September 13, 2010

जस्ट १० मिलीयन नेपाली रुपिज पर् पर्सन

आम्मै १ करोड प्रती ब्यक्ती,त्यो पनि नेपालीलाई। त्यसले त सारा नेपालीलाई धनी बनाउंछ होला। पूल अस्पताल,स्कुल ,खानेपानी...ए यो त माओबादी पार्टीका महराले चिन संग ५० सांसद किन्न प्रती ब्यक्ती मागेको पैसा पो रहेछ। कता कता ठमेल तिर सडके भुरा भुरीले गोरेसंग सर १ रुपिज भनेको याद आयो।

सही या गलत के हो तर महराले चिनका एक अधीकारीसंग सांसद किन्न गरेको संबाद मिडीयामा आइसक्यो। महाराले यो नया प्रबिधीबाट जोड जाड पारेर तयार पारिएको भनेका छन। तर उनले एक 'चिनियाँ अधिकारी'सँग सभासद् खरिदका लागि पैसा मागेको विवादास्पद टेलिफोन संवादलाई भने
  स्विकारेका छन। माओबादीको केन्द्रीय समिति बैठकले उक्त प्रकरणबाट पार्टी गोपनीयता भंग गरेको, आन्तरिक सुरक्षामा विदेशी हस्तक्षेप र मानवअधिकार हनन भएको टिप्पणी गरेको छ।


मलाई राष्ट्रियता देखाउन बिदेशीलाई गाली गर्न देखी संधै एलर्जी हुन्छ। भन्छन भारत या चिनलाई खुशी पार्न नसके सरकारमै जान सकिदैन। यदी यो सत्य हो भने त हामीले दिएको भोट कोशीमा फालिन्छ र भारतीय राजुताबासमा मतपेटीका तयार पारेर बिजय घोषणा गरिन्छ। यदी हामीले दिएकै भोटबाट बिजय घोषणा गरिन्छ भने किन हाम्रा नेताहरु बिदेशी शरणम गर्छन। सत्तामा पूगेर बिदेशीको धक्कुमा सरकार चलाउन हाम्रा नेताहरू लागी पर्छन भने त्यसमा हाम्रो पनि गल्ती छ किनकी तिनै नेताको शरणमा परेर हामी आफूलाई या काका भतिजाका छोराहरुलाई जागिर,सरुवा,बडूवा गर्न लागी पर्छौं। यदी त्यसमा सुनाई भएन भने मात्र त्यो नेतालाई गाली गर्न थाल्छौं।

कुरो घुमाएर यही फोन प्रकरणमा जाऊं। सबै भन्दा बढी भोट लिएर आएको पार्टीले यसरी बिदेशीसंग सांसद किन्न भिख माग्ने हो त? अहिले बन्ने सरकार सधैंको लागी पनि होइन। संबिधान नबनुन्जेल काम चलाउने हो। जताबाट गन्दा पनि कसैसंग प्रष्ट बहुमत छैन। यो कुरा त नबुझ्ने कोही छैन। यस्तो अबस्थामा पार्टीहरु एक आपसमा नमिलेर किन बिदेशीको पाउ पर्छन। थप कती पटक प्रधानमन्त्रीको लागी चुनाब हुने हो त्यो त अझै हेर्न बांकी छ।

हुन त यो टेपमा थप घट गरिएको भन्लान। सबै प्राय नेपाली पत्रिकाले यस बारेमा मौन बसेको देख्दा यो टेप संबाद सत्य नै होइन जस्तो पनि लाग्छ। असत्य भए त राम्रै भयो। सत्य हो भने नेपालीहुनुमा अर्को एउटा लाजको तक्मा थपियो। सत्य अस्तय भन्नु भन्दा पनि सत्य असत्यको जिम्मा पाठाकलाईनै। अस्तू!



4 Comments:

.. said...

ramro lago tapai ko lekh dhandabad tas ko lagi...
yo pakai pani satya hunuparcha... sacho kura hamro nepal ma yati chadi bhaiera aaudaina yas ma sabai bekhaka chan . kun satya kura ko pardafas bhaya ko yo desh ma sabai chup chap... yasti ho sir yo pani satya thiyo tay bhayera nai yo kuni nepali news le chaso ko rup ma na leyaka hun...
raj neps
cork,ireland

ठरकि दादा said...

हैन रे! । हो रे !!। हुन चाही हो रे, तर यसरी अर्काको 'मौलिक गोपनियताको हक' मा आँच आउने गरी टेम सार्वजनिक गर्न हुँदैन रे । भलै राष्ट्रियताकै किन-बेच होस- एकजना व्यक्तिको गोप्यता भंग गर् हुँदैन रे ।

महराको आबाज रेडियो र टेलीभिजनबाट कैयौँ पटक सेुनेकोले म भने 'हो' नै भन्छु, हो नै भने पनि कसले कसलाई कहिले के कारवाही गरेको छ र हामीकहाँ ।

Anonymous said...

प्रधानमन्त्री पदका लागि भएको सातौं पटकको निर्वाचनमा पनि पराजित भएपछि एकीकृत नेकपा माओवादी ले जनविद्रोहबाट सत्ता कब्जा गर्ने बताएको छ। केन्द्रीय कमिटीको बैठकले शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको भोलिपल्टै पार्टी उपाध्यक्ष मोहन वैद्य किरणले अब जनविद्रोहको विकल्प नभएको बताउनुभयो।
Why the need money? yesari nai satta kabja gare bhaihalyo ni.

Anonymous said...

bichara maobadi..

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !