August 23, 2025

NEPAL NEWS TODAY :: नेपालको समाचार आज

Dautari News Highlight

  • Dautari Online Khabar Current News - आजको समाचार 
  • Dautari Setopati Current News - आजको समाचार 

  • Dautari Khabarhub Current News - आजको समाचार 
  • Dautari NewsofNepal Current News - आजको समाचार 


समस्या कथन

 डा. निर्मलमणि अधिकारी “आयोदधौम्य”

कुनै पनि स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्तासम्पन्न देशलाई युरोपेली– परम्परागत–अवधारणाको भू–राजनीतिक–वैधानिक परिभाषाअनुरूप “राष्ट्रराज्य” ९ल्बतष्यल क्तबतभ० मान्ने/भन्ने सामान्य प्रचलन रहिआएको

छ । त्यस मानेमा नेपाल एक “राष्ट्रराज्य” हो भनिँदा सबैले स्वाभाविक मान्दै आएको अवस्था थियो । तर, नेपालको पछिल्लो परिवेशलाई ख्याल गर्दाचाहिँ अब त्यसरी यथेष्ट सोचविचारबिनाको मनाइ/भनाइले नपुग्ने देखिइसकेको छ ।

नेपाल सब्कटै सब्कटको सब्त्रफ्मणकालबाट गुज्रिँदै आएको पनि धेरै समय भइसक्यो । हिंसात्मक द्वन्द्व र जनप्रदर्शनमूलक आन्दोलनको समीकरणले “नयाँ नेपाल” को अवधारणालाई राजनीतिक हिसाबले मूलधारमा ल्याएपछि “राज्य पुनः संरचना” को सवाल पनि उत्तिकै प्रबल बन्यो । नेपाली राष्ट्रियताको परिभाषा, व्याख्या एवं विश्लेषण अब परम्परागत तरिकाले गरेर हुँदैन भन्ने तर्कसँगै अब नेपाली राष्ट्रियतालाई “नयाँ” ढब्गले परिभाषा, व्याख्या, विश्लेषण गर्नु पर्छ भन्ने माग पनि अगाडि आयो ।

जति समय बित्दो छ, उति नै नेपालको “राज्य पुनः संरचना” भफ्न् भफ्न् जटिल सवालका रूपमा जेलिँदै गरेको देखिन्छ । घृणाको जगमा  ज्ञद्द ्र राज्यराष्ट्र अवधारणा र सिद्धान्त उभिएर सब्कीर्ण–राष्ट्रियतावादी सिद्धान्तका अनुयायीहरूले “द्विराष्ट्रिय राज्य” वा “बहुराष्ट्रिय राज्य” को नारालाई उरालेर विघटनको अन्त्यहीन शृब्खलालाई

प्रारम्भ गर्न खोजिरहेको वर्तमान परिप्रेक्ष्यमा आन्तरिक तथा बाह्य अनेक पक्षहरू पनि नेपालको द्वन्द्वमा सत्रिफ्य रहेका हुनाले सो जटिलतामा बढोत्तरी हुँदै गइरहेको छ ।

नेपाल “राष्ट्रराज्य” वा “द्विराष्ट्रिय राज्य” वा “बहुराष्ट्रिय राज्य” वा “राज्यराष्ट्र” मध्ये के हो र के हुनुपर्छ भन्ने आधारभूत सवालमा यथेष्ट तथा राम्ररी सवाल–जवापफ्, वादविवाद, चिन्तन, मनन, विमर्श नगरुन्जेलसम्म एकातिर नेपालको “राज्य संरचना” बारे नै उपर्युक्त ज्ञान हुँदैन भने भफ्न् “राज्य पुनः संरचना” को सवालको वैज्ञानिक समाधान त कसरी होला र !



August 16, 2025

वेदको परिचय

 डा. निर्मलमणि अधिकारी “आयोदधौम्य”

मानव सभ्यताको लामो कालखण्डसम्म सारा संसारको जीवन–दर्शनले “वेद” बाट मूल आधार प्राप्त गरेको विश्वास गरिन्छ । नेपालजस्ता भारतवर्षका भू–खण्डमा त भफ्न् वेद एवं वैदिक परम्परालाई नै जीवन–दर्शनको एक मात्र दिग्दर्शक स्वीकारिएको थियो । कालान्तरमा वेदान्तर्गत तथा वेदबाह्यसमेत अनेक धार ाहरू विकास भए तापनि जरोचाहिँ वेद नै हो भन्ने चेतना पनि रहेकै देखिन्छ ।

वेदलाई नित्य, अनादि, अनन्त, सनातन मानिएको हुनाले भविष्यमा पनि यसले मानव सभ्यतालाई आलोकित पारिरहने, दिग्दर्शन गरिरहने नै छ ।

नेपालको परिप्रेक्ष्यमा, वर्तमानमा “वेद” हाम्रा धर्म, संस्कृति, दर्शन, ज्ञान, सभ्यता, रितिथिति, चालचलन, परम्परा, प्रचलन, व्यवहार सबैको मूल हो भन्ने, ठान्ने एवं मान्ने जनसमुदायमा पनि “वेद” बारे विशेष जानकारीको भने अभाव रहेको देखिन्छ । वेदलाई श्रद्धा गर्ने, पूजा गर्ने, तर वेदको पठन–पाठन, चिन्तन–मनन,



what is Teej?


 Teej is a Hindu festival celebrated by women in various parts of India and Nepal. It is dedicated to the worship of Lord Shiva and Goddess Parvati and is celebrated with great enthusiasm and devotion. Teej typically falls in the Hindu month of Shravan, which usually corresponds to July or August in the Gregorian calendar.

There are several variations of Teej, with two of the most prominent ones being:


  1. Hariyali Teej: This is celebrated during the bright half of the lunar month of Shravan and is also known as Shravani Teej. It is primarily observed by married women who pray for the well-being and long life of their husbands. Women wear green attire, adorn themselves with mehndi (henna), and participate in various rituals and festivities.

  2. Hartalika Teej: This festival falls on the third day of the bright half of the lunar month of Bhadrapada, which usually corresponds to August or September. It is primarily celebrated in North India, especially in the states of Uttar Pradesh, Bihar, and Rajasthan. Married women fast on this day, praying for the prosperity and happiness of their families.



August 15, 2025

बहरबद्ध चार गजल

  नवराज न्यौपाने ‘मौन’



बाँधेर प्रेम–डोरी माया अनन्त हुन्छ
संसार देख्न साक्षी सिङ्गो वसन्त हुन्छ

सम्बन्ध राख्न जाने टुट्दैन आज वाचा
सौंन्दर्य बुझ्न सक्दा प्रीति दिगन्त हुन्छ

आशा जगाई नौलो पोखेर प्रेमधारा
संसार प्यार बुझ्ने भाषा ज्वलन्त हुन्छ

जो बोल्छ शत्रुताले साँची अहम् मनैमा
बोकी इमान हिँड्दा उल्टै भिडन्त हुन्छ

ज्ञानी गुणी सबैमा हुन्छन् कमी हजारौँ
हाँसेर ज्यून जाने चोला जीवन्त हुन्छ
(बहर : मुजारे मुसम्मन अखरब)

संघीयताबाट जनताले के पाए ?

 संयुक्त राज्य अमेरिका, भारत, अष्ट्रेलिया  जस्ता ठूला  देशहरूमा संघीयता रहेको देखिन्छ। सानो देश नेपाल संघीयतामा जानु कतै अपरिहार्यता बेगरको संयोग पो बन्यो कि ? संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय गणतन्त्रात्मक राज्य भनी घोषणा गर्‌यो र संविधानसभाभित्रै एउटा ‘राज्यको पुनर्संरचना र राज्यशक्तिको बाँडफाँट समिति’ गठन गरी कामहरू भए । संविधानसभा बन्नुपूर्व  छलफल बिना संघीयतामा जानुको कारण के होला ?

हाम्रो समस्या भनेको  जनताले राज्य संरचनामा सहभागिता र पहिचान खोजेको अवस्था हो। संघीयता भएका मुलुकहरूमा देखिएका सकारात्मक र नकारात्मक बारेमा अध्ययन नगरी   हतार-हतारमा नेपालमा  संघीयता ल्याइयो । प्रदेश र स्थानीय तहको सम्बन्ध हेर्दा पनि स्थानीय तहले प्रदेशलाई वास्ता नगरे हुने खालको छ । स्थानीय तहको बजेट पनि प्रदेशमार्फत आउँदैन ।