Showing posts with label हाँसो-ठट्टा/ व्यङ्ग्य. Show all posts
Showing posts with label हाँसो-ठट्टा/ व्यङ्ग्य. Show all posts
September 6, 2025
June 28, 2025
दासढुंगा घटनाको रहस्य
दासढुंगा घटनाको रहस्य बारे के.पी. ओली :
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 8, 2025
नेपाली नेताको तागत
नेपाली नेता को तागत तपाइलाई थाहा छ? एक समारहोमा नेता ले आफ्नो शक्ति प्रदर्शन गर्दै।
जो जो ले मसंग न्यु खोज्छ , म तिनीहरुलाई लोड सेडिंग गराई दिन्छु
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 18, 2025
गाँणतन्त्र कि गणतन्त्र ?
गाँणतन्त्र कि गणतन्त्र ? मात्र एउटा प्रश्न।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 1, 2025
What a fight!
Boxers were ready. The cameras were ready. The house was ready. People were cheering and supporting for their players. Both players were determined to win. Who is going to win, the home team or visitors? The prize was high. It was lucrative. All we needed to see was some action. Each boxer was waiting for their time to punch.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
After some warm up, punches were thrown. They were ugly. They did not follow the rules. They just punched at the free style. The boxing match was cancelled. Nobody won.
Did this match look like this?
Did this match look like this?
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 2, 2024
नेपाल सरकार र AI
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले Artificial Intelligence AI (आर्टिफिसियल इन्टेलिजेन्स) एआइको प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताउनुभएको छ ।#AIinNepal
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 5, 2024
तपाईंको आजको राशिफल
एक प्रख्यात पत्रिका को राशिफलको सबै राशिको पहिलो लाईन - अरु कुरा आफै मिलाएर बुज्नुस।
मेष : दिन राम्रो छ।
वृष : दैनिकी राम्रो छ।
मिथुन : समय राम्रो छ।
कर्कट : समय सामान्य छ।
सिंह : दैनिकी राम्रो छ।
कन्या : आजको दिन राम्रो छ।
तुला : दिन राम्रो छ।
वृश्चिक : दैनिकी राम्रो छ।
धनु : समय राम्रो छ।
मकर : समय सामान्य छ।
कुम्भ : दिन राम्रो छ।
मीन : दिन राम्रो छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 4, 2024
March 1, 2024
नेपाली जोक्स : Nepali Jokes
- पोखराको पुलले कर्णालीको पुललाई के भन्छ?
कस्तो लामो ?
चेउटे को राजधानी कहाँ हो ?
टोक्यो ।
- तामाको मामा घर कहाँ हो ?
बासबारी।
- लामालाई गुम्बा, जडया लाई के ?
तुम्बा ।
- स्याउ र च्याउ मा के फरक छ?
एउटा रुखमा फल्छा, अर्को भुइमा।
- चियाको उल्टो के हुन्छ?
चि।
- गोजीमा हात राखेर कुरा गर्ने लाई के भनिन्छ ?
गोजीनाथ ।
- जांच मा किन नपढेको ?
हात्ती पढेर ठुलो भएको हो र?
- ओछ्यानबाट खसेपछि सिरकले के भन्यो ?
छि: भुइँ मा पो!
- घरलाई के लगाउने ?
- कुचो किन फालेको ?
फोहोरसंग किस गरेर ।
- चियाले चियियापत्तीलाई के भन्छ ?
झोल भन्दा झ्यामटो मिठो ।
- चन्द्रमा किन रोएको ?
ग्रह लागेर ।
- खाना भ्याए पछि कुकुर के के भन्छ ?
"भ्याउ, भ्याउ!"
- तपाईंले समय सँग किन विवाह गर्नु हुँदैन?
ठेगान छैन आज हो कि भोलि ?
- डाक्टर र दाउरे मा के फरक छ?
एउटा ले मान्छे चिर्छ अर्कोले दाउरा चिर्छ.
- रुख को हाँगा किन हल्लेको?
डराएर ।
- एउटा खोला ले अर्को खोला लाई कसरि बोलौछ ?
सुसेली हालेर।
- भेडा गुल्टेये के बन्छ ?
गोलभेडा।
- किन गणित लाई कसैले मन परा उ दैनन् ?
Hisabkitab dherai garchha।
- क्यामेरा म्यान ले किन एउटा आखा चिम्लेर सुटिंग गर्छ ?
एउटा आखाले हिरोनी हेर्ने, अर्को को आखाले आफ्नो बुडी हेर्ने, नत्र बुडी किच कंदी जस्तो देखिन्छ ।
- जोकर के मा काम लाग्छ ?
तास खेल्न ।
- बाल्टिन मा आगो लागे के हुन्छ ?
लालटिन
- ब्लैक बोर्ड किन कोठा भित्रै बस्छ?
कालो मोसो लाजले ।
- हातमा घडी नहुदा कति बज्छ?
छाला बजेर रौठदिन्छ ।
- पुड्के ले किन आफ्नो भाडा तिरेन?
हाइट नपुगेर ।
- भेष नभएको मान्छेलाई के भन्ने?
- चम्कने गाइलाई के भन्नुहुन्छ ?
Note: This is American style jokes in Nepali Version.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 26, 2012
नेपालको संविधान जारी
नेपालको संविधान बनाउने पटके संविधान सभा जारी छ। २ वर्ष पाएको म्यादमा पनि संविधानको कुनै खेस्रा तयार नभएको ले पटक पटक म्याद थप्दै सर्वोच्च अदालतले थपेको म्यादमा पनि संविधान बन्ने कुनै लक्षण छैन तर म्याद सकिने अन्तिम दिन सम्म पनि सभा भने जारी छ। साँच्चै कै संविधान त अब छोरा नातिको पालामा आउला तर नक्कली संविधानको खेस्रा भने यस्तो छः
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 30, 2011
फोन शिरोमणि
सबेरै उठ्नासाथै 'हाइ, गुडमर्निङ !' को थेगो अनि बेलुका सुत्ने बेलामा 'राम्रो सपना देख्नू है, गुड नाइट !' भन्ने नियमित लय । फोन शिरोमणिहरूको परिचय नै यस्तो हुन्छ, मानौं यी मनुवा २४ घन्टे प्रसारणको अभिभारा बोकेका सञ्चारमाध्यम हुन् । काशीका पण्डाबाबाका हातमा ट्यास्स निधार-निधारमा टाँस्ने टीकाको लेप हरपल भइरहेजस्तै फोन शिरोमणिको हातमा फोन नामको भाँडो हुने गर्छ । अरु त अरु, फोनमय सपना देख्नु फोन शिरोमणिहरूको रात्रिकालीन ‘पार्टटाइम उद्यम’ हो ।
टेलिफोन अपरेटर, पीए अनि रिसेप्सनिष्टको धपेडीपूर्ण फोन-यात्रालाई फोन शिरोमणिको अद्भूत हर्कतले काँचै
खाइदिन्छ । फोनैफोनको अन्तरंग संगतमा रहेर अभ्यस्त हुन थालेपछि फोन शिरोमणिको उपाधि आफसेआफ सुरक्षित भइहाल्छ । यो उपाधि र ताजको लागि कुनै भनसुनको तात्तातो मनसुनमा गोप्य जुहारी घस्नुपर्दैन । हेर्ने हो भने यो उपाधि स्वतःस्फूर्त सामाजिक सम्मानको रुपमा विकसित हुने अवस्थामा पुगिसकेको छ ।
कामविशेषले एउटा अफिसमा पुगेको थिएँ । रिसेप्सनमा बसेकी युवती फोनमा व्यस्त थिइन् । आफ्नो काम गुटमुट्याउने पिरलोले रन्थनिएको म तिनको रातोपिरो व्यस्तता देख्दा बिचरी कसरी पो भ्याओस् काम भनेर आफ्नो व्यग्रतालाई एकातिर खुम्च्याएर पर्खिनलाई राजी भएको थिएँ । तर तिनको मुखबाट त व्यस्तताको अर्कै स्वादिलो रन्को पो फुत्किन थाल्यो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 10, 2010
चार मुक्तक
१
हरुवा र जितुवाको घमासान छ ।
एउटै कुर्सीको मात्रै तानातान छ।
के गर्छन यीनले शान्ति स्थापना,
कुर्सी पाउनै जब हानाहान छ ।
२
गर्न लाई त गर्छन् त्याग र बलिदानका कुरा ।
बोल्न लाई बोल्छन् शान्ति र समाधानका कुरा ।
राष्ट्रियता र देशभक्ति किताबमै थन्क्यो अब,
केही उत्तरका गुलाम, केही सुन्छन् हिन्दूस्तानका कुरा ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
July 10, 2010
अन्धविश्वास माथिको विश्वास ।
“Superstition is a credulous belief or notion, not based on reason or knowledge.”
अन्धविश्वास के हो ? भनेर विकिपेडिया हेर्ने हो भने सुरुमै यही वाक्य भेटिने छ । तर कुनै कारण वा ज्ञानमा आधारित नभएपनि यो अन्धविश्वासको जालो भने संसारभर नै फैलिएको छ।
बेलावखत अविकसित देश, गाँउघरका बासिन्दा वा कम शिक्षितवर्गलाई यसको ‘अनुयाई’ भनिने गरे पनि विश्वका अत्यन्तै विकसित देश, अन्तन्तै साक्षर वा विद्वत वर्ग वा प्रसीद्धि पाएका व्यक्ति विशेषहरु समेत कुनै न कुनै रुपमा केही न केही अन्धविश्वासको पकडमा आएको कुरा सुनिएको छ र सायद सुनिई रहने नै छ ।
कतै सानो अनुपातमा त कतै ठूलो अनुपातमा हुने मात्रै हो, तर खोजी गर्दै हिँडेमा धर्मभिरु राजाले खुर्सानीको धुप हालेर सत्ता जोगाउन खोजेको देखि धर्मै नमान्ने आधुनिक कम्युनिष्टहरु समेत भैंसी दोहन र यज्ञ यज्ञादी गरेर आ-आफ्नो परिचय दिएको हामीले देखेको धेरै भएको छैन ।
भौगोलिक आधारमा हेर्ने हो भने पनि लमजुङ देखि लण्डन सम्म, सींगापुर देखि जनकपुरसम्म सबैतिर यसको जड मज्जाले विस्तार भएको छ। भन्नलाइ गाउँले, निरक्षर वा साधारण मानिसहरु बढी अन्धविश्वासी हुने भनिए पनि प्राय: सहरमा बस्ने, विद्वान र विश्वकै चर्चित नेताहरू झनै यस मामिलामा बढी संलग्न रहेको समेत पाइएको छ । नेपालका जोगी र सन्यासीका पछिलाग्ने र हातमा नानाथरि औठीं धारण गरेर हिँड्ने आत्मविश्वासहिन नेताहरु मात्रै हैन्, हिटलर देखि रोनाल्ड रेगन जस्ता नेताहरु समेत आ-आफ्ना ज्योतिषहरुसंग सल्लाह गरेर मात्रै कुनै काम गर्थे भन्ने कुरा धेरै अगाडि नै प्रकाशीत भैसकेका छन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 18, 2010
Waiter, waiter! there is a fly in my soup.
वर्ल्डकपका कारण आजकल ब्लगमा लेख्ने समय फुटबलले ‘खान’ थालेको छ । यता ब्लगमा “टि टाईम जोक” नराखेको पनि धेरै भएछ । त्यसैले आज केही रमाइला ठट्टाहरु राख्ने जमर्को गर्दैछु ।
प्रश्न एउटै भएपनि त्यसका जबाफ भने भिन्न भिन्न र धेरै हुन सक्छन् । त्यस्तै एउटै प्रश्नका भिन्न भिन्न र रमाईला जबाफहरु आजको टि टाईममा। यो पुरै संकलनमा सुरुको प्रश्न भने एउटै छन, तर तीनका जबाफ सायदै हामीले सोचेजस्तो होला । ल हेर्नुस् त रेस्टुरेण्टमा सुपमा झीँगा परेपछी सोधिने प्रश्न र तीनका शानदार जबाफहरु :
Waiter, there is a fly in my soup !.
Don't worry sir that spider on your bread will soon get him !.
Waiter, what's this fly doing in my soup?
Um, looks to me to be backstroke, sir...
Waiter, waiter! There's a dead fly in my soup.
Yes, sir, they can't stand the boiling water.
Waiter, there is a fly in my soup !
Don't worry sir, they don't eat much !.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 10, 2010
अमिताभ बच्चन को नसा मा नेपाली खुन
इतिहास प्रमाणित गर्दछ- महात्मा गौतमबुद्धको जन्म बर्तमान नेपालको लुम्बिनी प्रदेशमा भएको हो । तर, एउटा मित्रराष्ट्रले आफ्नो देशभित्र नक्कली बुद्ध खडा गरेर बडा अचम्मको बखेडा झिकि रहेको छ। बेलैमा यसको खण्डन नगरे काठमाण्डौ पनि लण्डनमा पर्न बेर छैन । अरनिकोको जन्मघर पेकिङ्मा र्सन सक्दछ, जनकपुरकी सीताको माइती, ‘जमशेदपुर’ भएको हल्ला गर्न सक्दछ । अहिले हल्लाहरु सत्य र सत्य- असत्यमा बिलाउने युग हो । तर, युग परिवर्तन गर्ने रिमोर्ट हाम्रो हातमा छ । आउनोस्,यस्ता हल्लाहरुको युगबाट सत्ययुगतिर प्रतिगमन गरौं, इतिहासको पुन:उत्थान गरौं ।
बुद्धको जन्मस्थलो बारेमा केही भारतीय छापाले गरेको हल्ला जति भ्रमपुर्ण छ, मैले उद्घाटन गर्न खोजेको रहस्य त्यति नै यथार्थपुर्व छ । हामीले कहिल्यै सोचेनौं, यो सानो हिमाली राज्यका सन्तानहरु इतिहासको कालखण्डमा संसारका कुन कुन कुनासम्म पुगेर बसोबास गरिरहेका होलान् !! पत्याउनोस्, नपत्याउनोस्-भारत,बर्मा, मलेसियामात्र हैन- उत्तरी एसिया , दक्षिण अमेरिका, अफ्रिका र मध्येपुर्वका थुपै देशहरुमा दुइ शताब्दी अगाडीदेखि नै गोर्खालीहरु स्थायी बसोबास गरिरहेको प्रमाण फेला परेको छ । बसोबासमात्रै हैन, उनिहरु जहां जहां बसेकाछन् त्यहां त्यहां हल्लनै नपर्ने गरी जरा समेत गाडेर बसेका छन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
बुद्धको जन्मस्थलो बारेमा केही भारतीय छापाले गरेको हल्ला जति भ्रमपुर्ण छ, मैले उद्घाटन गर्न खोजेको रहस्य त्यति नै यथार्थपुर्व छ । हामीले कहिल्यै सोचेनौं, यो सानो हिमाली राज्यका सन्तानहरु इतिहासको कालखण्डमा संसारका कुन कुन कुनासम्म पुगेर बसोबास गरिरहेका होलान् !! पत्याउनोस्, नपत्याउनोस्-भारत,बर्मा, मलेसियामात्र हैन- उत्तरी एसिया , दक्षिण अमेरिका, अफ्रिका र मध्येपुर्वका थुपै देशहरुमा दुइ शताब्दी अगाडीदेखि नै गोर्खालीहरु स्थायी बसोबास गरिरहेको प्रमाण फेला परेको छ । बसोबासमात्रै हैन, उनिहरु जहां जहां बसेकाछन् त्यहां त्यहां हल्लनै नपर्ने गरी जरा समेत गाडेर बसेका छन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
June 9, 2010
नेपाली नेताहरुको वैयक्तिक विवरण !
नालायक छ सय एकले अरु काम केही नगरे पनि आफ्नो आयु बढाउने र भत्ता पचाउने काम भने आधारातसम्म कसरत गरेर पनि फत्ते गरेर छाडे। संविधान पनि नबनेको र नयाँ चुनाव पनि नभएको यस अबस्थामा हाम्रा नेताहरुलाई अझ नजिकबाट चिन्न र हाम्रा सबै नेताहरुको विवरण अद्यावधिक गर्न अति आवश्यक देखिएकोले सो प्रयोजनको निमित्त हालै एउटा नयाँ वैयक्तिक विवरणपत्र तयार गरिएको छ । आ-आफ्ना क्षेत्रका विजयी नेताहरुलाई यो विवरणपत्र भर्न लगाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ :
नेपाली नेताको वैयक्तिक विवरणपत्र
१) नाम:
क) नागरिकताको नाम: ख) पार्टिभित्रको नाम: ग) असली नाम:
२) उमेर:
क) प्रमाणपत्रमा रहेको उमेर: ख) अरुलाई बताउने उमेर: ग) साँच्चीकै उमेर:
(महानुभावहरुको व्यस्तता र समयाभावलाई दृष्टिगत गर्दै यसभन्दा तलका सूचाङ्कहरुमा केवल एउटा सही उत्तरमा “√” (ठीक) चिन्ह लगाए हुने व्यबस्था गरिएको छ।)
३) लिङ्ग: क) उभय लिङ्गी ख) नपुंसक लिङ्गी ग) तेस्रो लिङ्गी
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 25, 2010
नालायक, छ-से-एक !
भन्नलाई भन्छन, नभ्याएकोले लेखेनन् ।
बोल्दा त बोल्छन, नपाएकोले लेखेनन् ।
दुई वर्षमा नसक्कीने के नै पहाड थ्यो र,
यि हुत्तिहाराले, न-आएकोले लेखेनन् ।
चुनावमा बोल्या कुरा भुलेर लेखेनन् ।
लेख्ने बेलाँ' देश विदेश डुलेर लेखेनन् ।
कहीले महामहिको उर्दिमा त,
कहीले साईँलीको भट्टीमा झुलेर लेखेनन् ।
रोकी राख्दा खान पाउने आशले लेखेनन् ।
लेखिसक्के भत्ता गुम्ने त्रासले लेखेनन् ।
न जनताको इच्छा, न शहिदको सपना,
कर्तव्य भुलेर यि वदमाशले लेखेनन् ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 20, 2010
दुईटा गाई र विश्व अर्थतन्त्र !
केही सत्यता, केही व्यंङ्ग्य र केही हाँसोले भरिएको यो परिभाषाहरुको सँगालोले चेनमेलको रुपमा सायद धेरै पटक पृथ्विको परिक्रमा गरिसकेको होला । विकिपीडियाका लेखहरुजस्तै बन्दै, थपिदैँ र कैयौं व्यक्तिहरुबाट सम्पादित हुँदै गएको यो "दुई गाई' को रोचक परिभाषा सायद ईन्टरनेटको पेजहरुमा पनि यत्र तत्र छन। कतै The Economies of Cows, कतै Two Cows Theory अनि Two Cow Economic Theory आदि नामले भेटिने यो परिभाषाको सँगालो आज आफ्नै कम्प्युटरको पुरानो फोल्डरमा भेटिएकोले सबै माझ बाँढदै छु ।
ल तपाई पनि हेर्नुस दुईवटा गाईले के कसरी संसारको भिन्न भिन्न देश, वाद र आर्थिक व्यबस्थालाई परिभाषीत गर्न सक्छ त:
Socialism
You have 2 cows and you give one to your neighbor.
Communism
You have 2 cows. The Government takes both and gives you some milk.
Fascism
You have 2 cows. The Government takes both and sells you some milk.
Nazism
You have 2 cows. The Government takes both and shoots you.
Bureaucracy
You have 2 cows. The Government takes both, shoots one, milks the other and throws the milk away.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 4, 2010
गौरवशाली दलको नयाँ सोच !
गौरवशाली दलका महान नेतालाई देशको स्थितिवारे प्रकाश पार्न पत्राकारले अनुरोध गरे। उनले दाहिने हातको मुठ्ठी बाटरे हावामा मुठ्ठी हल्लाउँदै भने:
“वर्गीय रूपमा राज्यको पुनःसंरचना नभएसम्म आम जनताले केही पाउँदैनन् । लामो समयदेखि राज्य र त्यसको अधिकारको उपभोगबाट वञ्चित भएका बहुसंख्यक जनताको हितको लागी हाम्रो पार्टी मात्रै लागेको छ।
वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनको अन्त्य गरी राज्यको अग्रगामी पुनःसंरचना गर्न हामीमात्रै सक्षम छौं। बाँकी सबै विदेशी दलाल, सामन्तवादका जूठो भाँडा चाटेर बस्नेहरु हुन यिनिहरुसंग केही नयाँ सोच हुँदैन। हाम्रा प्रतेक शदस्यसंग हरेक विषयमा नयाँ सोच छ।”
“आधुनिक शिक्षा प्रणालीको वारेमा तपाईको धारणा बताईदिनुस न” । कसैले दलकै अर्कै प्रभावशाली नेतृलाई सोधे:
नेतृले पण्डितले कठस्थ श्लोक भट्याएको पाराले भनीन् :
“वर्गीय रूपमा राज्यको पुनःसंरचना नभएसम्म आम जनताले केही पाउँदैनन् । लामो समयदेखि राज्य र त्यसको अधिकारको उपभोगबाट वञ्चित भएका बहुसंख्यक जनताको हितको लागी हाम्रो पार्टी मात्रै लागेको छ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
April 28, 2010
कामरेडको मनोवाद !
सौताको रिसमा छाडेको सत्ता नपत्याउने गरी अर्कैले आरामसंग कव्जा गरेपछि आजकल कामरेडलाई पर्नु पिर परेको छ । हुनपनि त हो, आफूलाई भनेर किनेको सवा लाखको खटियामा अर्कै घटीयाले खुट्टा पसारेर सुतेको कति दिन हेरेर बस्नु ?।
सर्प पनि मर्ने लठ्ठी पनि नभाँचीने जुक्ति निकालेर आज बहिर्गमन र भोली फेरि प्रत्यागमन हुने हिसावले सत्ता छाडेको बेलामा सर्प नमरेर उल्टै लठ्ठी मात्रै भाँच्चेपछि के के मात्रै उपाए लगाईएन । हिरोईनसंग नाचीयो, कत्तीको ढाड भाँचीयो। यज्ञ-यज्ञादि, हवन र भैंसी दोहन समेत गरीयो चरण चरणको आन्दोलन भयो तर खै, आफुले जितेको कुर्सीमा त अर्कै हरुवा टाँस्सीएको टाँस्सीयै छ ।
बिचमा निक्कै दिन फुर्सद भएपछि महान नेताहरु विश्व ईतिहास पढ्न व्यस्त भए । छिमेकी देश भारतमा भएको “भारत छोड” आन्दोलन जस्तै यता पनि सिधैं “कुर्सी छोड” आन्दोलन गर्नुको विकल्प पनि बचेन । कुरा घुमाई फिराई गरेर “नागरिक सर्बोच्चता” को नारा लगाएकै हो तर नागरिक हैन आफ्नै लठैतले समेत राम्रो साथ नदिएका कारण सो पनि प्रायोजकको अभावमा चल्दा चल्दै टेलिभीजनको पर्दाबाट हराएका टेली श्रीखंलाजस्तै गरेर बिचमै तुहियो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Subscribe to:
Posts (Atom)