July 26, 2025

म यस्तै छु


 जोखेर र हिसाब गरेर 

जीवनको बहिखतामा 

मलाई जिन्दगी लेखु जस्तो पनि लाग्दैन्  

बनवटी र फोस्रा आदर्श ओठमा भिरेर

देखावटी लय बोकी 

मलाई जिन्दगीलाई ढाँटु जस्तो पनि लाग्दैन्   

यत्ती हो म मनको सुन्छु 

र मन देखि म तिमीलाई सुनीरहेको छु 

निस्वार्थ निशर्त !!

यही सत्य हो 

र यस्लाई प्रमाणित गर्ने कुनै आधार हुन्न 


जीवन भए सम्म मृत्‍यु परास्त हुन्छ 

र म तिमी भए सम्म जिन्दगी जित्छु 

तर तिमी बिना 

जिन्दगी बाँचे पनि 

मुर्दा श्वास फेरे जस्तो हुन्छु 

केबल जिउदो लाश