आचार्य प्रभा (दमक झापा )
कवि मीना श्रेष्ठ बहिनी जो मेरालागी अल्पपरिचित नै हुनुहुन्थ्यो तबसम्म ,जबसम्म मैले कृष्ण पाख्रिन स्मृति प्रतिष्ठान धरानको साहित्य फाँट कलरव धरानको जम्काभेट कार्यक्रमसम्म पुग्ने अवसर पाएकै थिईनँ । तर जब श्रावण महिनाको दोश्रो न १ को सांसद कवयित्री शनिबारको जम्काभेट कार्यक्रममा जाने साईत जुर्यो तब मैले /प्रदेशमीना श्रेष्ठमार्फत वहाँको दोश्रो कविता संग्रह प्राप्त गर्ने अवसर पाएँ ।
हामीले कहिल्यै साक्षात्कार हुने मौका पाएकै थिएनौं र मैले वहाँको सृजना न कहिल्यै सुन्ने,पढ्ने मौका पाएकी थिएँ ,न वहाँलाई कुनै कार्यक्रममा भेटेकी नै थिएँ । यसो हुनुको कारण पक्कै पनि म प्रवासिनुको बाध्यता थियो।
हुन त अहिलेको समयमा सामाजिक संजाल फेस्बुकबाट पनि धेरैजस्तो कवि,लेखक,श्रष्टाहरुको सान्निध्य पाईन्छ तर अफ्सोच!हामी पनि निक्कै बर्षअघिदेखि साथी त थिएछौं तर कस्तो संजोग पर्यो कुन्नि!म वहाँसँग निजीक हुनै सकिनछु । वहाँले नै पुरानै फेस्बुक साथी हौं नि!हामी भन्दा मात्र म झस्किएँ । तर जब वहाँले कलरवको जम्काभेट,वाचन र चुस्की कार्यक्रममा आफ्नै दोश्रो कविता संग्रहको "फर्गेट एस्टर्डे" शीर्ष कविता
वाचन गर्नु भयो । म वहाँको उक्त कविताबाट अत्ति प्रभावित भएँ र आफैलाई धिक्कारें ।
यस्तो अब्बल सर्जकसँग म किन सामाजिक संजालमा जोडिन अल्मलिएछु?भनेर।
खैर! जे होस् ढिलै भए पनि साक्षात्कार हुने अवसर जुर्यो । यसकोलागी कलरव धरानप्रती म अनुगृहीत छु । त्यहि समयमा वहाँले मलाई आफ्नो कविता संग्रह फर्गेट एस्टर्डे उपहार स्वरुप दिनु भयो। घरमा ल्याएपछी मैले उक्त संग्रह अध्ययन गरें। मेरा नजरहरु शीर्ष कविता "फर्गेट एस्टर्डेमै पर्यो" । जुन कविताकै शिर्षकबाट पुस्तकको शिर्षक पनि राखिएको छ।
कविता "फर्गेट एस्टर्डे"मा यौन भावको पनि कहीं कतै छनक पाईन्छ। एक युगल जोडीको एकान्तको भेट्मा अप्रत्याशित रुपमा नै पनि यौनको उन्मादले एकार्कामा नचाहेको घट्ना पनि घट्न सक्छ, जुन प्रकृतिको बरदान नै मान्न सकिन्छ । जब मनसँग मन जोडिन्छ,मनले मन जित्छ अनि त्यहाँ अपनत्व जन्मिन्छ र नचाहेको गल्ति पनि हुन सक्छ भन्ने किसिमको भाव कवयित्रीले बताउँनु भएको छ ।
आफू दोषीको भागीदार बनेर हिजोको बितेको घटनाप्रति क्षमा माँग्दै बिगतको कुरा बिर्सी देऊ। भनेर क्षमा याचना गर्नु भएको छ। कवितामा नेपथ्यमा पुरुषलाई उभ्याएर आफैं नै पुरुषको प्रतीक बनेर क्षमा प्रार्थीको अनुनय विनय गर्नु भएको छ। यो बिम्बात्मक प्रयोग हो ।
आजकालको नयाँ पुस्ताहरुका कविताका भावहरु वजनदार र आफ्नो थातथलो,जाति अनुसारको मुद्धुम,रीतिरिवाजलाई प्रमुख बिषय बनाएर बडो शान्दर्भिक तवरले लेखिएका हुन्छन्। जस्का कविताहरुले पनि आफ्नो जातीयता,ठाउँ र भाषाको प्रतिनिधित्व गरेको आभास स्पष्ट पाईन्छ। तथापि यी सबको वावजुद पनि कविताहरुमा कतै साहित्यिक शब्दहरु,बिम्ब,प्रतीकहरुको कमी भएको हो कि ?भन्ने




