शिव प्रकाश
छोड अब प्रेमका मात्र, गीत गाउन खालि बेकारमा
जहाँ पनि जहिले पनि प्रीत लाउन खालि बेकारमा !
गर्न खोज्यो एउटा यहाँ, हुन्छ फरक थाह छैन किन ?
तिम्रै छायाँ आउँछ माया, छानो छाउन खालि बेकारमा !
अरु केही धेरै छ गर्नु, धेरै छ लेख्नु, यही जिन्दगीमा,
घुमीफिरी पुग्छ यो मन तिम्रै टाउन खालि बेकारमा !
गीत पनि, गजल पनि, कथा – कविता सेरोफेरो उही
लेखुँ भन्छु अर्थोक केही, केही आउन्न खालि बेकारमा !
दोष दिउँ किन कस्लाई छैन वसमा यो मनको तृष्णा
साँचो सत्य बोल्छ प्रकाश तिम्रै ध्याउन्न खालि बेकारमा !
डिसेम्बर ०१, २०१०।
10 Comments:
यस्तो मिठो गजल लेख्नु भैहाल्यो अब किन खालि बेकार मा भन्नु हुन्छ ?!
बेकार हुदो हो त यति मिठो गजल कसरि बन्दो हो !
लुनाजी,
रमाइलो मान्नु भो ? खालि बेकारमा .... !
http://www.nepalimanharu.com/
रमाइलो र ' मिठो ' मा फरक हुदैन र ?!
रमाइलो त किन मान्नु र हो अर्काको मन दुखेको बुझी बुझी पनि ----
तर जुन भाब ( शब्द ) पस्कनु भो त्योल्ले मन छोयो ---
मन छुने भावलाई मैले मिठो भनिदिए तर तपाइले भन्नु भए झैँ """ रमाइलो""" चै
भनेकी छैन कत्ति पनि !
( पुन : मिठो भनेर मैले तपाइको प्रस्तुत गजल को भावलाई इंकित गरेकी हु , रमाइलो भन्ने मेरो उद्देश्य होइन कत्ति पनि , नजानेरै मन दुखाएकी रैछु भने छेमा पाउ )
लुनाजी,
मीठोको अनुभूति रमाइलो पनि हुन सक्छ र हैन ? जे हो म आफूलाई त्यस्तो लाग्छ । अनि यहाँको प्रतिकृयाले मन दुखेको हैन, झनै फुरूङ्ङ भएको छ । धन्यवाद ।
khali bekrma re....borai bhayecha teso bhaye . khali bekarma.
खाली बेकारमा शिबजीको मन कता कता पूगेछ। अन्तिममा सांचो त बोल्नै पर्ला जस्तो छ।
शिब जी यो गजलमा कबिता जस्तै अक्षरको संख्या हरेक हरफमा उतीनै हुनुपर्ने हो?
नेपालीयनजी,
यो गजलमा मात्र हैन सबै गजलमा अक्षरको मात्रा गणना हुन्छ । मैले बुझेसम्म गजल एउटा प्राविधिक विधा पनि हो अनि यो सिर्जना र निर्माण दुबै हो । म धेरै गजल लेख्दिन तर लेखेँ भनेँ गजलको धर्म र मर्मभित्र रहेर लेख्ने प्रयास गर्छु ।
मूलतः गजलमा काफिया र रदिफको भूमिका महत्वपूर्ण हुन्छ । गहिरिएर जाने हो भने धेरै कुराको ज्ञान हुनु पर्दो रहेछ, गजल लेख्नका लागि जुन मसँग पनि छैन । अनि गजलमा हरेक पदमा निश्चत विराम हुनु पर्छ । जस्तो यसलाई अर्ध विराम, मध्य विराम र पूर्ण विरामका रूपमा पनि बुझ्न सकिन्छ । अक्षर बराबर भएर मात्र हुदैन कि जस्तो लाग्छ ।
धन्यवाद ।
nike air vapormax
yeezy boost 700
moncler coat
supreme clothing
supreme clothing
golden goose
ferragamo belt
yeezy
supreme clothing
jordan 12
yeezy shoes
christian louboutin outlet
coach outlet store online
michael kors outlet online
kyrie 6
vans shoes
supreme clothing
nike shoes
nike sneakers for women
yeezys
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !