November 1, 2026
NEPAL NEWS TODAY :: नेपालको समाचार आज
October 18, 2026
भोटेकोशी बाढी - नरोकिने आशु को कथा
आठ दिनपछि खोजी रोकेर काजक्रिया
पोर्चुगलमा बिहानको करिब चार बज्न लागेको थियो । ईश्वर बस्नेत डेढ महिनाको छोरोलाई दुध खुवाउन उठेका थिए । त्यही बेला फोन आयो । ‘सोलेबजारमा ठूलो बाढी आयो, बस्ती नै बगायो । चाँडो थाहा पाउने भागेर बाँचे । ममीबाबाको अत्तोपत्तो छैन, फोन लागेको छैन,’ फोन हत्तारिएर उठाएपछि उनले सुने ।त्यो खबर सुन्नेबित्तिकै ईश्वरलाई सपना जस्तो लाग्यो । उनी भटाभट दिमागले भ्याएको नाम सम्झिदै हातहरू कँपाएर फोन गर्न थाले । एकपछि अर्को नम्बरमा । नुवाकोटतिरका आफन्त, चिनेजानेका मानिस, साथीभाइ । तर फोन लागेन । कहिले नेटवर्क आएन, कहिले उताबाट फोन उठेन । केहीबेरपछि बाढीबाट भागेर घरदेखि माथिल्लो भागमा पुगेका मानिसहरूले खिचेका भिडियोहरू आउन थाले । उनले चिनेको सोलेबजार भिडियोमा देखिएन । जहाँ घरहरू थिए, त्यहाँ घर थिएनन् । पहिला जहाँ मानिसहरू भेटिन्थे, त्यहाँ बगर र बाढीको निशान थियो । ईश्वर र उनका दाजुभाइले आठ दिनसम्म सम्भावित ठाउँमा खोजी गरे । आफन्त र चिनजानका मानिसहरू पनि खोजीमा जुटे । तर बाबुआमाको कुनै अत्तोपत्तो लागेन । शव भेटिएन, कुनै पहिचान खुल्ने वस्तु पनि फेला परेन । ईश्वर भन्छन्, ‘कम्तीमा अन्तिम पटक उहाँहरूको अनुहार हेर्न पाइएला, भेटिएला भन्ने आशा थियो । त्यो पनि सम्भव भएन ।’‘आफ्नै आमाबुवाको शव अगाडि राखेर अन्तिम संस्कार गर्नुपर्ने ठाउँमा कुशको शव बनाएर गर्नुपर्यो । त्यो पीडा कस्तो हुन्छ, भोग्नेलाई मात्र थाहा हुन्छ,’ उनी भन्छन् । तर काजक्रिया सकिएपछि पनि ईश्वरको मनले खोजी गर्न छाडेको छैन । शव नदेखेको, अन्तिम पटक अनुहारसमेत हेर्न नपाएको पीडा अझै उस्तै छ ।
आमा–बाबु बाढीपछि सम्पर्कविहीन, छोराछोरीको भविष्य अन्यौलमा
नेपालगञ्ज–२० का आराम दमाइ र उजना दमाइ रसुवा बाढीमा परी बेपत्ता भएपछि उनको परिवार सहाराविहीन भएको छ। बाढी गएको १४ दिन बितिसक्दा समेत छोराहरु १६ वर्षीय सुभाष नेपाली र ११ वर्षीय अश्विन तथा नौ वर्षीया स्मारिका छोरी आमा–बुवा फर्किने आशमा छन्। सञ्चार माध्यममा यति दिनपछि बाढीमा फसेका यति जनालाई उद्धार गरियो भन्ने समाचार आउँदा यता उति हेर्ने र टोलाइ रहने उनीहरुको अहिले दैनिकी बनेको छ। सन्तानले आफूले जस्तो दुःख नपाऊन् भनी छोराछोरीलाई काठमाडौं राखेर पढाउने सपना लिएर रसुवा भन्सार कार्यालयको टिमुरेस्थित पार्किङमा मजदुरी गर्दै आएका थिए। दमाइ दम्पतिले काममाडौंमा कक्षा ९ मा पढ्ने सुभाष, कक्षा ६ मा अश्विन र कक्षा ४ मा स्मारिका उज्ज्वल भविष्यको जग बसाल्दै थियो। काठमाडौमा हालसम्म आफूहरुलाइ बस्ने खाने र पढाइ खर्च पठाउने आमा–बुवा नै बेपत्ता भएपछि अब भाइ बहिनीलाई कसरी पढाउने र घरपरिवार कसरी चलाउने भन्ने चिन्ता सुभाषलाइ परेको छ।
उनीहरू बाँचे, तर जीवन धान्ने केही बाँकी रहेन
‘आयो… आयो… आयो…, खोलाले लाने भयो…!’ एकाएक बाहिर मानिसहरू कराउन थाले । त्रिशूलीको पुरानो बजार, वडा नम्बर १ मा मानिसहरू ज्यान जोगाउन भागिरहेका थिए । चारैतिर खैलाबैला थियो । आँखैअगाडि खोला उर्लिरहेको थियो । वर्षौंदेखि आफ्नै बाटोमा बगिरहेको खोला त्यस दिन न कुनै सीमामा खुम्चिएको थियो, न कुनै मर्यादामा । पानी उफ्रँदै, फैलँदै मानिसहरूको परिचित संसारतिर बढिरहेको थियो । बाढी घरनजिकै आउनुअघि श्यामले उनीहरूलाई घर छोड्न भनेका थिए । तर, वृद्ध दम्पती घर छोड्न तयार भएनन् । जीवन बितेको ठाउँ । वर्षौंको पसिना परेको घर । आफूले जोडेको सम्पत्ति । यी सबै छोडेर अनिश्चित ठाउँतिर जान उनीहरूलाई सहज थिएन । ‘हामी मरे पनि मर्छौं, यहीँ मर्छौं,’ उनीहरूले भनेका थिए ।तर, पानी उर्लँदै घरनजिक आएपछि सबै कुरा बदलियो । बाँच्नका लागि निस्कनैपर्ने अवस्था आयो । वृद्ध दम्पती को ज्यान जोगियो । तर, त्यो दिन बाढीले उनीहरूको जीवनबाट श्रीसम्पत्ति लगिसकेको छ ।
वीरबहादुरको एक कलले बचायो करिब ३० परिवार
वीरबहादुरको माइक्रोबस बेत्रावतीबाट काठमाडौंको मार्गमा चलाउने गर्छन्।माइक्रोबसबाट यात्रु झारेर वीरबहादुर गुरुङ सडक छेउको एउटा चिया पसलमा पसे। एक्कासी ठूलोठूलो आवाज उनको कानमा आएर ठोक्कियो। यसो बाहिर आएर स्याँफ्रुबेंसीतर्फ के हेरेका,जीवनमा कहिल्यै नदेखेको दृश्य देखे। भोटेकोशीको बाढीले आकाशै छुन लागेको त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो। उनले त्रिशूली नदीको बगरमा बसाइएको बजार नुवाकोटको विदुर नगरपालिका–१० भैंसेलाई सम्झिए। अनी भैंसेस्थित घरमा रहेकी श्रीमती गङ्गालाई फोन गरे। “श्रीमतीको फोन मरिकाटे उठ्दैन”, उनले सम्झिँदै भने। उनले तारन्तार फोन गरिरहे। श्रीमतीको फोन नउठेपछि उनले नौ कक्षामा पढ्दै गरेकी छोरी एविकालाई सम्झिए। उत्तरगया बोर्डिङ स्कुलमा पढ्ने एविका त्यतिबेला विद्यालय जाँदै थिइन्। उनी बुबाको फोन आएपछि बाटोबाटै पाखोतर्फ भागिन्। एक छिनपछि त श्रीमती र दाजु ले पनि फोन उठाउनु भयो।” उनकी श्रीमती गङ्गा तामाङ गुरुङ त्यति बेला खेतमा थिइन्। उनी घर पुग्दासम्म रमेशले ७१ वर्षीया सासु साइली र दुई वर्षको छोरोलाई घरमाथिको पाखोमा पुर्याइसकेका थिए। “भाग्य बलियो रहेछ, त्यही भएर बाँचें”, वीरबहादुरले भने। अरु बेला हुन्थ्यो भने उनको बिहानको समय काठमाडौंका लागि यात्रु खोज्नमै त्यही बेत्रावती र भैंसे वरपर बित्थ्यो। त्यस दिन गोसाइँकुण्ड जाने दर्शनार्थीका कारण वीरबहादुर बाढीको चपेटामा परेनन्। मेरो एक कल फोनले परिवार र छरछिमेक मात्र होइन्, टोलकै बासिन्दालाई बचाउन सकें।” मानिस सुरक्षित भए पनि टोलका कुनै घर बाँकी नरहेका उनले बताए। 30 जनाको परिवार बाढीबाट जोगिएकामा वीरबहादुर औधी खुसी छन।
दाजुको परिवार खोज्दै भौँतारिएका भीमप्रकाश
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रोल्पाका एकै परिवारका ४ जना : कुलप्रसादसँगै उनकी श्रीमती ३६ कि मीना घर्तीमगर, छोरा २१ वर्षीय डिपबुढा मगर र छोरी ४ वर्षीया खुशी बुढामगर सम्पर्कविहिन भएका हुन् । कुलप्रसादको परिवार करिब ९ वर्षदेखि रसुवाको टिमुरे बजारमा मासु पसल सञ्चालन गरेर बसेको थियो । बाढीपछि आफ्ना दाजुको परिवार सम्पर्कविहीन हुँदा कुलप्रसादका भाइ भीमप्रकाश बुढामगर अहिले खोजी गर्दै भौँतारिरहेका छन् । ‘नभेट्दासम्म त साससहित नै पाउँछु भन्ने आस छ । कतै भेटिहालिन्छ कि भनेर आठ दिन खोजी हिँडेँ,’ उनी भन्छन् । त्यसक्रममा नवलपरासी, चितवन, नुवाकोट र काठमाडौं पुगेर अस्पतालदेखि शवगृह, नदी किनार, बगरदेखि सकेको जंगलसम्म चहारेको उनले बताए । केही सीप नलागेपछि उनी आठौं दिन डीएनए नमुना छाडेर खाली हात घर फर्किएका छन् । तर, अझै पनि कहिँकतै परिवार भेटिन्छ कि भन्ने आशाले उनको मन भड्किरहन्छ ।
उनीहरू अब गाउँ फर्किन चाहँदैनन्
रसुवाको उत्तरगया–४ तल्लो पैरेबेँसीमा थापा खलकको लहरै ५ घर थियो । १० गतेको रसुवा बाढीले उनीहरूको घर मात्र बगाएन । ७० वर्षीय हजुरआमा दुर्गादेवीलाई बगायो । उनको ५३ वर्षको माइलो छोरा, ४७ वर्षीय साहिली बुहारी सरिता थापा, १० वर्षको नाती सञ्चित थापा र ९ वर्षको नाती निशान थापालाई पनि बगायो । उता छोरीतिर १० जनाको परिवारै लग्यो ।थातथलो बगर बन्यो । थापा खलक शून्यमा पुग्यो । बस्ती मात्र होइन उनीहरू पनि उजाडिए । ‘अब त्यो ठाउँमा फर्किन चाहँदैनौं । त्यो ठाउँलाई सम्झिन पनि मन छैन,’ विपद्का विगतहरूसँग लड्दालड्दा यसपल्ट चाहिँ विक्षिप्त बनेका उनीहरूले भने । विपद्सँग हारेका उनीहरू पैरेबेँसी नफर्किने निधो गरेर काठमाडौं आएका छन् ।
Source:
Summary compilation from various newspapers.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
October 12, 2026
Nepal has officially called off its search
Nepal has officially called off its search and rescue operations for those missing almost 40 days after the catastrophic flash floods tore through the border with Tibet, killing at least 1,455 people which occurred on 26th August, 2026. More than 5,285 people, including hundreds of foreign nationals, missing, those still missing include 33 Britons, 80 Americans, more than 50 Ukrainian nationals, as well as Australians and Indians. 13,795 people have been rescued since the disaster.
Only 112 bodies have been handed to their families following DNA tests. The other 1,333 bodies found so far have been temporarily buried, which are difficult to identify, pending identification.
The flood destroyed 12 hydroelectric projects. More than 800 people employed at the 12 hydropower projects in Nepal were still unaccounted for. Estimated 33,000 people have been displaced.
Nepal Government claims the flood as a "Himalayan tsunami" there is not much scientific evidence to substantiate the claims that the floods were a climate-related catastrophe.
In China, the official death toll was 43, while 519 people, including foreigners, remain missing, according to state media.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 16, 2026
Mr. Beast join CARE to help families recover from Nepal's floods
Popular content creator Mr. Beast and Beast Philanthropy are partnering with CARE to raise funds for CARE PACKAGE® for Emergencies kits and other urgently needed supplies.
MrBeast had originally planned to film a video in Nepal a few weeks ago, but that plan was put on hold because of the Bhotekoshi flood.
After postponing the filming plans, he turned his attention to the relief campaign instead. His philanthropic organisation, Beast Philanthropy, is taking part through its “Care Package” social initiative.
The campaign will provide essential relief supplies for those affected, including temporary shelter, solar power, cooking gas and equipment, drinking water, soap, and menstrual hygiene products. He also shared a donation link for those wishing to contribute financially.
Donaldson’s YouTube channel, MrBeast, is the most-subscribed channel in the world, with more than 517 million subscribers.
You can help Nepal via CARE using this link: Nepal Flood help by Mr. Beast
List of Mr Beast Philanthropy:
Mr Beast built 100 wells in Africa https://m.youtube.com/watch?v=mwKJfNYwvm8&t=7s&pp=ygUVbXIgYmVhc3QgcGhpbGFudGhyb3B5&ra=m
Mr Beast built 10 schools in the world: https://m.youtube.com/watch?v=5OLs1GWB4OA&pp=ygUVbXIgYmVhc3QgcGhpbGFudGhyb3B5&ra=m
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 4, 2026
Nepal says it will need billions in funding to rebuild after flash floods
The deadly flash floods on the Nepal-Tibet border – which scientists are still studying the exact cause of – at least 1,200 people have died and thousands more are missing. It is one of the vulnerable countries for the climate crisis, even though it is one of the lowest emitters of global greenhouse emissions.
Nepal expects its reconstruction and recovery costs to reach between $4 billion and $5 billion—nearly 10% of its entire economy—following catastrophic flash floods. The disaster was triggered by a massive glacial collapse on August 26, 2026, which sent a wall of mud, ice, and debris through the Trishuli River basin. The floods have claimed more than 1,250 lives, with over 4,200 people still reported missing.
The government has formally approached the United Nations-backed Fund for Responding to Loss and Damage for urgent financial support as it handles the crisis. Initial damage assessments show extensive destruction to infrastructure, including critical energy facilities. Private donors, such as Nvidia CEO Jensen Huang, and neighboring countries have begun pledging initial aid to support the relief efforts
Summary of the big loss from the Nepal Flood
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
May 15, 2026
India raises fuel prices as rupee nears record low
The Indian rupee has fallen over 6% this year amid high oil prices, foreign outflows, and geopolitical tensions. The Indian rupee, which has been sliding to new lows in recent sessions, is expected to remain under pressure on Friday, with rising U.S. Treasury yields boosting the dollar and compounding the already significant strain from high crude oil prices.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
March 9, 2026
Nepal Election Analysis - नेपाल निर्वाचन विश्लेषण
Nepal Election Analysis - नेपाल निर्वाचन विश्लेषण
पुरा मत गणना भएपछि
आधा मत गणना भएपछि:
मत गणनापछि पहिलो दिन:
एआई को पूर्वानुमान :
कुल सीट: २७५
📌 सरकार बनाउन आवश्यक बहुमत: १३८
| पार्टी / गठबन्धन | सीट संख्या | |
|---|---|---|
| नेपाली कांग्रेस (NC) | ~७५–८५ | |
| CPN-UML (ओली) | ~७०–८० | |
| राष्ट्रवादी स्वतन्त्र पार्टी (RSP ) | ~६०–७५ | |
| नेपाली कम्युनिस्ट पार्टी (Prachanda) | ~२०–३० | |
| अन्य साना पार्टीहरू | ~२०–२५ |
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
September 26, 2025
Ski Down from the top of Mount Everest!
Andrzej Bargiel, became the first person to ski down from the summit of Mount Everest to base camp without supplemental oxygen. Andrzej Bargiel is a Polish ski mountaineer, born on April 18, 1988, in Łętownia, Poland. Renowned for his high-altitude skiing feats, he gained global recognition as the first person to ski down Mount Everest without supplemental oxygen on September 22, 2025. He reached the summit after a 16-hour climb in the "death zone" above 8,000 meters, where oxygen levels are critically low, then immediately began his descent on skis via the South Col route. Due to nightfall and heavy snow, he stopped at Camp II (around 6,400 meters) and continued the next morning through the Khumbu Icefall, guided partly by a drone flown by his brother Bartek, arriving safely at base camp.
This marked his third attempt at the feat and built on his earlier achievements, such as being the first to ski down K2 without oxygen in 2018. Previous ski descents from Everest, like Slovenian Davorin Karničar's in 2000, relied on bottled oxygen. While over 7,000 people have summited Everest, fewer than 200 have done so without oxygen, and none had skied down until Bargiel.
His notable achievements include:
- First ski descent of K2 (8,611 meters) without oxygen in 2018, a world record.
- First ski descent of Broad Peak (8,051 meters) in 2015.
- Record-breaking ascent and ski descent of Manaslu (8,163 meters) in 2014.
- Multiple ski descents in the Himalayas, including Yawash Sar II and Laila Peak.
Below are notable attempts and successes by others, with details on their use of oxygen or specific challenges:
- Davorin Karničar (Slovenia): In 2000, Karničar became the first person to complete a full ski descent from Everest’s summit to base camp. He skied the South Col route but used supplemental oxygen during his climb and descent, unlike Bargiel. His descent took about five hours and was a significant milestone in ski mountaineering.
- Yuichiro Miura (Japan): In 1970, Miura, a Japanese skier and adventurer, attempted a ski descent from the South Col (around 8,000 meters) as part of the "Everest Skiing Project." Using a parachute to control speed, he skied roughly 2,000 meters down the Lhotse Face but crashed and slid, stopping short of a crevasse. He used oxygen and did not start from the summit, so it wasn’t a complete descent.
- Hans Kammerlander (Italy): In 1996, Kammerlander, an experienced mountaineer, skied from approximately 8,600 meters (just below Everest’s summit) down the North Face. He used supplemental oxygen and did not complete the descent to base camp, stopping at advanced base camp due to conditions.
- Jimmy Chin, Kit DesLauriers, and Rob DesLauriers (USA): In 2006, this American trio skied from Everest’s summit down the South Col route. Kit DesLauriers became the first woman to ski from the summit. All three used supplemental oxygen during their climb and descent, and their effort was documented in the film The Ski Project. Their descent was successful but relied on oxygen support.
- Andrzej Bargiel’s earlier attempts: Bargiel himself tried skiing Everest without oxygen twice before his 2025 success. His first attempt in 2019 was aborted due to dangerous snow conditions and avalanche risks. A second attempt in a prior year (exact date unclear) was also abandoned due to poor weather and route conditions. These failures highlight the extreme difficulty of the feat, even for an elite skier like Bargiel.
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest









