October 13, 2010

दशैंको शुभकामना (दशैं नामै राम्रो चाडै राम्रो)

दशैं नामै राम्रो चाडै राम्रो। केटा केटी देखी बुढाबढी सबै दंग। दु:ख सुख जसरी होस,चाड मनाउने सबै तम्तयार। स्वदेशमा हुन या बिदेशमा,भुल्नै नसकिने चाड हो यो। चाडै चाड भएको देश भएपनि यो चाडमा त पत्रिकै बन्द हुने गरी मनाइन्छ। चक्का जाम,हडताल देखी गुरिल्ला युद्द पनि दशैमा बन्द गरिन्छ। शान्ती अशान्ती सबै थप्प गरेर परिवार तथा आफन्तसंग भेटघाट गरी मनाउन चाड हो दशैं। सायद तपाईहरु पनि कतिपय दशैंको लागी घर जाने तरखर गर्दैहुनुहुन्छ होला। कती घर पुगी सक्नुभयो होला। बिदेशमा रहने खशीको ब्यबस्था गर्दैरहुनु भएकोहोला। यस पटक त टिका आइतबार परेको छ,सायद धेरै जनाको त बिदा नै होला।

दशैको गफ जती गरे पनि सकिदैन। दशैंको रमाइलो पनि यस्तै हो। नामै लिंदै मन त्यसै प्रफुल्ल हुन्छ। चाडको महोलसंगै दशैमा चोरी पनि बढेर आउंछ। त्यसमा सबैले पक्कै ख्याल गर्नुपर्दछ। त्यो भन्दा पनि बढी ख्याल गर्नु पर्ने कुरा त पिंग खेल्दा चोटपटक लाग्ने या आस्वस्थ मासु या धेरै मासु खांदा बिरामी पर्ने। सधैं जस्तो यस्तै यस्तै गरेर दशैं बित्ने गर्दछ। यसपटक पनि सधैं जसो रमाइलो गरेर दशैं मनाउनुहोला। अन्य सालको भन्दा यस साल कसरी तपाईको दशैं भिन्नहुंदै छ त्यो पनि पक्कै भन्नुहोला। बिजया दशमी २०६७को सबै लेखक तथा पाठकबर्गमा हार्दिक मंगलमय शुभकामना तथा उत्तोरत्तर प्रगतीको कामना।

दौतरी परिवार

7 Comments:

Ramesh said...

शुभ विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

वेदनाथ पुलामी said...

दौतरी परिवार लगायत समस्त देश विदेशमा रहनु हुने नेपालीहरुमा विजय दशमीको उपलक्ष्यमा सुख, शान्ति र समृदीको कामना गर्दै , हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु , धन्यबाद !!

Luna said...

ए !!! कता ???!!!
होइन
” एकता ”
हो
” एकता ”
हाम्रा आदरणीय मुलुक भक्त जनाताप्रेमी इमान्दार नेताहरुमा
” एकता ” को भाबना पलाओस !
कुजिदै गएको
भत्किदै गएको
जिर्ण अबस्थामा रहेको मुलुकलाई संबिधान मार्फत
छिट्टै ” उपचार ” गराउन सकियोस !
मुलुक स्वस्थ्य रहोस !
मुलुक सग्लो रहोस !
मुलुक हराभरा रहोस !
अब आउने दशैँ – लोसार – इदहरु मा साच्चैले चचाहुई गर्न सकोस करोडौ मनहरु
शुभ कामना दशैको .

Dilip Acharya said...

दौँतरी परिवार लगाएत यस ब्लगका सम्पूर्ण पाठकहरुमा बडादसैंको हार्दिक शुभ कामना !

Anonymous said...

dasai ko suvakamana to all friends. happy dasai.

सूर्य/सिकारु said...

दौतरी टिम लगायत सम्पूर्ण नेपालीहरुमा बडा दसैं २०६७ को मंगलमय शुभकामना !

Dautari Admin said...

Ramesh,Dilip,Luna,bednat ra surya mitra haru ko dashai jamdai chha jasto chha.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !