September 4, 2025

नेपालमा फेसबुकसहितका सामाजिक सञ्जाल बन्द

Update: नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म फेसबुक बन्द हुन थालेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले केहीबेरअघिबाट फेसबुक बन्द गरेको हो । यस्तै सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ।  एनसेलले दर्ता नभइ सञ्चालनमा रहेका फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द गरेको जनाएको थियो।

नेपालमा प्रविधि मन्त्रालयले दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् ।टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् ।फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर दर्ता सूचीकरण नभएका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग बढेकाले  प्रविधि मन्त्रालयले सो निर्णय गरेको हो । नेपाल सरकार मन्त्रीपरिषदको September 4, 2025 बसेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको बसेको मन्त्रीस्तरीय निर्णय र  सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० लाई आधार मान्‍दै  २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो। सरकारले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्ने निर्णय गरेको थियो ।

विभिन्न किसिमका मेसेन्जर एप्सहरूबाट नेपाल बाहिर संवादहरू अव कसरी गर्लान् ?