February 21, 2009

गीतकार अनी कर्णल आनन्द सँगको मेरा बिगत क्षणहरु - ५

प्रभा आचार्य

यसरी आनन्द र मेरो सामिप्य बड्दै गयो । हामी निस्वार्थ भावना र निस्छल मनले एकअर्काको भावनात्मक र ब्यववाहिरिक कुराहरु पनि एक अर्कामा बाँड्न थाल्यौ । म कहिले कही काठमाडौं आउने गर्दथे । मान्छेका समस्याहरु त्यस्तै त हुन। म आफुलाई परेका कुराहरु धक नमानी वहाँलाई भन्दथे । आनन्दले पनि मलाई ती कुराहरु को निराकरण का बारेमा सल्लाहा दिनुहुन्थ्यो । म आफु कहिले पनि समयलाई त्यसै खेर फाल्न नचाहने मान्छे । समयको सदुपयोग चाहने मान्छे । दमकमा त्यस्तो के नै थियो र? कुनै अबसर थिएन । खाली घरधन्दा र ब्यवहाँरिक पक्ष बाहेक । म आफुलाई सन्टुष्टी दिन लेख्दथे । हुलाकको भरमा रचनाहरु पठाउदथे । गीतहरु पनि त्यसरी नै पठाउदथे । यस्तो अवस्थाबाट म आजित थिए । कतै जागिरको मेलो मेशो थिएन । सबैलाई ज्यु, हजुर चडाउदा चडाउदै म थाकी सकेकी थिए । केही गर्छु भन्ने उत्साहाहरुमा बज्रपात भैरहेको थियो । यस्तै अवस्थामा म फेरी एक पटक काठमान्डु आए । आनदसँग भेट गरे । मैले आफ्ना कुराहरु सबै भने । म केही गर्न चाहन्छु । आनन्दलाई पनि मभित्रको इक्षा आकाङ्क्षा थाहा थियो ।
त्यो समयमा जागिर पाउन धौ धौ थियो । लेख्ने मान्छे भए पनि क्सले जागिर दिने र? नेपाल मा त्यस्तै थियो । चाकडी र चाप्लुसिको खेल । अन्त्यमा आनन्दले भन्नु भयो ''दिदी तपाईं पत्रकारिता तालिम लिनु होस् यत्ती भएमा जुनाइ पत्रीकामा पनि ठाउँ मिल्न सक्छ ।'' वहाँले यत्ती भनेर त्यस्को तुरुन्तै बि,बी सि, नेपालीका सुमन खरेल को 'स्मारिका मिडिया समुहमा ' लिएर जानु भयो । त्यो ईन्ष्टिच्युट पुतली सडकमा थियो । एक बिहानै त्यो दिन हाम्रो पुतली सडकमा भेट्ने सलाह भयो । ठीक दिएको समयमा मा पनि पुगेँ र आनन्द पनि आइपुग्नु भयो । सुमनखरेलको कक्षा चली रहेको थियो । आनन्दलाई देख्नसाथ सुमन सर बाहिर आउनु भयो । आनन्दले त्यहा ठाउँ छ कि छैन भनेर प्रश्न गर्दा सुमन सरले ठाउँ नभएको जानकारी दिनुभयो । सुमन सरको जवाफ सुनेर आनन्दले सुमन सरलाई एकैक्षण भित्र गएर कुरा गरौ भन्ने आग्रह गर्नु भयो र वहाँहरु भित्रको कोठामा पसेर कुरा गर्न थालनु भयो । म बाहिर बसेर पनि वहाँहरुको वार्तालाप सुनिरहेकी थिए । आनन्दले भनी रहनु भएको थियो ''प्लिज जस्रै भए पनि दिदिको लागि ठाउँ मिलाइदिनु होस । दिदी यत्तिको लागि दमकबाट आउनु भएको छ । मैले दिदिलाई भनी सकेको छु । दिदी पनि लेखिका हो । वहाँले धेरै भयो लेख्न थालनु भएको वहाँको नाम ‘ ...’ हो” भन्दा सुमन सरले ए !म वहाँलाई राम्रो सँग चिन्दछु । मैले पनि धेरै पड्दै आइरहेको छु वहाँका रचनाहरु भनेर भन्नु भयो र दुवैजना बाहिर निस्कनु भयो । अन्त्यमा सुमन सरले ''ल म एड्जस्ट गराउँला नि त भनेर हुन्छ भन्नु भयो । त्यस्को भोलिपल्ट बाट नै म ‘स्मारिका मिडिया’ मा ज्वाईन भए । त्यहा नेपाल टेलिभिजन, रडियो नेपाल र अन्य एफ.एम. का हरु लगायत सुमन सरले पनि पढाउनु हुदो रहेछ । केही समयको लागि म त्यहा ब्यस्त भएं । धेरैजनासँग भेट्घाट हुन थाल्यो । यसरी आनन्दले मेरोलागी कसैलाई बिन्तिभाव पनि चढाउनु भयो । मेरो उदेश्य र लक्ष पुरा गर्नको लागि । त्यसैले त म वहाँप्रती अनुग्रहित छु र ती समय ,पलहरु अझै मेरो मानसपटलमा घुमी रहन्छ । सम्झनाको थुप्रो मात्र नभएर एउटा बिर्सन नसक्ने क्षण भएर मेरो अन्तरातामाभित्र जहिल्यै खेलिरहन्छ । म त्यही याद हरु र आनन्दको गुणहरुलाई यसरी सबै सामु सँस्मरणको पाना बनाएर पल्टाउन लालायित हुन्छु । शायद आनन्दले पढ्नु भएमा र सुन्नु भएमा आँफै चकित हुनुहुन्छ होला । आखिर दिदी किन यसरी अनुग्रहित हुनु भयो भनेर ?, कोही कसैले पनि कसैको गुण र मद्घतलाई बिर्सनु हुन्न । त्यस्को ऋण तिर्नै पर्छ भन्ने छैन त र कृतज्ञ हुन भने आवश्यकता हुन्छ । यसरी म आनन्द र मेरो दिनचर्यालाई सँस्मरण बनाएर दौतरीको आङनमा छर्दै छु यो मेरो सँस्मरणको एउटा पर्याय बनेर कसैलाई पनि मान्छेको गुणको मुल्य कत्ती हुदो रहेछ भन्ने भावना मात्र हो ।
स्विकार्नु न स्वीकार्नु यहाँहरुको इक्षा ।
क्रमश :


0 Comments:

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !