 31, 2008

स्वस्थानी अध्याय:१०

Swasthani 10 - Twango
अध्याय:१०
फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ
http://www6.sendthisfile.com/d.jsp?t=u5GJEZflA4v3woEUjj77zhnQ
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई

Is your internet slow?

Is your internet slow? Do you have difficulty to have communication with Asia? Do you expected something from India or you are trying to get India network? I faced the same problem. I was trying to get India network and never worked out. I though that was our network problem.
Don't worry its not your network problem. Undersea cable has been cut in Egypt and France by ship. One cable was damaged near Alexandria, Egypt and the other in the waters off Marseille in France. The two cables, which are separately managed and operated, were damaged within hours of each other. Damage to undersea cables, while rare , can result from movement of geologic faults or possibly frm the dragging anchor of a ship. This cut was done by ship. In 2006, nine cubmarine cables were cut between Taiwan and Philipinnes due to earthwake.
In Egypt, only 40% of internet is available. But east Asian countries including India too is affected by this cable cut. Infact more than 95 percent of transoceanic telecoms and data traffic are carried by submarine cables, and the rest by satellite. A single pair of optical fiber strands can now carry digitized information equivalent to 150 million simultaneous phone calls.


January 30, 2008

सुमोको खान्की

खाना खांदा यसो टिभीको रिमोट थच्दै थिए, नेशनल जोग्राफीले सुमो रेस्लींग देखाइ रहेको रहेछ। सुमो खेल्ने खेलाडी कत्रा भने कपडा पनि सिलाएको होइन कि कछाड जस्तो बेरेको कपडा लगाउदा रहेछन। के खाने रहेछन र हो त्यती ठुला अचम्म लाग्यो। खान त एक थाल भात मैले नि खान्छु तर सुमो जत्रो ठुलो भए त कपडा नि पाइन मुस्किल हुने रहेछ।


Wrestling खेल फिल्म जस्तै हो। काठको platform मा तल माइक राखेर खेलाइन्छ जस्ले सानो आबाजलाइ पनि भयंकर आबाजमा परिणत गर्दछ। Wrestler हरु लड्दा एक जनाले हाने जस्तो गर्दछ र अर्कोले हातसंगै जिउ चलाएर कुटाइ खाएजस्तो गर्दछ। अनि पहिले नै तयार पारिएका दर्शकलाइ अभद्र ब्यबहार गरेर दर्शकलाइ उत्तेजीत गरिन्छ। यस्तै यस्तै नाटक हुन्छन wrestling मा। तर सुमो रेसलिगं भने हजारौ बर्ष पुरानो साच्चैको कुस्ती खेल हो। यसको नियम साधारण छ, कि आफ्नो प्रतीद्बन्दीलाइ पछार्नु पर्छ कि घेरा बाहिर पुराउनु पर्छ। तर यस्ता अजंघका मानिस कसरी तयार भए त? ल हेर्नुहोस केही सुमो खेलाडीको खाना?
सुमो च्याम्पियन Rikishi Takamisugi ले 65 बटुका stew खान्छन जस्मा १३ केजी त मासु मात्रै हुन्छ।
अर्का अत्यधीक तौलका Konishiki ले १० बटुका stew, ८ बटुको भात, १३० सुशी र २५ वटा बार्बिक्कयु मासु खान सक्थै।
यत्रो खान्की रहेछ यिनीहरुको, अनि त्यत्रो खाएको कता जाओस त? यो खान्की करिब २०,००० हजार क्यालोरी बराबर हुन्छ जुन एक बयस्क मान्छेले खाने भन्दा १० गुणा बढि हुन्छ भने यिनीहरुको सरदर आयु साधारण मान्छेको भन्दा १० बर्ष कम हुन्छ।
सुमोको खानपानको तरिका (Sumo Wrestlers: This is How You Get Fat)
http://www.diet-blog.com/archives/2005/03/21/sumo_wrestlers_this_is_how_you_get_fat.php
सुमोको परम्परा (Sumo tradition)
http://www.japanfortheuninvited.com/articles/sumo.html


स्वस्थानी अध्याय:९

Swasthani 9 - Twango
अध्याय:९
फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ
http://www8.sendthisfile.com/d.jsp?t=YY1zbAymGCFdNvEu6EFsip6m
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई

January 29, 2008

स्वस्थानी अध्याय: ८

Swasthani 8 - Twango
अध्याय:८
फाइल डाउनलोड गर्न यो लिन्कमा जानुहोला, यो लिन्क ३दिन सम्ममात्रै काम गर्नेछ
http://www4.sendthisfile.com/d.jsp?t=R4RjgmOSrr7xTGcuUzfYVgR7
कृपया सुनिसकेपछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ।
- सानदाई

भारतद्वारा नेपाललाई गाडी सहयोग् कि बकरेले खसीलाई घांस् खुवाएको?

हालै भारतद्वारा नेपालमा शान्ति प्रक्रियामा सहयोग पुर्याउने उद्धेश्य बताएर १२०० जीप र १४०० थान् जति संचार उपकरण दान दिईएछ। भारतीय राजदूतको हातबाट हाम्रा ग्रीहमन्त्रीले सगौरब सांचो बुझेको तस्विर पनि देख्न पाईयो। यसो हेर्दा छिमेकी राष्ट्रले यत्रो ठूलो सहयोग गर्दा खुशी लाग्नु पर्ने हो, तर मलाई भने काट्नलाई ठिक्क पारिएको खसीलाई बगरेले मुसार्दै घांस खुवाईरहेको द्रिश्यको झझल्को आयो। हामी पनि दशैंको लागि भनेर किनेर ल्याएको खसीलाई खुबै स्याहार्-सुसार् गर्छौं नि। पोषिलो दानपानी खुवाउंछौं ताकी खसी मोटो होस् अनि धेरै मासु खान पाईयोस् भनेर। त्यो खसी प्रति माया लागेर हो र। हो ठीक् यहि हो भारतद्वारा नेपाललाई दिएको देखावटी सहयोगको सक्कली रुप। वास्तवमा नेपालको समस्या अर्कै छ र गर्नु पर्ने सहयोग् अर्कै छ तर त्यो बिषयमा भने भारत भन्छ-नेपाल् आफै सक्षम् छ त्यो समस्या समाधान गर्न रे। आफ्नै जनसंख्या बिष्फोटको अवस्थामा पुग्न लागेको एउटा गरीब देशमा लाखौंको संख्यामा भूटानी शरणार्थीहरुलाई ट्रक्मा हालेर ल्याईदिएको छ र भारत यो समस्यामा आंखा चिम्लेर बस्छ। उनीहरुलाई आउन चाहि दिने, तर फर्किन चांही दिदैन। भारतले चाहे यो समस्याको समधान् मिनेटमा हुन्छ तर उ भन्छ, भुटान्-नेपाल आफै यो समस्या समाधान गर्न सक्षम् छ भनेर। तराइ मधेशमा आगो बलिरहेको छ र आगो लगाउनेहरु सबै भारतमा सरंक्षित् छ भनिन्छ। मलाई तराईको एउटा साथीले भने अनुसार बीरगन्ज स्थित भारतीय वाणिज्यदूताबासले मधेशी लडाकाहरुलाई हतियार र पैसा बांडिरहेको छ। भारतसंगको खुल्ला सिमाना र आवतजावत गर्न पाउने सुबिधालाई प्रयोग् गर्दै मधेशी नेताहरु पटनामा बैठक गर्छन् र त्यसमा भारतीय बिदेशमन्त्रालयका साउथ ब्लक् हेन्रे प्रितिशरणहरुको पनि उपस्थिति हुन्छ।
भारतमा मधेशी नेताहरुले सरंक्षण पाएको कुरो स्वीकार् नगर्ने तर संयुक्त राष्ट्र संघका मार्टीनले गोइतहरुलाई भेटेर आउंदा आपत्ती हुने? भारतले चाहे मधेशको समस्या तुरुन्तै समाधान् हुन्छ भनेर हाम्रा प्रमले भनेका बाट नै यो कुरा प्रष्ट हुन्छ, मधेशको मुद्धामा भारतले पर्दा पछाडीबाट खेल् खेलिरहेको छ। यसरी नेपालमा अशान्ती मच्चाउनेहरुलाई पछाडीबाट सहयोग् गर्ने अनि फेरि अर्को तिर "नेपालमा शान्ती स्थापनार्थ" भनेर गाडी दिने? र नेपालले जाना जान किन यस्तो सहयोग् लिन्छ? सहयोग गर्ने भए हामीलाई भुटनी शरणार्थीको मुद्धामा सहयोग गर , मधेशमा शान्ती स्थापर्नार्थ सहयोग गर, जबरजस्ती मिचेका हाम्रा सुस्ता, महेशपुर, टनकपुर, कालापानी जस्ता भूभागहरु फर्काएर सहयोग गर भनेर किन भन्न सक्दैनन्?
वास्तवमा नेपाल भारतको जुन् युगौं पुरानो परम्परागत संबन्ध छ र जसको हाम्रा नेताहरु सधैं भजन झैं गाउंछन्, त्यसले नेपाललाई फाईदा भन्दा बेफाइदा नै भैरहेको देखिन्छ। रोजगारका लागि भारत नेपाली युवाहरुको लागि एउटा भूमी बनेको छ तर भारतीयहरुको नजरमा नेपाल कहिले पनि एउटा स्वाधीन, स्वतंत्र राष्ट्र भएन। नेपालको सरकार ढाल्न जहिले पनि उनीहरुको हात रहन्छ। चाहे त्यो राणा शासन् ढाल्न होस् चाहे त्यो पंचायत ढाल्न होस, चाहे गिरिजालाई ढालेर देउवालाई माथि ल्याउन होस्, उनीहरुले भूमीका खेलेकै हुन्छ।
नेपालमा उनीहरु कदापी स्थायीत्व देख्न सक्दैनन्। जब नेपाल सरकार माओबादीसंग वार्ता गर्दै थियो, भारतीयहरु उनीहरुलाई "आतंकबादी" घोषणा गर्छन र अड्काइरहेको हतियार, हेलिकप्टर् सहयोग फुक्का गरिदिन्छन् र भारतमा माओबादीहरु पनि गिरफ्तार् हुन थाल्छन्। जब वार्ता भंग हुन्छ, तिनै माओबादीहरु भारतमा खुल्ला कार्यक्रम् गर्दै हिंडिरहेका हुन्छन्। र अहिले पनि सोही घटनाक्रम् दोहरी रहेको छ र भारतको यो नीति नेपाललाई सिक्किममा रुपातन्तरण नगरेसम्म जारी रहने छ।